प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ४/८ पृ. ९
  • भूकम्प, बाइबल भविष्यवाणी र तपाईं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भूकम्प, बाइबल भविष्यवाणी र तपाईं
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • ठूलठूला भूकम्पहरू—बाइबलमा कस्तो भविष्यवाणी गरिएको थियो?
    थप लेखहरू
  • भविष्यवाणी १. भूकम्प
    प्रहरीधरहरा: अहिले पूरा भइरहेको छ वटा बाइबल भविष्यवाणीहरू
  • भूकम्पबारे विस्तृत छलफल
    ब्यूँझनुहोस्‌!—२००२
  • भयावह दृश्‍यबीच आशाको किरण
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ४/८ पृ. ९

भूकम्प, बाइबल भविष्यवाणी र तपाईं

आफ्नो मृत्यु हुनुभन्दा अघि येशूले “जगत्‌को अन्त” सुरु भयो भनी चिनाउने घटना तथा परिस्थिति आउनेछ भनी भविष्यवाणी गर्नुभएको थियो। त्यस समयावधिमा रोगबिमार, अनिकाल र विश्‍वव्यापी तवरमा युद्ध हुनेछ भनी उहाँले भन्‍नुभएको थियो। उहाँले “ठाउँ ठाउँमा” “ठूला ठूला भैंचालो” जानेछ भनेर पनि भन्‍नुभएको थियो। (मत्ती २४:३, ७; लूका २१:१०, ११) के येशूले हाम्रो समयबारे भनिरहनुभएको थियो?

धेरैले होइन भन्छन्‌। तिनीहरूको विचारमा हालैका दशकहरूमा भूकम्पको संख्यामा खासै वृद्धि भएको छैन। वास्तवमा भन्‍ने हो भने, सं.रा.अ.-को राष्ट्रिय भूकम्प सूचना केन्द्रको रिपोर्टअनुसार ७.० र त्यो भन्दा ठूलो रेक्टर स्केलको भूकम्प २० औं शताब्दीको दौडान लगभग यथावत्‌ नै रहेको छ।a

तर यस कुरालाई विचार गर्नुहोस्‌, येशूको भविष्यवाणी पूरा हुन भूकम्पको संख्या वा त्यसको तीव्रता बढ्‌नु आवश्‍यक छैन। येशूले केवल ठाउँ-ठाउँमा ठूलठूला भूकम्प जानेछन्‌ भन्‍नुभएको थियो। यसबाहेक, यी घटनाहरू “कष्टका सुरु हुन्‌” भन्‍नुभएको थियो। (मत्ती २४:८) कष्ट भनेको कतिवटा भूकम्प गयो वा कति रेक्टर स्केलको थियो आदि कुरामा होइन तर त्यसले मानिसहरूमा कस्तो असर पाऱ्‍यो, त्यसमा निर्भर हुन्छ।

आज हाम्रो समयमा भूकम्पले साँच्चै कष्ट बढाएको छ। भनौं भने, २० औं शताब्दीमा यस्ता प्रकोपहरूले गर्दा लाखौं मारिएका वा घरबारविहीन भएका छन्‌। विशेषज्ञहरूको विचारमा यीमध्ये धेरैजसोको ज्यान जोगाउन सकिन्थ्यो। बी बी सी न्युज यस्तो रिपोर्ट गर्छ, “विकासोन्मुख राष्ट्रहरूमा बढ्‌दो शहरीकरणले निम्त्याएको सस्तो र चाँडो आवास गृह बनाउने होडबाजीमा निर्माण नीतिहरूलाई त्यति महत्त्वपूर्ण ठानिंदैन।” हालै भएका दुइटा दुर्घटनाहरूबारे टिप्पणी गर्दै शहरी दुर्घटना विशेषज्ञ बेन वाइजनर यसो भन्छन्‌: “भूकम्पले गर्दा मात्र यी मानिसहरूको ज्यान गएको होइन। यो त मानव त्रुटि, भावशून्यता, भ्रष्टाचार तथा लोभको सम्मिश्रण थियो।”

हो, कहिलेकाहीं भूकम्पको सबैभन्दा घातक पक्ष, मानव स्वार्थ र लापरवाही हुन्छ। चाखलाग्दो कुरा, यस रीतिरिवाजको “आखिरी दिनमा” त्यस्ता दुर्गुणहरू देखा पर्नेछन्‌ भनेर अर्को बाइबल भविष्यवाणीमा प्रस्ट पारिएको छ। बाइबलले बताएअनुसार त्यस समयमा मानिसहरू “स्वार्थी, धनका लोभी” हुनेछन्‌। (२ तिमोथी ३:१-५) यस रीतिरिवाजको अन्तबारे येशूले भन्‍नुभएका कुराहरूसँगसँगै यस भविष्यवाणीले हामीलाई परमेश्‍वरले मानवजातिलाई छुटकारा दिन भूकम्पलगायत सबै पीडा र दुःख हटाउनुहुने समय नजिकै छ भन्‍ने स्पष्ट प्रमाण दिन्छ।—भजन ३७:११.

के तपाईं यस बाइबल आधारित आशाबारे अझ बढी बुझ्न चाहनुहुन्छ? तपाईंको इलाकामा भएका यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌ वा पृष्ठ ५ मा दिइएको तपाईंलाई पायक पर्ने कुनै पनि ठेगानामा लेख्नुहोस्‌। (g02 3/22)

[फुटनोट]

a कसै-कसैको विचारमा प्रविधिमा भएको विकासले गर्दा मात्र भूकम्पको संख्या बढी भयो भन्‍ने रिपोर्ट प्राप्त भएको हो, किनभने भूकम्पीय उथलपुथलहरू पत्ता लगाउन सजिलो भएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने