येशूबारे सत्य कुरा जोसकासाथ बताउनुहोस्
येशूबारे अरूलाई सत्य कुरा बताउने तरिका हामीलाई थाह छ भने यसले हाम्रो जोसलाई बढाउँछ। येशू साँचो विश्वासको जगको शिरढुङ्गो हुनुहुन्छ। (एफि. २:२०) हामीले पाएको भविष्यको आशा येशूद्वारा मात्रै सम्भव भएको हो। (प्रेषि. ४:१२) त्यसैले परमेश्वरको उद्देश्यमा येशूको भूमिका सबैले बुझ्नु आवश्यक छ। बाइबलसित मेल नखाने शिक्षाले गर्दा धेरै जना बहकिएका छन्। दुःखको कुरा, यस्तो शिक्षाले गर्दा येशूमाथि विश्वास गर्नेहरूले पाउने आशिष्बाट तिनीहरू चुक्न सक्छन्। सत्यका लागि हामी जोसिलो भयौं भने नम्र हृदय भएकाहरूलाई येशूबारे, परमेश्वरसित उहाँको सम्बन्ध अनि परमेश्वरको उद्देश्यमा उहाँको भूमिकाबारे सही ज्ञान दिन जुर्मुरिनेछौं। स्मरणार्थको समयमा के तपाईं सबैलाई येशूबारे सत्य कुरा जोसकासाथ बताउनुहुन्छ?