प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जनवरी पृ. ३
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इटाली
  • आर्मेनिया
  • जापान
  • चीन
  • ट्राफिक जामको कुनै उपाय?
    ब्यूँझनुहोस्‌!—२००५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००२
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०१४
ब्यूँझनुहोस्‌!—२०१४
g14 जनवरी पृ. ३

विश्‍वदर्शन

इटाली

[पृष्ठ ३-मा भएको चित्र]

सन्‌ २०११ मा इटालीमा गाडीभन्दा साइकलको बिक्री धेरै भयो। आर्थिक कठिनाइ, इन्धनको मूल्यवृद्धि र गाडीको मर्मतसम्भार खर्चिलो हुनु यसका केही कारण हुन सक्छन्‌। अर्कोतर्फ साइकल सस्तो र चलाउन सजिलो हुन्छ अनि मर्मतसम्भार गर्न पनि महँगो पर्दैन।

आर्मेनिया

आर्मेनियाको सरकारले १७ जना युवकको मानवअधिकार हनन गरेको फैसला मानवअधिकारसम्बन्धी युरोपेली अदालतले सुनायो। ती युवकहरू सबै यहोवाका साक्षीहरू थिए र सैन्य अधिकृतहरूको निगरानीमा निजामती सेवा गर्न इन्कार गरेकोले तिनीहरूलाई हिरासतमा लिइएको थियो। अदालतले आर्मेनियाको सरकारलाई ती १७ जनालाई क्षतिपूर्ति तिर्न र मुद्दा लड्‌न लागेको खर्च बेहोर्न निर्देशन दियो।

जापान

फेसबुकजस्ता सामाजिक सञ्जाल मार्फत अपराधको सिकार भएका केटाकेटीमध्ये ६३ प्रतिशतले यस्ता साइटहरू चलाउँदा हुन सक्ने खतराबारे आमाबाबुबाट कुनै चेतावनी पाएका थिएनन्‌। जाँच-पडताल गरिएका ५९९ मुद्दामध्ये ७४ प्रतिशत अभियोगीहरूले त्यस्ता वेब साइट चलाउनुको मुख्य उद्देश्‍य नाबालिगहरूसित यौनसम्बन्ध राख्नु हो भनेर मानिलिए।

चीन

सवारी चाप कम गर्न चीनको ठूलठूला सहरमा नयाँ गाडीहरूको दर्तामा कटौती गरिएको छ। उदाहरणको लागि, बेइजिङमा प्रति वर्ष २,४०,००० गाडीहरू मात्र दर्ता गरिन्छ। अगस्त २०१२ मा १०,५०,००० मानिसले गाडी दर्ता गर्ने चिट्ठा कार्यक्रममा भाग लिए र १९,९२६ जनाले मात्र गाडी दर्ताको प्रमाणपत्र पाए। यसको मतलब दर्ताको लागि दरखास्त दिएका ५३ जनामध्ये जम्मा १ जनाले दर्ता गराउन सके। (g13-E 10)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने