प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ८/८ पृ. ३-५
  • आफ्नो उपचार आफै गर्ने—फाइदा तथा खतराहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो उपचार आफै गर्ने—फाइदा तथा खतराहरू
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफै अड्‌कल काटेर औषधी गर्नु—खतरा हो?
  • आफ्नो बिमारी आफै पत्ता लगाउने—कसरी?
  • तपाईं कसरी सुस्वास्थ्य प्राप्त गर्न सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • औषधीहरू बुद्धिमानीसाथ प्रयोग गर्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—१९९६
  • जडीबुटी उपचार—के यसले तपाईंलाई मदत गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • वैकल्पिक उपचारविधिका
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ८/८ पृ. ३-५

आफ्नो उपचार आफै गर्ने—फाइदा तथा खतराहरू

ब्राजिलका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

“विश्‍वभरि आफ्नो उपचार आफै गर्ने लहर चलिरहेको छ” भनी एक ठूलो औषधी कम्पनीका अध्यक्ष दाबी गर्छन्‌। “मानिसहरू आफ्नो स्वास्थ्यको आफै हेरचाह गर्न चाहन्छन्‌।” तथापि, हामी होसियार हुनुपर्ने केही खतराहरू पनि छन्‌ कि?

निस्सन्देह, औषधीको उचित प्रयोग गरेमा निको भइन्छ। उदाहरणका लागि, इनसुलिन, एन्टिबायटिकका साथै सस्तो तथा सरल पुनर्जलीय उपचारले समेत अनगिन्ती मानिसहरूको ज्यान जोगाउँछ। तर आफ्नो उपचार आफै गर्दा फाइदाभन्दा बढी बेफाइदा भयो भने विचार नपुऱ्‍याई हुन्‍न।

हो, कुनै कुनै मुलुकमा दक्ष स्वास्थ्यकर्मीहरू सजिलै उपलब्ध हुँदैनन्‌ या असाध्यै महँगा हुनसक्छन्‌। तसर्थ, थुप्रै मानिसहरू साथी तथा नातेदारहरूको सल्लाह वा उपचारसम्बन्धी निर्देशन पुस्तकहरूमा पाइने जानकारीकै आधारमा औषधीमूलो गर्छन्‌। ब्राजिलको साऊ पाउलु विश्‍वविद्यालयका प्राध्यापक फरनान्डो लिफेभ्रे भन्छन्‌: “एक चक्की औषधी खाने बित्तिकै रोग सबै चट्ट निको हुन्छ भन्‍ने विचार विज्ञापनहरूले व्यक्‍त गर्छ।”a फलस्वरूप, धपेडी, पौष्टिक आहारको कमीका साथै स-साना भावनात्मक समस्याहरू हुँदा पनि थुप्रैले औषधीकै सहारा लिन खोज्छन्‌। लिफेभ्रे अझ भन्छन्‌: “जीवनस्तर उकास्ने प्रयास गर्नुको साटो आफै औषधीहरू खाएर समस्या सुल्झाउन खोज्छन्‌ र ती औषधी प्रायजसो तिनीहरूको बेथालाई चाहिने पनि होइनन्‌।” अनि बिरामीको रोग निदान सही हो, होइन कसलाई के थाह?

टाउको दुख्दा, रक्‍तचाप तलमाथि हुँदा, पेटको गडबडी हुँदा औषधी सेवन गर्ने त छँदैछ, तर कतिपय मानिसहरूले फिक्री, डर तथा एकाकीपनको सामना गर्न पनि औषधी लिने गर्छन्‌। डा. आन्द्रे फिनगोल्ड भन्छन्‌: “एक चक्की औषधी खानेबित्तिकै रोग निको भइन्छ भन्ठानेर मानिसहरू डाक्टरको मदत लिन्छन्‌। स्वास्थ्य कार्यकर्ताहरूसमेत एकैचोटि औषधीहरू दिन र अनेकन्‌ परीक्षणहरू गराउन प्रवृत्त हुन्छन्‌। बिरामीलाई पहिलादेखि के कस्तो रोग लागेको छ, जान्‍ने प्रयासै गरिंदैन। हुनसक्छ, कतिपय मानिसहरू अस्तव्यस्तता, तनाउ तथा अस्वास्थ्यकर जीवनशैलीको कारण बिरामी भएका होलान्‌।” साइकोट्रपिक्स औषधीको (बानी वा समझको हेरफेर गर्ने औषधी) दुरुपयोग रोकथाम गर्ने सम्बन्धमा विश्‍व संघका रोमिल्डो ब्युनो स्वीकार्छन्‌: “बिरामीलाई राम्रोसित जाँच्न डाक्टरसित पर्याप्त समय नै हुँदैन त्यसैले लक्षणहरू मात्र जाँचेर बिरामीलाई घर पठाइन्छ। सामाजिक समस्याहरूको औषधोपचारको रूपमा” औषधी प्रयोग गरिन्छ। तथापि, थुप्रै बिरामीहरूलाई राम्रोसित जाँचेर साँच्चै दिमागसम्बन्धी औषधीहरू दिनुपर्छ भनी अर्का एक चिकित्सक चेताउनी दिन्छन्‌।

“प्रोज्याक लहरबारे” छलफल गरेपछि ब्राजिलमा दैनिक प्रकाशित हुने ओ एस्टाडो डे एस. पाउलु भन्छ: “हेरस्टाइलहरू परिवर्तन भइरहेझैं औषधीको लहर पनि फेरिइरहने वास्तवमै अनौठो छ।” मनोचिकित्सक आर्थर काउफम्यानलाई उद्धृत गर्दै उक्‍त अखबार भन्छ: “जीवनमा दृष्टि र उद्देश्‍यको अभावले यस्तो अवस्था सृजना गर्छ जसमा एउटा रोगको निम्ति प्रभावकारी औषधी नै सबै प्रकारको बिसञ्चोको उपचार भन्ठानिन्छ।” काउफम्यान अझ यसो भन्छन्‌: “मानिसहरू अचेल तुरुन्तातुरुन्तै निको गर्ने औषधीहरू मात्र खोज्छन्‌, त्यसैले आफ्नो समस्याको कारण पत्ता लगाउनुको साटो निको हुन औषधी खाइहाल्न रुचाउँछन्‌।” तर आफैले अड्‌कल काटेर औषधी खानु कत्तिको फाइदाजनक छ?

आफै अड्‌कल काटेर औषधी गर्नु—खतरा हो?

द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका भन्छ: “२० औं शताब्दीमा चिकित्सा क्षेत्रको एउटा उल्लेखनीय पक्ष नयाँ नयाँ औषधीहरूको विकास हो।” तर यसले यसो पनि भन्छ: “सायद अरूभन्दा पनि औषधीकै दुरुपयोगको कारण धेरै प्रतिकूल असरहरू भएका छन्‌।” निस्सन्देह, औषधीले निको पार्छ मात्र भन्‍ने छैन, हानि पनि गर्नसक्छ। वजन घटाउने एनोरक्सीया चक्कीहरूले “स्नायुप्रणालीलाई नै असर गर्छ। त्यसैले अनिद्रा, बानीबेहोरामा परिवर्तन र कहिलेकाहीं त मतिभ्रम हुनेजस्ता प्रतिकूल असरहरू पनि हुन्छन्‌” भनी लेखक सेलेन डि कास्ट्रु बताउँछिन्‌। तिनी अझ यसो भन्छिन्‌: “त्यस्ता चक्कीले केवल भोकलाई दबाउँछ भन्ठान्‍ने मानिसले आफैलाई उल्लू बनाइरहेको हुन्छ। त्यस्तो एक चक्की खाँदा एकपछि अर्को प्रतिकूल असरलाई निष्क्रिय तुल्याउने एउटा दुष्चक्रको सुरुआत हुन्छ।”

सामान्यतया प्रयोग गरिने थुप्रै औषधीहरूले पेटको गडबडी, वाकवाक लाग्ने, बान्ता हुने र रक्‍तस्रावसमेत गराउँछन्‌। केही औषधीहरू एकचोटि खान थालेपछि त्यसैमा लग्गू हुने वा मिर्गौला र कलेजोलाई हानि गर्नसक्छन्‌।

प्रचलित औषधीहरूले समेत हानि गर्नसक्छ। ब्राजिल चिकित्सा संघका अध्यक्ष डा. इफ्राइम ओल्शेभरले “भिटामिनका चक्कीहरू खाने लहर पनि अत्यन्तै खतरनाक छ” भनी चेताउनी दिए। “सर्वसाधारणले आफ्नो उपचार आफै गरिरहेका मात्र होइन तर राम्रो जानकारी नभएका केही डाक्टरहरूले सम्मिलित खतराको बेवास्ता गर्दै शंकास्पद औषधीहरू दिइरहेका छन्‌।” तथापि, अर्का एक डाक्टरका अनुसार उचित मात्रामा भिटामिन चक्कीहरू लिनु आवश्‍यक वा केही खास बिमारी र कमजोरीहरूको उपचार गर्न लाभकारी समेत हुनसक्छ।

आफ्नो बिमारी आफै पत्ता लगाउने—कसरी?

हरेक चोटि केही असजिलो हुनेबित्तिकै डाक्टरकहाँ जान सम्भव नहुनसक्छ। अतः स्वास्थ्य शिक्षा हासिल गर्नु र केही हदसम्म आफ्नो उपचार आफै गर्न सिक्दा पनि परिवारको लागि लाभकारी हुनसक्छ। तथापि, कुनै औषधी लिनुअघि सही र प्रभावकारी ढंगमा रोग खुट्याउनु अत्यावश्‍यक छ। नजिकै डाक्टर नभएमा वा तपाईंको गच्छेले भ्याउँदैन भने कुन रोग लागेको हो, पत्ता लगाउन पर्याप्त मात्रामा उचित चिकित्सा निर्देशनपुस्तकहरू पढ्‌न सक्नुहुन्छ। उदाहरणका लागि, अमेरिकी चिकित्सा संघले पारिवारिक चिकित्सा निर्देशनपुस्तक प्रकाशित गर्छ जसमा १८३ पृष्ठे लक्षण चार्ट पनि छ। यसमा बिरामीले हो या होइनमा जवाफ दिनुपर्ने थुप्रै प्रश्‍नहरू छन्‌। यसरी लक्षणहरू जाँचेर कुन रोग लागेको हो, अक्सर पत्ता लगाउन सकिन्छ।

तर डाक्टरको भूमिकाबारे के भन्‍न सकिन्छ? कुन अवस्थामा पेशेवरको मदत लिने? आफ्नो स्वास्थ्यबारे अत्यन्तै चिन्तित नहुन वा हेलचेक्य्राइँ नगर्न के गर्ने? साँच्चै, विभिन्‍न किसिमका रोग तथा मन अनि शरीर दुवैसम्बन्धी बिमारी व्याप्त संसारमा हामीले केही हदसम्म सुस्वास्थ्यको कसरी आनन्द उठाउनसक्छौं?

[फुटनोट]

a थुप्रै मुलुकमा डाक्टर तथा चिकित्सासम्बन्धी संगठनहरूद्वारा गरिएको आलोचनाको बावजूद हाल डाक्टरको रायबिना औषधी “सोझै उपभोक्‍ताले” उपभोग गर्ने विज्ञापनहरू नाटकीय ढंगमा बढिरहेको छ।

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

“बिरामीलाई पहिलादेखि के कस्तो रोग लागेको छ जान्‍ने प्रयासै गरिंदैन। हुनसक्छ, कतिपय मानिसहरू अस्तव्यस्तता, तनाउ तथा अस्वास्थ्यकर जीवनशैलीको कारण बिरामी भएका होलान्‌।”— डा. आन्द्रे फिनगोल्ड

[पृष्ठ ४-मा भएको पेटी]

जडीबुटी प्रयोग गरिने घरेलु उपचारहरू

थुप्रै संस्कृतिका मानिसहरूले रोग उपचार गर्न खेत तथा जंगलमा पाइने जडीबुटीहरू प्रयोग गरेको हजारौं वर्ष भइसक्यो। मुटुसम्बन्धी रोगको उपचारको निम्ति प्रयोग गरिने डिजिटालिसजस्ता थुप्रै आधुनिक औषधीहरू जडीबुटीबाट बनाइन्छ। अतः, संयुक्‍त अधिराज्यमा चिकित्सा जडीबुटी विशेषज्ञहरूको राष्ट्रिय प्रतिष्ठानका सदस्य पेनिलोप ओडिले आफ्नो पुस्तकमा भनिन्‌, “साधारण खोकी, रूघा र टाउको दुखाइजस्ता सरल बिमारीदेखि लिएर चर्म रोग, पाचनक्रियामा गडबडी र बच्चाहरूको रोगको निम्ति २५० वटाभन्दा बढी भरपर्दा उपचारविधिहरू छन्‌।”

तिनी लेख्छिन्‌: “जडीबुटीलाई सधैं ‘जनसाधारणको औषधीको’ रूपमा लिइएको छ। सानातिना बिमारीको औषधी वा डाक्टरहरूले दीर्घ र कडा रोगको लागि दिएको औषधीको प्रभावकारितालाई जडीबुटीले अझ बढाउनसक्छ।” तिनी अझ यसो भन्छिन्‌: “जडीबुटीहरू प्रायः भरपर्दा नै भए तापनि उपचार गर्दा होसियार हुनुपर्छ। आवश्‍यकताभन्दा बढी सेवन नगर्नुहोस्‌ वा रोग कम भएको छैन, अवस्था झनै बिग्रिरहेको छ वा रोग राम्रोसित पत्ता लागेको हो, होइन शंका छ भने घरायसी उपचार नै गरी नरहनुहोस्‌।” —सम्पूर्ण औषधीय जडीबुटी (अंग्रेजी)।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने