प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ११/८ पृ. ३१
  • बच्चाहरूलाई पढेर सुनाउँदाका लाभहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बच्चाहरूलाई पढेर सुनाउँदाका लाभहरू
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • छोराछोरीले पढ्‌ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ—भाग १: किताब पढ्‌ने कि भिडियो हेर्ने?
    परिवारका लागि
  • किन आफ्ना छोराछोरीलाई ठूलो सोरले पढेर सुनाउने?
    ब्यूँझनुहोस्‌!—२००१
  • पढ्‌ने काममा लागिरहनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • बाइबल पढाइ–लाभदायी तथा आनन्ददायी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ११/८ पृ. ३१

बच्चाहरूलाई पढेर सुनाउँदाका लाभहरू

पोल्याण्डका ब्यूँझनुहोस्‌! लेखकद्वारा

“सारा पोल्याण्ड बच्चाहरूलाई पढेर सुनाउँछ” भन्‍ने वार्षिक अभियानका आयोजकहरू यसो भन्छन्‌: “ज्ञान र बौद्धिक क्षमता दुवैका लागि पढ्‌नु अत्यावश्‍यक छ। . . . यसले मानव विचार र ज्ञानको भण्डारको ढोका खोल्छ।” यदि यो कुरा साँचो हो भने किन थुप्रै वयस्क तथा बच्चाहरू पढ्‌नुलाई अल्छीलाग्दो बाध्यता ठान्छन्‌?

यो अभियान सुरु गर्नेहरूले यसो भने: “पढ्‌ने बानी र पुस्तकहरूप्रतिको प्रेम बाल्यकालमै नबसाली हुँदैन।” आमाबाबुहरूलाई तिनीहरू यसो भन्छन्‌: “तपाईं आफ्ना छोराछोरीहरू बुद्धिमान्‌ भएको अनि स्कूलमा र आफ्नो जीवनमा सफल भएको चाहनुहुन्छ भने हरेक दिन २० मिनेट ठूलो स्वरमा पढेर तिनीहरूलाई सुनाउनुहोस्‌।”

बच्चा अलि ठूलो भएपछि पढेर सुनाउन थालौंला नि भनेर नबसी “जति सक्दो चाँडो” बच्चाहरूसित पढ्‌न थालिहाल्न पनि आमाबाबुहरूलाई प्रोत्साहन दिइन्छ। कहिलेदेखि? “बच्चालाई हाम्रो काखमा लिएर, प्रेमका साथ उसलाई हेरेर अनि हाम्रो स्वरद्वारा उसमा चासो जगाएर शिशुलाई पढेर सुनाऔं” भनी आमाबाबुलाई आग्रह गरिएको छ। “यसो गर्दा सुरक्षा, रमाइलो र घनिष्ठतासित पढाइको चिरस्थायी सम्बन्ध विकास हुन्छ। साथै, यसले उसको मानसिक विकासलाई पनि जुरमुऱ्‍याउँछ।”

“बच्चाहरूलाई पढेर सुनाउनु पहिलेभन्दा अहिले अझ महत्त्वपूर्ण भएको छ” भनी यस अभियानका आयोजकहरू जोड दिन्छन्‌ र तिनीहरू यसका अरू लाभहरू पनि औंल्याउँछन्‌। ठूलो स्वरमा पढ्‌दा यसले बच्चाहरूलाई सोच्न सिकाउँछ, “अरू मानिसहरूलाई, विश्‍वलाई र आफैलाई बुझ्न तिनीहरूलाई मदत गर्छ, . . . चासो जगाउँछ, कल्पनाशक्‍ति विकास गर्छ, भावनात्मक विकासमा सहयोग पुऱ्‍याउँछ, संवेदनशीलता र समानुभूति विकास गराउँछ, नैतिक मान्यताहरू सिकाउँछ, . . . आत्मसम्मान बढाउँछ।” निस्सन्देह, यो “बच्चाहरूको मन र हृदयलाई खतरामा पार्ने . . . थुप्रै अवाञ्छनीय तत्त्वहरू विरुद्धको ओखती” हो भनी यस अभियानका अगुवाहरू निष्कर्षमा बताउँछन्‌।

पढाइलाई विशेष प्रभावकारी बनाउन स्वर्गमा बस्नुहुने तिनीहरूको सृष्टिकर्तासित नजिक हुन बच्चाहरूलाई उत्प्रेरित गर्ने प्रकाशनहरू चलाउनुपर्छ। हामीलाई परमेश्‍वरसित नजिक हुन मदत गर्ने सबैभन्दा उत्तम पुस्तक बाइबल हो। जवान तिमोथीलाई “बाल्यकालदेखि पवित्र लेखोटहरू” सिकाइएको थियो भनी बाइबल बताउँछ। (२ तिमोथी ३:१५) ठूलो स्वरले पढेर बच्चाहरूलाई सुनाउने कार्यक्रममा आमाबाबुले विशेष गरी बच्चाहरूकै लागि भनेर लेखिएको अनि यहोवाका साक्षीहरूद्वारा प्रकाशन गरिएको बाइबलका कथाहरू भएको मेरो पुस्तक र लर्न फ्रम द ग्रेट टिचर जस्ता बाइबलआधारित पुस्तकहरू समावेश गर्न सक्छन्‌। (g04 10/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने