प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जनवरी पृ. २
  • प्रचारमा जाँदा साथीलाई पनि मदत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचारमा जाँदा साथीलाई पनि मदत गर्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • घर-घरको प्रचारकार्यमा राम्रो सहयोगी हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२०१०
  • प्रचारमा सँगै जाँदा एउटाले अर्कोलाई दह्रिलो पार्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००८
  • जोडतोडले प्रचार गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—मदतकारी साथी बन्‍नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 जनवरी पृ. २

प्रचारमा जाँदा साथीलाई पनि मदत गर्नुहोस्‌

१. प्रचारमा जाँदा हामी कसरी पावलको जस्तै मनोभाव देखाउन सक्छौं?

१ पावल सँगी विश्‍वासीहरूसित समय बिताउँथे। त्यस समयलाई तिनी “एकअर्कालाई प्रोत्साहन” दिने अवसर ठान्थे। (रोमी १:१२) प्रचारमा जाँदा के तपाईं आफ्नो साथीलाई प्रोत्साहन र सहयोग दिने गर्नुहुन्छ? आफूलाई प्रभावकारी प्रचारक हुन मदत गरेको कुरा बताएर साथीलाई मदत गरे कसो होला?

२. प्रचारमा सँगै जाने साथीको आत्मविश्‍वास बढाउन हामी के गर्न सक्छौं? यसो गर्नु किन महत्त्वपूर्ण छ?

२ आत्मविश्‍वास बढाइदिनुहोस्‌: कोही-कोही भाइबहिनीलाई प्रचारमा जाँदा डर लाग्छ। त्यो कुरा उनीहरूको अनुहारमा वा बोलीमा देखिन सक्छ। मनदेखि प्रशंसा गरेर हामी उनीहरूको आत्मविश्‍वास बढाउन सक्छौं। अरू कुन तरिकामा हामी यसो गर्न सक्छौं? एक परिभ्रमण निरीक्षक आफूसँगै प्रचारमा गएका साथीलाई आफ्ना डरहरूबारे खुलेर बताउँछन्‌। साथै, त्यस्तो डर हटाउन प्रार्थना गर्ने गरेको पनि बताउँछन्‌। अर्का एक भाइले आत्मविश्‍वास देखाउन आफूलाई मदत गरेको कुराबारे यसो भने: “सुरुमा त म मुसुक्क हाँस्छु। कहिलेकाहीं यत्ति गर्न पनि प्रार्थना गर्नुपर्ने हुन्छ।” के तपाईंलाई प्रचारकार्यमा आत्मविश्‍वास बढाउन अरू कुनै कुराले मदत गरेको छ? त्यो कुरा आफ्नो साथीलाई बताउनुहोस्‌।

३. प्रचारकार्यमा अझ प्रभावकारी हुन हामी साथीलाई कस्ता कुराहरू बताउन सक्छौं?

३ तरिकाहरू बताउनुहोस्‌: स्थानीय घटनालाई विषय बनाएर कुनै एउटा सरल वाक्य वा प्रश्‍न चलाउँदै कुराकानी सुरु गर्न तपाईंलाई सजिलो लागेको छ? कुराकानी थाल्ने उदाहरणलाई आफ्नै शब्दमा ढाल्दा के तपाईंले राम्रो नतिजा प्राप्त गर्नुभएको छ? आफ्नो साथीलाई बताउनुहोस्‌। (हितो. २७:१७) पुनःभेट जाँदै गर्दा आफूले राखेको उद्देश्‍य र त्यो हासिल गर्न आफूले बनाएको योजनाबारे कुरा गर्न सक्नुहुन्छ। बाइबल अध्ययनपछि विद्यार्थीको आवश्‍यकतालाई ध्यानमा राख्दै कुनै खास बुँदा, शास्त्रपद वा सिकाउने तरिका प्रयोग गर्नुको कारण बताउनुहोस्‌।

४. हामीले किन सँगी प्रचारकहरूलाई मदत गर्नुपर्छ?

४ प्रथम शताब्दीका प्रचारकहरू प्रचारमा आफूले भेट्‌ने व्यक्‍तिहरूलाई मात्र मदत गर्ने गर्दैनथे। एकअर्कालाई प्रोत्साहन र ढाडस दिनुको महत्त्व पनि तिनीहरूले बुझेका थिए। (प्रेषि. ११:२३; १५:३२) प्रेषित पावलले जवान तिमोथीलाई प्रशिक्षण दिए र आफूले सिकेका कुरा अरूलाई पनि बाँड्‌न प्रोत्साहन दिए। (२ तिमो. २:२) प्रचारकार्यमा भाग लिंदा हामी आफ्ना सँगी ख्रीष्टियन भाइबहिनीप्रति पनि भलाइ देखाउन चाहन्छौं। यसो गर्दा उनीहरूलाई आनन्दित र प्रभावकारी हुन मदत गर्ने मात्र होइन यहोवालाई पनि खुसी तुल्याइरहेका हुनेछौं।—हिब्रू १३:१५, १६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने