प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ११/१ पृ. ३-४
  • हिंसा—तिनीहरू किन रुचाउँछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हिंसा—तिनीहरू किन रुचाउँछन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानिसहरू किन हिंस्रक भएका
  • परमेश्‍वरले हिंसाप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • हिंसा जताततै व्याप्त छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • हिंसा
    ब्यूँझनुहोस्‌!—२०१५
  • हिंसाको स्थायी अन्त—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ११/१ पृ. ३-४

हिंसा—तिनीहरू किन रुचाउँछन्‌

सत्ताइस हप्ता मात्र गर्भमा रहेको शिशु सं.रा.अ., कोलोराडोको डेन्भरमा जन्मे। समय नपुगी जन्मेको भए तापनि ऊ बच्न चाहिं बच्यो अनि तीन महिना अस्पतालमा उपचार गराइसकेपछि उसलाई आफ्नो आमाबाबुकहाँ फर्काइयो। तीन हप्तापछि तिनी फेरि अस्पताल पुगे। किन? त्यस शिशुको बुबाले उठाएर झाँगलझुँगल पार्दा मस्तिष्कमा ठूलो चोट पुगेकोले। बच्चा रोएको सुन्‍न नसकेर बुबा चाहिंले त्यसरी बेसरी झाँगलझुँगल पारेका रहेछन्‌। ती साना बालक अन्धा र अपांग भए। आधुनिक चिकित्साले तिनलाई जन्मँदै मर्नदेखि त बचाएको थियो तर तिनको बुबाको हिंसाबाट भने बचाउन सकेन।

पृथ्वीको सबैभन्दा हिंस्रक ठाउँ अर्थात्‌ घरमा, असंख्य केटाकेटी दुर्व्यवहार, कुटपिट वा हत्याको शिकार भइरहेका छन्‌! संयुक्‍त राज्यमा मात्रै वर्षेनी ५,००० केटाकेटी आफ्ना आमाबाबुका हातबाट मर्छन्‌ भन्‍ने अनुमान लगाउँछन्‌। अनि केटाकेटी मात्र हिंसाको शिकार हुँदैनन्‌। वर्ल्ड हेल्थ पत्रिकाअनुसार संयुक्‍त राज्यमा “आफ्नो पतिबाट गरिने दुर्व्यवहार नै, गर्भवती हुनसक्ने उमेरका स्त्रीहरूलाई शारीरिक चोट पुग्नुको प्रमुख कारण थियो”। अन्य मुलुकहरूमा नि? “[विकासोन्मुख देशहरूमा] सर्वेक्षण गरिएका मध्ये एक तिहाइदेखि आधा भन्दा धेरै महिलाहरूले आफ्ना पतिबाट कुटपिट भएको बताए।” हो, हिंसाले क्षति पुऱ्‍याइरहेको छ, विशेषगरि घरमा।

थुप्रै पतिपत्नी आपसी विवाद हिंसाबाट सुल्झाउने प्रयास गर्छन्‌। केही देशहरूमा आमाबाबु तथा शिक्षकहरू हिंसाद्वारा केटाकेटीमाथि आफ्ना रिस पोखाउँछन्‌। मनोरञ्जनका लागि, हुल्याहाहरू निर्धाहरूलाई हिंसा गरेर सताउँछन्‌। मानिसजाति किन यति हिंस्रक भएको?

मानिसहरू किन हिंस्रक भएका

केही व्यक्‍तिहरू मानिसजाति स्वभावैले हिंस्रक हुन्छन्‌ भनी दाबी गर्छन्‌। संयुक्‍त राज्यमा साधारणतः हिंसात्मक अपराध घटे पनि युवाहरूबीच भने यसप्रति चासो बढेको पाइन्छ। तीन प्रमुख टेलिभिजन नेटवर्कले आफ्ना कार्यक्रममा हिंसाले भरिएको कथा दुई गुणा र हत्याको समाचार तीन गुणा बढाएको छ। हो, हिंसा मुनाफादायी व्यापार भएको छ! मनोचिकित्सक कार्ल मेनिङ्‌गर भन्छन्‌, “हामी हिंसालाई सहने मात्र होइन समाचारपत्रको अघिल्लो पन्‍नामा समेत छाप्छौं। हाम्रा केटाकेटीका मनोरञ्जनका लागि टेलिभिजनको एक तिहाइ वा चौथाइ कार्यक्रमहरू हिंसात्मक बनाउँछौं। मेरा प्रिय मित्रहरू, हामी हिंसालाई हल्कासित लिने मात्र होइन प्रेम पनि गर्छौं!”

