प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ८/१५ पृ. ३१
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • नाउँ कमाएका मुद्रक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • सत्य किन खोज्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • के धार्मिक सत्य प्राप्त गर्न सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ८/१५ पृ. ३१

के तपाईंलाई सम्झना छ?

के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरू पढेर त्यसबाट आनन्द उठाउनुभएको छ? छ भने, निम्न बुँदाहरू पुनः स्मरण गर्नु तपाईंलाई रोचक लाग्नेछ:

▫ के धार्मिक सत्य प्राप्त गर्न सकिन्छ?

येशू ख्रीष्टले भन्‍नुभयो: “तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्‍ना ८:३२) वास्तवमा, सत्य प्राप्त गर्न सकिन्छ भनेर मात्र होइन तर हाम्रो उपासना परमेश्‍वरको सामु ग्रहणयोग्य हुन त्यो सत्य भेटाउनु आवश्‍यक छ भनी येशूले औंल्याउनुभयो। उहाँले सामरी स्त्रीलाई भन्‍नुभयो: “साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌।” (यूहन्‍ना ४:२३)—४/१५, पृष्ठ ५.

▫ रबर्ट एस्ट्येन को थिए र तिनले कसरी नाउँ कमाए?

रबर्ट एस्ट्येन १६ औं शताब्दीका मुद्रक थिए। तिनले आफ्नो सम्पूर्ण जीवन पवित्र शास्त्र प्रकाशन गर्न बिताए र मौलिक भाषामा लेखिएअनुरूप बाइबलको वचन बुझ्ने प्रयास गरे। तिनले बाइबलका पदहरू विभाजन गर्न प्रयोग गरेको तरिका आज सर्वमान्य छ।—४/१५, पृष्ठ १०, १४.

▫ हामी दैनिक बाइबल पढाइबाट कसरी लाभान्वित हुन्छौं?

हाम्रो निम्ति शास्त्रले हरेक पल्ट नयाँ अर्थ लिन्छ। हालै देखेका, सुनेका र व्यक्‍तिगत तवरमा अनुभव गरेका कुराहरूको आधारमा अन्तिम दिनका भविष्यवाणीहरू झनै प्रभावकारी हुन्छन्‌। हामीले जीवनमा अनुभवहरू बटुल्दै र समस्याहरूसित सामना गर्दै जाँदा बाइबलको सल्लाहलाई अझ मूल्यांकन गर्छौं। (हितोपदेश ४:१८)—५/१, पृष्ठ १४.

▫ बाइबल पदहरू कसरी स्मरण गर्न सकिन्छ?

बाइबल पढ्‌दा आफूले विशेषगरि स्मरण गर्न चाहेका पदहरूमा चिन्ह लगाउनुहोस्‌ वा कार्डमा सारेर हरेक दिन आफूले देख्ने ठाउँमा राख्नुहोस्‌। ती पदहरूलाई मुखस्त गर्नुहोस्‌, मनन गर्नुहोस्‌ र तिनीहरूको प्रयोग गर्नुहोस्‌। एकै चोटि धेरै पदहरू मुखस्त गर्ने कोसिस नगर्नुहोस्‌, हरेक हप्ता शायद एक वा दुइ पद मुखस्त गर्नु यथेष्ट हुनेछ।—५/१, पृष्ठ १६, १७.

▫ सुसमाचारका लेखकहरूले उल्लेख नगरेको कुन जानकारी लूकारचित सुसमाचारमा पाइन्छ?

लूकाको विवरण प्रायजसो मत्तीको जस्तै भए तापनि यसमा ५९ प्रतिशत थप जानकारीहरू छन्‌। लूकाले येशूका छवटा चमत्कारहरू लिपिबद्ध गरे र सुसमाचारका अन्य लेखकहरूले उल्लेख नगरेका उहाँका दुइ गुना बढी उदाहरणहरू उल्लेख गरे।—५/१५, पृष्ठ १२.

▫ सन्‌ १९३५ मा ज्योतिका कस्ता उल्लेखनीय चमकहरू प्रकट भए?

प्रकाश ७:९, १४ मा उल्लिखित ठूलो भीड स्वर्ग जाने दोस्रो समूह होइन तर पार्थिव आशा हुनेहरू हो भनेर प्रकट भयो। (यूहन्‍ना १०:१६)—५/१५, पृष्ठ २०.

▫ हामीले शोकाकुलहरूलाई सान्त्वना दिनसक्ने व्यवहारिक तरिकाहरू के के हुन्‌?

सुन्‍नुहोस्‌। आश्‍वासन दिनुहोस्‌। उपयुक्‍त देखिएमा अग्रसर हुनुहोस्‌। सान्त्वनादायी शब्दहरूले भरिएको पत्र वा कार्ड पठाउनुहोस्‌। तिनीहरूसँगै बसेर प्रार्थना गर्नुहोस्‌। (याकूब ५:१६) तिनीहरूलाई लगातार मदत दिनुहोस्‌।—६/१, पृष्ठ १३, १४.

▫ धार्मिक तवरमा विभाजित परिवारहरूमा बस्ने व्यक्‍तिहरूलाई मदत दिन आध्यात्मिक भाइ तथा बहिनीहरूले के गर्नसक्छन्‌?

नियमित रूपले तिनीहरूसित हर अवसरमा प्रोत्साहनजनक, सकारात्मक र सान्त्वनादायी कुरा गर्नुहोस्‌। (१ थिस्सलोनिकी ५:१४) यो तिनीहरूको मन अनि शरीरको लागि स्फूर्तिदायी हुन्छ। व्यवहारिक र उपयुक्‍त देखिएमा तिनीहरूलाई आफ्नो ईश्‍वरतान्त्रिक तथा सामाजिक क्रियाकलापहरूमा सामेल गर्नुहोस्‌। तपाईंका प्रार्थनाहरूमा तिनीहरूलाई सम्झनुहोस्‌। (रोमी १:९; एफिसी १:१६)—६/१, पृष्ठ २९.

▫ क्षेत्र सेवकाईमा भाग लिंदा धीरजी हुनाले कस्ता इनामहरू पाउँछौं?

राज्य प्रकाशक धीरजी हुँदा भावशून्यता र विरोध सहन बढी सक्षम हुन्छन्‌। रिसाहा घरधनीसित वादविवाद गर्नुको साटो शान्ति र आनन्द कायम गर्दै धीरजी सेवकहरू शान्तपूर्वक जवाफ दिन वा चुपचाप त्यहाँबाट निस्कन सक्नेछन्‌। (मत्ती १०:१२, १३) यसबाहेक, भेडाखाले मानिसहरू राज्य समाचारप्रति आकर्षित हुन्छन्‌।—६/१५, पृष्ठ ९.

▫ बाइबल सत्य थाह पाउनु किन त्यत्तिको अमूल्य छ?

सत्यले हामीलाई झूट, भ्रम र अन्धविश्‍वासहरूदेखि मुक्‍त गर्छ। अनि सत्यअनुरूप जीवन बिताउँदा त्यसले कठिनाइ सहन मदत गर्छ र जस्तोसुकै परीक्षाको सामना गर्नसक्ने आशा प्रदान गर्छ।—७/१, पृष्ठ ८.

▫ अभिषिक्‍त मसीही मण्डलीले प्राकृतिक इस्राएलबाट कुन आधारभूत जिम्मेवारी खोसे?

राष्ट्रहरूबीच यहोवाको महानता घोषणा गर्ने सुअवसर खोसे। (यशैया ४३:२१; १ पत्रुस २:९)—७/१, पृष्ठ १९.

▫ प्रेरित पत्रुसले ‘स्त्रीजातिलाई आदर देऊ’ भन्‍नुको अर्थ के हो? (१ पत्रुस ३:७)

आफ्नी पत्नीको सम्मान गर्ने पतिले तिनलाई होच्याउने वा हेप्ने गर्दैनन्‌। बरु, तिनले गोप्य र सार्वजनिक स्थानमा तिनको सम्मान गर्छन्‌ भनेर आफ्नो काम तथा वचनद्वारा देखाउँछन्‌। (हितोपदेश ३१:१०-३१)—७/१५, पृष्ठ १९.

▫ गल्ती गरेर पश्‍चात्ताप नगर्नेलाई मसीही मण्डलीबाट निष्कासन गर्नु किन मायालु प्रबन्ध हो?

बहिष्कार गर्नु यहोवा र उहाँका तरिकाहरूप्रति प्रेमको अभिव्यक्‍ति हो। (भजन ९७:१०) खराब प्रभाव पार्नसक्ने व्यक्‍तिलाई आफ्नो माझबाट हटाइने भएकोले यो धार्मिक मार्ग पछ्याउनेहरूप्रति प्रेमपूर्ण कार्य हो; यसले मण्डलीको पवित्रतालाई पनि जोगाउँछ। (१ कोरिन्थी ५:१-१३)—७/१५, पृष्ठ २५.

▫ येशूले मत्ती २४:४५-४७ मा बताउनुभएको “विश्‍वासी र बुद्धिमान दास[लाई]” आज कसरी चिन्‍न सकिन्छ?

विशेषगरि तिनीहरूले “राज्यको सुसमाचार“ सिकाउन तथा प्रचार गर्न बाइबल आधारित प्रकाशनहरू प्रदान गर्ने काम र तिनीहरूले परमेश्‍वरको वचन, बाइबल पूर्णतया प्रचार गरेको हुँदा तिनीहरूलाई चिन्‍न सकिन्छ। (मत्ती २४:१४; २८:१९, २०)—८/१, पृष्ठ १६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने