प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ६/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९६
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ६/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

शरीर श्रृंगार म “बाइबलको दृष्टिकोण: शरीर श्रृंगार—व्यावहारिकताको खाँचो” शीर्षक लेखबारे प्रतिक्रिया लेख्दैछु। (अगस्त ८, २०००) सुहाउँदो ढंगमा शरीर श्रृंगार गर्दा सुन्दर हुन्छ र यो एउटा कला हो। समाजले मेरो रूपरंग हेरेर न्याय तथा स्तर निर्धारण गर्न सक्छ तर म परमेश्‍वरको नजरमा प्रिय छु भनी मलाई थाह छ। मलाई आशा छ र म प्रार्थना पनि गर्छु कि अरूले मेरो शरीरमा कुँदिएको चित्र होइन तर मभित्र के छ, त्यो हेर्नेछ।

के. एम., संयुक्‍त राज्य

शरीर श्रृंगार गर्ने वा नगर्ने भन्‍ने कुरा व्यक्‍तिगत निर्णय हो भनी लेखले स्वीकारेको छ। तथापि, कुनै पनि व्यक्‍तिले आफ्नो भित्री सुन्दरता देखाउने एउटा तरिका आफूलाई “लज्जालु र सरल[ता]” जस्ता गुणले सिंगार्नु हो। (१ तिमोथी २:९) मसीहीहरूले आफ्नै विवेकअनुसार मात्र होइन तर “अरूको खातिर” पनि विचार गर्नुपर्छ भनी बाइबलले स्पष्ट पार्छ। (१ कोरिन्थी १०:२९)—सम्पादक। (g01 4/8)

ब्रेल “लुई ब्रेल—अन्धकारका कैदीहरूका लागि ज्योति।” (सेप्टेम्बर ८, २०००) लेखको लागि बधाई छ। म काम गर्ने स्कूलका प्रधानाध्यापक दृष्टिविहीन हुनुहुन्छ। मैले यो लेख पढेर सुनाउँदा उहाँ साह्रै प्रभावित हुनुभयो। यस पत्रिकाको एक प्रति स्कूलको पुस्तकालयमा राखियो।

एम.ए.एस., ब्राजिल (g01 5/8)

दुब्लोपन “युवा जनहरू सोध्छन्‌ . . . म किन यस्तो दुब्लो?” लेख मेरोलागि अत्यन्तै चासोको विषय थियो। (अक्टोबर ८, २०००) म ३२ वर्षीया महिला हुँ तर म सधैं दुब्लो को दुब्लै रहें र आफ्नो शरीरको बनावट हेर्दा आफैलाई असाध्यै लाज लाग्थ्यो। मानिसहरूले सधैं मलाई नरकट, सिकुटी आदि नाउँले जिस्काउँछन्‌। यसले गर्दा म प्रायः खिन्‍न हुन्छु। हाम्रो भित्री व्यक्‍तित्वलाई मूल्यवान्‌ ठान्‍ने साथीहरूको हामीले खोजी गर्नुपर्छ भन्‍ने तपाईंहरूको भनाइ मलाई मनपऱ्‍यो। शारीरिक अपगुणको कारण मसीहीहरूले अरूलाई होच्याउँनु हुँदैन।

डब्लु. एल., संयुक्‍त राज्य (g01 5/22)

जेनेटिक इन्जिनियरिङ  हिजो राती मैले “के विज्ञानले सिद्ध समाजको सृजना गर्न सक्छ?” (सेप्टेम्बर २२, २००० [अंग्रेजी]) विषयक श्रृंखलाबद्ध लेख पढें। मैले यो अंक आफ्नो कार्यालयमा पनि लगें। फलस्वरूप, मेरो हाकिमसँग राम्रो कुराकानी भयो। उहाँ एक डाक्टर हुनुहुन्छ। पत्रिकामा प्रस्तुत चित्रहरूले साँच्चै नै सोच्न अनि मूल्यांकन गर्न उत्प्रेरित गर्छ। हरेक चित्रको निम्ति दिनुभएको समय, प्रयास अनि सोचाइको लागि धन्यवाद।

एन. एम., संयुक्‍त राज्य

धेरै जटिल विषयलाई पनि सरल भाषामा व्याख्या गर्नुभएको लागि तपाईंहरूलाई धेरै धन्यवाद। वैज्ञानिकहरूले सन्तान उत्पादन गर्न को सक्षम छ र को “छैन” भनी निर्णय गर्न सक्छन्‌ तर के तिनीहरूले प्रेम, अनुकम्पा, आध्यात्मिक कुराहरूप्रतिको मूल्यांकन जस्ता गुणहरूलाई पनि ध्यान दिइरहेका छन्‌ त? कुनै व्यक्‍तिको तीक्ष्ण दिमाग वा स्वास्थ्य राम्रो हुँदैमा असल व्यक्‍ति हुनसक्दैन। यद्यपि, मेरो एउटा प्रश्‍न थियो। किन देब्रे हात चलाउनेहरूलाई अशक्‍त भनिन्छन्‌?

जे. सी., संयुक्‍त राज्य

प्रश्‍नमा प्रयोग भएको उद्धरण “द बायोटेक सेन्चुरी” पुस्तकबाट उद्धृत गरिएको हो। “अशक्‍त” शब्द उद्धरण चिह्नभित्र राखिएको कारण लेखकले यसलाई व्यंग्यात्मक अर्थमा प्रयोग गरेको कुरा प्रस्ट हुन्छ। यो शब्दले जेनिटिक इन्जिनियरिङले सामना गर्ने केही नीतिगत चुनौतीहरूलाई प्रकाश पार्छ। जेनेटिक कोड परिवर्तन गर्नसक्ने शक्‍तिको कारण केही व्यक्‍तिहरूले छालाको रङ वा देब्रे हात चलाउने जस्ता स्वभावलाई हेय दृष्टिले हेर्नसक्छन्‌।— सम्पादक।

विज्ञान मेरो रुचिको विषय नभए तापनि ती लेखहरूले मेरो मन छोयो। जनन विज्ञानले असिद्ध मानिसहरूलाई सिद्धता खोज्न उन्मुख गर्छ। यदि तिनीहरूले आफूले चिताइरहेको कुरा पूरा गरिहाले भने बिमारी र अशक्‍तहरू “तल्लो दर्जा”-का हुन्‌ भन्‍ने धारणा राखिनेछ। त्यस्ता व्यक्‍तिहरूप्रति समानुभूति हराउनेछ। तर त्यसको विपरीत, परमेश्‍वरले हजार वर्षे शासनकालमा मानिसजातिलाई सिद्ध बनाउने प्रतिज्ञा गर्नुभएको छ। (प्रकाश २०:४, ५) तर उहाँले हाम्रो स्वतन्त्र इच्छालाई कुनै हानि नपुऱ्‍याइकन यसो गर्नुहुनेछ।

एस. ओ., जापान (g01 5/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने