प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ५/८ पृ. ३१
  • तपाईं ख्याल गर्नुहुन्छ भनेर देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं ख्याल गर्नुहुन्छ भनेर देखाउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • आत्महत्या—जवानहरूमाझ व्याप्त पीडादायी समस्या
    ब्यूँझनुहोस्‌!—१९९८
  • एउटा विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—२००१
  • मानिसहरू जीवनदेखि किन हरेस खान्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१
  • आत्महत्या—लुकेको महामारी
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ५/८ पृ. ३१

तपाईं ख्याल गर्नुहुन्छ भनेर देखाउनुहोस्‌

क्यानाडाको ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

बुढेसकालको अत्यधिक वेदनाको कारण क्यानाडामा वृद्धहरूको आत्माहत्याको दर अचम्म रीतिले बढिरहेको छ। भ्यान्कुभर सन समाचारपत्रको रिपोर्टअनुसार अनुपात हेर्ने हो भने आत्महत्या गर्ने २०० जवानहरूमध्ये १ को मृत्यु हुन्छ भने ६५ वर्षदेखि माथिका आत्माहत्या गर्ने प्रत्येक ४ जनामा १ को मृत्यु हुन्छ। “वास्तवमा भन्‍ने हो भने वृद्धहरूको आत्माहत्याको दर यो भन्दा निकै बढी छ किनभने कति वृद्धहरू आफ्नै गम्भीर स्वास्थ्य समस्याको कारण मृत्यु भएको होला भन्ठानिन्छ।”

किन धेरैजसो वृद्धहरूमा बाँच्ने इच्छा हराएको? यसको कारण उनीहरू निराश हुनु, समाजबाट त्यागिनु र एकलो हुनु हो भनेर ब्रिटिस कोलम्बिया विश्‍वविद्यालयको मानसिक रोग चिकित्सक तथा वृद्ध आत्माहत्यासम्बन्धी विशेषज्ञ ओल्युवफेमी अग्बायेव्‌ भन्छन्‌। मानिसहरू वृद्ध हुँदै जाँदा “सम्मान पाउन छोड्‌छ, शक्‍ति क्षिण हुँदै जान्छ र उनीहरूले पहिले गर्दै आएका कतिपय कार्यहरू गर्न सक्दैनन्‌ भनेर अलबर्टा, क्याल्गरीको आत्माहत्या सूचना तथा शिक्षा केन्द्रको निर्देशक गेरी हेरिङ्‌टन टिप्पणी गर्छन्‌। . . . त्यतिखेर उनीहरूसँग कसैले पनि सल्लाह माग्दैनन्‌। थुप्रै मानिसहरूको बुढेसकाल नर्सिङ होमहरूमै तास खेलेर अनि टिभी हेरेर बित्छ।” यस्तो समस्या चर्कनुको कारण आजको समाजले स्वाधीनता, उत्पादनशीलता र छिटो छरितोपन जस्ता गुणहरूलाई मात्र ज्यादै महत्व राखेकाले हो। यी गुणहरू वृद्धहरूमा घट्‌दै जाने हुँदा यस्तो समस्या आइपरेको हो।

तथापि, वृद्धहरू यहोवा परमेश्‍वरको नजरमा अनमोल छन्‌। उहाँले तिनीहरूका भावनात्मक आवश्‍यकताहरूप्रति गहिरो चासो राख्नु हुन्छ भन्‍ने कुराको प्रमाण पुरातन इस्राएलका मानिसहरूलाई दिइएको यस आज्ञाबाट बुझ्न सकिन्छ, “बूढ़ा-पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्‍वरको भय मान।”—लेवी १९:३२.

त्यसो हो भने, हामी कसरी वृद्धहरूको “आदर” गर्न सक्छौं? उनीहरूको मुखबाट सधैं बुद्धिको कुरा मात्र ननिस्केला, बुढेसकालमा असिद्धता बढी देखिएला। यद्यपि, उनीहरू हाम्रो सम्मान पाउन योग्यकै हुन्छन्‌। तपाईं उनीहरूको ख्याल गर्नुहुन्छ भनेर देखाउनुहोस्‌। वृद्धहरूबाट अन्तरदृष्टि र बुद्धि प्राप्त गरेर उनीहरूको सम्मान, इज्जत र आदर गर्नुहोस्‌। विशेषगरि ती वृद्धहरूको जो परमेश्‍वरको आत्मा र उहाँको वचनको सही समझ अनुरूप चल्दछन्‌।

वृद्धहरूको ख्याल गर्ने र सम्मान दिने विषयमा परमेश्‍वरको वचनले अझ थुप्रै कुराहरू सिकाउँछ। अरू थप जानकारीको निम्ति कृपया यो पुस्तिकाका प्रकाशकहरूलाई लेख्नुहोस्‌ अनि पारिवारिक आनन्दको रहस्य पुस्तक मगाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने