प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जनवरी पृ. १४
  • प्रथम शताब्दीमा आम मनोरञ्जन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रथम शताब्दीमा आम मनोरञ्जन
  • ब्यूँझनुहोस्‌!—२००७
  • मिल्दोजुल्दो सामग्री
  • रोमी इतिहासबाट पाठ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • यहोवालाई खुसी बनाउने मनोरञ्जन छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ६. मनोरञ्जन छान्दा विचार पुऱ्‍याउनुपर्ने कुराहरू
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 जनवरी पृ. १४

प्रथम शताब्दीमा आम मनोरञ्जन

दक्षिण इटालीको दुइटा सहरका खेलकुद प्रेमीहरूबीच भएको झडपमा अनगिन्ती मानिसहरू घाइते भए र थुप्रैले ज्यानसमेत गुमाए। त्यसमा बच्चाहरू पनि परे। त्यस दुःखद घटनापछि सरकारले त्यो रंगशाला दस वर्षको लागि बन्द गर्ने आदेश दियो।

आजका पत्रपत्रिकामा त्यस्ता झडपका रिपोर्टहरू छापिनु कुनै नौलो कुरा होइन। तर माथि उल्लिखित घटना आजभन्दा २,००० वर्षअघि सम्राट्‌ नेरोको शासनकालमा भएको थियो। रोमी इतिहासकार ट्यासिटसले त्यस झडपबारे लेखे। त्यो झडप, पोम्पीको रंगशालामा दर्शकको रूपमा रहेका पोम्पीबासीहरू र छिमेकी सहरबाट आएका खेलकुद प्रेमीहरूबीच भएको थियो। त्यतिखेर उक्‍त रंगशालाको मैदानमा रक्‍तपातपूर्ण प्रतियोगिता भइरहेको थियो।

प्रथम शताब्दीमा मनोरञ्जनले मानिसहरूलाई एकदमै आकर्षित गरेको थियो। रोमी साम्राज्यका मुख्य सहरहरूमा रंगमञ्च, रंगशाला र सर्कसहरू हुन्थे। कुनै सहरहरूमा त ती तीनै वटा कुराहरू हुन्थे। एउटा किताब ( एट्‌लास अफ द रोमन वर्ल्ड) भन्छ: “खेलहरू एकदमै डरलाग्दो र उत्तेजित हुन्थे। . . . साथै त्यस्तो खेल रगत बगाउनेगरि नियोजित ढंगमा खेलाइन्थ्यो।” घोडचढीहरूले आ-आफ्ना दलअनुसार एकदमै स्पष्ट छुटिने रंगका वस्त्रहरू लगाएका हुन्थे। प्रत्येक दलले कुनै न कुनै राजनैतिक वा सामाजिक समूहको प्रतिनिधित्व गर्थ्यो। आफ्नो मनपर्ने घोडचढीहरूको दल रंगशालाको मैदानमा प्रवेश गर्दा समर्थकहरू उत्तेजित हुन्थे। घोडचढीहरू यत्ति लोकप्रिय थिए कि मानिसहरूले तिनीहरूको तस्बिर आफ्नो घरमा सजाउँथे। साथै, ती घोडचढीहरूले प्रशस्तै पैसा पनि पाउँथे।

सहरहरूमा रक्‍तपातपूर्ण प्रतियोगिताहरू हुन्थे र त्यहाँ मानिसहरूलाई पशुहरूसित पनि भिड्‌न लगाइन्थ्यो। कुनै-कुनै बेला मानिसहरू पशुसित बिना हतियार पनि भिड्‌थे। इतिहासकार विल ड्युरान्टअनुसार “दोषी ठहरिएका अपराधीहरूलाई कोही बेला पशुजस्तै देखाउन ती पशुहरूको छाला लगाइदिएर भोको हिंस्रक जनावरको अघि फ्याँकिन्थ्यो। त्यस्तो बेला ती अपराधीहरूले अत्यन्तै पीडादायी मृत्यु भोग्नुपर्थ्यो।”

परमेश्‍वरलाई मन नपर्ने त्यस्ता मनोरञ्जन रुचाउने ती मानिसहरूको ‘समझ साँच्चै अँध्यारो भएको’ थियो र तिनीहरू “निर्दयी” भएका थिए। (एफिसी ४:१७-१९) दोस्रो शताब्दीमा टर्टुलियनले यस्तो लेखे: “[मसीहीहरूबीच] सर्कसको पागलपना, रंगमञ्चको निर्लज्जता र खेलकुद मैदानको हिंसाबारे कहिल्यै कुरा हुँदैनथ्यो, न त ती कुराहरूसित तिनीहरूको सम्बन्ध भएको देखियो न कहिल्यै सुनियो।” आज साँचो मसीहीहरू पनि पत्रिका, किताब, टेलिभिजन वा कम्प्युटर गेम जस्ता मनोरञ्जनका जुनसुकै माध्यम किन नहोस्‌, हिंसात्मक मनोरञ्जनमा नफस्न होसियार हुन्छन्‌। “हिंसा रुचाउनेहरूलाई” यहोवा घृणा गर्नुहुन्छ भन्‍ने कुरा तिनीहरू मनमा राख्छन्‌।—भजन ११:५, NRV. (g 11/06)

[पृष्ठ १४-मा भएका चित्र]

विजयी घोडचढीको चित्र

[पृष्ठ १४-मा भएका चित्र]

सिंहनीसित लडिरहेको पुरुषको भित्तामा कुँदिएको चित्र

[पृष्ठ १४-मा भएका चित्र]

प्रथम शताब्दीको रोमी रंगमञ्च

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने