प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ३/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • कोमेनियस—आधुनिक शिक्षाका हजुरबुबा
    ब्यूँझनुहोस्‌!—१९९९
  • भास्को डा गामाको नाउँमा बनाइएको पुल
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ३/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

आदिवासी अमेरिकी बाइबल “आदिवासी अमेरिकीहरू अनि बाइबल” (जून ८, १९९९) लेख पढ्‌दा विशेष गरी तपाईंहरूले मासाचुसेट आदिवासीहरूका लागि छापिएको जोन इलियोटको बाइबल उल्लेख गर्नुभएकोले मेरो चासो जाग्यो। क्यालिफोर्निया, सान मेरिनोस्थित हन्टिंटन पुस्तकालयमा घुम्न जाँदा मेरो श्रीमान्‌ र मैले उक्‍त बाइबल देखेका थियौं। भजनको पुस्तक खोलेर राखिएको थियो र थुप्रै ठाउँमा यहोवा नाउँ देखिन्थ्यो। यो १७ औं शताब्दीको बाइबलमा परमेश्‍वरको नाउँ देख्न पाउँदा हामी रोमाञ्चित भयौं!

बि. जे., संयुक्‍त राज्य

बालश्रम “बालश्रम—यसको अन्त नजिकै!” भन्‍ने श्रृंखलाबद्ध लेखहरूको लागि धन्यवाद। (जून ८, १९९९) झट्ट आवरण पृष्ठ हेर्दा यी लेखहरू मेरो देशको लागि काम लाग्दैन भन्‍ने लागेको थियो। तर पढ्‌न थालेपछि त पढ्या पढ्यै भएँ। स्पष्टसित भन्‍ने हो भने, मलाई डर लाग्यो। मैले भर्खरै हातले सिएको भालुको पुतली किनेको छु। जापानमै बनाएको भन्दा यसको दाम मलाई निकै सस्तो पऱ्‍यो। कलिला केटाकेटीहरूलाई निर्दयसाथ काममा जोताएर नै यति कम दाममा मैले त्यो पुतली पाउन सकेको होला भनेर सोच्दा साह्रै दुःख लाग्यो।

एस. ओ., जापान

वजन मेरो उमेर १० वर्ष भयो। “युवा जनहरू सोध्छन्‌ . . . मेरो वजनप्रतिको चिन्ताबाट कसरी मुक्‍त हुनसक्छु?” (जून ८, १९९९) लेखको लागि धन्यवाद। मलाई सधैं आफू साह्रै मोटी भएँ जस्तो लाग्थ्यो। यो लेख पढेर मानिसको जीउडाल महत्त्वपूर्ण कुरा होइन रहेछ भनेर थाह पाएँ। अझ महत्त्वपूर्ण कुरा त मानिसका गुणहरू रहेछन्‌।

एम. एस., रूस

वजन “युवा जनहरू सोध्छन्‌ . . . मेरो वजनप्रतिको चिन्ताबाट कसरी मुक्‍त हुनसक्छु?” (जून ८, १९९९) लेखको लागि हार्दिक धन्यवाद दिन्छु। केही समयअघिदेखि मैले आफ्नो जीउडाल र वजनबारे मात्र सोच्न थालेकी थिएँ। ऐनामा हेर्दा आफैलाई लाज लाग्थ्यो र वजन पनि नाप्नै छोडें। तर यो लेख पढेपछि भित्री व्यक्‍तित्व पो महत्त्वपूर्ण रहेछ भनेर थाह पाएँ।

एल. आर., फ्रान्स

परमेश्‍वरको नजरमा मूल्यवान्‌ मेरा प्रयासहरू राम्रा नभएकाले पूर्ण-समय सुसमाचारकको काम गर्न म योग्यको छैन भन्‍ने सेचाइले म अक्सर उदास हुन्थें र आफूलाई बेकम्माको ठान्थें। “बाइबलको दृष्टिकोण: तपाईं परमेश्‍वरको नजरमा मूल्यवान्‌ हुनुहुन्छ!” (जुलाई ८, १९९९) भन्‍ने लेख पढेर मनै हलुको भयो। यहोवाको सेवाबाट तर्काउन शैतानले हामीलाई यस्तो सोचाइमा डुबाउने भरमग्दुर प्रयत्न गर्छ भनेर यस लेखले बुझ्न मदत गऱ्‍यो।

एल. डब्लु., क्यानाडा

यो लेख साह्रै सान्त्वनादायी थियो। यहोवाले मेरो प्रार्थना नै सुन्‍नुहुन्‍न जस्तो लाग्थ्यो। तर यो लेख पढेदेखि यहोवा र आफैमा निकै भरोसा बढेको छ। कृपया यस्तै सान्त्वनादायी लेखहरू प्रकाशित गरिरहनुहोस्‌।

आर. भि. टी., बेल्जियम

आफ्नो आत्मसम्मान गुमाउनुपर्ने गल्तीहरूले गर्दा मैले साह्रै दुःख पाएकी छु। अहिले यहोवासितको मेरो व्यक्‍तिगत सम्बन्ध र मानिसहरूले बुझेभन्दा बढी उहाँको प्रेम छ भन्‍ने थाह पाएर मलाई खुसी र ढुक्क लागेको छ।

भि. एस. सी., ब्राजिल

मैले भर्खरै यो लेखको श्रव्य क्यासेट सुनें। मैले अन्धो भएर जिन्दगी बिताउनुपरेको ४४ वर्ष जति भइसक्यो। तर मसीहीको हौसियतमा बप्तिस्मा लिएपछि पनि आफूलाई कहिल्यै मूल्यवान्‌ ठानिनँ। यो लेखले मलाई असाध्यै प्रभाव पाऱ्‍यो। म परमेश्‍वरलाई धन्यवाद दिन्छु किनकि हामी आफूलाई जसरी हेर्छौं, उहाँ हामीलाई त्यसरी हेर्नुहुन्‍न रहेछ।

ए. के., इटाली

म नकारात्मक भावनाहरूले पीडित थिएँ। तर यो लेख पढ्‌दा, यहोवा कोमलतासाथ मसँग बोल्नुभएजस्तै लाग्यो। आफ्नो विचारशैली परिवर्तन गर्नु अत्यन्तै गाह्रो हुन्छ तर “यहोवा परमेश्‍वर मायालु आमाबाबुजस्तै हाम्रो ‘नजिक’ र हामीलाई खाँचो पर्नेबित्तिकै मदत गरिहाल्न सजग हुनुहुन्छ . . . भजन १४७:१, ३” भनेर यस लेखले बताएको कुरा नबिर्सने प्रयास गर्छु।

के. एफ., जापान

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने