प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ६/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • भनिला—लामो इतिहास भएको मसला
    ब्यूँझनुहोस्‌!—२००२
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • “म यहोवाको लागि मूल्यवान्‌ छु!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
ब्यूँझनुहोस्‌!—२००३
g03 ६/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

युवा जनहरू सोध्छन्‌ “युवा जनहरू सोध्छन्‌ . . . आमा वा बुबाले मलाई किन माया गर्नुहुन्‍न?” भन्‍ने लेखको लागि तपाईंहरूलाई धन्यवाद छ। (अक्टोबर ८, २००२) अहिले म १६ वर्षकी भएँ र चार वर्षको उमेरदेखि मैले आफ्नो बुबालाई भेटेकी छैन। मैले महसुस गर्ने कुरा उक्‍त लेखले ठ्याक्कै वर्णन गरेको थियो। आमा वा बुबाबाट तिरस्कृत हुँदा पुग्ने चोटजस्तो त अन्य कमै कुराले मात्र पुऱ्‍याउँछ भन्‍ने भनाइ सोह्रै आना सही थियो। यस्तो समयसापेक्ष आध्यात्मिक भोजनको लागि तपाईंहरूलाई धन्यवाद छ।

जे. जे., संयुक्‍त राज्य अमेरिका (g03 5/08)

छुट्टिएर बसेको १३ वर्षपछि मेरा आमाबुबाले सम्बन्धविच्छेद गर्ने निर्णय गर्नुभयो। धेरै वर्षअघि नै मैले मानसिक आघातको सामना गरिसकेकी हुँदा अहिले आएर यतिबिघ्न दुःख किन झेल्नुपरेको होला जस्तो लाग्थ्यो। आफ्नो गहिरो उदासिनताको कारण थाह पाउँदा त्यसले मलाई तोकेरै प्रार्थना गर्न र यो बोझसमेत यहोवामाथि बिसाउन मदत गरेको छ।

एम. डी., इटाली (g03 5/08)

म छ वर्षकी छँदा बुबाले परिवारलाई छोडेर जानुभयो। त्यस बेलादेखि उहाँसँग मेरो त्यति धेरै भेटघाट भएको छैन। मैले दोषी भावना विरुद्ध संघर्ष गरेको वर्षौं भइसक्यो। त्यसैकारण पनि म आफ्नो मनका कुराहरू अरूलाई राम्ररी बताउन सक्दिनँ। तपाईंहरूको लेखमा भएको अनुभवले मेरो मनै छोयो र यस्तो अवस्थाको सामना गर्ने म मात्र रहेनछु भन्‍ने कुरा बुझ्न मदत गऱ्‍यो। यस्तै लेखहरूबाट हामी पाठकहरूले उठाउने लाभ तथा त्यसप्रतिको हाम्रो कृतज्ञतालाई कृपया हल्कासित नलिनुहोला!

ए. एच., इंगल्याण्ड (g03 5/08)

म अहिले १६ वर्षकी भएँ र हालै मेरो बुबाले आमासित सम्बन्धविच्छेद गर्नुभयो। मेरो भाइ, दिदी र म अति नै दुःखित र निराश भएका छौं। यो लेख पाउँदा मलाई त सपनाजस्तै लाग्यो। यो लेख पढ्‌न थालेदेखि नै म धुरु-धुरु रोएँ। यस लेखले मेरो मनमा गुम्सिएर रहेको हरेक भावना वर्णन गऱ्‍यो। त्यसमा प्रयोग गरिएका शब्दहरू अति नै कोमल तथा मायालु थिए। जति-जति पढ्‌दै गएँ, उत्तिनै मेरो मन द्रवित हुँदै गयो। बुबाको माया पाउन म साँच्चै लायक थिइनँ होला भनेर म घरी-घरी सोच्ने गर्थें। त्यसैकारण पनि यो लेख पढेर मैले धेरै सान्त्वना पाएँ। मेरो आफ्नै बुबाले मलाई माया नगरे तापनि यहोवाले सधैं माया गर्नुहुनेछ भन्‍ने कुरा थाह पाउनु साह्रै मनमोहक कुरा हो। एक्कासि आफ्नो मन परिवर्तन गरेर उहाँले मलाई त्याग्नुहुन्छ होला भनेर मैले चिन्ता गर्नुपर्ने कुनै कारण छैन।

ए. एम., संयुक्‍त राज्य अमेरिका (g03 5/08)

हाम्रो परिवारमा बुबाले साह्रै रक्सी पिउनुहुन्थ्यो र यसले गर्दा आमाले धेरै दुःख पाउनुभयो। हामी छोराछोरीलाई त्यति ध्यान दिइएन। म आफूलाई बेकम्मा महसुस गर्थें र मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। प्रार्थना गरेर मैले मदत मागें। यो लेख पाउँदा म अति नै कृतज्ञ भएँ। यस्तो अवस्थामा समेत बाइबल सिद्धान्तहरू प्रयोगमा ल्याएर मानिसहरूले आनन्दित तथा सफल परिणाम पाउन सक्छन्‌ भन्‍ने विचारबाट मैले निकै सान्त्वना प्राप्त गरें। म पनि आनन्दित हुन सक्ने रहेछु भनेर मैले महसुस गरें!

ए. आई., जापान (g03 5/08)

भनिला “भनिला—लामो इतिहास भएको मसला” भन्‍ने लेख मलाई अलि कस्तो-कस्तो लाग्यो। (अक्टोबर ८, २००२) धेरै वर्षअघि मैले मेक्सिकोको विषालु भनिलाबारे एउटा लेख पढेकी थिएँ। धेरै मानिसहरूले यो किन्छन्‌ र यो विषालु हुन्छ भन्‍ने कुरा तिनीहरूलाई थाहै हुँदैन।

पी. डी., संयुक्‍त राज्य अमेरिका (g03 5/08)

“ब्यूँझनुहोस्‌!”-को जवाफ: क्सिकोलगायत अन्य देशहरूमा उत्पादन गरिने कुनै-कुनै भनिलाहरूमा टोन्का दानाहरू हुन्छन्‌ र यसमा क्वमारिनको मात्रा धेरै हुन्छ। यो रासायनिक पदार्थले प्रतिकूल असर पार्ने सम्भावना भएको कारण संयुक्‍त राज्यको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनले यसमाथि प्रतिबन्ध लगाएको छ। क्वमारिन छ कि छैन भन्‍ने कुरा हेरेर वा सुँघेर पत्ता लगाउन त्यति सजिलो नहुने भएकोले, भनिला किन्दा भरपर्दा स्रोतहरूबाट मात्रै किन्‍न उपभोक्‍ताहरूलाई अनुरोध गरिन्छ। साथै, उत्पादन खर्चले गर्दा शुद्ध भनिला महँगो हुने भएकोले यो “एकदमै सस्तोमा पाउनुभयो भने” होसियार हुनुपर्ने हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने