प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ १२/८ पृ. २४-२५
  • बोक्सीविद्या भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बोक्सीविद्या भनेको के हो?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अधुरा चाहनाहरू
  • साँचो आध्यात्मिकता—कहाँबाट?
  • बोक्सीविद्याबारे तपाईंलाई के थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • बोक्सीविद्याबारे तपाईंलाई थाह हुनुपर्ने कुराहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • जादुगरी, टुनामुना र बोक्सीविद्याबारे साँचो कुरा
    अनन्त जीवनतर्फ लैजाने बाटो—के तपाईँले त्यो भेट्टाउनुभएको छ?
  • के प्रेतहरू साँच्चै छन्‌?
    ब्यूँझनुहोस्‌!—१९९८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ १२/८ पृ. २४-२५

बाइबलको दृष्टिकोण

बोक्सीविद्या भनेको के हो?

“बोक्सीहरू।” यो नाउँ लिने बित्तिकै तपाईंको मनमा के आउँछ? अरूलाई टुनामुना गरिरहेक डरलाग्दा डंकिनीहरू वा शैतानलाई साथ दिइरहेका अनैतिक स्त्रीहरू? त्यस्तो धारणा विपरीत थुप्रै आधुनिक स्वघोषित बोक्सीहरू साधारण मानिसहरूजस्तै देखिन्छन्‌। तिनीहरूमध्ये कोही कोही प्रतिस्ठित पेसेवरहरू हुन्‌। जस्तै वकिल, शिक्षिका, लेखिका तथा नर्सहरू। संसारमा बिलाउनै लागिसकेको प्राकृतिक धर्म तथा नव गैरमसीहीधर्मवाद जस्ता तन्त्रमन्त्रसित सम्बन्धित धार्मिक क्रियाकलापहरू विश्‍वव्यापी रूपमा पुनःवृद्धि हुँदै गइरहेको पाइन्छ।a “तपाईंले रूसको जुनसुकै ठाउँमा गएर हेर्नुहोस्‌, बोक्सीविद्या मानिसहरूको दिनचर्या नै भइसक्यो” भनी त्यहाँका प्रहरी अधिकृत बताउँछन्‌। संयुक्‍त राज्यमा मात्रै ५०,००० देखि ३,००,००० जति बोक्सीहरू भएको अनुमान गरिएको छ र तिनीहरू आफूलाई “विकान”b भन्‍न रुचाउँछन्‌।

आजकाल “बोक्सी” शब्दको अनेकन्‌ प्रयोग गरिन्छ र व्यक्‍तिपिच्छे फरक अर्थ लाग्नसक्छ। हिजोआज बोक्सीविद्या बिगबिगी हुनुमा विशेष गरी देवीको उपासना गर्नुपर्ने अलौकिक शक्‍तिहरूमा दृढ विश्‍वास राख्ने प्राकृतिक धर्म बढेकोले हो जस्तो देखिन्छ। केही बोक्सीहरू एक्लै बस्न रुचाउँछन्‌। भनौं भने, ऋतु परिवर्तन, चन्द्रमाका अनेकन्‌ रूप तथा अन्य प्राकृतिक अद्‌भुत घटनाहरू हेरेर एक्लै उपासना गर्न रुचाउँछन्‌। अरूहरू चाहिं सामान्यतया १३ जना बोक्सीहरूको झुन्ड अर्थात्‌ कभेनमा रहेर उपासना तथा तन्त्रमन्त्र गर्छन्‌।

हुन त हो, पश्‍चिमी संसारमा बोक्सीविद्या र मध्ययुगमा मौलाएका बोक्सीहरूलाई जलाएर मार्ने मानिसहरूको मनोवृत्तिमा आकाश जमिनको फरक भइसक्यो। तैपनि, अहिले पनि मानिसहरूले आवेगमा आएर कहिलेकाहीं बोक्सीहरू विरुद्ध जथाभावी हूलदंगा गर्ने गरेको पाइन्छ। उदाहरणका लागि, अक्टोबर १९९८ को सुरुतिर इन्डोनेसियामा छुरी चलाउने मानिसहरूले बोक्सीहरू हुन्‌ भन्‍ने आशंकामा १५० जना मानिसहरूको अमानवीय हत्या मारे। दक्षिण अफ्रिकामा १९९० देखि १९९८ भित्रमा बोक्सीहरू विरुद्ध २,००० वटाभन्दा बढी आक्रमण गरियो र त्यसमध्ये ५७७ जनाको हत्या गरिएको रिपोर्ट गरियो। एकातिर बोक्सीविद्यामा चासो बढिरहेको छ भने अर्कोतिर बोक्सीहरूप्रति घृणा। यस्तो अवस्थामा मसीहीहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ?

अधुरा चाहनाहरू

मानिसहरू आधुनिक बोक्सीविद्यामा लाग्नुको कारण के हो? एउटा कारण, प्रकृति तथा जीवनप्रति श्रद्धा प्रकट गर्न त्यसो गरेका हौं भनी तिनीहरू दाबी गर्छन्‌। कोही कोहीचाहिं आफ्नो उपासनामा जनावरहरूको बलि चढाउँदैनौं भनिटोपल्छन्‌। अरूहरू भने धक नमानिकन मनको कुरा बताउन, भरोसा गर्नसक्ने र उस्तै उस्तै आध्यात्मिक चासो भएका मानिसहरूको खोजमा त्यसो गरेको बताउँछन्‌। एउटी आधुनिक बोक्सी भन्छिन्‌, “यस्तो गैरमसीही क्रियाकलापमा भाग लिने मैले चिनेका मानिसहरू मित्रैलो हुनुका साथै मनका कुरा नलुकाई बताउँछन्‌ . . . तिनीहरू असाध्यै रमाइला छन्‌।” अनि थुप्रैले शैतानको यससित कुनै सम्बन्ध नभएको र आफ्नो धार्मिक संरचनामा कुनै पनि दुष्ट देवदेवीहरू नभएको बताउँछन्‌।

तिनीहरूमध्ये थुप्रै बोक्सीविद्यामा लाग्नुको कारण आध्यात्मिक खोक्रोपना र मुख्य मुख्य धर्मप्रति आस्था घटेकोले हो। आफ्नो झुन्डबारे विकानकी प्रधान पूजाहारी फिलिस कुरोट यसो भन्छिन्‌: “हामी सबैलाई आफू हुर्केको धर्मका शिक्षा तथा प्रचलनहरू चित्त बुझेन।” कुरोटले वर्णन गरेअनुसार आधुनिक बोक्सीहरूले जवाफ खोजेका प्रश्‍नहरू यस्ता हुन्‌ ‘पवित्र कुराहरू हामी कसरी पुनःप्राप्त गर्नसक्छौं?’ तर के बोक्सीविद्या साँचो आध्यात्मिकतातर्फ लैजाने मार्ग हो त?

साँचो आध्यात्मिकता—कहाँबाट?

यहोवा, एकमात्र साँचो परमेश्‍वर तथा सार्वभौमसत्ताधारी हुनुहुन्छ भनेर बाइबलले स्पष्टसित बताउँछ। (भजन ७३:२८; १ पत्रुस १:१५, १६; प्रकाश ४:११) सबै मानिसहरूले उहाँलाई खोजून्‌ र “छामेर भेट्टाऊन्‌” भन्‍ने निम्तो दिनुभएको छ। (प्रेरित १७:२७) यसर्थ, साँचो परमेश्‍वर यहोवाको सही ज्ञान लिएर मात्र साँचो आध्यात्मिकता पाउन सकिन्छ। यो ज्ञान उहाँको पवित्र वचन बाइबलको अध्ययन गरेर प्राप्त गर्न सकिन्छ। “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ” भनेर बाइबलका लेखक याकूब हामीलाई आश्‍वासन दिन्छन्‌।—याकूब ४:८.

तथापि, परमेश्‍वरको वचनले दुष्ट आध्यात्मिकता फैलाउने डाही स्रोतबारे चेताउनी दिन्छ। (१ यूहन्‍ना ४:१) यसले यहोवाको प्रमुख शत्रु अथवा अहिले व्याप्त झूटो आध्यात्मिकता फैलाउने शैतान अर्थात्‌ दियाबल तथा तिनका दूतहरूलाई चिनाउँछ।c बाइबलअनुसार शैतानले थुप्रैको “समझशक्‍तिलाई अन्धा तुल्याइदिएको छ।” उसले साँच्चै बोक्सीविद्यामा सम्मिलित दियाबलको उपासना गरेको दाबी गर्ने वा नगर्नेहरू लगायत ‘सारा संसारलाई ठगिरहेको छ।’ कारण के हो?—२ कोरिन्थी ४:४; प्रकाश १२:९.

आधुनिक बोक्सीविद्यासित सम्बन्धित प्रायजसो कार्य तथा प्रचलनहरू शैतानवादको चमत्कारी कुराहरूजस्तै छन्‌। त्यसैले त, अहानिकारक जस्तो देखिने सामान्य जिज्ञासाले पनि प्रेतवादतिर लैजानसक्छ। वास्तवमा, यसरी पनि थुप्रै मानिसहरू शैतानको दुष्ट प्रभावहरूको सिकार हुनपुगेका छन्‌।

बेवास्ता गर्न नहुने अर्को तथ्य हो, आधुनिक बोक्सीविद्यातिर मानिसहरू शक्‍ति पाउने चाहना वा बदलाको भावनाले आकर्षित हुन्छन्‌। आधुनिक समयकी बोक्सी जेनिफर भन्छिन्‌, “आफूलाई बोक्सी भन्‍ने मानिसहरू पनि छन्‌ जसले पैशाचिक कार्यहरू गर्छन्‌।” अवस्था जस्तोसुकै किन नहोस्‌, भलादमी र ईर्ष्यालु दुवै किसिमका बोक्सीहरू शैतान तथा त्यसका प्रेतहरूको नियन्त्रणमा पर्ने खतरा हुन्छ। केही बोक्सीहरूले त्यस्ता दुष्टात्माहरूको अस्तित्व स्वीकार्दैनन्‌ तर यो सोचाइ नै तिनीहरूको लागि ठूलो पासो हुनसक्छ।—१ कोरिन्थी १०:२०, २१ तुलना गर्नुहोस्‌।

बाइबलले भावी बताउने, तन्त्रमन्त्र, जादु, टुनामुना अनि मरेकाहरूसित कुरा गर्ने आदि कुनै पनि काम गर्न निषेध गरेको छ। यसले स्पष्टसित यसो भन्छ: “यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो।” (व्यवस्था १८:१०-१२) निस्सन्देह, मसीहीहरूले “सबै मानिसतर्फ . . . भलाइको काम” गर्ने अठोट गरेका छन्‌। अनि सेवकाईमा तिनीहरूले थुप्रैलाई सबै किसिमका प्रेतवादबाट उम्कन मदत गरेका छन्‌। (गलाती ६:१०; प्रेरित १६:१४-१८) तैपनि, साँचो मसीहीहरू हरेक किसिमका बोक्सीविद्या लगायत झूटो उपासनामा मुछिनबाट सतर्क रहन्छन्‌।—२ कोरिन्थी ६:१५-१७.

[फुटनोटहरू]

a “प्राकृतिक धर्म” भन्‍ने पदावलीले पृथ्वी र पृथ्वीमा भएका यावत्‌ जीवित प्राणीहरू ईश्‍वरीय हुन्‌ र तिनीहरूसित पनि ईश्‍वरको जस्तै जीवनशक्‍ति हुन्छ भन्‍ने विश्‍वासलाई बुझाउँछ; “नव गैरमसीहीधर्मवाद[ले]” चाहिं मसीहपूर्व समयका देवहरूको उपासना गर्ने अर्थ बुझाउँछ।

b विकान-हरू सबै विक्काका अनुयायीहरू हुन्‌ र यो “मसीहपूर्व पश्‍चिम युरोपबाट उत्पन्‍न मूर्तिपूजक प्राकृतिक धर्म हो” भनी दी अमेरिकन हेरिटेज कलेज डिक्सनरी बताउँछ।

c ब्यूँझनुहोस्‌!-मा “बाइबलको दृष्टिकोण” श्रृंखलामा प्रकाशित निम्न लेखहरूले “के दियाबल साँच्चै छ?” (जनवरी ८, १९९०, पृष्ठ १२-१३) र “के प्रेतहरू साँच्चै छन्‌?” (मे ८, १९९८, पृष्ठ १८, १९) जस्ता प्रश्‍नहरूको जवाफ दिन्छन्‌।

[पृष्ठ २४-मा भएको चित्रको स्रोत]

दियाबल, प्रेत तथा बोक्सीविद्यासम्बन्धी चित्रहरू भएको पुस्तक/Ernst and Johanna Lehner/Dover

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने