प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जनवरी पृ. ३
  • पत्रिका रुट—बाइबल अध्ययन सुरु गर्न मदतकारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पत्रिका रुट—बाइबल अध्ययन सुरु गर्न मदतकारी
  • हाम्रो राज्य सेवा—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—पत्रिका रुटद्वारा चासो जगाउनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • पत्रिका रुटमा “राज्यको बीउ छर्ने”
    हाम्रो राज्य सेवकाई—१९९८
  • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • सेवाको एउटा राम्रो सौभाग्य
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१४
km14 जनवरी पृ. ३

पत्रिका रुट—बाइबल अध्ययन सुरु गर्न मदतकारी

१. यहोवाको सङ्‌गठनले धेरै पहिलेदेखि पत्रिका रुट बनाउन प्रोत्साहन दिनुको कारण के हो?

१ थुप्रै मानिस हामीसित बाइबल अध्ययन गर्न चासो देखाउँदैनन्‌। तर तिनीहरू हाम्रा पत्रिकाहरू भने पढ्‌न रुचाउँछन्‌। त्यसैले यहोवाको सङ्‌गठनले धेरै पहिलेदेखि पत्रिका रुट बनाउन प्रोत्साहन दिंदै आएको छ। पत्रिका रुट भनेको हाम्रा पत्रिकाहरू पढ्‌न चाहनेहरूलाई नियमित रूपमा दिने एउटा प्रबन्ध हो। नियमित रूपमा हाम्रा पत्रिकाहरू पढ्‌दा मानिसहरूमा परमेश्‍वरको वचनप्रति तिर्सना बढ्‌न सक्छ। (१ पत्रु. २:२) अनि आफूले पढेको केही कुराले तिनीहरूको मन छुन सक्छ र तिनीहरू बाइबल अध्ययनको लागि तयार हुन सक्छन्‌।

२. आफ्नो रुटमा भएका मानिसहरूको चासो हामी कसरी बढाउन सक्छौं?

२ सत्यको बीउमा “पानी” हाल्नुहोस्‌: घरधनीलाई पत्रिका दिएर हिंडिहाल्नुको सट्टा तिनीसित कुराकानी गरेर चिनजान बढाउनुहोस्‌। यसो गर्दा तपाईंले तिनको परिस्थिति, चासो र विश्‍वास बुझ्न सक्नुहुन्छ। अनि ती कुराहरू मनमा राख्दै तिनीसित राम्रो कुराकानी गर्न सक्नुहुन्छ। (हितो. १६:२३) प्रत्येक भेटको लागि तयारी गर्नुहोस्‌। सम्भव छ भने, पत्रिकाबाट कुनै एउटा बुँदा र सम्बन्धित शास्त्रपद देखाउनुहोस्‌। तिनको मनमा कतै सत्यको बीउ लुकेको छ भने त्यसमा तपाईंले पानी हालिरहनुभएको हुनेछ। (१ कोरि. ३:६) तिनलाई भेटेको दिन, छोडेको साहित्य र कुरा गरेको विषय अनि शास्त्रपद नोट गर्नुहोस्‌।

३. पत्रिका रुटमा भएका मानिसहरूलाई भेट्‌न कहिले-कहिले जान सक्नुहुन्छ?

३ कहिले-कहिले जाने: आफ्नो रुटमा भएकाहरूलाई नयाँ पत्रिका दिन तपाईं महिनाको एकचोटि जानुपर्छ। तर आफ्नो परिस्थिति र रुटमा भएका मानिसहरूको चासोलाई ध्यानमा राख्दै त्योभन्दा चाँडो पनि जान सक्नुहुन्छ। उदाहरणको लागि, पत्रिका दिएको एक वा दुई हप्तापछि गएर तपाईं यसो भन्‍न सक्नुहुन्छ: “मैले तपाईंलाई छोडेको पत्रिकाबाट केही कुरा बताऊँ कि भनेर पसेको।” यसो गर्दा उक्‍त व्यक्‍तिलाई त्यो लेख पढुँ-पढुँ लाग्नेछ। तिनले पढिसकेका छन्‌ भने तिनलाई त्यो लेख कस्तो लाग्यो भनेर छोटकरीमा कुरा गर्न सक्नुहुन्छ। अथवा ती व्यक्‍तिलाई हाम्रा साहित्यहरू पढ्‌न मन लाग्छ भने त्यस महिनामा प्रस्तुत गरिने पर्चा, पुस्तिका वा किताब दिन जान सक्नुहुन्छ।

४. आफ्नो रुटमा भएकाहरू बाइबल अध्ययनको लागि तयार छन्‌ कि भनेर जाँच्न समय-समयमा हामी के गर्न सक्छौं?

४ घरधनीले बाइबल अध्ययनको लागि कहिले भन्ला भनी पर्खेर नबस्नुहोस्‌। आफै अग्रसर हुनुहोस्‌। पहिले-पहिले बाइबल अध्ययन गर्ने प्रस्ताव स्वीकारेका थिएनन्‌ भने पनि समय-समयमा प्रहरीधरहरा-बाट “बाइबल प्रश्‍नहरूको जवाफ” भन्‍ने लेख देखाउँदै तिनी छलफलको लागि तयार छन्‌ कि भनेर जाँच्न सक्छौं। सायद हामीले तिनको ढोकैमा बाइबल अध्ययन सुरु गर्न सक्छौं। अध्ययन सुरु गर्न सफल भएनौं भने पनि तिनको चासो बढाउन पत्रिका दिइरहन सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने