प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाको दिन नजिकै छ
    राज्य सेवकाई—२००५ | मे
    • यहोवाको दिन नजिकै छ

      १ मसीहीहरू आउँदै गरेको यहोवाको दिनको उत्सुकतासाथ इच्छा गर्छन्‌ जुन दिन उहाँले वर्तमान रीतिरिवाजलाई नाश गरेर धार्मिकताले बास गर्ने एउटा नयाँ संसार बसाल्नुहुनेछ। (२ पत्रु. ३:१२, १३) त्यो दिन कहिले आउँछ सो हामीलाई ठ्याक्क थाह नभएकोले हामी जागा रहिरहनै पर्छ र अरूलाई पनि त्यसै गर्न मदत दिनुपर्छ। (इज. ३३:७-९; मत्ती २४:४२-४४) परमेश्‍वरको भविष्यसूचक वचनमा मनन गऱ्‍यौं भने ‘यहोवाको भयानक दिन नजिकै छ’ भन्‍ने हाम्रो विश्‍वस्तता सुदृढ हुनेछ।—सप. १:१४.

      २ विश्‍वशक्‍तिहरूको शृङ्‌खलाबद्ध उत्थान: प्रकाश १७:९-११ मा लिपिबद्ध गरिएअनुसार सातवटा विश्‍वशक्‍तिको शृङ्‌खलाबद्ध उत्थानलाई सङ्‌केत गर्ने “सात राजाहरू[बारे]” प्रेरित यूहन्‍ना बताउँछन्‌। यूहन्‍ना “एउटा आठौं” राजाबारे पनि बताउँछन्‌ जसले हाल संयुक्‍त राष्ट्रसंघलाई सङ्‌केत गर्छ। के हामी अरू विश्‍वशक्‍तिहरू पनि देखापरेको आशा गर्न सक्छौं? अहँ, सक्दैनौं किनभने यो आठौं राजा “सत्यानाशमा जानेछ” भनी भविष्यवाणी बताउँछ र यसपछि अन्य पार्थिव राजाहरूबारे केही पनि उल्लेख गरिएको पाउँदैनौं। समयको रफ्तारमा हामी कहाँ छौं भन्‍ने कुरा बुझ्न के यस भविष्यवाणीले तपाईंलाई मदत गर्दैन र?

      ३ दानियल २:३१-४५ ले हामीलाई आउँदै गरेको यहोवाको दिनबारे बुझ्न मदत गर्छ। त्यस भविष्यवाणीमा नबूकदनेसरले सपनामा देखेको विशाल मूर्तिले विश्‍वशक्‍तिहरूको शृङ्‌खलाबद्ध उत्थानलाई सङ्‌केत गर्छ। यी सबै शक्‍तिहरू देखापरिसकेका छन्‌। आज हामी इतिहासको कुन कालक्रममा बाँचिरहेका छौं? मूर्तिको खुट्टाले चित्रण गर्ने समयमा। भविष्यवाणीमा अब के हुनेछ भन्‍ने कुराको ज्वलन्त विवरण दिइएको छ। मानव शासनलाई पूर्णतया खत्तम पारिनेछ र ‘कहिल्यै नाश नहुने एउटा राज्य खडा’ हुनेछ। यहोवाको दिन नजिकै छ भनेर यसले कसरी देखाउँछ, के तपाईं बुझ्न सक्नुहुन्छ?

      ४ थप प्रमाण: यहोवाको दिन नजिकै छ भन्‍ने कुराको थप प्रमाण हामीले आफ्नै आँखाले देखेका छौं। प्रेरित पावलले “आखिरी दिनमा” मानिसहरूको स्वभावबारे जे-जस्तो भविष्यवाणी गरे त्यसको पूर्ति हामीले देखिरहेका छौं। (२ तिमो. ३:१-५) अनि अन्त आउनुभन्दा अघि विश्‍वव्यापी रूपमा गर्नुपर्ने साक्षीकार्यमा हामीले भाग लिइरहेका छौं। (मत्ती २४:१४) हाम्रो जन सेवकाईले स्वर्गदूतले गरेको यस घोषणाको अविलम्बी भाव झल्काइरहोस्‌: “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ।”—प्रका. १४:६, ७.

  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    राज्य सेवकाई—२००५ | मे
    • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने

      भाग ९: अनौपचारिक रूपमा साक्षी दिन विद्यार्थीहरूलाई तयार पार्ने

      १ येशू नै प्रतिज्ञाकृत मसीह हुनुहुन्छ भन्‍ने कुरा अन्द्रियास र फिलिपले थाह पाएपछि अरूलाई त्यो रोमाञ्चकारी समाचार नसुनाईकन उनीहरू बस्नै सकेनन्‌। (यूह. १:४०-४५) त्यस्तै गरी आज, आफूले सिकिरहेको कुरामा विश्‍वास गर्न थालेपछि त्यसबारे कुरा गर्न बाइबल विद्यार्थीहरू जुरमुरिन्छन्‌। (२ कोरि. ४:१३) हामी कसरी उनीहरूलाई अनौपचारिक रूपमा साक्षी दिन प्रोत्साहन दिनुका साथै प्रभावकारीसाथ यसो गर्न तयार पार्न सक्छौं?

      २ आफूले बाइबलबाट सिकेको कुरा अरूलाई बताएको छ कि छैन भनी तपाईं विद्यार्थीलाई सीधै सोध्न सक्नुहुन्छ। आफ्नो अध्ययनमा बोलाउन सकिने तिनका साथीभाइ तथा परिवारका सदस्यहरू छन्‌ होला। बाइबल विद्यार्थीको कुनै सहकर्मी, सहपाठी अथवा चिनेजानेका व्यक्‍तिहरूले चासो देखाएका छन्‌ कि सोध्नुहोस्‌। यस प्रकार तिनले साक्षी दिन सुरु गर्न सक्छन्‌। यहोवा परमेश्‍वर अनि उहाँका उद्देश्‍यहरूबारे अरूलाई बताउँदा विवेकी हुनका साथै आदर देखाउन तथा दयालु हुनुपर्ने कारण बुझ्न तिनलाई मदत गर्नुहोस्‌।—कल. ४:६; २ तिमो. २:२४, २५.

      ३ आफ्नो विश्‍वासबारे अरूलाई बताउने: आफ्नो विश्‍वासबारे अरूलाई बताउँदा बाइबल विद्यार्थीहरूलाई परमेश्‍वरको वचन चलाउन प्रशिक्षण दिनु एकदमै महत्त्वपूर्ण छ। अध्ययनको दौडान छानिएका बुँदाहरूबारे छलफल गर्दा विद्यार्थीलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: “आफ्नो परिवारलाई यो सत्य कुरा बताउन तपाईं कसरी बाइबल चलाउनुहुनेछ?” अथवा “आफ्नो साथीलाई यो कुरा सत्य हो भनी प्रमाणित गरेर देखाउन तपाईं बाइबलको कुनचाहिं पद चलाउनुहुनेछ?” तिनले दिने जवाफलाई ध्यान दिएर सुन्‍नुहोस्‌ र तिनले धर्मशास्त्रलाई आफ्नो शिक्षाको आधार बनाउन सक्ने तरिका देखाउनुहोस्‌। (२ तिमो. २:१५) यसो गरेर तपाईंले आफ्नो बाइबल विद्यार्थीलाई अनौपचारिक रूपमा साक्षी दिन र योग्य भएपछि मण्डलीसित मिलेर संगठित प्रचारकार्यमा भाग लिन तयार पारिरहनुभएको हुनेछ।

      ४ विरोधको सामना गर्न बाइबल विद्यार्थीहरूलाई तम्तयार पार्नु बुद्धिमानी कुरा हो। (मत्ती १०:३६; लूका ८:१३; २ तिमो. ३:१२) यहोवाका साक्षीहरूबारे अरूले प्रश्‍न गर्दा वा टीकाटिप्पणी गर्दा विद्यार्थीहरूले साक्षी दिने मौका पाउन सक्छन्‌। यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌? भन्‍ने पुस्तिकाले उनीहरूलाई “जवाफ दिन . . . तयार” हुन सुसज्जित पार्न सक्छ। (१ पत्रु. ३:१५) राम्रै मनसायले विरोध गर्ने साथीभाइ तथा परिवारका सदस्यहरूलाई हाम्रो बाइबल आधारित विश्‍वास अनि गतिविधिहरूबारे बुझाउन नयाँ व्यक्‍तिहरूले प्रयोग गर्न सक्ने सही जानकारी यस पुस्तिकामा दिइएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने