प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
घोषणा
नयाँ उपलब्ध भाषा: Dendi
  • आज

बुधबार, अगस्त २०

उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।​—भज. १०३:१०.

सिमसोनले गम्भीर गल्ती गरेका थिए। तैपनि तिनले यहोवाको सेवा गर्न छोडेनन्‌। तिनले पलिस्तियालीहरूसित युद्ध लड्‌ने मौका खोजिरहे किनभने त्यो जिम्मेवारी परमेश्‍वरले तिनलाई दिनुभएको थियो। (न्याय. १६:२८-३०) सिमसोनले यहोवा परमेश्‍वरलाई यसरी पुकारे: “यी पलिस्तियालीहरूसित . . . बदला लिन सकूँ।” साँचो परमेश्‍वरले सिमसोनको बिन्ती सुन्‍नुभयो र तिनलाई फेरि शक्‍ति दिनुभयो। नतिजास्वरूप तिनले आफ्नो जीवनभर जति जनालाई मारेका थिए, त्योभन्दा धेरैलाई आफ्नो मृत्युको दिनमा मारे। हुनत सिमसोनले आफ्नो गल्तीको कारण दुःखदायी नतिजा भोग्नुपऱ्‍यो तर तिनी यहोवाको इच्छाअनुसार चल्न छोडेनन्‌। हामीले पनि गल्ती गरेकोले सुधार पायौँ वा कुनै सुअवसर गुमायौँ भने यहोवाको इच्छाअनुसार चल्न छोड्‌नु हुँदैन। नबिर्सनुहोस्‌, यहोवा हामीलाई क्षमा दिन तयार हुनुहुन्छ। (भज. १०३:८, ९) गल्तीहरू गरे तापनि सिमसोनलाई जस्तै यहोवाले हामीलाई पनि उहाँको इच्छाअनुसार चल्न बल दिनुहुनेछ। w२३.०९ पृ. ६ अनु. १५-१६

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बिहीबार, अगस्त २१

सहनशीलताबाट परमेश्‍वरद्वारा अनुमोदित अवस्था प्राप्त हुन्छ अनि परमेश्‍वरद्वारा अनुमोदित अवस्थाले आशा उत्पन्‍न गराउँछ।​—रोमी ५:४.

सहनशील हुँदा तपाईँले यहोवाको अनुमोदन पाउनुहुनेछ। तर यसको मतलब तपाईँले परीक्षा वा समस्या भोग्दा यहोवा खुसी हुनुहुन्छ भन्‍ने त पटक्कै होइन। बरु तपाईँले वफादार भई सहनुभएकोमा उहाँ खुसी हुनुहुन्छ र तपाईँलाई अनुमोदन दिनुहुन्छ। योभन्दा ठूलो आशिष्‌ अरू के नै होला र? (भज. ५:१२) नबिर्सनुहोस्‌, अब्राहामले परीक्षाहरू सहे र परमेश्‍वरको अनुमोदन पाए। यहोवाले तिनलाई आफ्नो मित्र ठान्‍नुभयो र धर्मी ठहराउनुभयो। (उत्प. १५:६; रोमी ४:१३, २२) हाम्रो सन्दर्भमा पनि त्यसै भन्‍न सक्छौँ। परमेश्‍वरको सेवामा के-कति गरेका छौँ वा कस्ता सुअवसरहरू पाएका छौँ भन्‍ने आधारमा उहाँले हामीलाई अनुमोदन दिनुहुने होइन। बरु वफादार भई सह्‍यौँ भने उहाँ हामीलाई अनुमोदन दिनुहुन्छ। हाम्रो उमेर, परिस्थिति वा क्षमता जस्तोसुकै भए पनि हामी सहनशील हुन सक्छौँ। के तपाईँ अहिले वफादार भई कुनै परीक्षा सहँदै हुनुहुन्छ? हुनुहुन्छ भने तपाईँले परमेश्‍वरको अनुमोदन पाउनुभएको छ। यस कुरामा ढुक्क हुनुभयो भने तपाईँको आशा अझ बलियो हुनेछ। w२३.१२ पृ. ११ अनु. १३-१४

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

शुक्रबार, अगस्त २२

‘परिपक्व मानिस भएर ख्रिष्टको पूर्णताको नापसम्म पुग।’​—एफि. ४:१३, फुटनोट।

ख्रिष्टियन पुरुषले राम्ररी कुराकानी गर्न सिक्नुपर्छ। यस्तो सीप भएको भाइले अरूको कुरा ध्यान दिएर सुन्छन्‌ र तिनीहरूको सोचाइ अनि भावना बुझ्छन्‌। (हितो. २०:५) साथै अरूको बोल्ने शैली, अनुहारको भाव र शरीरको हाउभाउ हेरेर तिनीहरूले महसुस गरिरहेको कुरा बुझ्ने कोसिस गर्न सक्छन्‌। तपाईँले मानिसहरूसित समय बिताउनुभएन भने यस्तो सीप विकास गर्न सक्नुहुन्‍न। यदि तपाईँ जतिखेर पनि इमेल र मेसेजमार्फत मात्र कुराकानी गर्नुहुन्छ भने तपाईँलाई मानिसहरूसित भेटेरै कुराकानी गर्न झन्‌झनै गाह्रो हुन सक्छ। त्यसैले अरूसित भेटेरै कुराकानी गर्ने मौकाहरू खोज्नुहोस्‌। (२ युह. १२) परिपक्व ख्रिष्टियन पुरुषले आफ्नो र आफ्नो घरपरिवारको भौतिक आवश्‍यकता पूरा गर्नुपर्छ। (१ तिमो. ५:८) तपाईँले काम पाउन सजिलो हुन सक्ने सीप सिक्नु राम्रो हो। (प्रेषि. १८:२, ३; २०:३४; एफि. ४:२८) मेहनती र काम नसिद्धिउन्जेल त्यसमा लागिरहने व्यक्‍तिको रूपमा नाम कमाउनुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँलाई जागिर भेट्टाउन र त्यसमा टिकिराख्न सजिलो हुन सक्छ। w२३.१२ पृ. २७ अनु. १२-१३

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने