प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख ९३
  • म कसरी आफ्नो तौल घटाउन सक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म कसरी आफ्नो तौल घटाउन सक्छु?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के मैले आफ्नो तौल साँच्चै घटाउनुपर्छ?
  • तौल घटाउने सबैभन्दा राम्रो तरिका के हो?
  • तौल घटाउने तरिका
  • मोटोपन—के हो समाधान?
    ब्यूँझनुहोस्‌!—२००४
  • मोटाउनु अब राम्रो होइन
    ब्यूँझनुहोस्‌!—१९९७
  • मोटोपन—कारण के हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • म किन यस्तो दुब्लो?
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
युवाहरू सोध्छन्‌
ijwyp लेख ९३
एक किशोर ऐनामा आफ्नो पेट हेर्छन्‌

युवाहरू सोध्छन्‌

म कसरी आफ्नो तौल घटाउन सक्छु?

  • के मैले आफ्नो तौल साँच्चै घटाउनुपर्छ?

  • तौल घटाउने सबैभन्दा राम्रो तरिका के हो?

  • तौल घटाउने तरिका

  • तपाईँका साथीहरू के भन्छन्‌?

के मैले आफ्नो तौल साँच्चै घटाउनुपर्छ?

केही किशोरकिशोरी आफ्नो तौल घटाउन चाहेको कुरा बताउँछन्‌। तर ...

  • थुप्रैले आफ्नो स्वास्थ्यलाई भन्दा बाहिरी रूपलाई बढी ध्यान दिन्छन्‌। कसै-कसैले छिटो तौल घटाउन एक-दुई छाक खाँदै नखाने वा मोटोपन घटाउने औषधी खाने गर्छन्‌। यस्ता तरिकाहरू प्रायजसो काम लाग्दैनन्‌ अनि कहिलेकाहीँ स्वास्थ्यको लागि खतरनाकसमेत हुन सक्छ।

    “केही केटीहरू छिट्टै दुब्लाउन भोकभोकै बस्छन्‌। तर त्यसले उल्टै हानि गर्छ अनि एकचोटि स्वास्थ्य बिग्रेपछि त्यसलाई राम्रो बनाउन झनै गाह्रो हुन्छ।”—हेली।

  • आफ्नो तौलबारे चिन्ता गर्ने थुप्रै वास्तवमा त्यस्तो चिन्ता गर्नुपर्ने अवस्थामा हुँदैनन्‌। उनीहरूको तौल ठीकै हुन्छ तर आफ्ना साथीहरूसँग वा मिडियामा देखाइने पातलो “मोडलहरू”-सँग दाँज्दा आफू मोटो लाग्न सक्छ।

    “म १३ वर्षको छँदा आफूलाई साथीहरूसँग दाँज्ने गर्थेँ। म उनीहरूजस्तै देखिएँ भने उनीहरूले मलाई अझ मन पराउँछन्‌ जस्तो लाग्थ्यो। त्यसको मतलब म सिन्काजस्तै पातली हुनुपर्थ्यो।”—पाओला।

तर केही युवायुवतीले भने साँच्चै तौल घटाउनुपर्छ। विश्‍व स्वास्थ्य सङ्‌गठनको रिपोर्टअनुसार ...

  • संसारमा ५ देखि १९ वर्षबीचका लगभग ३४ करोड युवामा मोटोपनको समस्या छ।

  • सन्‌ १९७५ मा ५ देखि १९ वर्षबीचका ४ प्रतिशत युवामा मात्र मोटोपनको समस्या थियो तर २०१६ मा त्यो सङ्‌ख्या बढेर १८ प्रतिशत पुग्यो।

  • धेरैजसो देशमा मानिसहरू दुब्लो हुनुभन्दा मोटो हुनुलाई नै सामान्य मानिन्छ।

  • कम आयस्रोत भएको देशमा पनि मोटोपन सामान्य छ। कुनै-कुनै परिवारका सदस्यहरूले पोषणयुक्‍त खानेकुरा नपाए तापनि मोटोपनको समस्या देखिन्छ।

तौल घटाउने सबैभन्दा राम्रो तरिका के हो?

तपाईँ कुन तरिका छान्‍नुहुन्छ?

  1. १. एक-दुई छाक खाँदै नखाने।

  2. २. व्यायाम गर्नुका साथै सन्तुलित भोजन खाने।

  3. ३. तौल घटाउने औषधी खाने।

सही जवाफ: तरिका नम्बर २: व्यायाम गर्नुका साथै सन्तुलित भोजन खाने।

एक-दुई छाक खाँदै नखाँदा वा पोषणयुक्‍त भोजनमध्ये कार्बोहाइड्रेट पटक्कै नखाँदा नतिजा त चाँडै देखिन्छ तर त्यस्तो तरिका स्वस्थकर नहुन सक्छ। पछि साबिकबमोजिम खान थाल्दा तपाईँको तौल पहिलाकै अवस्थामा फर्कन सक्छ।

अर्कोतर्फ, तपाईँले स्वस्थ रहने लक्ष्य राख्नुभयो भने राम्रो देखिनुका साथै स्वस्थ पनि महसुस गर्नुहुनेछ। डाक्टर माइकल ब्राड्‌ली यस्तो लेख्छन्‌: “सबैभन्दा सुरक्षित, स्वस्थकर र पछिसम्म फाइदा हुने नतिजा चाहनुहुन्छ भने ... जिन्दगीभर लागू गर्न सकिने जीवनशैली अपनाउनुहोस्‌।”a यसले भन्‍न खोजेको मुख्य कुरा के हो? यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने एउटा खास किसिमको डाइटअनुसार चल्नेबारे मात्रै सोच्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गर्नेबारे सोच्नुहोस्‌।

तौल घटाउने तरिका

बाइबलले हाम्रो “आनीबानी सन्तुलित हुनुपर्छ” भनी बताउँछ र यसमा हाम्रो खाने बानी पनि समावेश छ। (१ तिमोथि ३:११) धेरै खानु हुँदैन भनेर बाइबलमा तोकेरै बताइएको छ। (हितोपदेश २३:२०; लुका २१:३४) यी सिद्धान्तहरू मनमा राख्दै स्वस्थकर जीवनशैली अपनाउन निम्न तरिकाहरू लागू गर्न सक्नुहुन्छ:

  • एक किशोर खानालाई नियाल्छन्‌

    स्वस्थकर खाना खानुको मतलब के हो, बुझ्नुहोस्‌।

    तपाईँले खाने सन्दर्भमा एकदम कडिकडाउ गर्नुपर्छ भन्‍ने छैन तर पोषणसम्बन्धी थोरै ज्ञानले पनि सन्तुलित भोजन खान मदत गर्छ। सन्तुलित भोजन खानु भनेको आफ्नो तौललाई ठीक अवस्थामा राख्ने एउटा अत्यन्तै राम्रो तरिका हो।

  • एक किशोर छिटोछिटो हिँड्‌छन्‌

    नियमित व्यायाम गर्नुहोस्‌।

    सक्रिय रहनको लागि दिनहुँ गर्न सक्ने कामहरूबारे सोच्नुहोस्‌। उदाहरणको लागि, लिफ्टको साटो भऱ्‍याङको प्रयोग गर्नुहोस्‌। आधा घण्टा भिडियो गेम खेलेर समय बिताउनुको साटो बाहिर निस्केर छिटोछिटो हिँड्‌ने व्यायाम गर्नुहोस्‌।

  • एक किशोर जङ्‌क फुडको साटो स्वस्थकर खानेकुरा छान्छन्‌

    जङ्‌क फुडको साटो स्वस्थकर खानेकुरा राख्नुहोस्‌।

    सोफिया नाम गरेकी किशोरी भन्छिन्‌: “म आफ्नो वरपर फलफूल र सागपातजस्ता स्वस्थकर खानेकुरा राख्ने कोसिस गर्छु। यसो गर्दा मैले धेरै जङ्‌क फुड खाने सम्भावना हुँदैन।”

  • एक किशोर खाना थप्दैनन्‌

    बिस्तारै खानुहोस्‌।

    कोही-कोही यति छिटो खान्छन्‌ कि तिनीहरू पेटले पुग्यो भनेको आवाज पनि “सुन्दैनन्‌”! त्यसैले बिस्तारै खानुहोस्‌। खाना थप्न जानुअघि एकछिन रोकिनुहोस्‌। यसो गर्नुभयो भने आफूलाई खासै भोक लागेको त होइन रहेछ भनेर थाह पाउनुहुनेछ।

  • एक किशोर लेबलमा भएको पोषणसम्बन्धी जानकारी पढ्‌छन्‌

    आफूले कति क्यालोरी खाँदै छु, त्यसको हिसाब राख्नुहोस्‌।

    खानामा कति क्यालोरी छ भनेर त्यसको लेबलमा भएको पोषणसम्बन्धी जानकारी पढ्‌नुहोस्‌। जस्तै: गुलियो पेयपदार्थ, बजारी खाना र मिठाईहरूमा धेरै क्यालोरी हुन्छ र यसले तौल पनि बढाउँछ।

  • एक किशोर बल खेलेपछि आइसक्रिम खान्छन्‌

    सन्तुलित हुनुहोस्‌।

    सारा नाम गरेकी १६ वर्षीया किशोरी भन्छिन्‌: “एक समय म क्यालोरी हिसाब गर्न यत्ति लग्गू भएको थिएँ कि खानेकुरा देख्नेबित्तिकै क्यालोरीको हिसाब गर्न थाल्थेँ!” “क्यालोरी एकाउन्टेन्ट” नबन्‍नुहोस्‌। कहिलेकाहीँ तपाईँ क्यालोरी धेरै भएको मीठो खानेकुराको पनि मजा लिन सक्नुहुन्छ।

सुझाव: आफ्नो तौलको विषयमा चिन्ता लागेको छ भने डाक्टरसँग कुरा गर्नुहोस्‌। तिनले तपाईँको स्वास्थ्य अवस्था विचार गरेर कस्तो किसिमको जीवनशैली अपनाउनु उपयुक्‍त हुन्छ भनेर बताइदिन सक्छन्‌।

तपाईँका साथीहरू के भन्छन्‌?

निकी

“मिडियामा प्रस्तुत गरिने चिटिक्क परेको जीउडाल देख्दा हामी पनि त्यस्तै बन्‍न चाहन्छौँ तर आफूलाई ऐनामा हेरेपछि भने निराश हुन्छौँ। सत्य कुरा के हो भने सबैको शारीरिक बनौट एउटै हुँदैन। स्वस्थ रहन हामीले यथासक्दो कोसिस गरिरहेका छौँ भने आफ्नो रूपरङ जस्तो छ, त्यसैमा खुसी हुनुपर्छ।”—निकी।

लोरेन्जो

“मैले के खाने भनेर पहिल्यै योजना बनाएको छैनँ भने बजारी खाना खाइहाल्छु, जुन त्यति स्वस्थकर हुँदैन र महँगो पनि हुन्छ। मलाई कार्डियो व्यायाम गर्न पनि असाध्यै मन पर्छ। व्यायाम गरिसकेपछि फुर्तिलो हुन्छु। तर व्यायाम गर्ने योजना बनाएको छैनँ भने मेरो समय अरू नै कुराले खाइदिन्छ।”—लोरेन्जो।

निष्कर्ष: म कसरी आफ्नो तौल घटाउन सक्छु?

एउटा खास किसिमको डाइटअनुसार चल्नेबारे मात्रै सोच्नुभन्दा आफ्नो जीवनशैली परिवर्तन गर्नेबारे सोच्नुहोस्‌। यसो गर्न निम्न तरिकाहरू लागू गर्न सक्नुहुन्छ:

  • स्वस्थकर खाना खानुको मतलब के हो, बुझ्नुहोस्‌। पोषणसम्बन्धी थोरै ज्ञानले पनि सन्तुलित भोजन खान मदत गर्छ।

  • नियमित व्यायाम गर्नुहोस्‌। सक्रिय रहनको लागि दिनहुँ गर्न सक्ने कामहरूबारे सोच्नुहोस्‌।

  • जङ्‌क फुडको साटो स्वस्थकर खानेकुरा राख्नुहोस्‌। स्वस्थकर खानेकुरा राख्नुहोस्‌, जसले गर्दा तपाईँले धेरै जङ्‌क फुड खाने सम्भावना हुँदैन।

  • बिस्तारै खानुहोस्‌। छिटोछिटो नखानुहोस्‌ र खाना थप्न जानुअघि एकछिन रोकिनुहोस्‌। यसो गर्नुभयो भने पेट टन्‍नै भइसकेको थाह पाउनुहुनेछ।

  • आफूले कति क्यालोरी खाँदै छु, त्यसको हिसाब राख्नुहोस्‌। लेबलमा भएको पोषणसम्बन्धी जानकारी पढ्‌नुहोस्‌ र क्यालोरीबारे सचेत रहनुहोस्‌।

  • सन्तुलित हुनुहोस्‌। क्यालोरीबारे जानकारी त लिनुहोस्‌ तर त्यसैमा लग्गूचाहिँ नहुनुहोस्‌।

a तपाईँको किशोरावस्थाका छोरा वा छोरीलाई सँभाल्न गाह्रो हुँदा (अङ्‌ग्रेजी) किताबबाट।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने