प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 अगस्त पृ. २-३
  • परमेश्‍वरको राज्यको विज्ञापनको सय वर्ष!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्यको विज्ञापनको सय वर्ष!
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • १९१४-२०१४ परमेश्‍वरको राज्यले शासन गरेको १०० वर्ष भयो!
    हाम्रो राज्य सेवा—२०१४
  • मसीही राज्यको १०० वर्ष—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरको राज्यमा किन चासो लिनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • प्रचार गर्ने मानिसहरू—प्रचारकहरू राजीखुसी आफैलाई अर्पण गर्छन्‌
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 अगस्त पृ. २-३

परमेश्‍वरको राज्यको विज्ञापनको सय वर्ष!

१. झन्डै सय वर्ष अघि यहोवाका जनहरूलाई के गर्न प्रोत्साहन दिइएको थियो?

१ “हाम्रो राजाले शासन गर्न थालिसक्नुभएको छ! अनि तपाईंहरू उहाँको प्रचार-प्रसार गर्ने माध्यम हुनुहुन्छ। त्यसकारण राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌।” भाइ रदरफोर्डका यी प्रभावशाली शब्दहरूले झन्डै सय वर्ष अघि यहोवाका जनहरूलाई परमेश्‍वरको राज्यबारे चारैतिर प्रचार-प्रसार गर्न प्रोत्साहन दिएको थियो। अनि हामीले त्यसै गरेका छौं! प्रथम शताब्दीका ख्रीष्टियनहरूले जस्तै हामीले पनि राज्यको सुसमाचार “आकाशमुनि भएका सबै मानिसहरूमाझ” प्रचार गरिसकेका छौं। (कल. १:२३) बितेका सय वर्षलाई फर्केर हेर्दा परमेश्‍वरको राज्यको विज्ञापन गर्न हामीले के गरेका छौं? परमेश्‍वरको राज्यको जन्म भएको सय वर्ष पूरा हुने समय नजिकिंदै जाँदा हामी कसरी अझै यस राज्यको विज्ञापन गरिरहन सक्छौं?

२. हाम्रा प्रकाशनहरूमा कसरी परमेश्‍वरको राज्यलाई जोड दिइएको छ?

२ हामीले के गऱ्‍यौं? वर्षौंदेखि हाम्रा प्रकाशनहरूमा परमेश्‍वरको राज्यलाई जोड दिइएको छ। सन्‌ १९३९ देखि हाम्रो मुख्य पत्रिकाको शीर्षक यस्तो रहेको छ: प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ। यो पत्रिकामा बारम्बार परमेश्‍वरको राज्य र यसले गर्ने कामहरूबारे बताइएको छ। ब्यूँझनुहोस्‌! पत्रिकामा पनि परमेश्‍वरको राज्य नै मानिसजातिको लागि एकमात्र आशा हो भन्‍ने कुरामा जोड दिइन्छ। यी दुई पत्रिकाहरू संसारमा सबैभन्दा धेरै अनुवाद र वितरण हुने पत्रिकाहरू हुनु साँच्चै उपयुक्‍त छैन र?—प्रका. १४:६.

३. परमेश्‍वरको राज्यको विज्ञापन गर्न हामीले कस्ता तरिकाहरू अपनाएका छौं?

३ परमेश्‍वरको राज्यको विज्ञापन गर्न यहोवाका जनहरूले थुप्रै तरिका अपनाएका छन्‌। धेरै अघि हामीले प्रचार गर्न लाउड स्पिकर जडान गरिएको गाडी, रेडियो र सजिलै यताउता लैजान मिल्ने फोनोग्राफ प्रयोग गरेका थियौं। थोरै सङ्‌ख्यामा प्रचारकहरू भएको समयमा यी तरिकाहरूले थुप्रै मानिसहरूलाई एकैचोटि सुसमाचार सुनाउन मदत गऱ्‍यो। (भज. १९:४) हालै हामीले jw.org मा थुप्रै जानकारीहरू प्रकाशित गरेका छौं, जसले गर्दा करोडौं मानिसहरूले राज्यको सुसमाचार सुन्‍न पाएका छन्‌। हाम्रो प्रचारकार्यमा प्रतिबन्ध लगाइएका देशहरूमा बस्ने मानिसहरूले समेत jw.org मार्फत यो सुसमाचार सुन्‍न पाएका छन्‌।

४. हामीले कस्ता विशेष प्रबन्धहरूमा भाग लिएका छौं?

४ परमेश्‍वरको राज्य सन्देश सुनाउन यहोवाका जनहरूले विशेष प्रबन्धहरू पनि गरेका छन्‌। उदाहरणको लागि सन्‌ १९९५ तिर घर-घरको प्रचारकार्यलाई प्रभावकारी बनाउन हामीले पार्क, पार्किङ क्षेत्र र व्यापारिक इलाकामा प्रचार गर्न थाल्यौं। हालै हामीले संसारभरिका ठूलठूला सहरहरूमा विशेष महानगरीय सार्वजनिक साक्षीकार्यको प्रबन्ध गरेका छौं। साथै थुप्रै मण्डलीहरूले आफ्नो इलाकामा धेरै मानिसहरूको आवतजावत हुने ठाउँमा टेबुल र ट्रलीमा प्रकाशनहरू राखेर सार्वजनिक साक्षीकार्यमा भाग लिंदै छन्‌। तर राज्यको सुसमाचार सुनाउन हामीले चलाउने मुख्य तरिका अझै पनि घर-घरको प्रचारकार्य नै हो।—प्रेषि. २०:२०.

५. नयाँ सेवा वर्षमा हाम्रो लागि कस्ता सुअवसरहरू छन्‌?

५ अब के गर्नेछौं? सेप्टेम्बरमा नयाँ सेवा वर्ष सुरु हुँदा थुप्रै भाइबहिनीले नियमित अग्रगामी सेवा सुरु गर्नेछन्‌। तपाईंले पनि त्यसै गर्न सक्नुहुन्छ कि? सक्नुहुन्‍न भने समय-समयमा सहायक अग्रगामी सेवा गरे कसो होला? अग्रगामी सेवा गर्न सके पनि वा नसके पनि, यहोवाको राज्यको विज्ञापन गर्ने काममा पूरापूर भाग लिन तपाईंले विभिन्‍न त्याग गर्नुहुँदा उहाँले तपाईंलाई पक्कै आशिष्‌ दिनु हुनेछ।—मला. ३:१०.

६. अक्टोबर २०१४ किन विशेष महिना हुनेछ?

६ अक्टोबर २०१४ मा परमेश्‍वरको राज्यको जन्म भएको १०० वर्ष पूरा हुनेछ। त्यसैले त्यस महिनाको प्रहरीधरहरा जनसंस्करणमा परमेश्‍वरको राज्यलाई मुख्य विषय बनाइनेछ। यो अङ्‌क सकेसम्म धेरै मानिसहरूलाई दिन हामी सक्दो प्रयास गरौं। सुन्दर भविष्यलाई पर्खंदै गर्दा हामी ‘परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने’ काममा लागिरहौं।—प्रेषि. ८:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने