प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mrt लेख ३६
  • के आर्थिक समानता सम्भव छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के आर्थिक समानता सम्भव छ?
  • थप लेखहरू
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरले हटाउनुहुने आर्थिक समस्याहरू
  • चाँडै, कोही गरिब हुनेछैन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • येशूको उदाहरण पछ्याउनुहोस्‌ र गरिबहरूलाई चासो देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • गरिबी स्थायी समाधान पत्ता लगाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • के मसीहीहरू गरिब हुनैपर्छ?
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
थप लेखहरू
mrt लेख ३६
झुपडीमा बस्ने एक मानिस भव्य अपार्टमेन्ट हेर्दै छन्‌।

के आर्थिक समानता सम्भव छ?

विभिन्‍न देशमा मानिसहरू आर्थिक असमानताको विरोधमा सडकमा उत्रिएका छन्‌। साथै कोभिड-१९ महामारीले गर्दा लकडाउन र दैनिक उपभोग्य वस्तुको अभाव भएको छ। अनि स्वास्थ्य सेवा पाउन पनि गाह्रो भएको छ। यस्ता समस्याहरूले गर्दा धनी र गरिबबीचको खाडल झनै बढेको छ।

के यस्तो बढ्‌दो आर्थिक समस्याको कहिल्यै अन्त हुनेछ? हुनेछ। हामीले भोगिरहेको यस्तो समस्यालाई ईश्‍वरले कसरी हटाउनुहुनेछ भनेर बाइबलमा बताइएको छ।

ईश्‍वरले हटाउनुहुने आर्थिक समस्याहरू

समस्या: मानव सरकारहरूले आफ्नो जनताको आधारभूत आवश्‍यकता पूरा गर्न सक्ने अर्थव्यवस्था बनाउन सकेका छैनन्‌।

समाधान: ईश्‍वरले मानव सरकारहरू हटाएर आफ्नो सरकार स्थापना गर्नुहुनेछ। यसलाई ईश्‍वरको राज्य भनिन्छ। यस राज्यले सारा पृथ्वीमाथि स्वर्गबाट शासन गर्नेछ।—दानिएल २:४४; मत्ति ६:१०.

नतिजा: पृथ्वीभरि ईश्‍वरको राज्यले शासन गर्ने भएकोले यसले सम्पूर्ण मामिला राम्ररी सम्हाल्नेछ। मानिसहरू फेरि गरिबीको दलदलमा फस्नेछैनन्‌। (भजन ९:७-९, १८) बरु तिनीहरूले आफ्नो परिश्रमको फल पाउनेछन्‌ र आफ्नो परिवारसँगै सुखी जीवन बिताउनेछन्‌। बाइबल यस्तो प्रतिज्ञा गर्छ: “तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌। तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌। तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन; तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।”—यसैया ६५:२१, २२.

समस्या: मानिसहरूले दुःखकष्ट र अभाव निम्त्याउने कुराहरू आफैले हटाउन सक्दैनन्‌।

समाधान: ईश्‍वरले आफ्नो राज्यमार्फत डर र असुरक्षा महसुस गराउने सबै कुरा हटाउनुहुनेछ।

नतिजा: युद्ध, खानेकुराको अभाव र महामारीजस्ता कुराहरूले गर्दा मानिसहरूलाई आफू र आफ्नो परिवारको आधारभूत आवश्‍यकता पूरा गर्न गाह्रो भइरहेको छ। ईश्‍वरको राज्यमा उहाँले नै मानिसहरूको ख्याल राख्नुहुने भएकोले यस्ता समस्याहरू विगतका कुरा हुनेछन्‌। (भजन ४६:९; ७२:१६; यसैया ३३:२४) ईश्‍वर यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरू जहाँ बस्नेछन्‌, त्यहाँ शान्तिले बास गर्नेछ; तिनीहरू शान्ति र सुरक्षा छाएको ठाउँमा बसोबास गर्नेछन्‌।”—यसैया ३२:१८.

समस्या: स्वार्थी र लोभी मानिसहरू अक्सर अरूको नाजायज फाइदा उठाउँछन्‌।

समाधान: ईश्‍वरको राज्यका प्रजाहरूले एकअर्कालाई साँचो प्रेम गर्न सिक्नेछन्‌ र आफ्नै स्वार्थ खोज्नेछैनन्‌।—मत्ति २२:३७-३९.

नतिजा: ईश्‍वरको राज्यमा मानिसहरूले एकअर्कालाई ईश्‍वरले जस्तै प्रेम गर्नेछन्‌ र प्रेमले “आफ्नै फाइदा खोज्दैन।” (१ कोरिन्थी १३:४, ५) बाइबल भन्छ: “मेरो पवित्र डाँडामा तिनीहरूले कुनै हानि गर्नेछैनन्‌ किनकि समुद्र पानीले भरिएझैँ पृथ्वी यहोवाकोa ज्ञानले भरिनेछ।”—यसैया ११:९.

बाइबलले हामी यस युगको अन्तको समयमा बाँचिरहेका छौँ र ईश्‍वरले चाँडै आर्थिक समस्याहरू हटाउने आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ भनेर बताउँछ।b (भजन १२:५) त्यतिन्जेल बाइबलका सिद्धान्तहरूले तपाईँलाई आर्थिक समस्याहरूको सामना गर्न मदत गर्न सक्छ। उदाहरणको लागि, “कम खर्चमा कसरी गुजारा टार्ने” र “पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌” लेख हेर्नुहोस्‌।

बाइबल र आर्थिक कुराबारे गलत धारणाहरू

गलत धारणा: गरिबी कहिल्यै अन्त हुनेछैन किनभने येसुले यसो भन्‍नुभयो: “गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्‌।”—मत्ति २६:११.

तथ्य: येसुले यहाँ एउटा वास्तविकता बताइरहनुभएको थियो: यो अन्यायी संसार रहुन्जेल गरिबी रहिरहनेछ। तर येसुले सुनाउनुभएको सन्देश गरिबहरूको लागि “सुसमाचार” थियो किनभने यस सन्देशमा ईश्‍वरको राज्यले सदाको लागि गरिबी हटाउने प्रतिज्ञा समावेश छ।—लुका ४:१८, ४३.

गलत धारणा: ईश्‍वरलाई खुसी बनाउन चाहनेहरू गरिब हुनै पर्छ किनभने येसुले यसो भन्‍नुभयो: “जाऊ र आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदेऊ।”—मत्ति १९:२१.

तथ्य: येसुले यहाँ आफ्ना अनुयायीहरूको आर्थिक अवस्था कस्तो हुनुपर्छ भनेर बताइरहनुभएको थिएन। उहाँले यो सल्लाह धनसम्पत्तिको कारण अलमलिरहेको जवान मानिसलाई दिनुभएको थियो। येसुले तिनलाई जीवन सरल बनाउन र उहाँको अनुयायी हुने निम्तो स्विकार्न प्रोत्साहन दिनुभयो।

गलत धारणा: ईश्‍वर मानिसहरूलाई धनसम्पत्ति दिएर आशिष्‌ दिनुहुन्छ किनभने बाइबल यसो भन्छ: “यहोवाको आशिष्‌ले मानिसलाई धनी बनाउँछ।”—हितोपदेश १०:२२.

तथ्य: बाइबलमा “यहोवाको आशिष्‌ले” गर्दा प्राप्त हुने धनले प्रायजसो आध्यात्मिक धनलाई बुझाउँछ। जस्तै: अर्थपूर्ण जीवन, ईश्‍वरसितको राम्रो सम्बन्ध र भविष्यको उज्ज्वल आशा। (भजन २५:१४; युहन्‍ना १७:३) ईश्‍वरले आफ्ना केही सेवकलाई धनसम्पत्ति दिएर आशिष्‌ दिनुभए तापनि धेरैजसो ख्रिष्टियन भने गरिब थिए। (उत्पत्ति २४:३४, ३५; याकुब २:५) येसु ख्रिष्टसित पनि खासै धनसम्पत्ति थिएन।—मत्ति ८:२०.

गलत धारणा: बाइबलले एक प्रकारको साम्यवादको शिक्षा सिकाउँछ किनभने प्रथम शताब्दीका ख्रिष्टियनहरूबारे बाइबलमा यसो भनिएको छ: “तिनीहरूसित भएका सबै कुरा तिनीहरूको साझा हुन्थ्यो। तिनीहरू आफ्नो सरसामान र जायजेथा बेच्थे अनि त्यसबाट आएको रकम सबैलाई बाँड्‌थे।”—प्रेषित २:४४, ४५.

तथ्य: यी पदहरूमा भर्खरै ख्रिष्टियन बनेकाहरूको भौतिक आवश्‍यकता पूरा गर्न अस्थायी रूपमा गरिएको प्रबन्धबारे बताइएको छ। यी मानिसहरू पेन्तिकोसको चाड मनाउनको लागि यरुसलेम आएका थिए। (प्रेषित २:५) तर तिनीहरू ख्रिष्टियन भएपछि सोचेको भन्दा लामो समयसम्म यरुसलेममा बसे किनभने तिनीहरू आफ्नो नयाँ विश्‍वासबारे अझ धेरै बुझ्न चाहन्थे। यी ख्रिष्टियनहरूको लागि गाँसबासको प्रबन्ध मिलाउन अरू ख्रिष्टियनहरूले स्वेच्छाले आफ्नो स्रोतसाधन दिएका थिए।—प्रेषित २:४१, ४२, ४६, ४७.

a यहोवा बाइबलमा उल्लेख गरिएको ईश्‍वरको नाम हो।—भजन ८३:१८.

b तपाईँ बाइबललाई किन भरोसा गर्न सक्नुहुन्छ भनेर बुझ्न “बाइबल—सत्य कुराको भरपर्दो स्रोत” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने