कुराकानी थाल्ने उदाहरण
मे महिनाको पहिलो शनिबार जवाफ चाहनुहुन्छ पर्चा चलाएर बाइबल अध्ययन सुरु गर्न यस्तै केही भन्न सक्नुहुन्छ
घरधनीलाई जवाफ चाहनुहुन्छ पर्चा दिनुहोस् र सुरुको पानामा भएका प्रश्नहरू देखाउनुहोस्। “हाम्रो मनमा उठ्ने कतिपय प्रश्नको जवाफ बाइबलले कसरी दिन्छ भनेर यस पर्चामा बताइएको छ। के तपाईंको मनमा पनि यस्ता प्रश्न आउने गर्छ?” घरधनीको जवाफ सुनेपछि तिनले छानेको प्रश्नको जवाफ पर्चाबाट सँगै छलफल गर्नुहोस् र एउटा शास्त्रपद पढ्नुहोस्। पर्चा दिनुहोस् र फेरि भेटेर अर्को प्रश्न छलफल गर्न समय मिलाउनुहोस्।
प्रहरीधरहरा अप्रिल-जून
“यहाँ लेखिएअनुसारै सबै मानिसले गरे भने हाम्रो टोलछिमेक अझै राम्रो हुनेछ जस्तो तपाईंलाई लाग्छ? [एफिसी ४:२५ पढ्नुहोस्। त्यसपछि जवाफ दिने मौका दिनुहोस्।] थुप्रै मान्छेलाई कुनै-कुनै अवस्थामा झूट बोले पनि हुन्छ जस्तो लाग्छ। यस पत्रिकाले सधैं सत्य बोल्दा हुने फाइदाहरूबारे बताउँछ।”
ब्यूँझनुहोस्! अप्रिल-जून
“हामीमध्ये थुप्रै जनालाई जीवन धान्न धौधौ पर्छ। कसै-कसैको त दुई छाक टार्ने अवस्था समेत हुँदैन। परमेश्वरले खाँचोमा परेकाहरूको ख्याल राख्नुहुन्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि हिब्रू १३:५ पढ्नुहोस्] यस पत्रिकामा खाँचोमा परेकाहरूको परमेश्वरले कसरी ख्याल राख्नुहुन्छ भनेर बताइएको छ।