प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ७/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००१
  • मिल्दोजुल्दो सामग्री
  • के स्टक बजारमा लगानी गर्नु बुद्धिमानी हो?
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
  • के बाइबलले जूवा खेल्नुलाई समर्थन गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ ७/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

स्टक बजार “के स्टक बजारमा लगानी गर्नु बुद्धिमानी हो?” भन्‍ने सन्तुलित लेखप्रति म आभार व्यक्‍त गर्न चाहन्छु। (नोभेम्बर ८, २०००) स्टकको शंकास्पद लाभांशप्रति होसियार हुनुपर्छ भन्‍ने पाठ मैले सिकेको छु। यसमा प्रायजसो ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ। स्टक किन्‍नुअघि सामान्य बजारको स्थिति बुझ्नु बुद्धिमानी हुनेछ।

एन. बी., जर्मनी (g01 6/8)

स्टक बजारमा लगानी गर्नु आफ्नो भरोसा “भाग्यदेव[माथि]” राख्नु होइन भन्‍ने कुरासित म सहमत छैन। (यशैया ६५:११) आफ्नो पैसा भर पर्न नसकिने प्रणालीमा जथाभावी लगानी गर्नु पूर्णतया जुवा खेल्नुसरह हो।

पि. बि., संयुक्‍त राज्य

हो, स्टक बजारमा लगानी गर्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ। अनि अरू व्यापारिक कारोबारमा जस्तै यसमा पनि नसोचेका कुराहरू हुनसक्छन्‌। तथापि, स्टक कारोबार गर्नु जुवा खेल्नुसरह हो भन्‍नुचाहिं मिल्दैन। किनभने जुवा खेल्नुमा कुनै सामग्री नलिईकनै पैसाको कारोबार गर्नु मात्र समावेश छ। तर, स्टकमा व्यापारिक स्वामित्वको केही निश्‍चित कित्ता सेयर प्राप्त हुन्छ। तसर्थ, स्टक कारोबारलाई वैध सामग्रीको किनमेलको रूपमा हेर्न सकिन्छ।—सम्पादक। (g01 6/8)

अत्यधिक खतरनाक खेलहरू हालै मात्र मलाई ह्‍याङ ग्लाइडिङमा भाग लिन आग्रह गरियो। त्यो प्रस्ताव लोभलाग्दो थियो तर यस विषयमा बाइबलले के भन्छ भन्‍ने कुरा थाह पाउन म उत्सुक थिएँ। केही दिनपछि मैले त्यसको जवाफ “ ‘अत्यधिक खतरनाक खेलहरू’—के तपाईंले त्यस्तो खतरा मोल्नु ठीक होला?” भन्‍ने लेखमा पाएँ। (नोभेम्बर ८, २०००) ह्‍याङ ग्लाइडिङ साँच्चै रोमाञ्चक अनुभव होला जस्तो देखिन्छ। तर यसमा भाग लिएर आफ्नो जीवन खतरामा पार्नुभन्दा यहोवासितको मेरो सम्बन्ध नै बढी महत्त्वपूर्ण छ।

एम.एम.एस., ब्राजिल (g01 6/8)

शैतानले येशूलाई देखाएको प्रलोभन “सम्भवतः दर्शनमा” भएको हुनसक्छ भनेर उल्लेख गर्नुभएको छ। के ती प्रलोभनहरू वास्तविक अनुभव होइनन्‌ र?

सी.जी.एच., संयुक्‍त राज्य

बाइबलका कुनैकुनै पक्षहरूलाई शाब्दिक अर्थमा हेऱ्‍यौं भने समस्या उत्पन्‍न हुनसक्छ। उदाहरणका लागि, शैतानले येशूलाई “संसारका सबै राज्य र तिनको गौरव” देखाउन सक्ने अग्लो पर्वत नै छैन। न त शाब्दिक रूपमा ‘पवित्र नगरमा लैजान’ वा “मन्दिरको गजूरमाथि” आफूलाई राख्न येशूले शैतानलाई अनुमति दिनुहुने थियो। (मत्ती ४:५-८) त्यसो हो भने, स्पष्टतयाः कुनै प्रकारको दर्शन नै दिइएको हुनुपर्छ। तथापि, ती प्रलोभनहरू जुनसुकै ढंगमा प्रस्तुत गरिएको भए तापनि येशूलाई शैतानले दिएको प्रलोभनचाहिं वास्तविक थियो। येशूले त्यस्ता प्रलोभनहरू इन्कार गर्नुभएको कुराबाट उहाँको अटल निष्ठा प्रकट हुन्छ।—सम्पादक। (g01 6/8)

सुस्वास्थ काइरोप्राक्टिक डाक्टर तथा अनुमतिप्राप्त फिजियो थेरापिस्टको हैसियतमा स्वास्थ्य क्षेत्रमा मैले काम गरेको २१ वर्ष भइसक्यो र हजारौं बिरामीहरूलाई मदत गरिसकें। तर “सुस्वास्थ्य—के-कस्ता विकल्पहरू छन्‌?” (नोभेम्बर ८, २०००) विषयको श्रृंखलाबद्ध लेख पढेपछि कतै थुप्रैले काइरोप्राक्टिक उपचार विधिका खतराहरूदेखि डराएर यस विधिबाट उपचार गर्नै हिचकिचाउने पो हुन्‌ कि भनेर मलाई साह्रै चिन्ता लागिरहेको छ।

ए. के., संयुक्‍त राज्य (g01 6/22)

घाँटीको काइरोप्राक्टिक उपचार गर्दा रोगीलाई हृदयघात हुनसक्छ भनेर उल्लेख गर्नुभएको रहेछ। मैले काइरोप्राक्टिक उपचारकको रूपमा काम गरेको ५० वर्षभन्दा बढी भइसक्यो तर त्यसो भएको कहिल्यै पनि देखेको वा सुनेको छैन।

बि.डि.बि., संयुक्‍त राज्य

काइरोप्राक्टिक उपचार गर्न चाहने पाठकहरूलाई हामीले उक्‍त उपचार गर्नदेखि निरुत्साहित गर्न खोजेका होइनौं। “ब्यूँझनुहोस्‌!”-मा यसो भनिएको थियो: “यसको उल्लेखनीय पक्ष के हो भने, निपुण उपचारकले हड्डी मिलाएको खण्डमा प्रतिकूल असर पर्ने सम्भावना एकदमै कम हुन्छ।” साथै, नोभेम्बर ९, १९९८ को “आर्काइभ्स अफ इन्टरनल मेडिसिन” खण्ड १५८ ले त्यस्तो हड्डी मिलाउने सन्दर्भमा “यसबाट हुनसक्ने गम्भीर समस्याहरू विवादास्पद छ” अनि “४,००,००० मा १ जना देखि लिएर १ करोडमा ३ देखि ६ जनालाई यस्तो खतरा हुनसक्छ भन्‍ने अनुमानहरू गरिएका छन्‌” भनी बताउँछ। हामीले काइरोप्राक्टिक तरिका अपनाउँदा हृदयघातजस्ता खतराहरू विरलै मात्र देखिन्छन्‌ भनेर स्पष्ट पार्नु पर्ने थियो।—सम्पादक। (g01 6/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने