प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 मे पृ. २
  • यो कसले मन पराउनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यो कसले मन पराउनेछ?
  • हाम्रो राज्य सेवा—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • पत्रिका वितरणका लागि छुट्टै समय निकाल्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • मानिसहरूको चासोसित ठ्याक्क मिल्ने लेखहरू छान्‍नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१३
km13 मे पृ. २

यो कसले मन पराउनेछ?

१. प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! व्यक्‍तिगत रूपमा पढ्‌दा हामीले कुन कुरा विचार गर्नुपर्छ र किन?

१ प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका विश्‍वभरिका मानिसहरूलाई ध्यानमा राख्दै तयार पारिन्छ। त्यसैले यसका लेखहरू विविध हुन्छन्‌। व्यक्‍तिगत रूपमा प्रत्येक लेखहरू पढ्‌दा ‘यो लेख कसलाई मन पर्नेछ’ भनेर विचार गर्नुपर्छ। त्यसपछि ती व्यक्‍तिहरूलाई नबिर्सि पत्रिका प्रस्तुत गर्नुहोस्‌।

२. हाम्रा पत्रिकाहरूमा छापिने कस्ता लेखहरूमा अरूले विशेष चासो दिन्छन्‌?

२ तपाईं र तपाईंको सहकर्मीले कुरा गरेकै बाइबलको विषयबारे नयाँ प्रहरीधरहरा-मा कुनै लेख आएको छ कि? तपाईंको आफन्तलाई काम लाग्ने कुनै पारिवारिक विषयमा लेख छापिएको छ कि? ब्यूँझनुहोस्‌!-मा चर्चा गरिएकै ठाउँमा तपाईंले चिनेजानेको मान्छे घुम्न जान लागेको छ कि? तपाईंको इलाकामा भएको कुनै प्रकारको व्यापार, सङ्‌घ-संस्था वा कुनै सरकारी निकायलाई चासो लाग्ने खालको लेख आएको छ कि? उदाहरणको लागि बुढेसकालका चुनौतीहरूबारे छलफल गरिएको पत्रिका वृद्धाश्रमका मानिसहरूलाई पढ्‌न मन पर्ला। अपराधबारे चर्चा गरिएको पत्रिका सुरक्षा व्यवस्थासम्बन्धी निकायहरूलाई चासो लाग्न सक्छ।

३. कुनै खास विषय छलफल गरिएको पत्रिका त्यसैसित सम्बन्धित व्यक्‍तिहरूलाई प्रस्तुत गर्नुको महत्त्व झल्काउने एउटा अनुभव बताउनुहोस्‌।

३ परिणामहरू: अक्टोबर २०११ अङ्‌कको ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) पत्रिकामा “छोराछोरीलाई कसरी जिम्मेवार बनाउने” शीर्षक भएको लेख छापिएको थियो। यो पत्रिका पाएपछि दक्षिण अफ्रिकाका एक दम्पतीले आफ्नो मण्डलीको इलाकामा भएका २५ वटा स्कूलमा फोन गरे। तीमध्ये २२ वटा स्कूलले पत्रिका स्वीकारे र विद्यार्थीहरूलाई बाँडिदिए। त्यसै देशका अर्का एक दम्पतीले पनि आफ्नो इलाकाका स्कूलहरूमा त्यो अङ्‌कको पत्रिका दिने विचार गरे। एउटा स्कूलका शिक्षकहरूले त हरेक हप्ता हुने छलफल र पढाइ कार्यक्रममा त्यो पत्रिका चलाउने निर्णय गरे। त्यस दम्पतीले यो अनुभव आफ्नो क्षेत्रीय निरीक्षकलाई सुनाए। उक्‍त क्षेत्रीय निरीक्षकले आफ्नो क्षेत्रमा रहेका मण्डलीहरूलाई पनि त्यसै गर्न प्रोत्साहन दिए। शाखा कार्यालयले त्यस अङ्‌कको पत्रिकाको यत्ति धेरै अर्डर पायो कि त्यो फेरि छाप्नुपऱ्‍यो!

४. हामी किन यी पत्रिकाहरू सकेसम्म धेरैलाई दिन चाहन्छौं?

४ हाम्रा पत्रिकाहरूमा अहिले भइरहेका घटनाहरू हुनुको वास्तविक कारणबारे चर्चा गरिन्छ र यसले बाइबल तथा परमेश्‍वरको राज्यतर्फ सीधै ध्यान खिच्छ। हाम्रा पत्रिकाहरूले मात्र “मुक्‍तिको प्रचार” गर्छ। (यशै. ५२:७) त्यसैले हामी यी पत्रिकाहरू सकेसम्म धेरैलाई दिन चाहन्छौं। यसो गर्ने एउटा राम्रो तरिका, ‘यो कसले मन पराउनेछ?’ भनेर आफैलाई प्रश्‍न सोध्नु हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने