प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ६/८ पृ. २५-२७
  • मेरो वजनप्रतिको चिन्ताबाट कसरी मुक्‍तहुनसक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेरो वजनप्रतिको चिन्ताबाट कसरी मुक्‍तहुनसक्छु?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ऐनामा हेर्दा
  • वास्तविक सुन्दरताको परिभाषा
  • अरूलाई बताउने हिम्मत गर्नु
  • धैर्य धारण गर्नुहोस्‌ सबै कुरा समयमा ठीक हुन्छ
  • मलाई आफ्नो वजनको किन अचाक्ली चिन्ता लाग्या होला?
    ब्यूँझनुहोस्‌!—१९९९
  • आफ्नो रूपरङ्‌गबारे मलाई किन चिन्ता लाग्छ?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • म किन यस्तो दुब्लो?
    ब्यूँझनुहोस्‌!—२०००
  • म कसरी आफ्नो तौल घटाउन सक्छु?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ६/८ पृ. २५-२७

युवा जनहरू सोध्छन्‌ . . .

मेरो वजनप्रतिको चिन्ताबाट कसरी मुक्‍तहुनसक्छु?

“मायोनेज भएको सेण्डविच खाने कि नखाने नै मेरो जीवनको महत्वपूर्ण विषय हो। मायोनेजबाहेक अरू खानेकुरा त कसरी खाने? मेरो फैसला? अहँ अब खान्‍न, यसमा क्यालोरी प्रशस्तै हुन्छ। मलाई एनोरेक्सियाले समात्यो, म उम्कनै सकिन।”—जेमी।

भोजनसम्बन्धी असन्तुलनद्वारा लाखौं युवायुवतीहरूलाई पिरोल्छन्‌।a धेरैजसोले खाना कम वा एक रास खान्छु भनेर सोचेका हुँदैनन्‌। तर कतिले चाहिं वजन घटाउने पनि लक्ष्य राख्छन्‌। त्यसो गर्दा तिनीहरूलाई अत्यधिक भोकाउने वा के खाउँ के खाउँ लागिरहन्छ। जेमी भन्छिन्‌, “मैले वजन नियन्त्रण गर्न कम खाना खान थालेकी तर अहिले मलाई वजनले नै नियन्त्रण गर्न थाल्यो।”

यदि तपाईं खाना र यसको असरप्रति चिन्तित हुनुहुन्छ भने के गर्न सक्नुहुन्छ? प्रथमतः धेरै युवाहरूले खाना राम्ररी नखाने समस्याबाट मुक्‍ति पाएका छन्‌ भन्‍ने कुरा बुझ्नुहोस्‌। तर कसरी?

ऐनामा हेर्दा

भोजनसम्बन्धी असन्तुलनबाट मुक्‍ति पाउने सबैभन्दा महत्त्वपूर्ण कदम हो आफ्नो शारीरिक बनावट। “भोजनसम्बन्धी असन्तुलन भएका धेरै मानिसहरूले आफ्नो शारीरिक बनावटमा विकृति ल्याएका छन्‌,” भनेर शारीरिक परिवर्तन, जीवन परिवर्तन, (अंग्रेजी) पुस्तकले भन्छ। “तिनीहरू आफ्नै शरीरबारे राम्ररी नबुझेकाले आफ्नै शारीरिक बनावटलाई दोष दिन्छन्‌।”

वास्तवमा कति किशोरकिशोरीहरू आफ्नो सम्पूर्ण रूप नै शारीरिक बनावट हो भन्ठान्छन्‌, कुनै सानो त्रुटी भेट्टाए पनि तिनीहरूलाई महापिरलो हुन्छ। एक १७ वर्षीया भिकी भन्छिन्‌, “म साह्रै मोटी छु, मलाई असहनी लाग्छ, मेरो कम्मर यति मोटो छ कि म कहिल्यै कुनै कपडा भित्र हुलेर लगाउन सक्दिन।” आफ्नो वजन १० किलोग्राम घट्‌दासमेत भिकी सन्तुष्ट भइनन्‌। अब उनी कि खाँदै खाँदिनन्‌ वा टन्‍न खाएर बान्ता गरिहाल्छिन्‌।

तपाईं कस्तो देखिनुहुन्छ भन्‍ने सोचाइप्रति चिन्ता लिनु निश्‍चय पनि गल्ती चाहिं होइन। यस सन्दर्भमा सारा, राहेल, यूसुफ, दाऊद र अबिगेलजस्ता थुप्रै महिला तथा पुरुषहरूका शारीरिक बनावट र रूपबारे बाइबलको सकारात्मक टिप्पणी जाँच्न लायकका छन्‌।b बाइबल यसो पनि भन्छ, दाऊदको सेवा-टहल गर्न ल्याएकी अबीशग “अत्यन्तै सुन्दरी थिइन्‌।”—१ राजा १:४.

वास्तविक सुन्दरताको परिभाषा

बाइबलले कुनै व्यक्‍तिविशेषको शारीरिक बनावट र रूपलाई मान्यता दिंदैन। बरु यसले ‘हृदयको गुप्त मानिसको’ जोरदार तारिफ गर्छ। (१ पत्रुस ३:४) यहोवा अनि मानिसहरूको नजरमा वास्तवमा ऊ सुन्दर हो वा घृणित, व्यक्‍तिविशेषको भित्री मानिसले नै चिनाउँछ।—हितोपदेश ११:२०, २२.

दाऊदको छोरा अब्शालोमलाई विचार गर्नुहोस्‌। बाइबल यसो भन्छ: “सुन्दरतामा सारा इस्राएलमा अब्शालोम जत्तिकै प्रशंसाको योग्य कोही थिएन। शिरदेखि पैतालासम्म तिनमा कुनै खोट थिएन।” (२ शमुएल १४:२५) यद्यपि, यो जवान मान्छे धोकेबाज थियो। तिनको घमण्ड र अभिलाषाले तिनलाई यहोवाद्वारा नियुक्‍त राजालाई सत्ताच्युत गर्नसमेत पछि पारेन। यसैकारण बाइबलमा अब्शालोमको गुणगान गरेको कतै पाइँदैन तर तिनलाई एउटा निर्लज्ज अभक्‍त र हिंसालु मानिसको रूपमा चित्रित गरेको छ।

कुनै पनि मानिसको वास्तविक सुन्दरता वा रूप उसको शारीरिक बनावटमा भर पर्दैन। बाइबल यसो भन्छ: “बुद्धि प्राप्त गर्‌। तँसँग भएका सबै कुराले मूल्य चुकाउनुपरे तापनि, समझशक्‍ति प्राप्त गर्‌। त्यसले तेरो शिरमा अनुग्रहको माला पहिराइदिनेछ र महिमाको शिरपेच प्रदान गर्नेछ।”—हितोपदेश ४:७, ९; नयाँ संशोधित संस्करण।

यद्यपि, शारीरिक रूपमा विकृति आउँछ भनेर अक्सर चिन्ता गर्नु नै भोजनसम्बन्धी असन्तुलन समस्याको मुख्य कारण हो। एउटा रिपोर्टले भन्छ: “मानिसहरू जो खानेकुराप्रति लग्गू हुन्छन्‌ अनि भोजनसम्बन्धी असन्तुलन जस्तै एनोरेक्सीया नर्भोसा तथा बुलिमियाका सिकार हुनेहरू सामान्यतया आत्मसम्मान नगर्ने हुन्छन्‌, तिनीहरू आफैलाई तुच्छ ठान्छन्‌ र अरूहरूले तिनीहरूको कदर गर्दैनन्‌ भन्ठान्छन्‌।”

आफ्नो केही मोल छैन भन्‍ने विचारहरू उब्जाउने थुप्रै कारणहरू छन्‌। उदाहरणको लागि, यौवनावस्थाको खुड्‌किला टेकेपछि र त्यसमा पनि विशेष गरी यदि तपाईं आफ्ना दौंतरहरूको दाँजोमा चाँडै हलक्क बढ्‌नुभएको छ भने अनेकौं सोचाइहरू आउँछन्‌। कति युवाहरू चाहिं अशान्त या शारीरिक तथा यौन दुर्व्यवहारसमेत भएको परिवारमा हुर्केका हुन्छन्‌। कारण जेसुकै होस्‌ बेकामको महसुस नगर्न के गर्दा हुन्छ स्वीकाऱ्‍यौं भने समस्या समाधान हुन्छ। यसर्थ, मानिसले आफ्नो मोल बुझ्नुपर्छ। निश्‍चय, हरेकको एउटा न एउटा प्रशंसा गर्न लायकको गुण हुन्छ। (१ कोरिन्थी १२:१४-१८ तुलना गर्नुहोस्‌।) हो, वास्तवमा यी गुणहरू तपाईं देख्नसक्नुहुन्‍न तर तपाईंको अनुभवी मित्रले देखाइदिनसक्छ।

तर यदि स्वास्थ्यको वैध कारणहरूले नै तपाईंको वजन घटाउनु पर्ने भयो भने नि? बाइबलले हामीलाई “परहेजी” हुन सल्लाह दिन्छ। (१ तिमोथी ३:११) यसैकारण, खाना कम खाने वा चाँडै वजन घटाउने योजनाहरू छोडिदिनु नै बेस छ। बरु चाहिंने वजन कायम राख्न सही मात्रामा खाएर चाहिंदो कसरत गरे बेस होला। एफ डी ए कन्जुमर पत्रिकाले भन्छ, “हामीले चाह्‍यौं भने असम्भव के छ र” “वजन घटाउने सही र गलत तरिकाहरू छन्‌। गलत तरिका चाहिं खाना नखानु, रोटी र पानी मात्र खानु, भोजन कम रुच्ने औषधी खानु वा बान्ता गर्नु।”

अरूलाई बताउने हिम्मत गर्नु

समाज सेवीका नान्सी कलड्‌नीले, भोजनसम्बन्धी असन्तुलनलाई “साथमा कम्पास र मानचित्र नभएको बेला भुलभुलैयामा एक्लै पस्नुजस्तै हो भन्छिन्‌। तपाईं यस्तो ठाउँमा जति अड्‌किनुहुन्छ उति नै हराउनुहुनेछ र यस्तो भुलभुलैयाबाट मुक्‍त हुन नसक्दा तपाईं आत्तिनुहुनेछ।” यदि तपाईंलाई एनोरेक्सीया वा बुलिमियाको समस्या छ भने तपाईंले सहायता लिनु आवश्‍यक छ। तपाईं यस्तो “भुलभुलैयाबाट” स्वयं मुक्‍त हुन सक्नुहुन्‍न। त्यसैले आमाबाबु वा अरू भरोसायोग्य व्यक्‍तिहरूलाई तपाईंको समस्या बताउनुहोस्‌। बाइबलको हितोपदेशले यसो भन्छ: “मित्र सब समय एक प्रेमी साथी हुन्छ, औ दाज्यू-भाइ चाहिं दुःखमा सहभागी हुनलाई जन्मेको हुन्छ।”—हितोपदेश १७:१७.

थुप्रै यहोवाका साक्षीहरूले मसीही मण्डलीमा प्राचीनहरूको भरोसायोग्य संगत पाएका छन्‌। प्राचीनहरू चिकित्सक होइनन्‌ अनि उनीहरूको सहयोगले औषधोपचारको काम पनि गर्दैन। तैपनि, मसीही निरीक्षकहरूले ‘असहायको पुकारा’ सुन्‍न कानमा तेल हालेर चाहिं बस्दैनन्‌। उनीहरूको सल्लाह र प्रार्थनाले आध्यात्मिक तौरमा “बिरामीलाई बचाउ[न]” मदत मिल्नसक्छ।—हितोपदेश २१:१३; याकूब ५:१३-१५.

यदि कसैलाई व्यक्‍तिगत तौरमा भेटेर आफ्नो समस्या बताउन तपाईंलाई अप्ठ्यारो लाग्छ भने चिठी मार्फत समस्या खुलाउनुहोस्‌ र प्रतिक्रियाको लागि बिन्ती गर्नुहोस्‌। तर समस्यालाई खुल्लमखुल्ला व्यक्‍त गर्नु चाहिं महत्त्वपूर्ण कुरा हो। नान्सी लेख्छिन्‌, “तपाईंले एक्लै केही गर्न सक्नुहुन्‍न भन्‍ने वास्तविकता स्वीकार्नु भनेको मदतको लागि कसैसँग कुरा गर्नु हो।” उनी अझ भन्छिन्‌, “हुन त यसो गर्नु सजिलो नहोला तर यसो गर्नु सकारात्मक हुनुका साथै तपाईंले यस्तो भुलभुलैयाबाट मुक्‍त हुन सही मार्ग भेटाउनुहुनेछ।”

मसीही युवाहरूसँग भएको एउटा शक्‍तिशाली स्रोत हो, प्रार्थना। परमेश्‍वरलाई प्रार्थना गर्नु मनलाई चित्त बुझाउनु मात्र चाहिं होइन। यो सृष्टिकर्तासँग गरिने वास्तविक र महत्त्वपूर्ण कुराकानी हो, जसले तपाईंको विषयमा तपाईं स्वयंले भन्दा बढी जान्‍नुहुन्छ! (१ यूहन्‍ना ३:१९, २०) यसकारण, अहिले नै परमेश्‍वरले सबै बिरामीहरू निको पार्नुहुने समय होइन। तथापि तपाईंको पाइला नलर्खऱ्‍याउन हाम्रो मायालु परमेश्‍वरले डोऱ्‍याई दिन सक्नुहुन्छ। (भजन ५५:२२) दाऊदले आफ्नै अनुभवद्वारा यसरी लेखे: “मैले परमप्रभुको खोजी गरें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मेरा सबै डरहरूबाट छुटाउनुभयो। यस दुःखी मानिसले पुकारा गऱ्‍यो, र परमप्रभुले सुन्‍नुभयो, र त्यसलाई त्यसको सबै दुःखबाट बचाउनुभयो।”—भजन ३४:४, ६.

त्यसोभए कुनै पनि तरिकामा तपाईं यहोवा परमेश्‍वरलाई आफ्नो गहिरो अनुभूति व्यक्‍त गर्नुहोस्‌। प्रेरित पत्रुसले यसरी लेखे, “तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” (१ पत्रुस ५:७) यहोवाको यस्तो मायालु रेखदेखको मूल्यांकन गर्न भजन ३४, ७७, ८६, १०३, र १३९ पढ्‌न इच्छुक हुनुहुन्‍न? यी भजनहरू मनन गर्दा यहोवा साँचो र तपाईंको जीवन सफल तुल्याइदिन चाहनुहुने परमेश्‍वर हुनुहुन्छ भन्‍ने तथ्यप्रति तपाईंको विश्‍वास अझ बलियो हुनेछ। तपाईंले यी वचनहरू पढ्‌नुभयो भने तपाईंले पनि दाऊदले जस्तै अनुभव गर्नसक्नुहुनेछ, जसले यसरी लेखे: “जब मेरो मनमा ज्यादा फिक्री भयो, तपाईंको सान्त्वनाले मेरो प्राणलाई आनन्दित तुल्यायो”—भजन ९४:१९; नयाँ संशोधित संस्करण।

धैर्य धारण गर्नुहोस्‌ सबै कुरा समयमा ठीक हुन्छ

भोजनसम्बन्धी असन्तुलनबारे सहायता पाउनेहरूको समस्या रातभरमै ठीक हुने होइन। जेमीले सुरुमा भनेको कुरालाई विचार गर्नुहोस्‌। उनले सहायता पाइन्‌ तर अझपनि एक कचौरा खाना सिद्धयाउन मुस्किल पर्छ। “म मनमनै भन्‍ने गर्छु, यो मेरो शरीरलाई चाहिन्छ र बाँच्नलाई भोजन अत्यावश्‍यक छ। उनी भन्छिन्‌, मैले खाएको प्रत्येक गाँसले मेरो वजन हजारौं किलो बढाएजस्तो लाग्छ।”

जेमी एक चोटि त मर्नै लागेकी थिइन्‌, उनले यस्तो खानेकुराको चिन्ताबाट मुक्‍त हुने संकल्प गरिन्‌। उनले भनिन्‌, “म मर्नेवाला छुइन। म यसविरुद्ध विजयी हुनेछु र एनोरेक्सीयाबाट मुक्‍त हुनेछु। यसो गर्नु सजिलो त छैन, तर म गरी छाड्‌नेछु।” तपाईंले पनि त्यसै गर्न सक्नुहुनेछ!

[फुटनोटहरू]

a मे ८, १९९९ ब्यूँझनुहोस्‌!-को पृष्ठ १३-१५ हेर्नुहोस्‌।

b उत्पत्ति १२:११; २९:१७; ३९:६ १ शमूएल १७:४२; २५:३.

[पृष्ठ २६-मा भएको चित्र]

सन्तुलित आहार र चाहिंदो कसरतले तपाईंको वजन नियन्त्रण गर्न मदत मिल्नसक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने