प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख १२४
  • मलाई कुरा गर्नै आउँदैन, के गरूँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाई कुरा गर्नै आउँदैन, के गरूँ?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भेटेरै कुरा गर्दा कस्तो फाइदा हुन्छ?
  • कुराकानी कसरी सुरु गर्न सक्नुहुन्छ?
  • कुराकानी गर्न अझै सिपालु कसरी हुन सक्छौं?
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—अनौपचारिक साक्षी दिन आफैले कुराकानी थाल्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • कुराकानी एउटा कला हो
    ब्यूँझनुहोस्‌!—१९९५
  • अरूमा चासो राख्नुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
थप हेर्नुहोस्
युवाहरू सोध्छन्‌
ijwyp लेख १२४
एक जना केटा स्कुलमा खाजा खाने बेला साथीहरूसित कुरा गर्दै छ।

युवाहरू सोध्छन्‌

मलाई कुरा गर्नै आउँदैन, के गरूँ?

यस लेखमा

  • भेटेरै कुरा गर्दा कस्तो फाइदा हुन्छ?

  • कुराकानी कसरी सुरु गर्न सक्नुहुन्छ?

  • तपाईँका साथीहरू के भन्छन्‌?

भेटेरै कुरा गर्दा कस्तो फाइदा हुन्छ?

कसै-कसैलाई मेसेजमा कुरा गर्न त सजिलो लाग्छ तर भेटेरै कुरा गर्नुपर्दा चाहिँ असाध्यै गाह्रो लाग्छ।

“भेटेरै कुरा गर्न त लास्टै गाह्रो छ। एकचोटि बोलेपछि डिलिट गर्न पनि मिल्दैन, एडिट गर्न पनि मिल्दैन।”—एना।

“मेसेज गर्नु भनेको रेकर्डिङ हेर्नुजस्तै हो। तर भेटेरै कुरा गर्नु भनेको लाइभ-शो हेर्नुजस्तै हो। कुरा गर्दा भन्‍न नहुने कुरा पनि प्वाक्क निस्कने हो कि भनेर टेन्सन भइरहन्छ।”—जिन।

मेसेजले मात्रै जिन्दगी चल्दैन। भेटेरै कुराकानी गर्न पनि सिक्नुपर्छ, जस्तै: नयाँ साथीहरू बनाउन, जागिर खान अनि बेला भएपछि डेटिङ गर्न।

भेटेरै कुराकानी गर्न असाध्यै डर लाग्छ भने पनि चिन्ता नगर्नुहोस्‌। तपाईँ लजालु स्वभावको हुनुहुन्छ भने पनि यसरी कुराकानी गर्न सिक्न सक्नुहुन्छ।

लाइट बल्ब।

सुझाव: बोल्दा गल्ती होला कि भनेर चिन्ता नगर्नुहोस्‌। कुराकानी गर्न सिक्नु भनेको साइकल चलाउन सिक्नुजस्तै हो। तपाईँ केही पटक त लड्‌नुहोला तर प्राक्टिस गर्दै गएपछि तपाईँ मजाले चलाउन सक्नुहुन्छ।

“बोल्दा कहिलेकाहीँ गल्ती त भइहाल्छ अनि कस्तो लाज लाग्छ! त्यस्तो बेला म अरूसँगसँगै हाँसिदिन्छु।”—निल।

कुराकानी कसरी सुरु गर्न सक्नुहुन्छ?

  • प्रश्‍नहरू सोध्नुहोस्‌। मानिसहरूलाई कुन विषयमा चासो लाग्छ, विचार गर्नुहोस्‌। पछि त्यही विषयलाई लिएर कुराकानी सुरु गर्नुहोस्‌। उदाहरणको लागि, तपाईँ यस्तै केही भन्‍न सक्नुहुन्छ:

    “तिमी बिदामा कतै घुम्न गयौ?”

    “तिमीले यो मुभी हेऱ्‍यौ? दामी छ!”

    “तिमीले एउटा कुरा थाह पायौ?”

    के तपाईँहरू एउटै स्कुलमा पढ्‌नुहुन्छ वा एकै ठाउँमा काम गर्नुहुन्छ? त्यसो हो भने तपाईँहरूबीच मिल्ने कुराहरू धेरै हुन सक्छ। तपाईँ त्यसैलाई आधार बनाएर कुराकानी सुरु गर्न सक्नुहुन्छ।

    दुई जना किशोर खाजा खाने बेला फुटबलबारे कुरा गर्दै छन्‌। घेराभित्रको चित्रमा फुटबल देखाइएको छ।

    “तपाईँलाई चासो लाग्ने अनि त्यसबारे अरूको पनि विचार बुझ्न चाहेको विषयबारे सोच्नुहोस्‌ र त्यसैसम्बन्धी प्रश्‍नहरू सोध्नुहोस्‌।”—मरित्जा।

    लाइट बल्ब।

    सुझाव: माथि दिइएकाजस्ता प्रश्‍नहरू प्रयोग गर्दा कुराकानी सुरु गर्न सजिलो हुन्छ। तर हो/होइन वा छ/छैन जस्तो जवाफ आउने खालको प्रश्‍नहरू मात्रै नसोध्नुहोस्‌। बरु कुराकानी अघि बढ्‌ने खालका प्रश्‍नहरू सोध्नुहोस्‌। जस्तै: “तिमीलाई मुभी मन पऱ्‍यो?” भनेर सोध्नुको सट्टा “तिमीलाई मुभीमा के मन पऱ्‍यो?” भनेर सोध्न सक्नुहुन्छ।

    होसियार हुनुपर्ने कुरा: एकपछि अर्को प्रश्‍न सोधेर केरकार गरेजस्तो नगर्नुहोस्‌। साथै तिनलाई अप्ठ्यारोमा पार्ने खालका प्रश्‍नहरू पनि नसोध्नुहोस्‌। जस्तै: “तिमीलाई सबैभन्दा डर लाग्ने कुरा के हो?” वा “तिमी किन निलो कलरको लुगा मात्र लगाउँछौ?” भन्‍नेजस्ता प्रश्‍नहरू सोध्दा तिनलाई बढी नै खोजीनीति गरेको जस्तो लाग्न सक्छ।

    कसैलाई प्रश्‍न सोध्दा तिनले जवाफ दिनुअघि वा जवाफ दिएपछि आफ्नो कुरा पनि व्यक्‍त गर्न सक्नुहुन्छ। यसो गर्दा केरकार गरेको वा इन्टर्भ्यु लिइरहेको जस्तो देखिँदैन। बरु दोहोरो कुराकानी भइरहेको हुन्छ।

    पुलिसको युनिफर्म लगाएका एक जना किशोर अनुहार खुम्च्याउँदै केही लेखिरहेका छन्‌। तिनको अगाडि भएको केटा डराइरहेको जस्तो देखिन्छ र उसको अनुहारमा फोकस लाइट परेको छ।

    के तपाईँका प्रश्‍नहरू केरकार गरिरहेको जस्तो सुनिन्छ?

    बाइबलको सिद्धान्त: “मानिसको हृदयमा भएको कुरा गहिरो इनारको पानीजस्तै हो तर समझदार मानिसले त्यो तानेर निकाल्छ।”—हितोपदेश २०:५.

  • ध्यान दिएर सुन्‍नुहोस्‌। तपाईँ मजाले कुराकानी गर्न सक्नुहुन्छ कि सक्नुहुन्‍न भन्‍ने कुरा तपाईँ बोल्न कत्तिको सिपालु हुनुहुन्छ, त्यसमा नभई तपाईँ कत्तिको ध्यान दिएर सुन्‍नुहुन्छ, त्यसमा निर्भर हुन्छ।

    “म आफूले कुराकानी गरिरहेको व्यक्‍तिबारे एउटा भए पनि नयाँ कुरा थाह पाउने कोसिस गर्छु। साथै तिनीसित कस्तो कुराकानी भएको थियो भनेर सम्झने कोसिस गर्छु। यसो गर्दा पछि तिनलाई भेट्‌दा अर्कै प्रश्‍न सोध्न सक्छु।”—तामारा।

    लाइट बल्ब।

    सुझाव: कुराकानी गर्ने विषय नै सिद्धियो जस्तो लाग्यो भने पनि चिन्ता नगर्नुहोस्‌। तपाईँ कहाँ हुनुहुन्छ, त्यसैको आधारमा कुराकानी अघि बढाउनुहोस्‌। तपाईँ स्कुलमा हुनुहुन्छ कि? काम गर्ने ठाउँमा हुनुहुन्छ कि? वा अन्त कतै? जस्तै: यदि तपाईँ काम गर्ने ठाउँमा हुनुहुन्छ भने आफ्नो साथीलाई यस्तो सोध्न सक्नुहुन्छ, “यहाँसम्म आउजाउ गर्न तिमीलाई कति टाइम लाग्छ?”

