प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या २ पृ. ४
  • १ वचनबद्ध हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ वचनबद्ध हुनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • वचनबद्ध भइरहनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
  • तपाईंको विवाहलाई कसरी बलियो बनाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईंको वैवाहिक जीवन बचाउन सकिन्छ!
    ब्यूँझनुहोस्‌!—२००१
  • पाको उमेरमा तपाईँ कसरी वैवाहिक सम्बन्धलाई जोगाउन सक्नुहुन्छ?
    परिवारका लागि
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या २ पृ. ४
लङ्‌गरले आँधीहुरीको बेला डुङ्‌गालाई स्थिर राख्छ

वचनवद्धता लङ्‌गरजस्तै हो; वैवाहिक जीवनमा तुफानरूपी समस्या आउँदा त्यसले स्थिर रहन मदत गर्छ

दम्पतीका लागि

१ वचनबद्ध हुनुहोस्‌

यसको अर्थ के हो?

पतिपत्नी एकअर्काप्रति वचनबद्ध छन्‌ भने तिनीहरूले वैवाहिक बन्धनलाई अटुट बन्धनको रूपमा हेर्छन्‌। यस्तो दृष्टिकोणले तिनीहरूलाई सुरक्षित महसुस गराउँछ। जतिसुकै गाह्रो अवस्था आए पनि आफ्नो जीवनसाथीले वैवाहिक बन्धन तोड्‌दैनन्‌ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त हुन्छन्‌।

कोही-कोही भने समाज वा परिवारले के भन्लान्‌ भन्‍ने डरले सँगै बस्न बाध्य महसुस गर्छन्‌। तर वास्तवमा वचनबद्धता आदर र प्रेममा आधारित हुन्छ।

बाइबलको सिद्धान्त: “पतिले पनि आफ्नी पत्नीलाई त्याग्नुहुँदैन।”—१ कोरिन्थी ७:११.

“तपाईँ वचनबद्ध हुन दृढ हुनुहुन्छ भने झट्टै रिसाउनुहुन्‍न; सजिलै माफी दिनुहुन्छ अनि माफी माग्नुहुन्छ। वैवाहिक जीवनमा कुनै समस्या आयो भन्दैमा त्यसलाई वाचा तोड्‌ने निहुँ बनाउनुहुन्‍न।”—मिका

यस विषयमा किन चासो राख्नुपर्छ?

वचनबद्ध नभएका दम्पतीहरू समस्या आउँदा तुरुन्तै यस्तो निष्कर्षमा पुग्छन्‌, ‘हामी एकअर्काको लागि बनिएका होइनौँ।’ तिनीहरू सम्बन्ध तोड्‌ने बाटो खोज्न थाल्छन्‌।

“थुप्रै मानिसले वैवाहिक जीवनमा कुनै समस्या आइहाल्यो भने सम्बन्धविच्छेद गर्न सकिन्छ भन्‍ने सोचाइ राखेर विवाह गर्छन्‌। त्यस्तो सोचाइले गर्दा तिनीहरू सुरुदेखि नै वचनबद्ध हुन सक्दैनन्‌।”—जीन

तपाईँ के गर्न सक्नुहुन्छ?

आफैलाई जाँच्नुहोस्‌

ठूलो विवाद पर्दा . . .

  • कस्तो मान्छेसँग बिहे गरेछु भनेर पछुताउनुहुन्छ कि?

  • फलानोसित विवाह गरेको भए हुने रहेछ भनेर सोच्नुहुन्छ कि?

  • “म तपाईँलाई/तिमीलाई छोड्‌छु” वा “म घर छोडेर जान्छु” भन्‍नुहुन्छ कि?

तपाईँको मनमा यस्ता कुराहरू खेल्छन्‌ भने वाचा पूरा गर्ने सङ्‌कल्पलाई बलियो बनाउनु खाँचो छ भन्‍ने देखिन्छ।

सँगै छलफल गर्नुहोस्‌

  • के सुख-दुःखमा साथ दिने हाम्रो सङ्‌कल्प कमजोर भएको छ? छ भने किन?

  • आफ्नो सङ्‌कल्पलाई बलियो बनाउन के गर्नुपर्छ?

सुझाव

  • बेला-बेलामा पति/पत्नीलाई मायाले भरिएका कुरा लेखेर दिनुहोस्‌

  • काम गर्ने ठाउँमा पति/पत्नीको फोटो राख्न सक्नुहुन्छ

  • काम गर्ने ठाउँमा हुँदा वा बाहिर गएको बेला पति/पत्नीलाई फोन गर्नुहोस्‌

बाइबलको सिद्धान्त: “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”—मत्ती १९:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने