ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अगस्त ३०, २०१० मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले जुलाई ५ देखि अगस्त ३०, २०१० सम्मका हप्तामा प्रस्तुत गरिएका असाइनमेन्टहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
१. उद्घाटनको बेला सुलेमानले गरेका प्रार्थनाका शब्दहरूमा मनन गर्दा त्यसले हामीलाई परमेश्वरको व्यक्तित्वप्रति अझ कृतज्ञ हुन कसरी मदत गर्छ? (१ राजा ८:२२-५३) [w०५ ७/१, पृ. ३०, अनु. ३; it-2-E पृ. ९८९ अनु. ४]
२. धेरै भूलहरू गरे तापनि दाऊद “इमान्दारी” अर्थात् निष्ठामा हिंडे भनेर किन भन्न सक्छौं? (१ राजा ९:४) [w९७ ५/१, पृ. ५, अनु. १-२]
३. शबाकी रानीले सुलेमानको विषयमा “तपाईंका सामने उभिने र तपाईंको बुद्धि सुन्नपाउने यी तपाईंका भारादारहरू कति सुखी” किन भनिन्? (१ राजा १०:४-८) [w९९ ११/१, पृ. २०, अनु. ५-७]
४. अबियाको उचित रीतिले मृत-संस्कार गर्नू भनेर यहोवाले आज्ञा गर्नुभएको तथ्यबाट हामी कुन निष्कर्षमा पुग्न सक्छौं? (१ राजा १४:१३) [w९५ ४/१, पृ. १२, अनु. ११]
५. सारपातकी विधवासित यहोवाले गर्नुभएको व्यवहारबाट हामी के सिक्न सक्छौं? (१ राजा १७:१०-१६) [w०५ ७/१, पृ. ३१]
६. ‘दोधारमा बस्ने’ खतराबाट बच्न समर्पित सेवकले के गर्नुपर्छ? (१ राजा १८:२१) [w०५ १२/१५, पृ. २७, अनु. १२]
७. एलियाले ईजेबेलभन्दा ठूला शत्रुहरूको सामना गरिसकेका भए तापनि रानी ईजेबेलले तिनलाई मार्ने शपथ खाँदा तिनी किन यति साह्रो निरुत्साहित भए कि तिनलाई मर्नु नै निको लाग्यो? (१ राजा १९:१-४) [w०१ २/१, पृ. २१, २२]
८. नाबोतले किन आहाबलाई आफ्नो दाखबारी बेच्न मानेनन् र यो घटनाबाट हामी के पाठ सिक्न सक्छौं? (१ राजा २१:३) [w९७ ८/१, पृ. १३, अनु. १८-२०]
९. एलीशाको खातिर शुनैमी स्त्रीले कुन तरिकामा “सबै दुःख गरेकी” थिइन्? (२ राजा ४:१३) [w९७ १०/१, पृ. ३०, अनु. ६-८]
१०. नामानले दिएको उपहार एलीशाले किन स्वीकारेनन्? (२ राजा ५:१५, १६) [w०५ ८/१, पृ. ९, अनु. २]