प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
घोषणा
नयाँ उपलब्ध भाषा: Dendi
  • आज

मङ्‌गलबार, अगस्त १९

यहोवाले आफ्ना मानिसहरूलाई बल दिनुहुनेछ, यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ।​—भज. २९:११.

प्रार्थना गर्दा ‘के यहोवाले मेरो प्रार्थनाको जवाफ दिने समय आइसक्यो?’ भनेर विचार गर्नुहोस्‌। हामीलाई आफ्नो प्रार्थनाको जवाफ तुरुन्तै पाउनुपर्छ जस्तो लाग्न सक्छ। तर हामीलाई मदत गर्ने सबैभन्दा उचित समय यहोवालाई थाह छ। (हिब्रू ४:१६) आफूले मागेको कुरा तुरुन्तै नपाउँदा यहोवाले जवाफ दिनुभएन जस्तो लाग्न सक्छ। तर उहाँको तर्फबाट जवाफ यस्तो पनि हुन सक्छ: ‘अहिले अलि बेला भएको छैन।’ जस्तै: गम्भीर रोग लागेका भाइले निको होस भनेर प्रार्थना गरे तर तिनको स्वास्थ्यमा कुनै सुधार आएन। यहोवाले तिनलाई चमत्कारपूर्ण ढङ्‌गमा निको पार्नुभएको भए सैतानले उहाँलाई यसो भन्‍न सक्थ्यो: ‘तपाईँले निको पार्नुभएकोले मात्र उसले तपाईँको सेवा गरिरहेको हो।’ (अय्यु. १:९-११; २:४) यसबाहेक यहोवाले सबै रोगबिमार निको पार्ने समय तोकिसक्नुभएको छ। (यसै. ३३:२४; प्रका. २१:३, ४) त्यो समय नआएसम्म हामी चमत्कारपूर्ण ढङ्‌गमा निको हुने आशा गर्न सक्दैनौँ। त्यसैले ती भाइले यहोवासित आफ्नो रोगसित लड्‌न र वफादार भई उहाँको सेवा गरिरहन बल र मनोशान्ति माग्नु उचित हुन्थ्यो। w२३.११ पृ. २३ अनु. १३

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बुधबार, अगस्त २०

उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।​—भज. १०३:१०.

सिमसोनले गम्भीर गल्ती गरेका थिए। तैपनि तिनले यहोवाको सेवा गर्न छोडेनन्‌। तिनले पलिस्तियालीहरूसित युद्ध लड्‌ने मौका खोजिरहे किनभने त्यो जिम्मेवारी परमेश्‍वरले तिनलाई दिनुभएको थियो। (न्याय. १६:२८-३०) सिमसोनले यहोवा परमेश्‍वरलाई यसरी पुकारे: “यी पलिस्तियालीहरूसित . . . बदला लिन सकूँ।” साँचो परमेश्‍वरले सिमसोनको बिन्ती सुन्‍नुभयो र तिनलाई फेरि शक्‍ति दिनुभयो। नतिजास्वरूप तिनले आफ्नो जीवनभर जति जनालाई मारेका थिए, त्योभन्दा धेरैलाई आफ्नो मृत्युको दिनमा मारे। हुनत सिमसोनले आफ्नो गल्तीको कारण दुःखदायी नतिजा भोग्नुपऱ्‍यो तर तिनी यहोवाको इच्छाअनुसार चल्न छोडेनन्‌। हामीले पनि गल्ती गरेकोले सुधार पायौँ वा कुनै सुअवसर गुमायौँ भने यहोवाको इच्छाअनुसार चल्न छोड्‌नु हुँदैन। नबिर्सनुहोस्‌, यहोवा हामीलाई क्षमा दिन तयार हुनुहुन्छ। (भज. १०३:८, ९) गल्तीहरू गरे तापनि सिमसोनलाई जस्तै यहोवाले हामीलाई पनि उहाँको इच्छाअनुसार चल्न बल दिनुहुनेछ। w२३.०९ पृ. ६ अनु. १५-१६

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बिहीबार, अगस्त २१

सहनशीलताबाट परमेश्‍वरद्वारा अनुमोदित अवस्था प्राप्त हुन्छ अनि परमेश्‍वरद्वारा अनुमोदित अवस्थाले आशा उत्पन्‍न गराउँछ।​—रोमी ५:४.

सहनशील हुँदा तपाईँले यहोवाको अनुमोदन पाउनुहुनेछ। तर यसको मतलब तपाईँले परीक्षा वा समस्या भोग्दा यहोवा खुसी हुनुहुन्छ भन्‍ने त पटक्कै होइन। बरु तपाईँले वफादार भई सहनुभएकोमा उहाँ खुसी हुनुहुन्छ र तपाईँलाई अनुमोदन दिनुहुन्छ। योभन्दा ठूलो आशिष्‌ अरू के नै होला र? (भज. ५:१२) नबिर्सनुहोस्‌, अब्राहामले परीक्षाहरू सहे र परमेश्‍वरको अनुमोदन पाए। यहोवाले तिनलाई आफ्नो मित्र ठान्‍नुभयो र धर्मी ठहराउनुभयो। (उत्प. १५:६; रोमी ४:१३, २२) हाम्रो सन्दर्भमा पनि त्यसै भन्‍न सक्छौँ। परमेश्‍वरको सेवामा के-कति गरेका छौँ वा कस्ता सुअवसरहरू पाएका छौँ भन्‍ने आधारमा उहाँले हामीलाई अनुमोदन दिनुहुने होइन। बरु वफादार भई सह्‍यौँ भने उहाँ हामीलाई अनुमोदन दिनुहुन्छ। हाम्रो उमेर, परिस्थिति वा क्षमता जस्तोसुकै भए पनि हामी सहनशील हुन सक्छौँ। के तपाईँ अहिले वफादार भई कुनै परीक्षा सहँदै हुनुहुन्छ? हुनुहुन्छ भने तपाईँले परमेश्‍वरको अनुमोदन पाउनुभएको छ। यस कुरामा ढुक्क हुनुभयो भने तपाईँको आशा अझ बलियो हुनेछ। w२३.१२ पृ. ११ अनु. १३-१४

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने