प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 जुलाई पृ. १४-१५
  • वचनबद्ध भइरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वचनबद्ध भइरहनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • १ वचनबद्ध हुनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • तपाईंको विवाहलाई कसरी बलियो बनाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईंको वैवाहिक जीवन बचाउन सकिन्छ!
    ब्यूँझनुहोस्‌!—२००१
  • सफल वैवाहिक जीवनका लागि तयारी
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 जुलाई पृ. १४-१५
सुखी वैवाहिक जीवन बिताइरहेको दम्पती हिउँमा हिंड्‌दै

परिवारका लागि | विवाह

वचनबद्ध भइरहनुहोस्‌

चुनौती

विवाहको दिन तपाईंले आफ्नो जीवनसाथीसित वाचा बाँध्नुभयो। त्यो जीवनभरको लागि बाँधिएको गम्भीर वाचा थियो। तपाईंले आफ्नो जोडीलाई सधैं साथ दिने र जस्तोसुकै समस्या आए पनि त्यसलाई पार लगाउने अठोट गर्नुभयो।

तर समय बित्दै जाँदा दुई जनाबीचको खटपटले तपाईंको सम्बन्धमा चिसोपन ल्यायो होला। के तपाईं अझै पनि आफ्नो जीवनसाथीसित वचनबद्ध भएको महसुस गर्नुहुन्छ?

तपाईंले के बुझ्नुपर्छ?

लङ्‌गर लगाइएको डुङ्‌गामा बसिरहेका एक दम्पती

वचनबद्धता भनेको वैवाहिक सम्बन्धलाई स्थिर बनाउने लङ्‌गरजस्तै हो

वचनबद्ध हुनु भनेको बन्धनमा पर्नु होइन। आज धेरै मानिस वचनबद्ध हुन सकिंदैन भनेर सोच्छन्‌। कसै-कसैले वचनबद्ध हुनु भनेको त बन्धनमा पर्नु हो समेत भन्छन्‌। तर वचनबद्धतालाई तपाईंको वैवाहिक सम्बन्धलाई स्थिर बनाउने लङ्‌गरजस्तै ठान्‍नुहोस्‌। मेगन नाम गरेकी एउटी पत्नी यसो भन्छिन्‌, “श्रीमान्‌-श्रीमती एकअर्काप्रति वचनबद्ध छन्‌ भने आपसमा मनमुटाव हुँदासमेत आफ्नो जीवनसाथीले आफूलाई छोडेर जानेछैन भन्‍ने कुरामा ढुक्क हुन्छन्‌।”a वैवाहिक सम्बन्धमा कुनै आँच आउँदैन भनेर विश्‍वस्त हुँदा समस्या आउँदासमेत त्यसलाई सुल्झाउन सक्नुहुन्छ।—“वाचा र वफादारी” भन्‍ने पेटी हेर्नुहोस्‌।

निष्कर्ष: तपाईंको वैवाहिक जीवनमा समस्या छ भने यो वचनबद्ध भइरहने समय हो, त्यसबारे प्रश्‍न उठाउने समय होइन। तपाईं कसरी यसो गर्न सक्नुहुन्छ?

तपाईं के गर्न सक्नुहुन्छ?

आफ्नो दृष्टिकोण केलाउनुहोस्‌। “विवाह जीवनभरको लागि।” यो वाक्यले तपाईंलाई बन्धनमा पारेको महसुस गराउँछ कि ढुक्क महसुस गराउँछ? वैवाहिक जीवनमा समस्या आइपर्दा एकअर्कादेखि छुट्टिएर बस्नु नै सबैभन्दा सजिलो विकल्पजस्तो लाग्छ कि? वचनबद्ध भइरहने हो भने विवाहलाई स्थायी सम्बन्धको रूपमा हेर्नु अत्यावश्‍यक छ।—बाइबल सिद्धान्त: मत्ती १९:६.

आफू हुर्केको पृष्ठभूमि केलाउनुहोस्‌। वचनबद्ध हुने सन्दर्भमा तपाईंको आमाबुबाले एकअर्कासित गरेको व्यवहारले तपाईंको दृष्टिकोणलाई पनि असर गर्न सक्छ। लेआ नाम गरेकी एक पत्नी यसो भन्छिन्‌, “म हुर्कंदै गर्दा मेरा आमाबुबाले सम्बन्धविच्छेद गर्नुभयो। उहाँहरूको उदाहरणले वचनबद्धताप्रति मेरो दृष्टिकोणमा नकारात्मक प्रभाव पारेको हो कि जस्तो लाग्छ।” तर यस कुरामा ढुक्क हुनुहोस्‌, तपाईं आफ्नो वैवाहिक सम्बन्धलाई राम्रो बनाउन सक्नुहुन्छ। आफ्ना आमाबुबाले गरेको गल्ती तपाईंले पनि दोहोऱ्‍याउनुपर्छ भन्‍ने छैन।—बाइबल सिद्धान्त: गलाती ६:४, ५.

आफ्नो बोलीवचन केलाउनुहोस्‌। आफ्नो जीवनसाथीसित चर्काचर्की पर्दा पछि गएर पछुताउनुपर्ने यस्ता कुराहरू नभन्‍नुहोस्‌, “अब म तिमीलाई/तपाईंलाई छोडिदिन्छु!” वा “मेरो कुरा बुझ्ने अरू नै कोही खोज्छु!” यस्ता शब्दहरूले वचनबद्धतालाई कमजोर पार्छ र समस्या समाधान गर्नुको सट्टा एकआपसमा दोषारोपणको झटारो मात्र हानिन्छ। त्यसैले घोच्ने बोली बोल्नुको सट्टा तपाईं यस्तै केही भन्‍न सक्नुहुन्छ, “हामी दुवैको चित्त दुखेको छ। यो समस्यालाई हामी कसरी मिलेर समाधान गर्न सक्छौं?”—बाइबल सिद्धान्त: हितोपदेश १२:१८.

वचनबद्ध भएको स्पष्ट सङ्‌केत दिनुहोस्‌। आफू काम गर्ने ठाउँमा आफ्नो जीवनसाथीको तस्बिर राख्नुहोस्‌। आफ्नो वैवाहिक सम्बन्धबारे अरूसित सकारात्मक कुरा गर्नुहोस्‌। एकअर्काबाट टाढा भएको बेला हरेक दिन आफ्नो जीवनसाथीलाई फोन गर्ने लक्ष्य राख्नुहोस्‌। अरूसित कुराकानी गर्दा “हामी” भन्‍ने शब्द प्रयोग गर्नुहोस्‌ र “मेरी श्रीमती र म” वा “मेरो श्रीमान्‌ र म” जस्ता वाक्यांशहरू प्रयोग गर्नुहोस्‌। यसले तपाईं आफ्नो जीवनसाथीप्रति वचनबद्ध हुनुहुन्छ भनेर देखाउँछ।

आदर्श व्यक्‍तिहरूसित मदत माग्नुहोस्‌। वैवाहिक जीवनमा आउने समस्याहरूसित सफलतासाथ डटेका परिपक्व दम्पतीहरूसित मदत माग्नुहोस्‌। उनीहरूलाई सोध्नुहोस्‌, “वचनबद्ध हुनु किन महत्त्वपूर्ण छ जस्तो लाग्छ? वचनबद्ध हुँदा तपाईंको वैवाहिक सम्बन्धमा कस्तो मदत पुगेको छ?” बाइबल भन्छ, “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।” (हितोपदेश २७:१७) यो सिद्धान्त मनमा राख्दै आफ्नो वैवाहिक जीवन सफलतासाथ बिताइरहेका व्यक्‍तिहरूसित सल्लाह मागे कसो होला? (g15-E 06)

a विवाहित जोडीले अवैध यौनसम्बन्ध राखेको खण्डमा मात्र विवाह-बन्धन टुटाउन सक्ने छुट बाइबलले दिएको छ।

मूल शास्त्रपद

  • “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”—मत्ती १९:६.

  • “हरेकले आफ्नो भारी आफै बोक्नेछ।”—गलाती ६:५.

  • “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।”—हितोपदेश १२:१८.

वाचा र वफादारी

‘तपाईं र तपाईंको जोडी एकअर्काप्रति वफादार हुनुहुन्छ भने तपाईंले आफ्नो बन्धन बलियो भएको महसुस गर्नुहुनेछ। तपाईंले आजभन्दा केही महिना, वर्ष र दशकपछिको समयबारे सोच्नुहुँदा तपाईंले आफूलाई एकअर्काको साथमा देख्नुहुन्छ। एकअर्कासित विवाहित नभएको कल्पनासमेत गर्न सकिंदैन र यस्तो दृष्टिकोणले तपाईंको सम्बन्धलाई सुरक्षा प्रदान गर्छ। एउटी पत्नी भन्छिन्‌: “मलाई [मेरो पतिसित] असाध्यै रिस उठेको अनि दिक्क लागेको बेला पनि मलाई हाम्रो विवाह टुङ्‌गिएला भनेर चिन्ता लागिरहेको हुँदैन। हाम्रो सम्बन्ध फेरि कसरी पहिलाको जस्तै बनाउने भनेर मात्र चिन्ता लाग्छ। हाम्रो पुनःमिलाप हुनेछ भन्‍नेबारे मलाई पटक्कै शङ्‌का छैन, यति मात्र हो कि त्यतिखेर कसरी मिलाप गर्ने मलाई थाह हुँदैन।”’—सेप्टेम्बर १५, २००३ को प्रहरीधरहरा-को अङ्‌कबाट।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने