विलाप विषयवस्तु १ यरुसलेमलाई विधवाको रूपमा चित्रण गरिन्छ यरुसलेम सुनसान भएकी छे र त्यागिएकी छे (१) सियोनको घोर पाप (८, ९) परमेश्वरले सियोनलाई त्याग्नुहुन्छ (१२-१५) सियोनलाई सान्त्वना दिने कोही छैन (१७) २ यरुसलेममाथि यहोवाको क्रोध पटक्कै दयामाया देखाइँदैन (२) यहोवा सियोनको लागि शत्रुजस्तै (५) सियोनको लागि आँसु बगाइन्छ (११-१३) पहिलेको सुन्दर सहरलाई मानिसहरूले गिज्याउँछन् (१५) सियोनको पतन देखेर शत्रुहरू रमाउँछन् (१७) ३ यर्मियाले आफ्नो भावना र आशा व्यक्त गर्छन् “म तपाईँको बाटो हेरिरहनेछु” (२१) परमेश्वरको कृपा हरेक बिहान नयाँ हुन्छ (२२, २३) परमेश्वरमा आशा राख्नेहरूको लागि उहाँ भलो हुनुहुन्छ (२५) आफ्नो युवावस्थामै जुवा बोक्नु असल हो (२७) परमेश्वरले आफूलाई बादलले छेक्नुभएको छ (४३, ४४) ४ घेराबन्दीले गर्दा यरुसलेममा आइपरेको भयावह नतिजा खानेकुराको अभाव (४, ५, ९) स्त्रीहरू आफ्नै बालबच्चा पकाउँछन् (१०) यहोवाले आफ्नो रिस पोखाउनुभएको छ (११) ५ पुनर्स्थापनाको लागि मानिसहरूको प्रार्थना “हामीमाथि के आइपरेको छ, सम्झनुहोस्” (१) “धिक्कार छ! किनकि हामीले पाप गरेका छौँ” (१६) “हे यहोवा, हामीलाई फेरि तपाईँकहाँ ल्याउनुहोस्” (२१) “हामीलाई पहिलाकै दिन फर्काइदिनुहोस्” (२१)