प्रचारकार्यमा अझै उन्नति गर्ने—परमेश्वरको राज्यबारे निर्धक्क भई बोल्नुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? दोस्रो तिमोथी १:७, ८ मा दिइएको स्पष्ट निर्देशनलाई पछ्याउने हो भने हामीले निर्धक्क भई परमेश्वरको राज्यबारे बोल्नु आवश्यक छ। त्यसोभए परमेश्वरको राज्यको विज्ञापन गर्ने काममा हामी कसरी निर्धक्क भई भाग लिन सक्छौं?
यो महिना यसो गरे कसो होला?
सबैभन्दा पहिला, कसलाई साक्षी दिने भनेर विचार गर्नुहोस्। त्यसपछि कुराकानी थाल्ने मौका र साहसको लागि यहोवा परमेश्वरलाई प्रार्थना गर्नुहोस्।