    होसियार हुनुपर्ने कुरा: कसैसित कुराकानी गर्दा ध्यान दिएर सुन्‍नुभयो भने अब के भन्‍ने होला भनेर चिन्ता गर्नु पर्दैन। बरु तिनले भनेको कुरामा केही थपेर वा केही प्रश्‍न सोधेर कुराकानी अघि बढाउन सक्नुहुन्छ।

    बाइबलको सिद्धान्त: “सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन।”—याकुब १:१९.

  • चासो देखाउनुहोस्‌। तपाईँ आफूले कुराकानी गरिरहेको व्यक्‍तिलाई साँच्चै चासो देखाउनुहुन्छ भने तिनीसित कुराकानी गर्न तपाईँलाई रमाइलो लाग्नेछ।

    दुई जना किशोरी बेन्चमा बसेर कुराकानी गरिरहेका छन्‌। एक जनाले बोल्दै गर्दा अर्कोले ध्यान दिएर सुनिरहेकी छिन्‌।

    “हुनत कहिलेकाहीँ कुराकानी अघि नबढेको जस्तो महसुस होला। तर अर्को व्यक्‍तिले तपाईँ तिनको कुरामा साँच्चै चासो राख्नुहुन्छ भनेर कुरा महसुस गर्छन्‌ भने कुराकानी रमाइलो हुन्छ।”—मारी।

    लाइट बल्ब।

    सुझाव: तपाईँ मनैदेखि प्रशंसा गर्न सक्नुहुन्छ। त्यसपछि प्रश्‍न सोध्न सक्नुहुन्छ। जस्तै: तपाईँ यसो भन्‍न सक्नुहुन्छ, “कस्तो राम्रो टिसर्ट! काँ’ किनेको?”

    होसियार हुनुपर्ने कुरा: प्रशंसा गर्दा यसो नभन्‍नुहोस्‌, “कस्तो राम्रो टिसर्ट! आफै किनेको कि कसैले दे’को?” यसो भन्दा तिनलाई अप्ठेरो लाग्न सक्छ।

    बाइबलको सिद्धान्त: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:४.

कुराकानीको अन्तमा तपाईँ के भन्‍न सक्नुहुन्छ? जोर्डन नाम गरेको एक युवक यस्तो सुझाव दिन्छन्‌, “अर्को चोटि पनि कुराकानी गर्ने बाटो खुला राख्न तपाईँ यसो भन्‍न सक्नुहुन्छ, ‘तपाईँसित कुरा गर्न पाउँदा खुसी लाग्यो। भेट्‌दै गरौँ है!’”

तपाईँका साथीहरू के भन्छन्‌?

  • बेथेल।

    “कुराकानी गर्न सिक्नु भनेको नयाँ भाषा सिक्नुजस्तै हो। सुरु-सुरुमा त अलि गाह्रो हुन्छ तर हार मान्‍नुभएन अनि प्राक्टिस गरिरहनुभयो भने पछि कुराकानी गर्न सजिलो लाग्छ।”—बेथेल।

  • आइज्याक।

    “कुराकानी गर्दा अनुहारमा हेर्नुहोस्‌। ध्यान दिएर सुन्‍नुहोस्‌। आफ्नो हाउभाउबाट तिनको कुरामा ध्यान दिइरहेको देखाउनुहोस्‌। जस्तै, उपयुक्‍त छ भने टाउको हल्लाउनुहोस्‌, मुस्कुराउनुहोस्‌। यसो गर्दा हामीसित कुरा गरिरहेको व्यक्‍तिलाई खुसी लाग्छ।”—आइज्याक।

  • केट।

    “अरूसित कुराकानी गर्न मलाई डर लाग्थ्यो। अहिले पनि कहिलेकाहीँ त डर लाग्छ। तर आफ्नै कुरामा बढ्‌तै चिन्ता गर्नुको साटो अरूलाई साँचो चासो देखाउँदा कुरा गर्न सजिलो हुन्छ।”—केट।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने