परमेश्वरको वचनमा शक्ति छ भनेर तपाईं कसरी देखाउन सक्नुहुन्छ?
दिनहुँ बाइबल पढ्यौं भने ‘विश्वासमा जरा गाडेर अटल हुँदै जान’ सक्छौं। (कल. २:६, ७) यहोवाको वचनले हाम्रो जीवनमा काम गर्ने हो भने हामीले बाइबल सिद्धान्त मनन गर्नुपर्छ अनि पालन गर्नुपर्छ। (हिब्रू ४:१२; याकू. १:२२-२५) बाइबल राम्रोसित पढ्ने तीन वटा तरिका यहोशू १:८, NW मा पाउँछौं: (१) परमेश्वरको वचन “दिन-रात” पढ्नुहोस्। (२) परमेश्वरको वचन “गुनगुनाएर” पढ्नुहोस्। यसको मतलब मनन गर्न अनि घटना र परिस्थिति कल्पना गर्न सक्ने गतिमा पढ्नु हो। (३) “त्यसमा लेखिएका सबै कुरो” इमानदार भई पालन गर्नुहोस्। यी तरिका लागू गरेमा हाम्रो ‘उन्नति हुनेछ र सफलता पाउनेछौं।’