बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २७-२८
याकुब आफूले पाउनुपर्ने आशिष् पाउँछन्
इसहाकले याकुबलाई दिएको आशिष् वास्तवमा एउटा भविष्यवाणी थियो।
२७:२८—यहोवाले याकुबका सन्तानलाई “दूध र मह बग्ने” उर्वर भूमि भएको देश दिनुभयो।—व्यव २६:१५
२७:२९—इस्राएलीहरू (याकुबका सन्तान) एदोमीहरूभन्दा (एसावका सन्तान) शक्तिशाली भए।—उत्प २५:२३; २स ८:१४
२७:२९—एदोमीहरूले इस्राएलीहरूलाई घृणा गरेकाले यहोवाले तिनीहरूलाई श्राप दिनुहुन्छ र अन्तमा तिनीहरूको राष्ट्रलाई पूर्ण रूपमा नाश गर्नुहुन्छ।—इज २५:१२-१४