हालसालैको वैज्ञानिक अध्ययनले मस्तिष्क र वातावरण दुवैले आक्रामक स्वभाव बढ्‌ने संकेत दिन्छ। किशोरकिशोरीहरूबारे अनुसन्धान गर्ने इलिनोइस इन्स्टिच्युटको विश्‍वविद्यालयका डा. मार्क्स जे. क्रुसे भन्छन्‌, “थुप्रै केटाकेटी खराब वातावरणको प्रभावमा परिरहेका छन्‌ भनेर सबैले सहमति जनाउन थालेका छन्‌ र साँच्चै यस खराब वातावरणले हिंसाको महामारी नै फैलाइरहेको छ। वातावरणीय घटनाहरूले मानिसहरूको मस्तिष्कमा साँच्चै नै आणविक परिवर्तनहरू ल्याइरहेका छन्‌ जसले गर्दा तिनीहरू तुरुन्तै आवेगमा आउँछन्‌।” मस्तिष्क भित्र (अंग्रेजी) नामक पुस्तकअनुसार, “पारिवारिक संरचना ठीक नहुनु, आमा वा बाबु मात्र भएको परिवारको वृद्धि हुनु, गरिबी यथावत रहनु, र दीर्घकालीन दुर्व्यसन” जस्ता कुराहरूले, “मस्तिष्क रसायनलाई आक्रामक व्यवहारतिर ढल्काउनसक्छ। जुन कुरा कुनै समय असम्भव मानिएको थियो।”

कसै कसैको दाबीअनुसार मस्तिष्कमा हुने यस्तो परिवर्तनमा क्रोधलाई ठीक ठाउँमा राख्ने रासायनिक तत्त्व सेरोटोनिन घट्‌नु पनि समावेश छ। मद्यले पनि मस्तिष्कमा सेरोटोनिन घटाउने रहेछ भन्‍ने अध्ययनबाट पत्ता लागेको हुँदा, हिंसा र मद्यव्यसन बीचको सम्बन्ध छ भन्‍ने पुरानो निष्कर्षले केही वैज्ञानिक आधार पाएको छ।

आज हिंसा बढिरहनुमा अरू कुराहरू पनि जिम्मेवार छन्‌। “यो जान,” भन्दै भविष्यवाणीको भरोसा योग्य पुस्तक बाइबल चेताउनी दिन्छ, “आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, . . . बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी . . . हुनेछन्‌, यिनीहरूबाट पनि पर बस।” (२ तिमोथी ३:१-५) हो, हामीले आज देखिरहेको हिंसा बाइबलले “अन्तिम दिनहरू[बारे]” गरेको भविष्यवाणीको पूर्ति हो।

अर्को कुराले पनि यी अन्तिम दिनहरूलाई अझ हिंसात्मक बनाएको छ। “पृथ्वी र समुद्रलाई धिक्कार छ” भनी बाइबल भन्छ। “किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:१२) दियाबल र त्यसका दूतहरूको ठूलो दल स्वर्गबाट फ्याँकिएको हुनाले तिनीहरूले मानिसजातिमाथि आफ्नो रिस पोखाइरहेका छन्‌। “आकाशको शक्‍तिको मालिक,” अर्थात्‌ दियाबलले पृथ्वीलाई अति हिंसात्मक ठाउँ बनाउन “अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा[को]” फाइदा उठाइरहेको छ।—एफिसी २:२.

उसोभए, हामी कसरी संसारको हिंस्रक “आकाश[को]” सामना गर्नसक्छौं? अनि हामी हिंसा नगरी कसरी विवादहरू सुल्झाउनसक्छौं?

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

पृथ्वीको सबैभन्दा हिंस्रक ठाउँ अर्थात्‌ घरमा, असंख्य केटाकेटी दुर्व्यवहार, कुटपिट वा हत्याको शिकार भइरहेका छन्‌!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने