प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या २ पृ. ६
  • ३ आदर गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ३ आदर गर्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • पाको उमेरमा तपाईँ कसरी वैवाहिक सम्बन्धलाई जोगाउन सक्नुहुन्छ?
    परिवारका लागि
  • मेलमिलाप गर्नुहोस्‌, तर कसरी?
    ब्यूँझनुहोस्‌!—२०१५
  • कृतज्ञता कसरी व्यक्‍त गर्ने?
    ब्यूँझनुहोस्‌!—२०१७
  • अफिसको कामलाई अफिसमै सीमित राख्नुहोस्‌
    परिवारका लागि
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या २ पृ. ६
एक दम्पती सिमेन्ट-बालुवाको मिश्रण प्रयोग गरेर इँटाको पर्खाल लगाउँदै

आदर झल्किने बोली इँटाहरूलाई जोड्‌ने सिमेन्ट-बालुवाको मिश्रणजस्तै हो; यसले तपाईँको वैवाहिक सम्बन्धलाई मजबुत बनाउँछ

दम्पतीका लागि

३ आदर गर्नुहोस्‌

यसको अर्थ के हो?

एकअर्कालाई आदर गर्ने पतिपत्नी कुरा बाझिँदा पनि एकअर्कालाई माया गरिरहन्छन्‌। वैवाहिक जीवन सुधार्ने १० तरिका (अङ्‌ग्रेजी) किताबमा यस्तो लेखिएको छ: “यस्ता दम्पतीहरू आफ्नै कुरामा अडिग रहँदैनन्‌ बरु समस्या सुल्झाउनेतिर लाग्छन्‌। जीवनसाथीको कुरा ध्यान दिएर सुन्छन्‌ र विचार बुझ्ने प्रयास गर्छन्‌। यसरी दुवै जना सहमतिमा आउँछन्‌।”

बाइबलको सिद्धान्त: “प्रेमले . . . आफ्नै फाइदा खोज्दैन।”—१ कोरिन्थी १३:४, ५.

“पत्नीको विचारको कदर गरेर म उसलाई आदर गरेको देखाउँछु। उसलाई निराश बनाउने र वैवाहिक जीवन भताभुङ्‌ग पार्ने कुनै काम गर्न चाहन्‍नँ।”—मिका

यस विषयमा किन चासो राख्नुपर्छ?

आदरभाव नदेखाउने पतिपत्नीले एकअर्कालाई होच्याउने, घोचपेच गर्ने र खिसी गर्ने गर्छन्‌। अनुसन्धानकर्ताहरूको भनाइअनुसार यस्ता दुर्गुणहरूले दम्पतीहरूलाई सम्बन्धविच्छेद गर्ने हदसम्म पुऱ्‍याउँछ।

“श्रीमतीलाई छेडपेच गर्दा वा हाँसोमा उडाउँदा उनी निराश हुन सक्छिन्‌ र तपाईँमाथिको भरोसा गुम्न सक्छ। अनि तपाईँको वैवाहिक जीवन तहसनहस हुन सक्छ।”—ब्रायन

तपाईँ के गर्न सक्नुहुन्छ?

आफैलाई सोध्नुहोस्‌

आफ्नो बोली र काम कस्तो छ, एक हप्ता जाँचेर हेर्नुहोस्‌। त्यसपछि आफैलाई सोध्नुहोस्‌:

  • ‘मैले कति पटक घोचपेच गरेँ अनि कति पटक प्रशंसा गरेँ?’

  • ‘आदर देखाउन मैले के गरेँ?’

सँगै छलफल गर्नुहोस्‌

  • कस्तो बोली र व्यवहारले एकअर्काको आदर गरेको देखिन्छ?

  • कस्तो बोली र व्यवहारले एकअर्काको आदर नगरेको देखिन्छ?

सुझाव

  • आफूलाई कसरी आदर देखाएको चाहनुहुन्छ, दुवै जनाले तीन वटा तरिका लेख्नुहोस्‌। त्यसपछि लेखेको कुरा एकअर्कासित साट्‌नुहोस्‌ अनि आदर देखाउन उन्‍नति गर्नुपर्ने क्षेत्रमा काम गर्नुहोस्‌।

  • जीवनसाथीको मन पर्ने गुणहरूको सूचि बनाउनुहोस्‌। ती गुणहरूको साँच्चै कदर गर्नुहुन्छ भनेर बताउनुहोस्‌।

“पतिको कदर गरेको र उहाँलाई खुसी बनाउन चाहेको कुरा आफ्नो कामबाट देखाउँछु। यसरी म उहाँको आदर गर्छु। आदर गर्न केही भव्य गर्नुपर्छ भन्‍ने छैन। सानोतिनो कामबाट पनि मनैदेखि आदर गरेको देखाउन सकिन्छ।”—मेगन

कुरा स्पष्ट छ, आफूले आदर पाइरहेको छु कि छैनँ, त्यो महत्त्वपूर्ण होइन। बरु आफ्नो जीवनसाथीले आदर पाइरहेको महसुस गरेका छन्‌ कि छैनन्‌, त्योचाहिँ महत्त्वपूर्ण हो।

बाइबलको सिद्धान्त: “कोमल करुणा, दया, विनम्रता, कोमलता र धीरज धारण गर।”—कलस्सी ३:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने