प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwhf लेख १८
  • एकअर्कासित समय बिताउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकअर्कासित समय बिताउनुहोस्‌
  • परिवारका लागि
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सँगै तर अलग—किन?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • छलफलका लागि सुझावहरू
  • तपाईँको वैवाहिक सम्बन्धलाई प्रविधिले कसरी असर गर्न सक्छ?
    ब्यूँझनुहोस्‌!—२०२१
  • अफिसको कामलाई अफिसमै सीमित राख्नुहोस्‌
    परिवारका लागि
  • पाको उमेरमा तपाईँ कसरी वैवाहिक सम्बन्धलाई जोगाउन सक्नुहुन्छ?
    परिवारका लागि
  • प्रविधिको उचित प्रयोग कसरी गर्ने?
    परिवारका लागि
थप हेर्नुहोस्
परिवारका लागि
ijwhf लेख १८
पतिपत्नी सँगै खाना पकाउँदै छन्‌।

परिवारका लागि | वैवाहिक जीवन

एकअर्कासित समय बिताउनुहोस्‌

एउटै कोठामा भए तापनि थुप्रै पतिपत्नीबीच त्यत्ति कुराकानी हुँदैन। यसका कारणहरू के हुन्‌?

  • सँगै तर अलग—किन?

  • तपाईँ के गर्न सक्नुहुन्छ?

  • दम्पतीहरू के भन्छन्‌?

  • छलफलका लागि सुझावहरू

सँगै तर अलग—किन?

  • थकान

    “एकअर्कासित कुरा गर्ने समय हुँदा कहिले श्रीमान्‌लाई थकाइ लागिरहेको हुन्छ, कहिले मलाई। थकाइ लागेको बेला ससानो कुराले पनि चिढिने गर्छु। त्यसैले दुवै जना टिभी हेरेर बस्नु नै बेस लाग्छ।”—आना।

  • इलेक्ट्रोनिक डिभाइसमै व्यस्त

    “सामाजिक सञ्जाल र अनलाइन मनोरञ्जनले तपाईँको समय खाइदिन सक्छ। तपाईँ यसमा घण्टौँ समय बिताउनुहुन्छ तर आफ्नो जीवनसाथीसित एकचोटि पनि कुरा गर्नुहुन्‍न। एउटै कोठामा भए पनि सँगै नभएको जस्तो लाग्न सक्छ।”—क्याथरिन।

  • फरक रुचि

    “मेरो श्रीमान्‌ कामबाट घर फर्कनुभएपछि आफ्नो सोख पूरा गर्नमै समय बिताउनुहुन्छ। हुनत उहाँ दिनभरि काममा व्यस्त हुने भएकोले उहाँको लागि छुट्टै समय त चाहिन्छ। तर मलाई चाहिँ सँगै समय बिताउनै नपुगेको जस्तो लाग्छ।”—जेन।

  • काम

    “प्रविधिले गर्दा हामी घरमा परिवारसँग हुँदा पनि अफिसको काम गर्न सक्छौँ। कहिलेकाहीँ म श्रीमतीसँग बिताउन सक्ने समयमा पनि इमेल र मेसेज चेक गरिरहेको हुन्छु।”—मार्क।

तपाईँ के गर्न सक्नुहुन्छ?

  • फुर्सत हुँदा मात्र परिवारसँग समय बिताउने नगर्नुहोस्‌

    बाइबलको सिद्धान्त: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।”—फिलिप्पी १:१०.

    यसबारे सोच्नुहोस्‌: तपाईँ आफ्नो काम वा रुचिलाई भन्दा वैवाहिक जीवनलाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ भन्‍ने कुरा के तपाईँको व्यवहारबाट प्रस्ट देखिन्छ? आफ्नो बचेखुचेको समय मात्र जीवनसाथीलाई दिनुहुन्छ कि?

    सुझाव: मौका मिल्यो भने सँगै समय बिताऔँला नि भनेर नबस्नुहोस्‌। बरु यसको लागि समय छुट्ट्याउनुहोस्‌।

    “श्रीमान्‌ले हामी दुई जनाको लागि मात्र भनेर कुनै योजना बनाउनुहुँदा मलाई धेरै खुसी लाग्छ। यसले गर्दा उहाँ मलाई अनमोल ठान्‍नुहुन्छ र मसित समय बिताउन मन पराउनुहुन्छ भनेर महसुस हुन्छ। अनि उहाँको झनै माया लाग्छ।”—आना।

  • इलेक्ट्रोनिक डिभाइसलाई पन्छाउनुहोस्‌

    बाइबलको सिद्धान्त: “सबै कामको लागि उचित समय छ।”—उपदेशक ३:१.

    यसबारे सोच्नुहोस्‌: जीवनसाथीसित समय बिताइरहेको बेला मेसेज वा अलर्टले तपाईँलाई कत्तिको बाधा पुऱ्‍याउने गरेको छ?

    सुझाव: दिनको एकचोटि भए पनि सँगै खाना खानुहोस्‌ र फोन अर्कै कोठामा छोडिदिनुहोस्‌। यसरी सँगै खाँदा दिनभरिको गतिविधिबारे कुरा गर्ने मौका पाउनुहुन्छ।

  • सम्भव हुँदा घरको काम सँगै गर्नुहोस्‌

    बाइबलको सिद्धान्त: “एकभन्दा दुई असल हो। तिनीहरूले आफ्नो मेहनतको मीठो फल पाउँछन्‌।”—उपदेशक ४:९.

    यसबारे सोच्नुहोस्‌: किनमेल गर्न तपाईँहरू प्रायः एक्लै जाने गर्नुहुन्छ कि सँगै जानुहुन्छ?

    सुझाव: सँगै मिलेर काम गर्नुहोस्‌। एक्लैले गर्न सकिने कामहरू पनि सँगै गर्नुहोस्‌।

    “खानेकुरा किन्‍ने, भाँडा माझ्ने, कपडा मिलाउने वा बगैँचा गोडमेल गर्नेजस्ता घरायसी कामलाई कामको रूपमा मात्र नहेर्नुहोस्‌, सँगै समय बिताउने मौकाको रूपमा हेर्नुहोस्‌।”—निना।

  • अव्यावहारिक माग नगर्नुहोस्‌

    बाइबलको सिद्धान्त: “तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्‌।”—फिलिप्पी ४:५.

    यसबारे सोच्नुहोस्‌: जीवनसाथीबाट बढ्‌तै माग नगरेको तपाईँ कसरी देखाउन सक्नुहुन्छ?

    सुझाव: दुवैको आ-आफ्नो आवश्‍यकता बुझ्न खुलस्त कुराकानी गर्नुहोस्‌। तपाईँहरू दुवै जना खुसी हुन सक्ने निर्णयमा पुग्नुहोस्‌।

    “मेरो श्रीमान्‌ निकै फुर्तिलो हुनुहुन्छ तर मचाहिँ स्वास्थ्य समस्याले गर्दा थाकिहाल्छु। म उहाँलाई बाहिर डुलेर, केही रमाइलो गरेर आउनुहोस्‌, मचाहिँ घरमै बस्छु भन्‍ने गर्छु। यसो गर्दा म आराम गर्न पाउँछु अनि उहाँले चाहिँ व्यायाम गर्न पाउनुहुन्छ। यसरी दुवैले आफूले गर्न सक्ने कुरा गर्दा हामी आनन्दित हुन्छौँ।”—ड्यानिएला।

    दम्पतीहरू के भन्छन्‌?

    जेमिन र केन्द्रा।

    “सँगै खाना खाँदा तपाईँहरूले एकअर्कासित कुनै महत्त्वपूर्ण वा रमाइलो कुराकानी गर्ने मौका पाउनुहुन्छ। यसले श्रीमान्‌ र श्रीमतीलाई केवल एउटा घरमा बस्ने दुई जना व्यक्‍तिजस्तो नभई घनिष्ठ मित्र बन्‍न मदत गर्छ।”—आफ्नी पत्नी केन्ड्रासँगै जेमिन।

    मोनिका र शन।

    “खानै पर्ने भएपछि किन छुट्टाछुट्टै खानु र? मेरो जीवनका यादगार क्षणहरूमध्ये एउटा आमाबुबासँग रमाइलो कुराकानी गर्दै खाना खाएका क्षणहरू पनि हो। अहिले श्रीमान्‌सँगै खाना खाँदा त्यस्तै यादगार क्षणहरू सँगालिरहेको छु जस्तो लाग्छ।”—आफ्ना पति शनसँगै मोनिका।

छलफलका लागि सुझावहरू

सुरुमा यी प्रश्‍नहरू छुट्टाछुट्टै विचार गर्नुहोस्‌। त्यसपछि सँगै मिलेर आ-आफ्नो जवाफ छलफल गर्नुहोस्‌।

  • के तपाईँलाई एकअर्कासित पर्याप्त समय बिताइरहेको छु जस्तो लाग्छ?

  • सँगै समय बिताउन आफ्नो जीवनसाथीले गरेको कस्तो प्रयासको लागि तपाईँ तिनको प्रशंसा गर्न सक्नुहुन्छ?

  • आफ्नो जीवनसाथीले कुन क्षेत्रमा अझै उन्‍नति गरेको चाहनुहुन्छ?

  • इलेक्ट्रोनिक डिभाइसले जीवनसाथीको कुरा ध्यान दिएर सुन्‍न तपाईँलाई कत्तिको बाधा पुऱ्‍याउने गरेको छ?

  • जीवनसाथीबाट बढ्‌तै माग नगरेको तपाईँ कसरी देखाउन सक्नुहुन्छ?

  • अरू कुनै कुरामा नअलमलीकन एकअर्कासित समय बिताउन तपाईँ यो हप्ता कस्तो प्रयास गर्न सक्नुहुन्छ?

पुनरावृत्ति: सँगै समय बिताउँदा त्यसको पूरापूर फाइदा उठाउनुहोस्‌

  • फुर्सत हुँदा मात्र परिवारसँग समय बिताउने नगर्नुहोस्‌।

  • इलेक्ट्रोनिक डिभाइसलाई पन्छाउनुहोस्‌।

  • सम्भव हुँदा घरको काम सँगै गर्नुहोस्‌।

  • अव्यावहारिक माग नगर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने