बाइबलमा पाइने अनमोल धन | प्रेषित ९-११
अचाक्ली खेदो गर्ने व्यक्ति जोसिला साक्षी बन्छन्
सावलले आफूले सिकेको कुरा लागू गर्न तुरुन्तै कदम चाले। त्यतिबेला धेरैले आफूले सिकेको कुरा लागू गरेनन् तर सावलले भने किन त्यसो गर्न सके? किनभने तिनी मानिसहरूको भन्दा परमेश्वरको डर राख्थे र ख्रिष्टले तिनीमाथि देखाउनुभएको कृपाप्रति कृतज्ञ थिए। यदि तपाईँ बाइबल अध्ययन गर्दै हुनुहुन्छ तर बप्तिस्मा चाहिँ गर्नुभएको छैन भने के तपाईँ आफूले सिकेको कुरा लागू गर्न ठोस कदम चालेर सावलको अनुकरण गर्नुहुन्छ?