प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt यर्मिया १:१-५२:३४
  • यर्मिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यर्मिया
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया

यर्मिया

१ बिन्यामिनीहरूको इलाका अनातोतमा+ बस्ने हिल्कियाह, जो पुजारीहरूमध्ये एक थिए, तिनका छोरा यर्मियाकहाँ* आएको परमेश्‍वरको वचन। २ यहुदाका राजा अमोनका+ छोरा योसियाहको शासनकालको+ १३ औँ वर्षमा यहोवाको वचन यर्मियाकहाँ आयो। ३ साथै यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालदेखि+ तिनका अर्का छोरा सिदकियाहको शासनकालको+ ११ औँ वर्षको पाँचौँ महिनासम्म अर्थात्‌ यरुसलेमका बासिन्दाहरूलाई कैदी बनाएर लगिएको समयसम्म पनि परमेश्‍वरको वचन यर्मियाकहाँ आयो।+

४ यहोवाको यो वचन मकहाँ आयो:

 ५ “मैले तिमीलाई आमाको गर्भमा रच्नुअघि नै चिनेको थिएँ,*+

तिमी जन्मनुअघि नै मैले तिमीलाई रोजेँ।+

जातिजातिहरूको भविष्यवक्‍ता हुन मैले तिमीलाई नियुक्‍त गरेँ।”

 ६ तर मैले भनेँ, “हे ब्रह्‍माण्डका मालिक यहोवा!

म त राम्रोसँग बोल्न पनि जान्दिनँ;+ म सानै छु।”+

 ७ अनि यहोवाले मलाई भन्‍नुभयो:

“‘म सानै छु’ नभन।

म तिमीलाई ज-जसकहाँ पठाउँछु, ती सबैकहाँ तिमी जानुपर्छ

र मैले तिमीलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई सुनाउनुपर्छ।+

 ८ तिनीहरूलाई देखेर नडराऊ+

किनकि म यहोवा यसो भन्छु, ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु।’”+

९ त्यसपछि यहोवाले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो।+ अनि यहोवाले मलाई यसो भन्‍नुभयो: “मैले मेरो वचन तिम्रो मुखमा राखिदिएको छु।+ १० हेर, मैले आज तिमीलाई देश-देश र राज्य-राज्यमाथि अधिकार दिएको छु। जातिजातिलाई उखेल्ने र भत्काउने, विनाश गर्ने र धुजा-धुजा पार्ने अनि रोप्ने र निर्माण गर्ने अधिकार।”+

११ फेरि यहोवाको यो वचन मकहाँ आयो: “यर्मिया, तिमीले के देख्यौ?” मैले भनेँ: “कागजी बदामको रूखको* हाँगो।”

१२ यहोवाले भन्‍नुभयो: “तिमीले ठीक भन्यौ। म आफ्नो वचन पूरा गर्न त्यसरी नै जागा बस्छु।”

१३ दोस्रो चोटि यहोवाको यो वचन मकहाँ आयो: “तिमीले के देख्यौ, यर्मिया?” मैले भनेँ: “आगोमा बसालिएको खड्‌कुँलो। त्यो उत्तरबाट दक्षिणतिर ढल्केको छ।” १४ त्यसपछि यहोवाले मलाई भन्‍नुभयो:

“यस भूमिमा बास गर्ने सबैमाथि

उत्तरबाट ठूलो विपत्ति आउनेछ।+

१५ किनकि ‘म उत्तरतिरका राज्यहरूबाट सबै जातिलाई बोलाउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+

‘अनि उनीहरू आउनेछन्‌ र आ-आफ्नो सिंहासन

यरुसलेमका मूलढोकाहरूमा बसाल्नेछन्‌।+

उनीहरूले त्यसका पर्खालहरूलाई

अनि यहुदाका सबै सहरलाई आक्रमण गर्नेछन्‌।+

१६ अनि म यरुसलेम र यहुदाका सहरहरूले गरेको कुकर्मको कारण तिनीहरूविरुद्ध फैसला सुनाउनेछु

किनकि तिनीहरूले मलाई त्यागेका छन्‌,+

अरू देवताहरूका लागि आगोमा बलि चढाएका छन्‌+

अनि आफ्नै हातले बनाएका कुराहरूलाई दण्डवत्‌ गरेका छन्‌।’+

१७ तर तिमीचाहिँ आफ्नो कम्मर कस

अनि खडा भएर मैले भनेको सबै कुरा तिनीहरूलाई सुनाऊ।

तिनीहरूदेखि नडराऊ,+

नत्र त म नै तिमीलाई तिनीहरूदेखि त्रसित पार्नेछु।

१८ यो सारा देश अर्थात्‌ यहुदाका सबै राजा तथा भारदारहरू,

त्यसका पुजारीहरू र प्रजाविरुद्ध उभिन+

आज मैले तिमीलाई फलामको खामो अनि तामाको पर्खालसरि+

अनि पर्खालले घेरिएको सहरसरि तुल्याएको छु।

१९ तिनीहरूले अवश्‍य तिमीसित युद्ध गर्नेछन्‌

तर तिनीहरूले तिमीलाई हराउनेछैनन्‌

किनकि ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

२ यहोवाको यो वचन मकहाँ आयो: २ “जाऊ र यरुसलेमले सुन्‍नेगरि यस्तो घोषणा गर, ‘यहोवा यसो भन्‍नुहुन्छ:

“युवावस्थामा तिमीले मप्रति देखाएको भक्‍ति,*+

मसित मगनी गर्दा तिमीले देखाएको प्रेम+

अनि उजाड भूमिमा, बिउ नछरिएको भूमिमा+

तिमी मेरो पछिपछि हिँडेको दिन म सम्झन्छु।

 ३ इस्राएल यहोवाको कटनीको पहिलो फल थियो, उहाँको नजरमा पवित्र।”’+

‘इस्राएललाई नाश गर्न खोज्ने कोही पनि उम्कँदैनथ्यो।

त्यसमाथि विनाश आइपर्थ्यो,’ यहोवा घोषणा गर्नुहुन्छ।”+

 ४ हे याकुबको घराना, हे इस्राएलका सबै कुल,

यहोवा के भन्‍नुहुन्छ, सुन।

 ५ यहोवा यसो भन्‍नुहुन्छ:

“तिमीहरूका पुर्खाले ममा के दोष देखे,+

जसले गर्दा तिनीहरू मदेखि यत्ति टाढा भए

र व्यर्थका मूर्तिहरूलाई पुजेर+ आफैलाई बेकामको साबित गरे?+

 ६ तिनीहरूले यसो भनेनन्‌, ‘हामी यहोवाको खोजी गरौँ,

हामीलाई मिश्रबाट* छुटाएर ल्याउनुहुने,+

हामीलाई निर्जनभूमिबाट डोऱ्‍याएर ल्याउनुहुने,

मरुभूमि+ र गहिरो खाडल भएको ठाउँबाट,

खडेरी+ र घोर अन्धकारले छोपेको ठाउँबाट,

कोही पनि नहिँड्‌ने र कोही पनि नबस्ने एकलास ठाउँबाट

हामीलाई पार गराउनुहुने हाम्रा परमेश्‍वरलाई खोजौँ।’

 ७ तिमीहरूलाई फलहरू र स्वादिष्ठ खानेकुराहरू खुवाउन

मैले तिमीहरूलाई प्रशस्त बगान भएको देशमा ल्याएँ+

तर आखिरमा तिमीहरूले मेरो भूमिलाई दूषित पाऱ्‍यौ;

मैले अधिकार गर्न दिएको देश आज तिमीहरूकै कारण घिनलाग्दो भएको छ।+

 ८ तिमीहरूका पुजारीहरूले यसो भनेनन्‌, ‘हामी यहोवाको खोजी गरौँ।’+

व्यवस्था सिकाउनेहरूले समेत मलाई चिनेनन्‌,

तिमीहरूका गोठालाहरू मविरुद्ध खडा भए,+

तिमीहरूका भविष्यवक्‍ताहरूले बाआल देवताको नाममा भविष्यवाणी गरे,+

तिनीहरू फिटिक्कै मदत गर्न नसक्नेहरूको पछि लागे।

 ९ ‘त्यसैले म फेरि तिमीहरू+

र तिमीहरूका शाखासन्तानविरुद्ध खडा हुनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।

१० ‘कित्तिमका टापुहरूमा जाऊ+ र हेर;

केदारमा+ पनि सन्देशवाहक पठाऊ र राम्ररी नियाल;

कहीँ कतै यस्तो भएको छ र?

११ के कुनै जातिले आफ्नो ईश्‍वरलाई यस्तो कुरासित साटेको छ र, जो ईश्‍वर नै होइन?

तर मेरो आफ्नै प्रजाले भने मलाई दिनुपर्ने महिमा व्यर्थका कुराहरूलाई दिएको छ।+

१२ हे आकाश, यो कुरामा अचम्म मान;

डरले थरथर काँप,’ यहोवा घोषणा गर्नुहुन्छ।

१३ ‘किनभने मेरा मानिसहरूले दुई वटा साह्रै नराम्रो काम गरेका छन्‌।

म, जीवित पानीको मूललाई तिनीहरूले त्यागेका छन्‌।+

अनि आफ्नो निम्ति कुवाहरू खनेका छन्‌,*

यस्ता कुवाहरू, जसमा पानी नै अडिँदैन।’

१४ ‘के इस्राएल नोकर हो र? अथवा कसैको घरमा जन्मेको दास हो र?

त्यसोभए ऊ किन लुटियो त?

१५ ऊविरुद्ध जवान सिंहहरू गर्जन्छन्‌;+

ती सिंहहरू अझै ठूलो स्वरले गर्जन्छन्‌।

तिनीहरूले उसका सहरहरूमा आगो लगाएर खरानी बनाइदिएका छन्‌; अहिले त्यहाँ कोही बस्दैन।

उसको भूमिको हालत देख्नेहरू डरले थरथर काँप्छन्‌।

१६ नोफ*+ र तपनेसका मानिसहरूले+ तिम्रो केश खौरिदिएका छन्‌।

१७ यहोवा तिम्रा परमेश्‍वरले बाटो देखाउनुहुँदा

उहाँलाई इन्कार गरेर+

तिमी आफैले यस्तो अवस्था निम्त्याएका होइनौ र?

१८ सिहोर नदीको* पानी पिउन

तिमी किन मिश्र जान चाहन्छौ?+

अनि युफ्रेटिस नदीको पानी पिउन

किन अस्सेरिया जान चाहन्छौ?+

१९ तिम्रो दुष्ट्‌याइँले तिमीलाई सच्याउनुपर्ने हो।

तिम्रो विश्‍वासघातले तिमीलाई हप्काउनुपर्ने हो।

यहोवा तिम्रा परमेश्‍वरलाई त्याग्दा

नतिजा कत्ति नमीठो र दुःखलाग्दो हुन्छ, त्यो जान र बुझ।+

किनकि तिमीले मेरो डर मानेनौ,’+ ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

२० ‘धेरै पहिल्यै मैले तिम्रो काँधको जुवा टुक्राटुक्रा पारेको थिएँ+

अनि तिम्रो बन्धन फुकाएको थिएँ।

तर तिमीले भन्यौ: “म तपाईँको सेवा गर्दिनँ।”

किनकि हरेक डाँडामाथि अनि झ्याम्म परेको हरेक रूखमुनि+

तिमी उत्तानो पऱ्‍यौ र तिमीले वेश्‍यावृत्ति गऱ्‍यौ।+

२१ तिमी रातो अङ्‌गुरको असल बोट होऊ भनेर+ मैले राम्रो-राम्रो बिउ छानेर तिमीलाई रोपेको थिएँ

तर कसरी तिमी जङ्‌गली अङ्‌गुर भयौ?’+

२२ ‘तिमीले आफूलाई क्षार* वा खरानीले* बेसरी घोटे पनि

तिम्रो दाग, तिम्रो दोष मेरो नजरबाट मेटिनेछैन,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

२३ तिमी कसरी यसो भन्‍न सक्छ्यौ, ‘म अशुद्ध भएकी छैनँ।

म बाआल देवताहरूको पछि लागेकी छैनँ’?

तिमीले के गरेकी छ्यौ, विचार गर।

बेँसीमा तिमीले गरेका कामहरूलाई सम्झ।

तिमी लम्केर हिँड्‌ने पोथी उँटजस्तै* भएकी छ्यौ,

जो यताउता बरालिन्छे।

२४ निर्जनभूमिमा घुमेर हिँड्‌ने जङ्‌गली गधैनीजस्तै तिमी भएकी छ्यौ,

जो भालेको गन्ध खोज्दै यताउता हिँड्‌छे।

त्यो मात्तिएको बेला कसले त्यसलाई वशमा राख्न सक्छ र?

त्यसलाई खोज्न भालेहरूले मेहनत गर्नै पर्दैन।

किनकि त्यो मात्तिएको बेला तिनीहरूले त्यसलाई सजिलै भेट्टाउँछन्‌।

२५ व्यर्थका कुराहरूको पछि लाग्दा-लाग्दा

तिम्रो गोडा नथाकोस्‌ र तिम्रो घाँटी तिर्खाले नसुकोस्‌।

तर तिमीले भन्यौ, ‘मलाई नरोक्नुहोस्‌।+

म परदेशीहरूको* प्रेममा पागल भएकी छु,+

म तिनीहरूकै पछि लाग्नेछु।’+

२६ पक्राउ पर्दा चोर लाजमा परेझैँ

इस्राएलको घराना पनि लज्जित भएको छ।

तिनीहरूसँगसँगै तिनीहरूका राजाहरू र राजकुमारहरू

अनि पुजारीहरू र भविष्यवक्‍ताहरू पनि लज्जित भएका छन्‌।+

२७ तिनीहरू रूखलाई यसो भन्छन्‌, ‘तपाईँ नै मेरो बुबा हुनुहुन्छ’+

अनि ढुङ्‌गालाई यसो भन्छन्‌, ‘तपाईँले नै मलाई जन्माउनुभयो।’

तर मतिर भने तिनीहरूले आफ्नो अनुहार होइन, पिठिउँ फर्काएका छन्‌।+

अनि जब तिनीहरू आपत्‌-विपद्‌मा पर्छन्‌, तब तिनीहरू मलाई भन्छन्‌,

‘आउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌!’+

२८ तिमीहरूले आफ्नो निम्ति बनाएका तिमीहरूका देवताहरू खोइ?+

सक्छन्‌ भने आपत्‌-विपद्‌ पर्दा तिनीहरूले तिमीहरूलाई बचाएर देखाऊन्‌

किनकि हे यहुदा, तिमीहरूका देवताहरू तिमीहरूका सहरजत्तिकै धेरै भइसकेका छन्‌।+

२९ यहोवा घोषणा गर्नुहुन्छ, ‘तिमीहरू किन मसित झगडा गरिरहन्छौ?

तिमीहरू सबै मिलेर किन मेरो विद्रोह गर्छौ?’+

३० मैले व्यर्थैमा तिमीहरूका छोराहरूलाई सुधार्न खोजेँ।+

तिनीहरूले मेरो अनुशासन स्विकारेनन्‌;+

तिमीहरूका भविष्यवक्‍ताहरूलाई तिमीहरूले आफ्नै तरबारले काट्‌यौ,+

भोको सिंहझैँ तिमीहरू उनीहरूमाथि जाइलाग्यौ।

३१ ए इस्राएलको पुस्ता, यहोवाले भन्‍नुभएको कुरा विचार गर।

के म इस्राएलको लागि उजाड ठाउँसरह

वा निस्पट्ट अन्धकार छाएको ठाउँसरह भएको छु?

मेरा यी मानिसहरू किन यसो भन्छन्‌, ‘हामीलाई जहाँ डुल्न मन लाग्छ, त्यहीँ डुल्छौँ।

तपाईँकहाँ फर्केर आउनेछैनौँ’?+

३२ के कुनै कन्याले आफ्नो गरगहना

अनि दुलहीले आफ्नो वस्त्र* बिर्सन सक्छे र?

तर मेरा आफ्नै मानिसहरूले मलाई बिर्सेको वर्षौँ भइसक्यो।+

३३ ए बरालिएकी स्त्री! अनेक जुक्‍ति लगाएर तिमीले प्रेमीहरू खोज्यौ!

खराबीको मार्गमा हिँड्‌न तिमी सिपालु भइसक्यौ।+

३४ तिम्रो लुगामा निर्दोष अनि निमुखा मानिसहरूको रगत लागेको छ,+

तिनीहरू चोरी गर्दा पक्राउ परेका मानिसहरू थिएनन्‌।

तैपनि तिम्रो लुगा तिनीहरूको रगतले लतपतिएको मैले देखेँ।+

३५ तर तिमी भन्छ्यौ, ‘म निर्दोष छु।

अनि उहाँको रिस मरिसकेको छ।’

तर म तिमीलाई न्यायदण्ड सुनाउनेछु

किनकि तिमीले भन्यौ, ‘मैले पाप गरेकी छैनँ।’

३६ तिमी किन घरीघरी आफ्नो चाल बदल्छ्यौ?

अस्सेरियाले तिमीलाई निराश तुल्याएझैँ+

मिश्रले पनि तिमीलाई निराश तुल्याउनेछ।+

३७ त्यसैले आफ्नो हात पुर्पुरोमा राख्दै तिमी थकथकाउनेछ्यौ+

किनकि जसलाई तिमीले भरोसा गरेका थियौ, तिनीहरूलाई यहोवाले त्याग्नुभएको छ;

तिनीहरूले तिमीलाई कुनै सहायता गर्नेछैनन्‌।”

३ मानिसहरू भन्छन्‌: “कुनै पुरुष आफ्नी पत्नीसित अलग भयो र त्यस स्त्रीले उसलाई छोडेर अर्कैसित गई भने के त्यो पुरुषले त्यस स्त्रीलाई फेरि आफूकहाँ ल्याउँछ र?”

के त्यो देश बिटुलो भएको छैन र?+

यहोवा घोषणा गर्नुहुन्छ, “तिमीले धेरैसित वेश्‍यावृत्ति गरेकी छ्यौ+

र अब मकहाँ फर्केर आउन चाहन्छ्यौ?

 २ आफ्नो आँखा उठाएर नाङ्‌गो डाँडाहरूतिर हेर।

तिमी नबिटुलिएको कुनै ठाउँ छ र?

मरुभूमिको फिरन्तेझैँ*

तिमी बाटोछेउ आफ्ना प्रेमीहरूलाई पर्खँदै बस्यौ।

तिमीले आफ्नो वेश्‍यावृत्ति र दुष्कर्मले

यस देशलाई बिटुलो पाऱ्‍यौ।+

 ३ त्यसकारण झरी थामिएको छ,+

वर्षायाममा पनि पानी परेको छैन।

विवाहित भएर पनि वेश्‍यावृत्ति गर्ने निर्लज्ज स्त्रीजस्तै तिमी छाडा देखिन्छ्यौ;

तिमीलाई लाज सरम पटक्कै छैन।+

 ४ तर अहिले तिमी मलाई यसरी पुकार्छ्यौ,

‘हे मेरो बुबा, तपाईँ मेरो सानैदेखिको घनिष्ठ साथी हुनुहुन्छ!+

 ५ के तपाईँ सधैँ रिसाइरहनुहुन्छ?

के तपाईँ सधैँ द्वेष राखिरहनुहुन्छ?’

तिमी यस्तै-यस्तै कुरा गर्छ्यौ

तर खराब काम भने आफूले सकेजति गरिरहन्छ्यौ।”+

६ राजा योसियाहको समयमा+ यहोवाले मलाई यसो भन्‍नुभयो: “‘विश्‍वासघाती इस्राएलले के गरी, तिमीले देख्यौ? वेश्‍यावृत्ति गर्न त्यो भएभरका अग्ला डाँडाहरूमा र झ्याम्म परेका सबै रूखमुनि गई।+ ७ त्यसले यी सबै दुष्कर्म गरेपछि पनि मैले त्यसलाई मकहाँ फर्कन अनुरोध गरिरहेँ+ तर त्यसले इन्कार गरी। अनि यहुदाले आफ्नी विश्‍वासघाती दिदीले गरेको काम हेरिरही।+ ८ जब मैले यो देखेँ, तब व्यभिचार* गरेर विश्‍वासघात गर्ने इस्राएललाई+ छोडपत्र दिएर पठाइदिएँ।+ यो देखेर पनि त्यसकी विश्‍वासघाती बहिनी यहुदालाई कुनै डर लागेन; त्यसले पनि वेश्‍यावृत्ति गरी।+ ९ त्यसले* वेश्‍यावृत्तिलाई हल्कासित लिई अनि ढुङ्‌गा र रूखसित व्यभिचार गरेर देशलाई बिटुलो पारिरही।+ १० यति हुँदाहुँदै पनि त्यसकी विश्‍वासघाती बहिनी यहुदा सारा हृदयले मकहाँ फर्किन, त्यसले मकहाँ फर्केको ढोङ मात्र गरी,’ यहोवा घोषणा गर्नुहुन्छ।”

११ अनि यहोवाले मलाई भन्‍नुभयो: “विश्‍वासघाती इस्राएल धोकेबाज यहुदाभन्दा धर्मी देखिएकी छे।+ १२ गएर उत्तरतिर यस्तो घोषणा गर:+

“‘“हे विश्‍वासघाती इस्राएल, मतिर फर्क,” यहोवा घोषणा गर्नुहुन्छ।’+ ‘“म तिमीलाई आँखा तर्नेछैनँ+ किनकि म वफादार छु,” यहोवा घोषणा गर्नुहुन्छ।’ ‘“म सधैँ रिसाइरहन्‍नँ। १३ केवल आफ्नो गल्ती स्विकार किनकि तिमीले यहोवा आफ्ना परमेश्‍वरको विरोध गरेकी छ्यौ। तिमीले झ्याम्म परेको प्रत्येक रूखमुनि परदेशीहरूसित* व्यभिचार गऱ्‍यौ तर मेरो आज्ञा भने पालन गरिनौ,” यहोवा घोषणा गर्नुहुन्छ।’”

१४ “हे विश्‍वासघाती छोरा हो, मकहाँ फर्क,” यहोवा घोषणा गर्नुहुन्छ, “किनकि म तिमीहरूको साँचो मालिक* भएको छु; म तिमीहरूको हरेक सहरबाट एक जनालाई र हरेक कुलबाट दुई जनालाई सियोनमा ल्याउनेछु।+ १५ अनि म तिमीहरूलाई मेरो मनले रुचाएका गोठालाहरू दिनेछु+ र तिनीहरूले तिमीहरूलाई ज्ञान र अन्तर्दृष्टि* दिनेछन्‌। १६ तिमीहरूको सङ्‌ख्या औधी बढ्‌नेछ र यस देशमा तिमीहरू फैलिनेछौ,” यहोवा घोषणा गर्नुहुन्छ।+ “तिनीहरूले यसो भन्‍नेछैनन्‌, ‘यहोवाको करारको सन्दुक!’* तिनीहरूको मनमा त्यसको सम्झनै आउनेछैन न त त्यसको अभाव नै खट्‌किनेछ। अनि त्यो फेरि कहिल्यै बनाइनेछैन। १७ त्यसबेला तिनीहरूले यरुसलेमलाई यहोवाको सिंहासन भन्‍नेछन्‌+ अनि सबै जाति यहोवाको नामको प्रशंसा गर्न यरुसलेममा जम्मा गराइनेछन्‌।+ तिनीहरू हठी हुनेछैनन्‌ न त फेरि आफ्नो हृदयको दुष्ट विचारअनुसार नै चल्नेछन्‌।”

१८ “त्यस समयमा यहुदाको घराना इस्राएलको घरानासित मिल्नेछ+ र मैले तिमीहरूको पुर्खालाई अधिकारस्वरूप दिएको देशमा तिनीहरू एकसाथ उत्तर देशबाट आउनेछन्‌।+ १९ मैले मनमनै सोचेँ, ‘मैले यिनीहरूलाई आफ्ना छोराहरूजस्तै ठानेँ अनि जातिजातिहरूमाझ एउटा असल देश, सबैभन्दा सुन्दर देश यिनीहरूलाई अधिकारस्वरूप दिएँ!’+ मलाई यस्तो लाग्यो, ‘यिनीहरूले मलाई “मेरो बुबा!” भनेर बोलाउनेछन्‌ अनि मेरो पछि लाग्न कहिल्यै छोड्‌नेछैनन्‌।’ २० यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, ‘हे इस्राएलको घराना, आफ्नो पतिलाई धोका दिने पत्नीले जस्तै तिमीहरूले पनि मलाई धोका दियौ।’”+

२१ नाङ्‌गा डाँडाहरूमा एउटा आवाज सुनिन्छ,

इस्राएलका मानिसहरूको रोदन र पुकाराको आवाज।

किनभने तिनीहरू टेढो बाटोमा लागेका छन्‌

अनि यहोवा आफ्ना परमेश्‍वरलाई बिर्सेका छन्‌।+

२२ “हे विश्‍वासघाती छोरा हो, फर्क।

म तिमीहरूको विश्‍वासघाती हृदयलाई निको पार्नेछु।”+

“हामी आयौँ, हामी तपाईँकहाँ फर्केर आयौँ

किनकि हे यहोवा, तपाईँ हाम्रा परमेश्‍वर हुनुहुन्छ।+

२३ डाँडाकाँडा तथा पहाडपर्वतमा हल्लीखल्ली गरेर हामीले आफैलाई धोका दियौँ।+

इस्राएलको उद्धार गर्ने त यहोवा हाम्रा परमेश्‍वर मात्र हुनुहुन्छ।+

२४ तर त्यो व्यर्थको देवताले हामी सानो छँदादेखि नै हाम्रा पुर्खाहरूको मेहनत,+

तिनीहरूका भेडाबाख्रा र गाईवस्तु,

तिनीहरूका छोराहरू र छोरीहरू सबै खोसेको छ।

२५ अब हामी लाजले गर्दा घोप्टो परौँ

अनि हाम्रो अपमानले हामीलाई ढाकोस्‌

किनकि हामीले यहोवा हाम्रा परमेश्‍वरविरुद्ध पाप गरेका छौँ।+

हाम्रो पुर्खाले अनि हामीले सानो छँदादेखि आजको दिनसम्मै पाप गऱ्‍यौँ,+

हामीले यहोवा हाम्रा परमेश्‍वरको आज्ञा पालन गरेनौँ।”

४ “ए इस्राएलका बासिन्दाहरू हो,” यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मकहाँ फर्क्यौ भने,

तिमीहरू साँच्चै फर्क्यौ

अनि घिनलाग्दा मूर्तिहरूलाई मेरो नजरबाट हटायौ भने

तिमीहरूले भगुवा जीवन बिताउनुपर्ने छैन।+

 २ अनि ‘जीवित परमेश्‍वर यहोवाको कसम’ भन्दै

सत्य, न्याय र धार्मिकतामा शपथ खायौ भने

जातिजातिका मानिसहरूले उहाँबाट आशिष्‌ पाउनेछन्‌

अनि उहाँमै तिनीहरूले गर्व गर्नेछन्‌।”+

३ किनभने यहोवा यहुदा र यरुसलेमका मानिसहरूलाई यसो भन्‍नुहुन्छ:

“खेतीयोग्य जमिनमा हलो जोत,

काँडाहरूको बीचमा बिउ नछर।+

 ४ ए यहुदा र यरुसलेमका बासिन्दाहरू हो,

शरीरको खतना* गरेर पवित्र भएजस्तै

हृदयको खतना गरेर यहोवासामु पवित्र होओ,+

नत्र त तिमीहरूको दुष्ट्‌याइँको कारण

तिमीहरूमाथि मेरो रिस दन्कनेछ

र त्यसलाई कसैले पनि निभाउन सक्नेछैन।”+

 ५ यो कुरा यहुदामा प्रचार गर अनि यरुसलेममा घोषणा गर।

चारैतिर सुनिनेगरि ठूलो स्वरले कराओ अनि चर्को स्वरले सिङ फुक।+

जोडले यसो भन: “एकै ठाउँमा भेला होऔँ

अनि किल्लाहरू भएका सहरहरूमा भागेर जाऔँ।+

 ६ सियोनको बाटो देखाउन एउटा झन्डा ठड्‌याओ।

सुरक्षाको निम्ति शरण खोज, एकै ठाउँमा ठिङ्‌ग नउभिओ”

किनभने म उत्तरबाट ठूलो विपत्ति,+ महाविनाश ल्याउँदै छु।

 ७ तिमीहरूको शत्रु झाडीबाट सिंह निस्केझैँ निस्केको छ;+

जातिजातिका मानिसहरूलाई नाश गर्ने शत्रु तयार भएको छ।+

त्यसले तिमीहरूको देशको हालत यस्तो बनाइदिनेछ, त्यो देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।

तिमीहरूका सहरहरू तहसनहस हुनेछन्‌, त्यहाँ कोही पनि बस्नेछैन।+

 ८ त्यसकारण भाङ्‌ग्रा लगाओ,+

रोओ,* कराओ

किनभने यहोवाको बल्दो रिस हामीबाट हटेको छैन।

 ९ यहोवा घोषणा गर्नुहुन्छ, “त्यस दिन शासकको मुटु काँप्नेछ,+

भारदारहरूको मुटु पनि थरथराउनेछ;

पुजारीहरू डराउनेछन्‌ र भविष्यवक्‍ताहरू पनि जिल्ल पर्नेछन्‌।”+

१० त्यसपछि मैले भनेँ, “हे ब्रह्‍माण्डका मालिक यहोवा! तरबार हाम्रो गर्दनमै तेर्सिँदा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर+ तपाईँले यी मानिसहरूलाई+ र यरुसलेमलाई झुक्क्याउनुभएको छ।”

११ त्यतिबेला यी मानिसहरू र यरुसलेमलाई यसो भनिनेछ:

“मरुभूमिका नाङ्‌गा डाँडाहरूबाट भतभती पोल्ने हावा बहनेछ

र त्यो मेरा मानिसहरूकी छोरीतर्फ* आउनेछ;

त्यो हावा न बत्ताउनलाई न त निफन्‍नलाई नै आउनेछ।

१२ त्यो ठूलो बतास मेरै आदेशले आउनेछ।

अब म तिनीहरूविरुद्ध न्यायदण्डको घोषणा गर्नेछु।

१३ हेर, तिमीहरूका शत्रुहरू कालो बादलसरी आउनेछन्‌,

उनीहरूका रथहरू आँधीबेहरीझैँ आउनेछन्‌।+

उनीहरूका घोडाहरू चीलभन्दा तेज छन्‌।+

धिक्कार हामीलाई! किनभने हामी नाश हुने भयौँ।

१४ ए यरुसलेमका बासिन्दाहरू हो, आफ्नो हृदयबाट दुष्टता पखालिदेओ र तिमीहरू बाँच्नेछौ।+

तिमीहरू कतिन्जेल दुष्ट विचार पालिराख्छौ?

१५ किनभने एप्रैमका डाँडाहरूबाट विनाश आउँदै छ भनेर

दानबाट एउटा घोषणा गरिँदै छ।+

१६ जातिजातिका मानिसहरूलाई खबर गर;

यरुसलेमलाई चेतावनी देऊ।”

“टाढाको देशबाट जासुसहरू* आउँदै छन्‌

अनि तिनीहरू यहुदाका सहरहरूविरुद्ध चर्को स्वरले कराउनेछन्‌।

१७ खेतबारीमा पहरा दिने पहरेदारहरूले जस्तै तिनीहरूले यरुसलेमलाई चारैतिरबाट घेरेका छन्‌+

किनभने त्यस सहरले मेरो विद्रोह गरेको छ,”+ यहोवा घोषणा गर्नुहुन्छ।

१८ “तिमीहरूको आफ्नै कुकर्मले गर्दा तिमीहरूमाथि विपत्ति आइपर्नेछ।+

त्यो साह्रै कठोर हुनेछ

किनकि तिमीहरूको हृदय विद्रोहले भरिएको छ।”

१९ हाय! मेरो हृदय!* मेरो हृदय बेचैन छ!

मेरो हृदय पीडाले छटपटाइरहेको छ।

मुटुको धड्‌कन झन्‌झन्‌ बढ्‌दै छ।

म चुप लाग्न सक्दिनँ

किनभने मैले सिङ फुकेको आवाज सुनेको छु,

युद्धको बिगुल फुकेको आवाज* सुनेको छु।+

२० एकपछि अर्को विनाशको खबर आएको छ;

पूरै देश उजाड पारिएको छ।

मेरो आफ्नै पाल एक्कासि च्यातचुत पारिएको छ,

क्षणभरमै मेरा पालका पर्दाहरू धुजाधुजा भएका छन्‌।+

२१ सियोनको बाटो देखाउने झन्डालाई म कतिन्जेल हेरूँ?

सिङ फुकेको आवाज कतिन्जेल सुनूँ?+

२२ “किनभने मेरा मानिसहरू मूर्ख छन्‌;+

तिनीहरू मलाई वास्तै गर्दैनन्‌।

तिनीहरू बुद्धि नभएका मूर्ख छोराहरू हुन्‌।

खराबी गर्न त तिनीहरूलाई कसैले सिकाउनै पर्दैन।

तर असल काम गर्न भने तिनीहरूलाई आउँदै आउँदैन।”

२३ मैले त्यो देशको चारैतिर हेरेँ, त्यो बिलकुलै उजाड र रित्तो भइसकेछ।+

आकाशतिर पनि हेरेँ, त्यहाँ निस्पट्ट अन्धकार छाइसकेछ।+

२४ पर्वतहरूलाई हेरेँ, ती काँपिरहेका थिए;

डाँडाहरूलाई हेरेँ, ती थरथराइरहेका थिए।+

२५ हेर, देशमा कुनै मानिस थिएन,

आकाशका चराचुरुङ्‌गी पनि भागिसकेका थिए।+

२६ हेर, त्यहाँका बगैँचाहरू मरुभूमि भइसकेछन्‌,

त्यहाँका सहरहरू ध्वस्त भइसकेछन्‌।+

यो सब यहोवाले नै गर्नुभएको हो,

उहाँको बल्दो रिसले गर्दा यस्तो भएको हो।

२७ किनकि यहोवा यसो भन्‍नुहुन्छ: “म पूरै देशलाई उजाड पार्नेछु+

तर त्यसको नामोनिसानचाहिँ मेटाउनेछैनँ।

२८ त्यसैले त्यो भूमि धुरुधुरु रुनेछ,+

आकाश अँध्यारो हुनेछ+

किनकि मैले नै यो बोलेको हुँ, मैले नै यो निर्णय गरेको हुँ।

म आफ्नो विचार बदल्नेछैनँ न त पछि नै हट्‌नेछु।+

२९ घोडचढीहरू र धनुर्धारीहरूको हल्ला सुनेर

पूरै सहर भागेको छ।+

तिनीहरू झाडीहरूमा लुक्छन्‌

अनि चट्टानहरूमा उक्लिन्छन्‌।+

त्यहाँको हरेक सहर सुनसान भएको छ,

त्यहाँ कोही पनि बस्दैन।”

३० तिमी उजाड पारिएकी छ्यौ, अब के गर्छ्यौ?

तिमी पहिले-पहिले सिन्दूरे रङ्‌गको पोसाक लगाएर चिटिक्क पर्थ्यौ,

सुनका गरगहनाले सजिएर झकिझकाउ हुन्थ्यौ

अनि गाजल लगाएर आफ्ना आँखा ठूलठूला बनाउँथ्यौ।

तर अब तिम्रो शृङ्‌गारको के काम?+

किनभने तिमीलाई देखेर भुतुक्कै हुनेहरू अहिले तिमीलाई घृणा गर्छन्‌;

तिनीहरू तिमीलाई मार्न खोज्दै छन्‌।+

३१ किनभने मैले पीडाले छटपटाइरहेकी स्त्रीको आवाज सुनेँ;

पहिलो पटक सुत्केरी बेथाले छटपटाइरहेकी स्त्रीको जस्तै आवाज,

सियोनकी छोरीको* आवाज, जसलाई सास फेर्न निकै गाह्रो भएको छ।

हात फैलाएर तिनी यसो भन्दै थिइन्‌:+

“धिक्कार छ मलाई! हत्याराहरूले गर्दा म लखतरान भएकी छु।”

५ यरुसलेमका बाटोहरूमा डुलिहेर।

चारैतिर राम्ररी नियालेर हेर।

त्यसका चोकहरूमा खोजिहेर।

न्यायको मार्गमा हिँड्‌ने+

र वफादार भई चल्न खोज्ने एक जना मात्रै भेट्टाउन सक्यौ भने पनि

म त्यस सहरलाई क्षमा गर्नेछु।

 २ भन्‍न त तिनीहरू “जीवित परमेश्‍वर यहोवाको कसम” भन्छन्‌।

तर झूटो कसम खान्छन्‌।+

 ३ हे यहोवा, तपाईँका आँखाले वफादार मानिसहरूलाई खोजिरहन्छन्‌।+

तपाईँले आफ्ना मानिसहरूलाई हिर्काउनुभयो तर तिनीहरूलाई केही फरक परेन।*

तपाईँले तिनीहरूलाई पराजित गर्नुभयो, तैपनि तिनीहरूले तपाईँको अनुशासन स्विकारेनन्‌।+

तिनीहरूले आफ्नो हृदय* ढुङ्‌गाभन्दा कठोर बनाए।+

तिनीहरू तपाईँतिर फर्कन मानेनन्‌।+

 ४ मैले मनमनै सोचेँ: “तिनीहरू पक्कै पनि तुच्छ मानिसहरू हुनुपर्छ।

यहोवाको मार्ग र उहाँको स्तरबारे थाह नभएकोले

तिनीहरू मूर्ख काम गर्छन्‌।

 ५ म गण्यमान्य मानिसहरूकहाँ जान्छु र तिनीहरूसित कुरा गर्छु

किनभने तिनीहरूलाई त यहोवाको मार्ग

र उहाँको स्तरबारे पक्कै थाह होला।+

तर तिनीहरू सबैले आफ्नो जुवा* भाँचेका रहेछन्‌

र आफ्नो बन्धन छिनाएका रहेछन्‌।”

 ६ त्यसैले जङ्‌गलको सिंहले तिनीहरूलाई आक्रमण गर्छ,

मरुभूमिको ब्वाँसोले तिनीहरूलाई लुछ्‌छ,

तिनीहरूको सहरमा चितुवाले तिनीहरूलाई ढुकिरहन्छ।

त्यहाँबाट बाहिर निस्कने जोसुकै पनि च्यातचुत पारिन्छ

किनकि तिनीहरूले अनगिन्ती पाप गरेका छन्‌;

तिनीहरूले बारम्बार विश्‍वासघात गरेका छन्‌।+

 ७ म तिमीलाई कसरी क्षमा दिऊँ?

तिम्रा छोराहरूले मलाई त्यागेका छन्‌।

जो ईश्‍वर नै होइन, त्यसको नाममा तिनीहरूले शपथ खाएका छन्‌।+

मैले तिनीहरूलाई चाहिने सबै कुरा दिएँ

तर तिनीहरूले व्यभिचार* गर्न छोडेनन्‌,

वेश्‍यालयमा तिनीहरूको ओइरो लागेको छ।

 ८ तिनीहरू मात्तिएका* घोडाहरूजस्ता छन्‌,

घोडाजस्तै हिनहिनाउँदै तिनीहरू अर्काकी स्वास्नीको पछिपछि लाग्छन्‌।+

 ९ यहोवा घोषणा गर्नुहुन्छ, “तिनीहरूको यस्तो कुकर्मको लागि के म तिनीहरूलाई दोषी नठहराऊँ?

यस्तो घिनलाग्दो काम गर्ने राष्ट्रसित के म बदला नलिऊँ?”+

१० “अङ्‌गुर बगान लगाइएका त्यसका गराहरूमाथि आक्रमण गरेर तिनलाई नष्ट गर+

तर नामोनिसानै मेटिनेगरि त होइन।

फैलिरहेका त्यसका हाँगाहरूलाई काटिदेऊ

किनभने ती यहोवाका होइनन्‌।

११ किनकि इस्राएल र यहुदाको घरानाले

मसित ठूलो विश्‍वासघात गरेको छ,” यहोवा घोषणा गर्नुहुन्छ।+

१२ “तिनीहरूले यहोवालाई त्यागेका छन्‌। तिनीहरू यसो भन्‍न छोड्‌दैनन्‌,

‘उहाँले हामीलाई केही गर्नुहुनेछैन।*+

हामीमाथि कुनै विपत्ति आइलाग्नेछैन;

हामीले तरबार वा अनिकालको सामना गर्नुपर्नेछैन।’+

१३ भविष्यवक्‍ताहरू खोक्रा कुरा गर्छन्‌,

तिनीहरूसित परमेश्‍वरको वचन छैन।

तिनीहरूको कुराजस्तै तिनीहरू पनि बिलाएर जाऊन्‌!”

१४ त्यसैले सेनाहरूका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ:

“तिनीहरूले त्यसो भनेको हुनाले

म मेरो वचनलाई तिम्रो मुखमा आगोझैँ तुल्याउनेछु+

र ती मानिसहरूलाई दाउराझैँ तुल्याउनेछु।

अनि त्यस आगोले तिनीहरूलाई भस्म पार्नेछ।”+

१५ यहोवा घोषणा गर्नुहुन्छ, “ए इस्राएलको घराना, म तिमीहरूमाथि आक्रमण गर्न टाढाबाट एउटा जातिलाई बोलाउँदै छु।+

त्यो जाति धेरै पहिलादेखि नै अस्तित्वमा थियो।

त्यो धेरै पुरानो जाति हो,

जसको भाषा तिमीहरू जान्दैनौ

अनि जसको बोली तिमीहरू बुझ्दैनौ।+

१६ तिनीहरूका काँडहरू राख्ने ठोक्रो खुला चिहानजस्तै छ;

तिनीहरू सबै शूरवीर लडाकुहरू हुन्‌।

१७ तिनीहरूले तिमीहरूको फसल र खानेकुरा खानेछन्‌,+

तिमीहरूका छोराछोरी,

तिमीहरूका गाईवस्तु र भेडाबाख्रा,

तिमीहरूका अङ्‌गुर बगान र अन्जिरका रूखहरू सबै सखाप पार्नेछन्‌।

तिमीहरूका पर्खालले घेरिएका सहरहरू, जसमा तिमीहरू भरोसा गर्छौ, ती सबलाई तिनीहरूले आफ्नो तरबारले नाश गर्नेछन्‌।”

१८ यहोवा घोषणा गर्नुहुन्छ, “तर ती दिनहरूमा पनि म तिनीहरूलाई पूर्ण रूपमा नाश गर्नेछैनँ।+ १९ अनि तिनीहरूले तिमीलाई ‘यहोवा हाम्रा परमेश्‍वरले हामीलाई किन यस्तो गर्नुभएको’ भनेर सोधे भने यसो भन्‍नू, ‘तिमीहरूले आफ्नै देशमा विदेशी देवतालाई पुज्न मलाई त्याग्यौ। त्यसैले अब तिमीहरूले अर्काको देशमा गएर विदेशीहरूको सेवा गर्नुपर्नेछ।’”+

२० याकुबको घरानालाई यसो भन्‍नू

अनि यहुदामा यस्तो घोषणा गर्नू:

२१ “ए मूर्ख अनि बेसमझ मानिसहरू हो, सुन:+

तिमीहरूका आँखा त छन्‌ तर देख्दैनौ;+

कान त छन्‌ तर सुन्दैनौ।+

२२ यहोवा घोषणा गर्नुहुन्छ, ‘के तिमीहरूलाई मेरो डर छैन?

तिमीहरू मसामु थरथर काँप्नुपर्ने होइन र?

मैले नै बालुवालाई समुद्रको सिमाना बनाएँ।

समुद्रले बालुवालाई कहिल्यै ननाघोस्‌ भनेर मैले परिवर्तन नहुने एउटा नियम ठहराएँ।

समुद्रका छालहरू जति नै उर्ले पनि बालुवामाथि विजयी हुन सक्दैनन्‌।

ती जति नै गर्जे पनि बालुवालाई पार गर्न सक्दैनन्‌।+

२३ तर यी मानिसहरू कठोर हृदयका अनि विद्रोही स्वभावका छन्‌;

तिनीहरूले मलाई पिठिउँ फर्काएका छन्‌ र आफ्नो बाटो लागेका छन्‌।+

२४ अनि तिनीहरू यो सोच्दैनन्‌:

“हामीलाई ऋतु-ऋतुमा वर्षा दिनुहुने,

शरद्‌को र वसन्तको झरी बर्साउनुहुने

र हाम्रो लागि कटनीको समय* तोकिदिनुहुने+

यहोवा हाम्रा परमेश्‍वरको अब हामी भय मानौँ।”

२५ तिमीहरूकै गल्तीले गर्दा तिमीहरूले यी कुराहरू पाएका छैनौ;

तिमीहरूकै पापले गर्दा तिमीहरू असल कुराहरूबाट वञ्चित भयौ।+

२६ किनभने मेरा मानिसहरूमाझ दुष्टहरू पनि छन्‌।

तिनीहरू चरालाई पासोमा पार्न ढुकिबस्ने सिकारीहरू जस्तै छन्‌।

तिनीहरू डरलाग्दो पासो थाप्छन्‌

अनि मानिसहरूलाई आफ्नो सिकार बनाउँछन्‌।

२७ चराहरूले भरिएको पिँजडाजस्तै

तिनीहरूको घर छलकपटले भरिएको छ।+

त्यसैले तिनीहरू शक्‍तिशाली र धनी भएका छन्‌।

२८ तिनीहरू मोटाएर चिल्ला-चिल्ला भएका छन्‌;

तिनीहरूको दुष्ट्‌याइँ भरिएर पोखिएको छ।

तिनीहरू मुद्दामामिलामा अनाथहरूको* पक्ष लिँदैनन्‌+

बरु आफ्नै सफलता खोज्छन्‌।

अनि गरिबहरूलाई तिनीहरू न्याय दिँदैनन्‌।’”+

२९ यहोवा घोषणा गर्नुहुन्छ, “तिनीहरूको यस्तो कुकर्मको लागि के म तिनीहरूलाई दोषी नठहराऊँ?

यस्तो घिनलाग्दो काम गर्ने राष्ट्रसित के म बदला नलिऊँ?

३० यस देशमा डरलाग्दो र भयानक कुरा भएको छ:

३१ भविष्यवक्‍ताहरू झूटो भविष्यवाणी गर्छन्‌,+

पुजारीहरू आफ्नो अधिकारको दुरुपयोग गरेर अरूलाई शोषण गर्छन्‌।

अनि मेरा आफ्नै मानिसहरूसमेत त्यो कुरा मन पराउँछन्‌।+

तर अन्त आउँदा तिमीहरू के गर्छौ?”

६ हे बिन्यामिनीहरू हो, आफ्नो सुरक्षाको निम्ति यरुसलेमबाट भागेर जाओ।

तेकोमा+ सिङ फुक;+

बेथ-हक्केरेममा खतराको जनाउ दिने आगो बाल!

किनकि उत्तरबाट विपत्ति, एउटा डरलाग्दो विपत्ति आउँदै छ।+

 २ सियोनकी छोरी* सुन्दर र कोमल छे।+

 ३ गोठालाहरू आ-आफ्नो बगालसँगै आउनेछन्‌।

अनि त्यसको चारैतिर तिनीहरूले आफ्नो पाल टाँग्नेछन्‌+

र आ-आफ्नो बगाल चराउनेछन्‌।+

 ४ “त्यसविरुद्ध लड्‌न तयार होऊ!

उठ, हामी मध्यदिनमा त्यसमाथि हमला गरौँ!”

“तर हाय, दिन ढल्कँदै छ

र बेलुकीको छाया लम्बिँदै छ!”

 ५ “उठौँ, राती त्यसमाथि हमला गरौँ

र त्यसका किल्लाहरू ध्वस्त पारौँ।”+

 ६ किनकि सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

“रूखहरू काटेर ढाल र यरुसलेमविरुद्ध घेरा-मचान* तयार पार।+

यस सहरले दण्ड पाउनै पर्छ;

यो सहर अत्याचारै-अत्याचारले भरिएको छ।+

 ७ जसरी कुवामा पानी ताजा रहिरहन्छ,

त्यसरी नै त्यस सहरले दुष्टतालाई ताजा राखिरहेको छ।

त्यहाँ हिंसा र विनाशको आवाज सुनिन्छ;+

त्यहाँ म सधैँ बिमारी र महामारी देख्छु।

 ८ हे यरुसलेम, चेतावनी सुन नत्र त मलाई तिमीदेखि घिन लाग्नेछ र म तिमीलाई फर्केर पनि हेर्नेछैनँ;+

म तिमीलाई कोही पनि नबस्ने निर्जनभूमि बनाउनेछु।”+

 ९ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

“इस्राएलका बाँकी रहेका मानिसहरू बोटमा बचेखुचेका अङ्‌गुरजस्तै छन्‌।

बचेखुचेका अङ्‌गुर टिपेर जम्मा गर्ने मानिसले जस्तै तिनीहरूलाई एउटै बाँकी नरहनेगरि जम्मा गर्नू।”

१० “म कसलाई भनूँ र चेतावनी दिऊँ?

कसले मेरो कुरा सुन्ला?

तिनीहरूको कान बन्द भएको छ,* त्यसैले तिनीहरू सुन्‍न सक्दैनन्‌।+

तिनीहरूले यहोवाको वचनको अपमान गरेका छन्‌;+

तिनीहरूलाई त्यो सुन्‍नै मन पर्दैन।

११ त्यसकारण मभित्र यहोवाको क्रोध दन्किरहेको छ

अनि यसलाई थाम्दा-थाम्दा म थाकिसकेको छु।”+

“यसलाई सडकमा भएका केटाकेटीमाथि+

अनि एकसाथ भेला भएका जवान मानिसहरूमाथि खन्याइदेऊ।

लोग्ने र स्वास्नी दुवैमाथि खन्याइदेऊ

अनि उमेर खाइसकेका र बूढाहरूमाथि पनि खन्याइदेऊ।+

१२ तिनीहरूका खेतबारी र स्वास्नीहरूसँगसँगै

तिनीहरूका घरहरू अरूलाई दिइनेछ।+

किनकि म यस देशका बासिन्दाहरूविरुद्ध आफ्नो हात पसार्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

१३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्‌;+

के भविष्यवक्‍ता, के पुजारी, सबैले ठगिरहेका छन्‌।+

१४ अनि तिनीहरू शान्ति नहुँदा पनि

‘शान्ति, शान्ति’ भनेर+

मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्‌।

१५ आफूले गरेका घिनलाग्दा कामहरूलाई सम्झँदा के तिनीहरू लज्जित हुन्छन्‌?

अहँ, रतीभर हुँदैनन्‌!

लाज के हो, तिनीहरूलाई थाहै छैन!+

त्यसैले लडिसकेकाहरूजस्तै तिनीहरू पनि लड्‌नेछन्‌।

मैले तिनीहरूलाई दण्ड दिँदा तिनीहरू लर्खराउनेछन्‌,” यहोवा भन्‍नुहुन्छ।

१६ यहोवा यसो भन्‍नुहुन्छ:

“चौबाटोमा उभिएर हेर।

पुराना बाटोहरूको विषयमा सोध,

असल बाटो कहाँ छ, सोध र त्यसमै हिँड+

र तिमीहरूलाई चैन हुनेछ।”

तर तिनीहरूले भने: “हामी त्यस बाटोमा हिँड्‌नेछैनौँ।”+

१७ “अनि मैले तिनीहरूमाथि पहरेदारहरू नियुक्‍त गरेँ,+ जसले यसो भने,

‘सिङ फुकेको आवाज ध्यानसित सुन!’”+

तर तिनीहरूले भने: “हामी सुन्‍नेछैनौँ।”+

१८ “त्यसकारण तिनीहरूलाई के हुनेछ,

हे जातिजातिका मानिस हो, सुन!

हे समुदाय हो, थाह पाइराख।

१९ हे पृथ्वीका सबै मानिस हो, सुन!

यी मानिसहरूले मेरो कुरा सुनेनन्‌

अनि मेरो आज्ञा* पालन गरेनन्‌।

त्यसैले यी मानिसहरूको कुबुद्धिले गर्दा

म यी मानिसहरूमाथि विपत्ति ल्याउँदै छु।”+

२० “तिमीहरूले सेबादेखि ल्याएको सेतो धूप*

र टाढाको देशबाट ल्याएको बोझोको* मलाई के मतलब?

तिमीहरूको अग्निभेटीमा* मलाई कुनै चासो छैन

अनि तिमीहरूले चढाएको बलिदानले मलाई खुसी बनाउँदैन।”+

२१ त्यसकारण यहोवा यसो भन्‍नुहुन्छ:

“म यी मानिसहरूको अगाडि ठेस लाग्ने ढुङ्‌गाहरू राखिदिनेछु;

तिनीहरूले त्यसमा ठेस खानेछन्‌

अनि बुबा र छोरा,

साथीभाइ र छरछिमेक

सबै नाश हुनेछन्‌।”+

२२ यहोवा भन्‍नुहुन्छ:

“हेर उत्तरको देशबाट मानिसहरू आउँदै छन्‌।

पृथ्वीको पल्लो छेउबाट आउन एउटा जाति सुरिँदै छ।+

२३ तिनीहरू धनु र भाला लिएर आउनेछन्‌।

तिनीहरू क्रूर छन्‌; तिनीहरूले कुनै दयामाया देखाउनेछैनन्‌।

तिनीहरूको आवाज समुद्रको गर्जनजस्तै छ।

हे सियोनकी छोरी, घोडामा सवार भएर+

तिनीहरू तिमीविरुद्ध पङ्‌क्‍ति बाँधेर लड्‌न आउनेछन्‌।”

२४ यो खबर सुनेपछि

हाम्रा हातहरू लल्याकलुलुक भए;+

हामी पीडाले छटपटायौँ;

हाम्रो हालत बेथा लागेकी स्त्रीको जस्तै भयो।+

२५ खेततिर नजाऊ,

बाटोतिर पनि ननिस्क

किनभने शत्रुहरू तरबार लिएर उभिएका छन्‌;

चारैतिर आतङ्‌क छाएको छ।

२६ हे मेरा मानिसहरूकी छोरी,*

भाङ्‌ग्रा लगाऊ;+ खरानीमा लडीबुडी गर।

एक्लो छोराको मृत्यु हुँदा शोक गरेजस्तै रोइकराइ गर+

किनभने हामीलाई नाश गर्नेहरू हामीमाथि एक्कासि आइलाग्नेछन्‌।+

२७ “मेरा मानिसहरूको चालढाल जाँच्न

अनि तिनीहरूलाई राम्ररी केलाउन

मैले तिमीलाई* धातु जाँच्ने मानिससरह तुल्याएको छु।

२८ तिनीहरू सबै जना साह्रै कठोर छन्‌,+

तिनीहरू अरूको निन्दा गर्दै हिँड्‌छन्‌।+

तिनीहरू तामा र फलामजस्तै छन्‌;

तिनीहरू सबै भ्रष्ट भएका छन्‌।

२९ खलाँती* कामै नलाग्ने भएको छ।

आगोबाट सीसाबाहेक अरू केही निस्केन।

तिनीहरूलाई शुद्ध पार्न निक्कै कोसिस गरियो तर केही फाइदा भएन+

किनभने जो दुष्ट छन्‌, उनीहरूलाई अलग पारिएको छैन।+

३० तिनीहरू काम नलाग्ने चाँदी कहलाइनेछन्‌

किनभने यहोवाले तिनीहरूलाई त्याग्नुभएको छ।”+

७ यहोवा परमेश्‍वरको यो वचन यर्मियाकहाँ आयो: २ “यहोवाको भवनको मूलढोकामा उभिएर यो सन्देश सुनाउनू, ‘यहोवालाई दण्डवत्‌ गर्न यी ढोकाहरूबाट पस्ने यहुदाका सबै मानिस हो, यहोवाको वचन सुन। ३ सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूको चालचलन राम्रो बनाओ अनि आफ्नो काम सुधार। अनि मात्र म तिमीहरूलाई यो ठाउँमा बसिरहन दिनेछु।+ ४ छली कुराहरूमा भरोसा गरेर यसो नभन, ‘यो यहोवाको मन्दिर हो, यहोवाको मन्दिर! हो, हाम्रा परमेश्‍वर यहोवाको मन्दिर!’+ ५ यदि तिमीहरूले आफ्नो चालचलन राम्रो बनायौ र आफ्नो काम सुधाऱ्‍यौ भने; यदि तिमीहरूले कुनै मानिस र उसको छिमेकीको बीचमा सही न्याय गऱ्‍यौ भने;+ ६ विदेशी, टुहुराटुहुरी* वा विधवालाई हेपेनौ,+ निर्दोषहरूको रगत बगाएनौ अनि आफ्नै हानि हुनेगरि अरू देवताको पछि लागेनौ भने+ ७ म तिमीहरूलाई यो ठाउँमा अर्थात्‌ मैले तिमीहरूका पितापुर्खालाई दिएको देशमा सधैँभरि बसिरहन दिनेछु।”’”

८ “तर तिमीहरू छली कुराहरूमा भरोसा गर्दै छौ।+ यसले तिमीहरूलाई कुनै लाभ पुऱ्‍याउनेछैन। ९ तिमीहरू चोरी गर्छौ,+ हत्या गर्छौ, व्यभिचार* गर्छौ, झूटो कसम खान्छौ,+ बाआल देवतालाई बलि चढाउँछौ+ अनि चिन्दै नचिनेका देवताहरूको पछि लाग्छौ। १० अनि मेरो नामले चिनिएको यस भवनमा आएर मसामु खडा भएर यसो भन्छौ, ‘हामीलाई केही हुनेछैन।’ यी सबै घिनलाग्दा कामहरूको बाबजुद तिमीहरू कसरी यस्तो कुरा सोच्न सक्छौ? ११ के तिमीहरूले मेरो नामले चिनिएको यस भवनलाई डाँकुहरूको ओडार सम्झेका छौ?+ हेर, मैले तिमीहरूका सबै कर्तुत आफ्नै आँखाले देखेको छु,” यहोवा घोषणा गर्नुहुन्छ।

१२ “‘जाओ, मैले सुरुमा आफ्नो नामको खातिर चुनेको+ पवित्र भूमि सिलोमा गएर हेर।+ मेरो प्रजा इस्राएलले खराब काम गरेकोले मैले त्यस ठाउँलाई के गरेँ, तिमीहरूले त्यहाँ गएर थाह पाउनेछौ।+ १३ तर तिमीहरूले खराब काम गरी नै रह्‍यौ,’ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ। ‘मैले तिमीहरूलाई बारम्बार चेतावनी दिएँ तर तिमीहरूले सुनेनौ।+ मैले तिमीहरूलाई कैयौँ चोटि बोलाएँ तर तिमीहरूले कुनै जवाफ दिएनौ।+ १४ त्यसैले मेरो नाम दिइएको यस भवन, जसमा तिमीहरू भरोसा गर्छौ+ अनि यो ठाउँ, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ, यसको हालत पनि सिलोको जस्तै बनाउनेछु।+ १५ तिमीहरूका दाजुभाइ अर्थात्‌ एप्रैमका सन्तानलाई फ्याँकेजस्तै म तिमीहरूलाई पनि फ्याँक्नेछु।’+

१६ “तर तिमीले यी मानिसहरूको खातिर प्रार्थना नगर। तिनीहरूको निम्ति मलाई पुकार्ने, प्रार्थना गर्ने वा बिन्ती चढाउने नगर+ किनभने म तिम्रो प्रार्थना सुन्‍नेछैनँ।+ १७ तिनीहरू यहुदाका सहरहरूमा अनि यरुसलेमका बाटोहरूमा के गर्दै छन्‌, के तिमी देख्दैनौ? १८ छोराहरू दाउरा बटुल्दै छन्‌, बुबाहरू आगो बाल्दै छन्‌, पत्नीहरू स्वर्गकी रानीलाई* रोटी चढाउन पीठो मुछ्‌दै छन्‌+ अनि मलाई रिस उठाउन तिनीहरू अरू देवतालाई मद्यभेटी* चढाउँदै छन्‌।+ १९ यहोवा घोषणा गर्नुहुन्छ, ‘तर के तिनीहरूले मलाई चोट पुऱ्‍याएका हुन्‌ र? के यसो गर्दा तिनीहरू आफै लाजमा पर्नेछैनन्‌ र?’+ २० त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, ‘हेर! मेरो रिस र क्रोध यो ठाउँ,+ यहाँका मानिस, जनावर, बोटबिरुवा र फसल सबैमा खनिनेछ। ती सब जलेर खरानी हुनेछन्‌ र त्यसको आगो कहिल्यै निभ्नेछैन।’+

२१ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘जाओ र गएर अरू बलिदानहरूसँगै अग्निभेटी पनि चढाओ अनि त्यसको मासु तिमीहरूले नै खाओ।+ २२ तिमीहरूका पितापुर्खालाई मिश्रबाट ल्याउने बेला मैले तिनीहरूबाट चाहेको कुरा अग्निभेटी वा बलिदान थिएन।+ २३ बरु मैले तिनीहरूलाई यस्तो आज्ञा गरेको थिएँ: “मेरो वचन पालन गर अनि म तिमीहरूका परमेश्‍वर हुनेछु र तिमीहरू मेरा मानिसहरू हुनेछौ।+ मैले देखाएको बाटोमा हिँड अनि तिमीहरूको भलो हुनेछ।”’+ २४ तर तिनीहरूले मेरो कुरा सुनेनन्‌ र मतिर आफ्नो कान फर्काएनन्‌।+ तिनीहरू आफ्नै खराब विचारहरूको पछि लागे अनि आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ तिनीहरू अघि बढ्‌नुको साटो पछि सरे। २५ मिश्रबाट आएको दिनदेखि नै तिमीहरू र तिमीहरूका पुर्खाहरूले त्यसै गरिरहेका छौ।+ त्यसैले मैले हरेक दिन, बारम्बार आफ्ना सेवकहरू अर्थात्‌ भविष्यवक्‍ताहरू पठाइरहेँ।+ २६ तर तिमीहरू कसैले पनि मेरो कुरा सुनेनौ; कसैले आफ्नो कान मतिर फर्काएनौ।+ बरु तिमीहरू कठोर भइरह्‍यौ र आफ्ना पितापुर्खाले भन्दा पनि खराब काम गऱ्‍यौ।

२७ “तिमीले यी सब कुरा तिनीहरूलाई बताउनेछौ+ तर तिनीहरूले सुन्‍नेछैनन्‌। तिमीले तिनीहरूलाई बोलाउनेछौ तर तिनीहरूले कुनै जवाफ दिनेछैनन्‌। २८ अनि तिमीले तिनीहरूलाई यसो भन्‍नेछौ, ‘यो यहोवाको आज्ञा नमान्‍ने जाति हो अनि यिनीहरू अनुशासन पनि स्विकार्दैनन्‌। वफादारी यिनीहरूको माझबाट लोप भइसकेको छ। वफादारी भनेको के हो, यिनीहरूले बिर्सिसकेका छन्‌।’*+

२९ “आ-आफ्नो कपाल खौरेर फालिदेओ। अनि नाङ्‌गो डाँडामा गएर अलापविलाप गर्दै शोकगीत गाओ किनभने यहोवाले उहाँलाई रिस उठाउने यस पुस्तालाई अस्वीकार गर्नुभएको छ र उहाँले तिनीहरूलाई त्याग्नुहुनेछ। ३० यहोवा घोषणा गर्नुहुन्छ, ‘यहुदाका मानिसहरूले मेरो नजरमा जे खराब छ, त्यही गरेका छन्‌। तिनीहरूले मेरो नाम दिइएको यस भवनमा घिनलाग्दा मूर्तिहरू राखेर यसलाई अशुद्ध पारेका छन्‌।+ ३१ मैले तिनीहरूलाई आज्ञा नै नगरेको कुरा अनि मेरो मनमा पनि नआएको कुरा तिनीहरूले गरेका छन्‌:+ तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउन+ “हिन्‍नोमको छोराको बेँसी”-मा*+ भएको तोफेथमा अग्ला थानहरू* बनाएका छन्‌।’

३२ “यहोवा घोषणा गर्नुहुन्छ: ‘हेर, यस्तो दिन आउँदै छ, जब मानिसहरूले त्यसलाई तोफेथ वा “हिन्‍नोमको छोराको बेँसी”* होइन, बरु हत्या बेँसी भन्‍नेछन्‌। तोफेथमा खाली ठाउँ नै नरहनेगरि लासहरू गाडिनेछन्‌।+ ३३ अनि ती लासहरू आकाशका चराचुरुङ्‌गी र जमिनका पशुहरूका आहारा हुनेछन्‌ र कसैले पनि तिनीहरूलाई धपाउनेछैन।+ ३४ यहुदाका सहरहरू र यरुसलेमका बाटोहरूमा म हर्ष र रमाहटको आवाज अनि दुलहादुलहीको आवाज बन्द गरिदिनेछु+ किनभने त्यो देश उजाड पारिनेछ।’”+

८ यहोवा घोषणा गर्नुहुन्छ: “त्यसबेला यहुदाका राजाहरू, शासकहरू, पुजारीहरू, भविष्यवक्‍ताहरू अनि यरुसलेमका बासिन्दाहरूका हाडखोड तिनीहरूको चिहानबाट निकालिनेछ। २ ती हाडखोडहरूलाई सूर्य, चन्द्र अनि आकाशका सारा सेनासामु* फिँजाइनेछ किनकि ती कुराहरूलाई नै तिनीहरूले प्रेम गरे, तिनको सेवा गरे, तिनलाई पछ्याए र दण्डवत्‌ गरे अनि तिनको डोऱ्‍याइ खोजे।+ ती हाडखोडहरूलाई जम्मा गरिनेछैन न त गाडिने नै छ। ती जमिनमा मलसरह हुनेछन्‌।”+

३ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ: “यस दुष्ट घरानाको बाँकी रहेकाहरूलाई म जुन-जुन ठाउँमा तितरबितर पार्छु, त्यहाँ तिनीहरूलाई जिउनुभन्दा मर्नु नै बेस लाग्नेछ।”

४ “अनि तिमीले तिनीहरूलाई यसो भन्‍नू, ‘यहोवा यसो भन्‍नुहुन्छ:

“मानिसहरू लडे भने के तिनीहरू फेरि उठ्‌दैनन्‌ र?

यदि कोही आफ्नो मार्गबाट फर्क्यो भने के अर्को पनि फर्किँदैन र?

 ५ त्यसोभए यरुसलेमका यी मानिसहरू किन मलाई धोका दिइरहन्छन्‌?

तिनीहरू छल गर्न छोड्‌दैनन्‌;

तिनीहरू खराब मार्ग त्याग्न इन्कार गर्छन्‌।+

 ६ मैले ध्यान दिएर तिनीहरूको कुरा सुनेँ तर तिनीहरूले ठीक कुरा बोलेनन्‌।

तिनीहरूमध्ये कोही पनि दुष्ट काम गरेकोमा पछुताएन र यसो भनेन, ‘मैले यो के गरेँ!’+

घोडा रणभूमिमा बेतोडले कुदेझैँ प्रत्येक मानिस एक सुरले भीडको पछि लागिरहेको छ।

 ७ गरुडले समेत समय* थाह पाउँछ;

ढुकुर, गौँथली र चाँचरले* आफ्नो बसाइँ सर्ने समय थाह पाउँछन्‌।

तर मेरा मानिसहरूलाई यहोवाको न्यायको दिनबारे थाह छैन।”’+

 ८ ‘“हामी बुद्धिमान्‌ छौँ, हामीसित यहोवाको व्यवस्था* छ” भनेर तिमीहरूले कसरी भन्‍न सक्यौ?

किनकि शास्त्रीहरूको* झूटो कलम+ त झूटको लागि मात्र प्रयोग भएको छ।

 ९ बुद्धिमान्‌ मानिसहरू लाजमा परेका छन्‌।+

तिनीहरू भयभीत हुनेछन्‌ र पासोमा पर्नेछन्‌।

तिनीहरूले यहोवाको वचनलाई इन्कार गरेका छन्‌,

खोइ तिनीहरूको बुद्धि?

१० त्यसैले म तिनीहरूका स्वास्नीहरू अरू पुरुषलाई दिनेछु,

तिनीहरूको खेत अरूलाई नै दिनेछु+

किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्‌;+

के भविष्यवक्‍ता, के पुजारी, सबैले ठगिरहेका छन्‌।+

११ अनि तिनीहरू शान्ति नहुँदा पनि

“शान्ति, शान्ति” भनेर+

मेरा मानिसहरूकी छोरीको* चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्‌।

१२ आफूले गरेका घिनलाग्दा कामहरूलाई सम्झँदा के तिनीहरू लज्जित हुन्छन्‌?

अहँ, रतीभर हुँदैनन्‌!

लाज के हो, तिनीहरूलाई थाहै छैन!+

त्यसैले लडिसकेकाहरूजस्तै तिनीहरू पनि लड्‌नेछन्‌।

मैले तिनीहरूलाई दण्ड दिँदा तिनीहरू लर्खराउनेछन्‌,’+ यहोवा भन्‍नुहुन्छ।

१३ यहोवा घोषणा गर्नुहुन्छ: ‘जब म तिनीहरूलाई जम्मा गर्छु, तब म तिनीहरूलाई नाश गर्नेछु।’

‘अङ्‌गुरको बोटमा एउटै अङ्‌गुर बाँकी हुनेछैन, अन्जिरको रूखमा एक दाना अन्जिर बाँकी हुनेछैन अनि तिनीहरूको पात पनि ओइलाएर जानेछ।

मैले तिनीहरूलाई दिएको सबै कुरा तिनीहरूबाट खोसिनेछ।’”

१४ “हामी किन यहाँ बसिरहेका छौँ?

बरु हामी एकसाथ भेला होऔँ र पर्खालले घेरिएका सहरहरूभित्र गएर+ त्यहीँ मरौँ।

किनकि यहोवा हाम्रा परमेश्‍वरले हामीलाई नष्ट गरेरै छोड्‌नुहुन्छ

अनि उहाँ हामीलाई विष भएको पानी पिउन दिनुहुन्छ+

किनकि हामीले यहोवाविरुद्ध पाप गरेका छौँ।

१५ हामीले शान्ति छाउला भन्‍ने आशा गरेका थियौँ तर केही पनि राम्रो भएन,

अवस्था सुध्रिएला भन्‍ने आशा गरेका थियौँ तर आतङ्‌क पो मच्चियो!+

१६ दानबाट उसका घोडाहरूले फूँ-फूँ गरेको आवाज सुनिन्छ।

उसका घोडाहरू हिनहिनाउँदा

सारा देश हल्लिन्छ।

शत्रुहरू आएर त्यो देश र त्यसमा भएका सबै कुरा सखाप पार्छन्‌,

त्यो सहर* र त्यसका बासिन्दाहरू सबैलाई।”

१७ यहोवा घोषणा गर्नुहुन्छ: “म तिमीहरूकहाँ सर्पहरू पठाउनेछु,

यस्ता विषालु सर्पहरू, जसलाई मन्त्र फुकेर पनि वशमा राख्न सकिँदैन;

तिनीहरूले तिमीहरूलाई डसेरै छाड्‌नेछन्‌।”

१८ मेरो पीडा निको नै नहुने खालको छ;

मेरो हृदय व्याकुल भएको छ।

१९ टाढाको देशबाट गुहार मागिँदै छ

मेरा मानिसहरूकी छोरी यसो भनिरहेकी छे:

“के यहोवा सियोनमा हुनुहुन्‍न?

के त्यहाँका राजा त्यहाँ छैनन्‌?”

“खोपिएका मूर्तिहरू र व्यर्थका विदेशी देवताहरूको पूजाआजा गरेर

तिनीहरूले मलाई किन रिस उठाए?”

२० “कटनीको समय सिद्धिसक्यो, ग्रीष्म ऋतु पनि सिद्धिसक्यो,

तैपनि हाम्रो उद्धार भएको छैन!”

२१ मेरा मानिसहरूकी छोरीले चोट पाएकोले मेरो मन छियाछिया भएको छ;+

मेरो मन खिन्‍न भएको छ।

मलाई त्रासले छोपेको छ।

२२ के गिलादमा कुनै सुगन्धित लेप* छैन?+

के त्यहाँ कोही वैद्य* छैन?+

मेरा मानिसहरूकी छोरीको चोट किन निको पारिएको छैन?+

९ मेरो शिर पानीले भरिएको कुवा

र मेरो आँखा पानीको धारा भएको भए,+

मरिगएका मेरा मानिसहरूको निम्ति

म दिनरात रोएर बस्ने थिएँ।

 २ निर्जनभूमिमा यात्रुहरू बास बस्ने ठाउँ भइदिएको भए,

म मेरा मानिसहरूलाई चटक्कै छोडेर त्यहीँ जाने थिएँ।

किनकि तिनीहरू सबै व्यभिचार* गर्छन्‌;+

तिनीहरू सबै छली छन्‌।

 ३ ताँदो चढाइएको धनु काँड हान्‍न तयार भएझैँ तिनीहरूको जिब्रो झूट बोल्न सधैँ तयार रहन्छ।

तिनीहरूको देश वफादारीले होइन, छलले भरिएको छ।+

“तिनीहरू एकपछि अर्को दुष्ट काम गर्छन्‌,

मेरो कुरामा तिनीहरू पटक्कै ध्यान दिँदैनन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

 ४ “तिमीहरू सबै आफ्नो छिमेकीदेखि होसियार बस

अनि आफ्नै दाजुभाइलाई समेत भरोसा नगर।

किनकि तिमीहरूका दाजुभाइ सबै धोकेबाज हुन्‌+

अनि तिमीहरूका सबै छिमेकीले एकअर्काको निन्दा गर्छन्‌।+

 ५ प्रत्येकले आफ्नो छिमेकीसित छल गरिरहेको छ,

सत्य बोल्ने कोही छैन।

तिनीहरूको जिब्रो झूट बोल्न सिपालु भइसकेको छ।+

तिनीहरू खराब काम गर्दागर्दै थकित हुन्छन्‌।

 ६ तिमी छलछामले घेरिएका छौ।

ती मानिसहरू झूट बोल्छन्‌ र मलाई चिन्‍न इन्कार गर्छन्‌,” यहोवा घोषणा गर्नुहुन्छ।

 ७ त्यसकारण सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

“म तिनीहरूलाई खार्नेछु र जाँच्नेछु,+

मेरा मानिसहरूकी छोरीलाई* त्यसबाहेक म के गर्न सक्छु र?

 ८ तिनीहरूको जिब्रो घातक काँडजस्तै छ, जसले छली कुरा गर्छ।

तिनीहरू मुखले चाहिँ आफ्नो छिमेकीलाई शान्तिको कामना गर्छन्‌

तर भित्रभित्रै त्यस छिमेकीलाई फसाउन पासो थाप्छन्‌।”

 ९ यहोवा घोषणा गर्नुहुन्छ, “तिनीहरूको यस्तो कुकर्मको लागि के म तिनीहरूलाई दोषी नठहराऊँ?

यस्तो घिनलाग्दो काम गर्ने राष्ट्रसित के म बदला नलिऊँ?+

१० पर्वतहरूको निम्ति म रुनेछु र शोक गर्नेछु,

निर्जनभूमिमा भएका चरनहरू सम्झेर म शोकगीत गाउनेछु

किनकि ती उजाड भएका छन्‌ र कोही पनि त्यहाँबाट हिँड्‌दैन,

त्यहाँ गाईवस्तुको आवाज सुनिँदैन।

जङ्‌गली जनावर र आकाशका चराचुरुङ्‌गी त्यहाँबाट भागिसके।+

११ म यरुसलेमलाई ढुङ्‌गाको थुप्रो+ र स्यालको ओडार बनाउनेछु,+

यहुदाका सहरहरूलाई म उजाड पार्नेछु र त्यहाँ कोही पनि बस्नेछैन।+

१२ यी सब हुनुको कारण बुझ्ने समझदार मानिस को छ?

यो कुरा अरूलाई बताऊ भनी यहोवाले कसलाई यी कुराहरू बुझाउनुभएको छ?

देश किन नाश हुँदै छ?

कोही पनि हिँड्‌न नसक्ने उजाड ठाउँझैँ

यो देश किन सुकेर जाँदै छ?”

१३ यहोवाले जवाफ दिनुभयो: “तिनीहरूले मेरो व्यवस्थालाई* तिरस्कार गरेकोले र त्यसअनुसार नचली मेरो आज्ञा उल्लङ्‌घन गरेकोले यस्तो भएको हो। १४ अनि हठी हुँदै तिनीहरूले आफ्नै मनको कुरा सुने+ र तिनीहरूका पितापुर्खाले सिकाएझैँ बाआल देवताको मूर्तिलाई पुज्न थाले।+ १५ त्यसकारण सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म यी मानिसहरूलाई तीतेपाती खान लगाउनेछु र विष हालेको पानी पिउन लगाउनेछु।+ १६ म तिनीहरूलाई तिनीहरू र तिनीहरूका पितापुर्खाले कहिल्यै थाह नपाएका जातिहरूको बीचमा तितरबितर पार्नेछु+ अनि तिनीहरू नाश नहोउन्जेल तिनीहरूको पछिपछि तरबार पठाउनेछु।’+

१७ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ,

‘समझ चलाऊ।

शोकगीत गाउने स्त्रीहरूलाई भेला गर,+

जो-जो सिपालु छन्‌, ती स्त्रीहरूलाई बोलाऊ,

१८ तिनीहरू चाँडै आऊन्‌ र हाम्रो निम्ति विलाप गरून्‌

र हाम्रो आँखाबाट बरबर आँसु झरोस्‌

अनि आँखाको डिलबाट तरर्र आँसु बगोस्‌।+

१९ सियोनबाट यस्तो विलापको गीत सुनिँदै छ:+

“हामी कत्ति नराम्ररी नष्ट भयौँ!

हामी साह्रै लाजमा पऱ्‍यौँ!

किनकि हामीले आफ्नो देश छोड्‌नुपरेको छ र तिनीहरूले हाम्रा घरहरू तहसनहस पारिदिएका छन्‌।”+

२० हे स्त्रीहरू हो, यहोवाको वचन सुन।

उहाँले बोल्नुभएको कुरा तिमीहरूको कानमा परोस्‌।

आफ्ना छोरीहरूलाई विलापको गीत सिकाओ

र एकअर्कालाई यो शोकगीत सिकाओ।+

२१ मृत्यु हाम्रा झ्यालहरूबाट उक्लेर आएको छ;

केटाकेटीलाई सडकबाट

र जवान मानिसहरूलाई चोकबाट उठाएर लैजान

त्यो हाम्रो सुरक्षित किल्लाहरूभित्र पसेको छ।’+

२२ तिमीले यसो भन्‍नू, ‘यहोवा घोषणा गर्नुहुन्छ:

“मानिसहरूका लास जमिनमा मलसरि पस्रिरहनेछन्‌,

बाली काटेपछिको बिटासरि पस्रिरहनेछन्‌,

तिनीहरूलाई उठाउने कोही हुनेछैन।”’”+

२३ यहोवा यसो भन्‍नुहुन्छ:

“बुद्धिमान्‌ मानिसले आफ्नो बुद्धिमा घमन्ड नगरोस्‌;+

बलवान्‌ मानिसले आफ्नो बलमा घमन्ड नगरोस्‌;

धनी मानिसले आफ्नो धनमा घमन्ड नगरोस्‌।”+

२४ “बरु घमन्ड गर्नेले मेरो ज्ञान लिएकोमा र मलाई चिनेकोमा घमन्ड गरोस्‌+

अनि यस पृथ्वीमा अटल प्रेम, न्याय र धार्मिकता देखाउने यहोवाबारे थाह पाएकोमा घमन्ड गरोस्‌+

किनकि म यी नै कुराहरूमा प्रसन्‍न हुन्छु,”+ यहोवा घोषणा गर्नुहुन्छ।

२५ यहोवा घोषणा गर्नुहुन्छ, “हेर, यस्तो समय आउँदै छ, जब म ती मानिसहरूलाई दण्ड दिनेछु जो खतना* भएर पनि नभएकाहरूजस्ता छन्‌।+ २६ मिश्र,+ यहुदा,+ एदोम,+ अम्मोन+ र मोआबमा बस्नेहरू+ अनि मरुभूमिमा बस्नेहरू, जसले कन्चटनेरको कपाल खौरेका छन्‌,+ तिनीहरूलाई दण्ड दिनेछु किनकि यी जातिहरूको खतना भएको छैन अनि इस्राएलको घरानाको पनि हृदयको खतना भएको छैन।”+

१० ए इस्राएलको घराना, यहोवा तिमीहरूविरुद्ध के भन्‍नुहुन्छ, सुन! २ यहोवा यसो भन्‍नुहुन्छ:

“अरू जातिको चालमा नहिँड।+

तिनीहरू आकाशका चिन्हहरू देखेर डराउँछन्‌+

तर तिमीहरूचाहिँ नडराओ।

 ३ तिनीहरूका रीतिथिति सब व्यर्थ हुन्‌।

तिनीहरूले पुज्ने कुरा त रूखको मुढो मात्र हो,

जसलाई कालिगडले आफ्नो औजार चलाएर आकार दिन्छन्‌।+

 ४ तिनीहरू त्यसलाई सुन र चाँदीले मोहोर्छन्‌+

अनि त्यो नढलोस्‌ भनेर हतौडा र किलाले ठोकठाक पार्छन्‌।+

 ५ तिनीहरू काँक्राबारीमा राखिएको जुलुङ्‌गोजस्तै* छन्‌, जुन बोल्न सक्दैन+

अनि तिनीहरूलाई यताउता लैजान बोक्नुपर्छ किनकि तिनीहरू हिँड्‌न सक्दैनन्‌।+

तिनीहरूलाई देखेर नडराओ किनकि तिनीहरूले कुनै हानि गर्न सक्दैनन्‌

न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन्‌।”+

 ६ हे यहोवा, तपाईँजस्तो कोही छैन।+

तपाईँ महान्‌ हुनुहुन्छ अनि तपाईँको नाम महान्‌ र शक्‍तिशाली छ।

 ७ हे जातिजातिका राजा, तपाईँसित को डराउँदैन र?+ किनभने तपाईँको डर मान्‍नु उचित छ;

जातिजातिका बुद्धिमान्‌ मानिसहरूमध्ये अनि यी सारा राज्यभरि

तपाईँजस्तो अरू कोही छैन।+

 ८ तिनीहरू सबै निर्बुद्धि र मूर्ख छन्‌।+

एउटा काठको मुढोले मानिसलाई डोऱ्‍याउला भनेर सोच्नु मूर्खता हो।+

 ९ तर्सिसबाट चाँदी+ अनि उफजबाट सुन मगाइन्छ।

अनि कालिगडले ती काठहरूलाई त्यही सुनचाँदीले मोहोर्छन्‌

र ती मूर्तिहरूलाई निलो धागो अनि बैजनी ऊनले सिङ्‌गार्छन्‌।

ती मूर्तिहरू सिपालु कालिगडका हातका काम मात्र हुन्‌।

१० तर यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ।

उहाँ जीवित परमेश्‍वर+ अनि अनन्तका राजा हुनुहुन्छ।+

उहाँ रिसाउँदा सारा पृथ्वी हल्लिन्छ+

अनि उहाँको क्रोधसामु कुनै पनि राष्ट्र टिक्न सक्दैन।

११* तिमीले तिनीहरूलाई यसो भन्‍नू:

“ती देवताहरू, जसले यो आकाश र पृथ्वी सृष्टि गरेका होइनन्‌,

तिनीहरूको नामोनिसान यो पृथ्वीबाट अनि आकाशबाट मेटाइनेछ।”+

१२ उहाँले आफ्नो शक्‍तिले यो पृथ्वी सृष्टि गर्नुभयो;

आफ्नो बुद्धिले उर्वर भूमिलाई स्थिर पार्नुभयो+

अनि आफ्नो समझले आकाशलाई फैलाउनुभयो।+

१३ उहाँ बोल्दा

आकाशका पानीहरू छचल्किन्छन्‌;+

पृथ्वीको पल्लो छेउदेखि उहाँले कुहिरो उठाउनुहुन्छ।+

उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ*

अनि आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+

१४ हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ।

हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+

किनकि तिनीहरूका मूर्तिहरू* झूटा हुन्‌

अनि तिनमा सास छैन।+

१५ ती सबै व्यर्थका काम हुन्‌, गिल्ला गर्न लायकका काम।+

तिनीहरूको लेखा लिने दिनमा तिनीहरू नष्ट हुनेछन्‌।

१६ तर याकुबका परमेश्‍वर* त्यस्तो हुनुहुन्‍न

किनकि उहाँले नै सबथोक रच्नुभयो।

इस्राएल उहाँको उत्तराधिकारको लौरो हो।+

उहाँको नाम सेनाहरूका यहोवा हो।+

१७ ए कैदमा परेका स्त्रीहरू हो,

भुईँमा भएको आ-आफ्नो पोकोपन्तरो बटुल।

१८ किनकि यहोवा यसो भन्‍नुहुन्छ:

“अब म यहाँका बासिन्दाहरूलाई जोडसित* फ्याँक्नेछु+

अनि तिनीहरूमाथि दुःख आइपर्न दिनेछु।”

१९ धिक्कार छ मलाई! किनकि मलाई चोट लागेको छ।+

मलाई निको नै नहुने चोट लागेको छ।

अनि मैले भनेँ: “यो त मेरो रोग हो; यसलाई मैले सहनै पर्छ।

२० मेरो पाल नष्ट भएको छ; त्यसका डोरीहरू धुजाधुजा पारिएका छन्‌।+

मेरा छोराहरूले मलाई छोडेर गएका छन्‌; अब तिनीहरू मसँग छैनन्‌।+

मेरो पाल टाँगिदिने र त्यसलाई कसिदिने अब कोही बाँकी छैन।

२१ गोठालाहरूले बुद्धि नपुऱ्‍याई काम गरेका छन्‌,+

तिनीहरूले यहोवासित केही सोधपुछ गरेका छैनन्‌।+

त्यसैले त तिनीहरूले मूर्ख काम गरेका छन्‌

अनि तिनीहरूको बगाल पनि तितरबितर भएको छ।”+

२२ हे मानिसहरू हो, सुन, एउटा खबर छ!

उत्तरको देशबाट ढ्‌वाङढ्‌वाङ ढुङढुङ गरेको आवाज आइरहेको छ।+

त्यसको सेनाले यहुदाका सहरहरूलाई धुलोपिठो पार्नेछ र स्यालहरूको ओडार बनाइदिनेछ।+

२३ हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्‍याउन सक्दैन।

आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।+

२४ हे यहोवा, मलाई तपाईँको स्तरअनुसार सुधार्नुहोस्‌।

आफ्नो बल्दो रिसमा त होइन+ नत्र त म भस्म हुनेछु।+

२५ तपाईँलाई चिन्‍न इन्कार गर्ने राष्ट्रहरूमाथि+

अनि तपाईँको नाम नपुकार्ने घरानाहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्‌।

किनकि तिनीहरूले याकुबलाई खर्लप्पै निलेका छन्‌,+

हो, तिनीहरूले याकुबलाई विनाश हुनेगरि निलेका छन्‌+

अनि उसको भूमि उजाड पारिदिएका छन्‌।+

११ यर्मियाकहाँ आएको यहोवाको वचन। २ “हे मानिसहरू हो, तिमीहरूले यस करारमा ध्यान लगाओ!

“अनि तिमीले* चाहिँ यी कुराहरू यहुदा र यरुसलेमका बासिन्दाहरूलाई सुनाइदेऊ। ३ तिनीहरूलाई यसो भन, ‘इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ: “यो करारअनुसार नचल्ने मानिस श्रापित होस्‌,+ ४ जुन करार तिमीहरूका पितापुर्खा र मैले आपसमा गरेका थियौँ।+ मिश्रबाट अर्थात्‌ फलाम गाल्ने भट्टीजस्तो ठाउँबाट निकालेर ल्याउँदा+ मैले तिनीहरूलाई यस्तो आज्ञा दिएको थिएँ, ‘मेरो आज्ञा पालन गर र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा गर अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ र म तिमीहरूका परमेश्‍वर हुनेछु।+ ५ मैले भनेअनुसारै तिमीहरूले गऱ्‍यौ भने तिमीहरूका पितापुर्खालाई दूध र मह बग्ने देश दिनेछु भनेर गरेको प्रतिज्ञा म पूरा गर्नेछु।’+ अहिले मैले त्यसैअनुसार गरेको तिमीहरूले देखेका पनि छौ।”’”

अनि मैले भनेँ: “हे यहोवा, आमिन।”*

६ यहोवाले मलाई भन्‍नुभयो: “यहुदाका सहरहरूमा अनि यरुसलेमका बाटोहरूमा यी वचनहरू घोषणा गर: ‘यस करारमा ध्यान लगाओ र त्यसैअनुसार चल! ७ किनकि मैले तिमीहरूका पितापुर्खालाई मिश्रबाट ल्याएको दिनदेखि आजको दिनसम्म बारम्बार एउटै कुरा सम्झाउँदै आएको छु: “मेरो वचन पालन गर।”+ ८ तर तिनीहरूले मेरो कुरा सुनेनन्‌ र मतिर आफ्नो कान फर्काएनन्‌। तिनीहरू प्रत्येक नै आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ मैले तिनीहरूलाई पालन गर्नू भनी आज्ञा गरेको कुरा तिनीहरूले पालन नगरेकोले मैले यस करारअनुरूपै सबै कुरा तिनीहरूमाथि आइपर्न दिएँ।’”

९ अनि यहोवाले मलाई भन्‍नुभयो: “यहुदा र यरुसलेमका बासिन्दाहरूले मेरो विरोध गरेका छन्‌। १० मेरो वचन पालन नगर्ने तिनीहरूका पितापुर्खाको पापमा तिनीहरू फर्केका छन्‌।+ तिनीहरू पनि अरू देवताको पछि लागेका छन्‌ र तिनीहरूले उनीहरूको सेवा गरेका छन्‌।+ इस्राएलको घराना र यहुदाको घरानाले तिनीहरूका पितापुर्खा र मबीच गरिएको करार तोडेका छन्‌।+ ११ त्यसकारण यहोवा यसो भन्‍नुहुन्छ, ‘म तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनेछु,+ जसबाट तिनीहरू उम्कन सक्नेछैनन्‌। अनि तिनीहरूले सहायताको निम्ति पुकार्दा म तिनीहरूको पुकारा सुन्‍नेछैनँ।+ १२ अनि यहुदाका सहरहरूका मानिसहरू र यरुसलेमका बासिन्दाहरूले ती देवताहरूकहाँ गएर सहायताको निम्ति पुकारा गर्नेछन्‌, जुन देवताहरूको निम्ति तिनीहरूले बलि चढाइरहेका छन्‌।+ तर ती देवताहरूले तिनीहरूलाई विपत्तिको समयमा कुनै हालतमा बचाउन सक्नेछैनन्‌। १३ किनकि हे यहुदा, तिम्रा देवताहरू तिम्रा सहरहरू जत्तिकै धेरै भइसकेका छन्‌। अनि तिमीले व्यर्थको देवता बाआलको निम्ति बलि चढाउन यरुसलेमका बाटोहरू जत्तिकै वेदीहरू खडा गरेका छौ।’+

१४ “तर तिमीले* यी मानिसहरूको खातिर प्रार्थना नगर। तिनीहरूको निम्ति मलाई पुकार्ने वा प्रार्थना गर्ने नगर।+ किनकि तिनीहरूले विपत्तिको बेला प्रार्थना गर्दा म त्यो सुन्‍नेछैनँ।

१५ मेरा प्रिय मानिसहरूलाई मेरो घरमा रहने के अधिकार?

किनकि तिनीहरूमध्ये धेरैले दुष्ट काम गरेका छन्‌।

विपत्ति आइलाग्दा के तिनीहरूले चढाउने पवित्र बलिदानले तिनीहरूलाई बचाउन सक्छ र?

के तिनीहरूले विपत्तिबाट बचेर हर्ष मनाउन पाउनेछन्‌ र?

१६ कुनै समय यहोवाले तिमीलाई मौलाएको जैतुनको रूख भन्‍नुभएको थियो,

तिमी फलहरूले लटरम्म र सुन्दर देखिन्थ्यौ।

तर एउटा ठूलो गर्जन सुनियो र उहाँले त्यसमा आगो लगाइदिनुभयो,

त्यसका शत्रुहरूले त्यसका हाँगाहरू भाँचिदिएका छन्‌।

१७ “तिमीलाई रोप्नुहुने सेनाहरूका यहोवाले+ तिमीविरुद्ध विपत्तिको घोषणा गर्नुभएको छ। किनकि इस्राएल र यहुदाको घरानाले घोर दुष्ट काम गरेका छन्‌। तिनीहरूले बाआल देवताको निम्ति बलि चढाएर परमेश्‍वरलाई रिस उठाएका छन्‌।”+

१८ तिनीहरूले गरिरहेको काम यहोवाले मलाई थाह दिनुभयो,

हे परमेश्‍वर, तपाईँले मलाई तिनीहरूको काम देखाउनुभयो।

१९ काटिन लगिँदा लुरुलुरु जाने भेडाझैँ म भएँ।

तिनीहरूले मविरुद्ध यस्तो षड्‌यन्त्र रच्दै छन्‌ भनेर मैले थाहै पाइनँ:+

“त्यसका फलहरूसमेत त्यो रूखलाई नाश गरिदेऔँ

र त्यसको नामोनिसान मेट्‌न

त्यसलाई जीवितहरूको देशबाट हटाइदेऔँ।”

२० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ;

उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+

हे परमेश्‍वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ

किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।

२१ त्यसैले तिम्रो ज्यान लिन खोज्ने र “यहोवाको नाममा भविष्यवाणी नगर्नू!+ नत्र त तिमी हाम्रो हातबाट मरौला” भनेर तिमीलाई धम्की दिने अनातोतका मानिसहरूविरुद्ध+ यहोवाले एउटा घोषणा गर्नुभएको छ। २२ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई सजाय दिनेछु। तिनीहरूका युवकहरू तरबारले मारिनेछन्‌+ र तिनीहरूका छोराछोरीहरू अनिकालले गर्दा मर्नेछन्‌।+ २३ अनातोतका+ ती मानिसहरूमध्ये एक जना पनि बाँकी रहनेछैन किनकि जब म तिनीहरूको दोष प्रकट गर्नेछु, तब म तिनीहरूमाथि विपत्ति ल्याउनेछु।”

१२ हे यहोवा, जब म आफ्नो मुद्दा तपाईँसामु पेस गर्छु

अनि तपाईँसित न्यायका कुरा गर्छु, तब तपाईँ सधैँ सही ठहरिनुहुन्छ।+

तर पनि दुष्टहरूको चाल किन सफल हुन्छ?+

अनि छल गर्नेहरू किन बेफिक्री भएर हिँड्‌छन्‌?

 २ तपाईँले तिनीहरूलाई रोप्नुभयो र तिनीहरूले जरा हाले।

तिनीहरू हुर्के र फल फलाए।

तिनीहरू आफ्नो मुखले त तपाईँको नजिक छु भन्छन्‌ तर तिनीहरूको भित्री विचारचाहिँ* तपाईँदेखि टाढा छ।+

 ३ तर हे यहोवा, तपाईँले मलाई राम्ररी चिन्‍नुभएको छ;+ मलाई देख्नुभएको छ;

मेरो हृदय जाँच्नुभएको छ र म तपाईँप्रति भक्‍त भएको पाउनुभएको छ।+

काट्‌नलाई लगिने भेडालाई जस्तै तिनीहरूलाई छुट्ट्याउनुहोस्‌

र मारिने दिनको लागि तिनीहरूलाई अलग्गै राख्नुहोस्‌।

 ४ यो भूमिमा कहिलेसम्म खडेरी परिरहन्छ?

कहिलेसम्म यो भूमि बन्जर रहिरहन्छ?+

यहाँ बस्ने दुष्ट मानिसहरूले गर्दा

यहाँका पशुपन्छी सबै सोतर भइसके।

तिनीहरूले यसो भनेका छन्‌: “हामीलाई के हुनेछ, उहाँ देख्नुहुन्‍न।”

 ५ यदि तिमी मानिसहरूसित दौडँदा नै थाक्छौ भने

घोडाहरूसित कसरी दौडन सक्छौ?+

शान्ति छाएको देशमा तिमी ढुक्कले बसे तापनि

यर्दनको घना जङ्‌गलमा तिम्रो हालत के होला?

 ६ तिम्रा आफ्नै दाजुभाइले, तिम्रो आफ्नै बुबाका सन्तानले

तिमीलाई छल गरेका छन्‌।+

तिनीहरूले तिमीविरुद्ध चर्को आवाज उठाएका छन्‌।

तिनीहरूले मीठामीठा कुरा गरे पनि

तिनीहरूमाथि भरोसा नगर।

 ७ “मैले आफ्नो घर छोडिसकेको छु;+ आफ्नो निज धनलाई लत्याइसकेको छु।+

मेरी प्रियलाई शत्रुहरूको हातमा सुम्पिसकेको छु।+

 ८ मेरो निज धन मेरो लागि जङ्‌गली सिंहझैँ भएको छ।

त्यो मविरुद्ध गर्जन्छ।

त्यसैले म अहिले त्यसलाई घृणा गर्छु।

 ९ मेरो निज धन मेरो लागि छिरबिरे रङ्‌गको सिकारी चराझैँ भएको छ;

अरू सिकारी चराहरूले त्यसलाई घेर्छन्‌ र त्यसमाथि जाइलाग्छन्‌।+

आओ, जमिनमा बस्ने सबै जङ्‌गली पशु हो,

खान आओ।+

१० थुप्रै गोठालाले मेरो अङ्‌गुर बगान नष्ट पारेका छन्‌;+

तिनीहरूले मेरो खेतबारी कुल्चीमिल्ची गरेका छन्‌।+

मलाई मन पर्ने जमिनलाई मरुभूमि बनाइदिएका छन्‌।

११ यो अब कामै नलाग्ने भूमि भएको छ;

यो सुक्खा भएको छ;*

मेरै सामुन्‍ने यो उजाड भएको छ।+

हो, पूरै भूमि उजाड पारिएको छ,

तैपनि कसैले ध्यानै दिँदैन।+

१२ मरुभूमिको सुक्खा बाटोहरूमा शत्रुहरूको ओइरो लागेको छ

किनकि यहोवाको तरबारले देशको एक छेउदेखि अर्को छेउसम्मका मानिसहरूलाई नाश गर्दै छ।+

त्यहाँ कसैलाई शान्ति छैन।

१३ तिनीहरूले गहुँ छरे तर काँडा पो कटनी गरे।+

तिनीहरूले घोटिएर काम गरे तर केही फाइदा भएन।

यहोवा तिनीहरूसित असाध्यै रिसाउनुभएकोले

तिनीहरूको उब्जनी राम्रो हुनेछैन र तिनीहरू लाजमा पर्नेछन्‌।”

१४ यहोवा यसो भन्‍नुहुन्छ: “मेरो प्रजा इस्राएललाई मैले अधिकार गर्न दिएको देशमाथि हात लगाउने सबै दुष्ट छिमेकीहरूलाई+ म तिनीहरूको भूमिबाट उखेल्नेछु+ र यहुदाको घरानालाई तिनीहरूको बीचबाट उखेल्नेछु। १५ तर तिनीहरूलाई उखेलेपछि म फेरि तिनीहरूमाथि कृपा देखाउनेछु र तिनीहरूलाई आ-आफ्नै भूमिमा फर्काउनेछु अनि तिनीहरूको उत्तराधिकार तिनीहरूलाई नै फिर्ता दिनेछु।”

१६ “तिनीहरूले मेरा मानिसहरूलाई बाआल देवताको नाममा शपथ खान सिकाएझैँ यदि तिनीहरूले ‘जीवित परमेश्‍वर यहोवाको कसम’ भन्दै मेरो नाममा शपथ खान सिके र मेरा मानिसहरूको चालमा हिँडे भने मेरा मानिसहरूसँगसँगै तिनीहरूको पनि उन्‍नति हुनेछ। १७ तर तिनीहरूले मेरो कुरा सुनेनन्‌ भने म तिनीहरूलाई उखेल्नेछु र सर्वनाश पार्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+

१३ यहोवाले मलाई भन्‍नुभयो: “गएर मलमलको एउटा पटुका किन र त्यसलाई आफ्नो कम्मरमा बेर तर त्यसलाई पानीमा नडुबाऊ।” २ अनि मैले यहोवाले आज्ञा गर्नुभएझैँ एउटा पटुका किनेँ र त्यसलाई आफ्नो कम्मरमा बेरेँ। ३ यहोवाले फेरि मलाई यसो भन्‍नुभयो: ४ “तिमीले जुन पटुका किनेर कम्मरमा बाँधेका छौ, त्यसलाई लिएर युफ्रेटिस जाऊ र त्यसलाई त्यहाँ चट्टानको धाँजोमा लुकाइराख।” ५ त्यसैले म गएँ र यहोवाले भन्‍नुभएझैँ त्यसलाई युफ्रेटिस नदीको किनारमा लुकाइराखेँ।

६ धेरै दिनपछि यहोवाले मलाई भन्‍नुभयो: “उठ र युफ्रेटिस जाऊ अनि मैले तिमीलाई लुकाइराख्न आज्ञा गरेको पटुका लेऊ।” ७ अनि म युफ्रेटिस गएँ र लुकाइराखेको ठाउँबाट खनेर त्यो पटुका निकालेँ। पटुका मक्किसकेको थियो; कामै नलाग्ने भइसकेको थियो।

८ अनि यहोवाले मलाई भन्‍नुभयो: ९ “यहोवा यसो भन्‍नुहुन्छ, ‘ठीक यसरी नै म यहुदाको घमन्ड र यरुसलेमको सेखी झार्नेछु।+ १० मेरो आज्ञा मान्‍न इन्कार गर्ने,+ हठी हुँदै मनमानी गर्ने,+ अरू देवताहरूको सेवा गर्न र तिनीहरूलाई पुज्न तिनीहरूको पछि लाग्ने यी दुष्ट मानिसहरू त्यो पटुकाजस्तै कामै नलाग्ने हुनेछन्‌।’ ११ ‘किनकि जसरी पटुका कम्मरको चारैतिर कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएल र यहुदाको सम्पूर्ण घरानालाई मेरो ख्याति,+ प्रशंसा र सम्मानको निम्ति मेरो प्रजा बनाउनलाई+ आफ्नै कम्मरमा कसेँ तर तिनीहरूले मेरो आज्ञा मानेनन्‌,’+ यहोवा घोषणा गर्नुहुन्छ।

१२ “तिमीले तिनीहरूलाई यसो पनि भन्‍नू, ‘इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ: “हरेक मशक मद्यले भरिनुपर्छ।”’ अनि तिनीहरूले तिमीलाई यसो भन्‍नेछन्‌, ‘हरेक मशक मद्यले भरिनुपर्छ भनेर हामीलाई थाह छैन र?’ १३ तब तिनीहरूलाई यसो भन, ‘यहोवा भन्‍नुहुन्छ: “म यस देशका सबै मानिसलाई अर्थात्‌ दाउदको सिंहासनमा बस्ने राजाहरू, पुजारीहरू, भविष्यवक्‍ताहरू र यरुसलेमका सम्पूर्ण बासिन्दालाई तिनीहरू मात्तिनेगरि पिउन लगाउनेछु।+ १४ अनि म तिनीहरूलाई आपसमा जुधाउनेछु, बुबा र छोरालाई समेत आपसमा जुधाउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+ “म तिनीहरूमाथि टिठाउनेछैनँ, तिनीहरूमाथि दयामाया वा कृपा देखाउनेछैनँ; तिनीहरूलाई नाश गर्न मलाई कुनै कुराले रोक्नेछैन।”’+

१५ सुन, ध्यान देओ।

अहङ्‌कारी नहोओ किनकि यहोवा स्वयम्‌ बोल्नुभएको छ।

१६ उहाँले अन्धकार ल्याउनुअघि नै

अनि अँध्यारोमा तिमीहरूको खुट्टाले पर्वतहरूमा ठेस खानुअघि नै

तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई महिमा देओ।

तिमीहरू उज्यालोको आशा गर्दै बस्नेछौ

तर उहाँले घोर अन्धकार ल्याउनुहुनेछ;

उहाँले उज्यालोलाई निस्पट्ट अन्धकारमा परिणत गर्नुहुनेछ।+

१७ तिमीहरूले सुनेनौ भने

तिमीहरूको घमन्डको कारण म गुप्तमा रुनेछु।

यहोवाको बगाललाई कैद गरेर लगिएकोले+

म धुरुधुरु रुनेछु, मेरो आँखाबाट आँसुको धारा बग्नेछ।+

१८ राजालाई र राजमातालाई यसो भन,+ ‘सिंहासनबाट तल झर्नुहोस्‌

किनकि तपाईँहरूको शोभायमान मुकुट तपाईँहरूको शिरबाट हट्‌नेछ।’

१९ दक्षिणका सहरहरू थुनिएका* छन्‌, तिनीहरूलाई खोल्ने कोही छैन।

यहुदाका सबैलाई कैद गरेर लगिएको छ, कैदमा नलगिएको कोही छैन।+

२० आफ्नो आँखा उठाएर उत्तरबाट आइरहेकाहरूलाई हेर।+

तिमीलाई दिइएको बगाल, ती सुन्दर भेडाहरू कहाँ छन्‌?+

२१ तिमीले सुरुदेखि जसलाई आफ्ना मित्रहरू बनाएका थियौ,+

उनीहरूले नै तिमीलाई सजाय दिँदा तिमी के भन्‍नेछौ?

प्रसववेदनामा परेकी स्त्रीलाई झैँ तिमीलाई पीडा हुनेछैन र?+

२२ अनि तिमी मनमनै सोच्छौ, ‘ममाथि यस्तो कुरा किन आइलाग्यो?’+

तिम्रो घोर पापको कारण तिम्रो जामा जबरजस्ती फुकालिएको छ।+

तिम्रो कुर्कुच्चालाई हुनसम्मको पीडा भएको छ।

२३ के कुनै कुसीले* आफ्नो छालाको रङ्‌ग वा चितुवाले आफ्नो छालाको थोप्ला फेर्न सक्छ?+

यदि सक्छ भने मात्र तिमीहरूले पनि असल काम गर्न सक्छौ

किनकि तिमीहरूलाई खराब काम गर्ने बानी नै बसिसकेको छ।

२४ त्यसैले म तिनीहरूलाई मरुभूमिको बतासले उडाएको परालझैँ तितरबितर पार्नेछु।+

२५ यहोवा घोषणा गर्नुहुन्छ, “तिम्रो हिस्सा यही हो, मैले तिम्रो लागि छुट्ट्याएको भाग यही हो

किनकि तिमीले मलाई बिर्स्यौ+ र झूटा कुराहरूमाथि भरोसा राख्यौ।+

२६ त्यसैले म तिम्रो जामा उचालेर तिम्रो अनुहारसम्म पुऱ्‍याइदिनेछु

अनि तिम्रो लाज देखिनेछ,+

२७ तिमीले गरेको व्यभिचार*+ र तिम्रो कामवासना*

अनि तिम्रो लाजमर्दो वेश्‍यावृत्ति उदाङ्‌ग हुनेछ।

डाँडाहरूमा अनि मैदानमा

मैले तिम्रा घिनलाग्दा कामहरू देखेको छु।+

हे यरुसलेम, तिमीलाई धिक्कार छ!

तिमी कहिलेसम्म अशुद्ध रहिरहन्छौ?”+

१४ खडेरीबारे यहोवाको यो वचन यर्मियाकहाँ आयो:+

 २ यहुदा शोक गरिरहेको छ+ र त्यसका मूलढोकाहरू तहसनहस भएका छन्‌।

उदास भएर ती त्यसै भुईँमा पस्रिरहेका छन्‌।

यरुसलेमको रोदन स्वर्गसम्मै सुनिएको छ।

 ३ त्यहाँका ठूलाबडाहरू आफ्ना नोकरहरूलाई पानी लिन पठाउँछन्‌।

तिनीहरू कुवामा जान्छन्‌ तर पानी भेट्टाउँदैनन्‌।

रित्तो भाँडो लिएर तिनीहरू फर्कन्छन्‌।

तिनीहरू लज्जित र निराश हुन्छन्‌

अनि आफ्नो शिर ढाक्छन्‌।

 ४ किनकि एक थोपो पानी नपरेकोले

जमिनमा धाँजो फाटेको छ।+

किसानहरू हताश भएर आफ्नो शिर ढाक्छन्‌।

 ५ घाँस कतै नपाएकोले

मृगसमेत आफ्नो बच्चालाई छोडेर अन्तै जान्छ।

 ६ जङ्‌गली गधाहरू नाङ्‌गा डाँडाहरूमा ठिङ्‌ग उभिन्छन्‌।

स्यालझैँ तिनीहरू स्वाँस्वाँ गर्छन्‌।

हरियोपरियो खोज्दाखोज्दा तिनीहरूका आँखा थाकेका छन्‌।+

 ७ हाम्रो कुकर्मले हामीविरुद्ध गवाही दिन्छ,

तैपनि हे यहोवा, आफ्नो नामको खातिर केही गर्नुहोस्‌।+

हाम्रा अपराधहरू अनगिन्ती छन्‌,+

हामीले तपाईँकै विरुद्धमा पाप गरेका छौँ।

 ८ हे इस्राएलका आशा! विपत्तिबाट जोगाउनुहुने मुक्‍तिदाता!+

तपाईँ किन बास बस्न मात्र आएको यात्रीझैँ हामीलाई बेवास्ता गर्नुहुन्छ?

किन हामीसित परदेशीले झैँ व्यवहार गर्नुहुन्छ?

 ९ तपाईँ जिल्ल परेको मानिसजस्तै किन बन्‍नुहुन्छ?

वीर भईकन पनि बचाउन नसक्ने पुरुषझैँ किन बन्‍नुहुन्छ?

हे यहोवा! तपाईँ त हाम्रै माझ हुनुहुन्छ।+

हामी तपाईँकै नामले चिनिएका छौँ।+

त्यसैले हामीलाई नत्याग्नुहोस्‌।

१० यी मानिसहरूबारे यहोवा यसो भन्‍नुहुन्छ: “तिनीहरू यताउता चहार्न मन पराउँछन्‌;+ जता मन लाग्यो त्यतै जान्छन्‌।+ त्यसैले म यहोवा तिनीहरूसित पटक्कै खुसी छैनँ।+ म तिनीहरूका अपराध सम्झनेछु र त्यसको एक-एक हिसाब लिनेछु।”+

११ त्यसपछि यहोवाले मलाई यसो भन्‍नुभयो: “यी मानिसहरूको भलो होस्‌ भनेर प्रार्थना नगर।+ १२ तिनीहरू उपवास बस्दा म तिनीहरूको बिन्ती सुन्‍नेछैनँ।+ तिनीहरूले अग्निभेटी अनि अन्‍नभेटी चढाउँदा म त्यसलाई स्विकार्नेछैनँ।+ म तिनीहरूलाई तरबार, अनिकाल र रुढीले* नाश गर्नेछु।”+

१३ अनि मैले यसो भनेँ: “हाय! सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा! यी भविष्यवक्‍ताहरू मानिसहरूलाई यसो भन्दै छन्‌, ‘तिमीहरू तरबारले मारिनेछैनौ, अनिकालले तिमीहरूलाई सताउनेछैन। यो भूमिमा परमेश्‍वरले तिमीहरूलाई साँचो शान्ति दिनुहुनेछ।’”+

१४ अनि यहोवाले मलाई यसो भन्‍नुभयो: “ती भविष्यवक्‍ताहरूले मेरो नाममा झूटो भविष्यवाणी गरिरहेका छन्‌।+ मैले उनीहरूलाई पठाएको होइनँ। मैले उनीहरूलाई कुनै आदेश दिएको वा उनीहरूलाई केही बताएको पनि छैनँ।+ उनीहरू झूटो भविष्यवाणी गर्छन्‌, व्यर्थै जोखना हेर्छन्‌ र आफ्नै छली विचार बताउँछन्‌।+ १५ त्यसैले ती भविष्यवक्‍ताहरू, जसलाई मैले पठाएकै थिइनँ, जसले मेरो नाममा झूटा भविष्यवाणी गरे अनि यो भूमिमाथि तरबार र अनिकाल आइपर्नेछैन भनेर झूट बोले, उनीहरूलाई म यहोवा यसो भन्छु: ‘ती भविष्यवक्‍ताहरू तरबार र अनिकालले नामेट पारिनेछन्‌।+ १६ अनि उनीहरूले ज-जसलाई झूटा भविष्यवाणी सुनाए, तिनीहरू सबै अनिकाल र तरबारले गर्दा मर्नेछन्‌। तिनीहरू यरुसलेमका सडकहरूमा फालिनेछन्‌ अनि तिनीहरूलाई गाड्‌ने कोही हुनेछैन।+ ती मानिसहरू, तिनीहरूका पत्नी र छोराछोरी सबैले यही दुर्दशा भोग्नेछन्‌। म तिनीहरूमाथि यो विपत्ति ल्याउनेछु; तिनीहरू यसैको लायक छन्‌।’+

१७ “तिमीले तिनीहरूलाई यसो भन्‍नू,

‘मेरो आँखाबाट रातदिन आँसुको धारा बगोस्‌+

किनकि मेरो प्रजाकी कुमारी छोरीलाई कुल्चीमिल्ची पारिएको छ।+

उसलाई गम्भीर चोट लागेको छ।

१८ बाहिर खुला ठाउँमा गएर हेर्दा

तरबारले काटिएकाहरू मात्रै म देख्छु।+

अनि सहरभित्र आएर हेर्दा

भोकमरीको कारण मानिसहरू रोगले ग्रस्त भएको देख्छु।+

त्यहाँका भविष्यवक्‍ताहरू र पुजारीहरू अनजान ठाउँतिर लागेका छन्‌।’”+

१९ के तपाईँले यहुदालाई सधैँको लागि तिरस्कार गर्नुभएको हो? वा सियोनलाई घृणा गर्नुभएको हो?+

निको नै नहुनेगरि तपाईँले किन हामीलाई घायल पार्नुभयो?+

हामीले शान्ति छाउने आशा गरेका थियौँ तर केही पनि राम्रो भएन,

अवस्था सुध्रिएला भन्‍ने आशा गरेका थियौँ तर आतङ्‌क पो मच्चियो!+

२० हे यहोवा! हामी दुष्ट हौँ भनेर हामी स्विकार्छौँ,

हाम्रा पितापुर्खाका अपराध पनि हामी स्विकार्छौँ।

हामीले तपाईँविरुद्ध पाप गरेका छौँ।+

२१ आफ्नो नामको खातिर हामीलाई नत्याग्नुहोस्‌।+

आफ्नो गौरवशाली सिंहासनलाई तुच्छ नठान्‍नुहोस्‌।

हामीसित गरेको करार सम्झनुहोस्‌, त्यसलाई खारेज नगर्नुहोस्‌।+

२२ जातिजातिका व्यर्थका मूर्तिहरूले झरी बर्साउन सक्छन्‌ र?

अथवा के आकाश आफैले पानी बर्साउन सक्छ र?

हे यहोवा, हाम्रा परमेश्‍वर! त्यसो गर्न सक्ने त तपाईँ मात्र हुनुहुन्छ।+

हामी तपाईँमै भर पर्छौँ

किनकि यी सब गर्ने तपाईँ नै हुनुहुन्छ।

१५ त्यसपछि यहोवाले मलाई यसो भन्‍नुभयो: “अहिले मसामु मोसा र समुएल नै भएको भए पनि+ म ती मानिसहरूलाई रतीभर दया देखाउने थिइनँ। ती मानिसहरूलाई मेरो सामनेबाट निकालिदेऊ। तिनीहरू यहाँबाट अन्तै जाऊन्‌। २ अनि तिनीहरूले ‘हामी कहाँ जाऔँ’ भनेर सोधे भने तिमीले यस्तो जवाफ दिनू, ‘यहोवा यसो भन्‍नुहुन्छ:

“ज-जसलाई महामारीको निम्ति छुट्ट्याइएको छ, तिनीहरू महामारीले मारिऊन्‌!

ज-जसलाई तरबारको निम्ति छुट्ट्याइएको छ, तिनीहरू तरबारले काटिऊन्‌!+

ज-जसलाई अनिकालको निम्ति छुट्ट्याइएको छ, तिनीहरू अनिकालले मरून्‌!

ज-जसलाई कैदको निम्ति छुट्ट्याइएको छ, तिनीहरू कैदमा परून्‌!”’+

३ “यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूमाथि चार वटा विपत्ति* ल्याउनेछु:+ तिनीहरूलाई मार्न तरबार, तिनीहरूका लासलाई तानेर लैजान कुकुरहरू, तिनीहरूलाई निल्न र नाश गर्न आकाशका चराचुरुङ्‌गी र पृथ्वीका जनावरहरू।+ ४ हिजकियाहका छोरा, यहुदाका राजा मनस्सेले यरुसलेममा गरेका पापहरूको कारण म तिनीहरूलाई सजाय दिनेछु।+ त्यो देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्‌।+

 ५ ए यरुसलेम, तिमीलाई कसले दया देखाउला?

कसले तिमीमाथि टिठाउला?

तिम्रो हालखबर बुझ्न को तिमीकहाँ आउला?’

 ६ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीले मलाई त्यागेका छौ।+

तिमीले बारम्बार मलाई पीठ फर्काएका छौ।*+

त्यसैले म आफ्नो हात पसारेर तिमीलाई नाश गर्नेछु।+

तिमीलाई दया देखाउँदा-देखाउँदा* म थाकिसकेँ।

 ७ देशका मूलढोकाहरूमा अन्‍न बत्ताएझैँ म तिनीहरूलाई बत्ताउनेछु।

तिनीहरूले छोराछोरीको वियोग सहनुपर्नेछ।+

म आफ्ना मानिसहरूलाई नाश गर्नेछु

किनकि तिनीहरू आफ्नो खराब मार्ग त्याग्न मान्दैनन्‌।+

 ८ तिनीहरूका विधवाहरू समुद्रका बालुवाभन्दा धेरै हुनेछन्‌।

मध्यदिनमा त्यहाँका आमाहरू र बालबच्चालाई नाश गर्न म एक जना पठाउनेछु।

म अचानक तिनीहरूलाई नैराश्‍य र त्रासले छोप्नेछु।

 ९ सात जना छोराछोरी जन्माएकी स्त्री शिथिल भएकी छे।

ऊ सकीनसकी सास फेर्दै छे।

दिउँसै उसको घाम डुब्यो,

त्यसैले ऊ लज्जित र अपमानित भएकी छे।’*

यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिनीहरूमध्ये बाँकी रहेका थोरैलाई

म शत्रुको तरबारको सिकार बनाउनेछु।’”+

१० हे मेरी आमा, धिक्कार छ मलाई! तपाईँले किन मलाई जन्म दिनुभयो?+

पूरै देशका मानिसहरूसित मेरो बाझाबाझ र झैझगडा मात्र पर्छ।

न मैले कसैको ऋण खाएको छु न कसैलाई ऋण दिएको नै छु

तैपनि सबै जना मलाई नै सराप्छन्‌।

११ यहोवाले यसो भन्‍नुभयो: “म तिमीलाई अवश्‍य मदत गर्नेछु।

विपत्ति र सङ्‌कष्टको समयमा

म निश्‍चय नै तिम्रो पक्षमा भएर शत्रुसित कुरा गर्नेछु।

१२ के कसैले फलामलाई टुक्राटुक्रा पार्न सक्छ?

तामालाई र उत्तरबाट आएको फलामलाई कसैले धुलोपिठो पार्न सक्छ?

१३ तिनीहरूले देशभरि गरेका पापहरूको सजायस्वरूप

म तिनीहरूका धनसम्पत्ति र खजाना शत्रुहरूलाई लुट्‌न दिनेछु;+ उनीहरूले ती सब सित्तैँमा लैजानेछन्‌।

१४ म शत्रुहरूको हातमा ती सब सुम्पनेछु

र उनीहरूले त्यसलाई अनजान देशमा लैजानेछन्‌।+

किनकि मेरो रिसको आगो सल्किएको छ

र त्यो तिनीहरूविरुद्ध दनदनी बलिरहेको छ।”+

१५ हे यहोवा, तपाईँलाई मेरो अवस्था थाह छ।

मलाई सम्झनुहोस्‌ र मतर्फ ध्यान दिनुहोस्‌।

मेरा शत्रुहरूसित बदला लिनुहोस्‌।+

तिनीहरूमाथि रिस पोखाउन ढिला नगर्नुहोस्‌, नत्र त म नाश हुनेछु।

तपाईँकै लागि म यो बदनामी सहँदै छु भनेर नबिर्सनुहोस्‌।+

१६ मैले तपाईँको वचन पाएँ र त्यो खाएँ।+

त्यो खाएर म रमाएँ र मेरो हृदय अति प्रसन्‍न भयो।

किनकि हे सेनाहरूका परमेश्‍वर यहोवा, म तपाईँकै नामले चिनिएको छु।

१७ मैले मोजमस्ती गर्नेहरूसित बसेर रमझम गरेको छैनँ।+

तपाईँले ममाथि आफ्नो हात राख्नुभएकोले म एक्लै बसेको छु।

किनकि तपाईँले मलाई रिसले* भरिदिनुभएको छ।+

१८ मेरो पीडा किन कम हुँदैन? किन मेरो घाउ निको हुँदैन?

त्यो बिसेक हुनै मान्दैन।

के तपाईँ मेरो लागि धोका दिने मुहानजस्तै बन्‍नुहुन्छ,

जसमाथि भर पर्नै सकिँदैन?

१९ त्यसैले यहोवा यसो भन्‍नुहुन्छ:

“तिमी फर्कियौ भने म तिमीलाई स्वीकार गर्नेछु

र तिमीले मेरो सेवा गरिरहनेछौ।

तिमीले व्यर्थका कुराहरूबाट बहुमूल्य कुराहरूलाई छुट्ट्यायौ भने

तिमी मेरो प्रवक्‍ता हुनेछौ।

तिनीहरू तिमीकहाँ फर्कन बाध्य हुनेछन्‌

तर तिमी भने तिनीहरूकहाँ जानुपर्नेछैन।”

२० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म तिमीलाई यी मानिसहरूसामु तामाको बलियो पर्खालजस्तै बनाउनेछु।+

तिनीहरू तिमीसित अवश्‍य लड्‌नेछन्‌

तर तिमीलाई जित्न सक्नेछैनन्‌।+

किनकि तिमीलाई बचाउन र तिम्रो उद्धार गर्न म तिम्रो साथमा छु।

२१ म तिमीलाई दुष्टहरूको हातबाट जोगाउनेछु

र निष्ठुरहरूको पन्जाबाट छुटाउनेछु।”

१६ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई यसो भन्‍नुभयो: २ “तिमीले विवाह नगर्नू र छोराछोरी नजन्माउनू। ३ किनभने यहाँ जन्मने छोराछोरी र तिनीहरूका आमाबुबाबारे यहोवा यसो भन्‍नुहुन्छ: ४ ‘तिनीहरू डरलाग्दो रोगबिमारले मर्नेछन्‌+ अनि तिनीहरूको लागि शोक गर्ने कोही हुनेछैन। तिनीहरूलाई गाड्‌ने पनि कोही हुनेछैन। तिनीहरू मलसरि जमिनमा त्यसै रहनेछन्‌।+ तिनीहरू तरबार र अनिकालले मर्नेछन्‌।+ तिनीहरूका लास आकाशका चराचुरुङ्‌गी र पृथ्वीका जनावरहरूको आहारा हुनेछ।’

 ५ किनकि यहोवा यसो भन्‍नुहुन्छ,

‘शोक परेको घरमा नजानू,

विलाप गर्न वा समवेदना दिन तिनीहरूकहाँ नजानू।’+

यहोवा यस्तो घोषणा गर्नुहुन्छ: ‘किनकि मैले तिनीहरूलाई दिएको शान्ति खोसिसकेको छु।

तिनीहरूलाई अटल प्रेम र कृपा देखाउन पनि छोडिसकेको छु।+

 ६ यस देशका ठूलाबडा र गरिबगुरुवा सबै मर्नेछन्‌।

तिनीहरू गाडिनेछैनन्‌,

तिनीहरूको लागि कसैले शोक गर्नेछैन

अनि कसैले पनि तिनीहरूको लागि आफ्नो शरीरमा चोट पार्नेछैन र कपाल खौरनेछैन।*

 ७ शोक परेकाहरूलाई कसैले खानेकुरा दिनेछैन,

तिनीहरूलाई दिलासा दिने कोही हुनेछैन

अनि आमाबुबा गुमाएकाहरूलाई

कसैले सान्त्वनाको कचौरा दिनेछैन।

 ८ तिमी भोजभतेर भइरहेको घरमा पनि नपस्नू

अनि तिनीहरूसित बसेर खानपिन नगर्नू।’

९ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरू जिउँदो छँदै अनि तिमीहरूकै आँखाअगाडि म यो ठाउँबाट हर्ष र रमाहट हटाइदिनेछु। अनि दुलहा-दुलहीको आवाज पनि बन्द गरिदिनेछु।’+

१० “तिमीले मानिसहरूलाई यो कुरा सुनाएपछि तिनीहरूले सोध्नेछन्‌, ‘यहोवाले हामीविरुद्ध यत्ति ठूलो विपत्ति ल्याउँछु भनेर किन भन्‍नुभयो? हामीले यहोवा हाम्रा परमेश्‍वरविरुद्ध के गल्ती गऱ्‍यौँ, के पाप गऱ्‍यौँ?’+ ११ त्यतिबेला तिमीले तिनीहरूलाई यस्तो जवाफ दिनू, ‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “तिमीहरूका पितापुर्खाले मलाई त्यागे।+ तिनीहरू अरू देवताको पछि लागिरहे, तिनलाई पुजिरहे अनि दण्डवत्‌ गरिरहे।+ तिनीहरूले मलाई त्यागेर मेरा नियमहरू उल्लङ्‌घन गरे।+ १२ तर तिमीहरू त तिनीहरूभन्दा पनि दुष्ट रहेछौ।+ मेरो आज्ञा पालन गर्नु त कता हो कता, तिमीहरू आफ्नै हठी हृदयको कुरा सुन्छौ।+ १३ त्यसैले म तिमीहरूलाई लघारेर यस्तो ठाउँमा पठाउनेछु, जुन ठाउँबारे न तिमीहरूले न तिमीहरूका पितापुर्खाले नै सुनेका थियौ।+ त्यहाँ तिमीहरूले दिनरात अरू देवताको सेवा गर्नुपर्नेछ+ किनकि म तिमीहरूलाई रतीभर दया देखाउनेछैनँ।”’

१४ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘यस्तो समय आउँदै छ, जब तिनीहरूले “इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवाको कसम” भन्‍नेछैनन्‌।+ १५ बरु तिनीहरूले “इस्राएलीहरूलाई उत्तरबाट अनि तिनीहरूलाई तितरबितर पारेका अरू सबै देशबाट जम्मा गर्नुहुने यहोवाको कसम” भन्‍नेछन्‌। किनकि म तिनीहरूलाई त्यो देशमा फर्काउनेछु, जुन मैले तिनीहरूका पितापुर्खालाई दिएको थिएँ।’+

१६ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म धेरै जलारी पठाउनेछु,

तिनीहरूले तिमीहरूलाई जालमा पार्नेछन्‌।

त्यसपछि म थुप्रै सिकारी पठाउनेछु,

तिनीहरूले तिमीहरूलाई डाँडापाखा

अनि पहराका कुनाकाप्चामा खोजीखोजी सिकार गर्नेछन्‌।

१७ तिमीहरूले गरेको एक-एक कुरा मैले नियालेको छु।

तिमीहरूको कुनै कुरा मदेखि लुकेको छैन

न त तिमीहरूको गल्ती नै मेरो नजरबाट लुकेको छ।

१८ सुरुमा म तिमीहरूले गरेको गल्ती र पापको पूरापूर हिसाब लिनेछु+

किनकि तिमीहरूले मेरो देशलाई निर्जीव र घिनलाग्दा मूर्तिहरूले दूषित पारेका छौ

अनि मेरो भूमिलाई घिनलाग्दा थोकहरूले भरेका छौ।’”+

१९ हे यहोवा, मेरो बल र मेरो किल्ला,

विपत्तिको दिनमा मेरो शरणस्थान,+

पृथ्वीका कुनाकुनाबाट मानिसहरू तपाईँकहाँ आउनेछन्‌

अनि तिनीहरूले यसो भन्‍नेछन्‌: “हाम्रा पुर्खाहरू त झूटा कुराहरूको पछि लागे,

तिनीहरू व्यर्थका अनि केही फाइदा नहुने कुराहरूको पछि लागे।”+

२० के मानिसले आफ्नो निम्ति देवताहरू बनाउन सक्छ र?

तिनीहरूले बनाएका देवताहरू साँच्चैका देवताहरू होइनन्‌।+

२१ “त्यसैले अब तिनीहरूले थाह पाउनेछन्‌;

म तिनीहरूलाई आफ्नो शक्‍ति र पराक्रम देखाउनेछु।

अनि मेरो नाम यहोवा हो भनेर तिनीहरूले जान्‍नेछन्‌।”

१७ “यहुदाको पाप फलामको कलमले* लेखिएको छ;

हिराको टुप्पोले त्यो तिनीहरूको हृदयको पाटीमा

र तिनीहरूको वेदीका सिङहरूमा खोपिएको छ।

 २ अनि तिनीहरूका छोराहरूले अग्ला डाँडाहरूमा,+

झ्याम्म परेको रूखनजिकै भएका आफ्ना वेदीहरू र पवित्र खामाहरू* सम्झिन्छन्‌।+

 ३ त्यसैले हे यहुदाका मानिसहरू हो, तिमीहरूका धन-सम्पत्ति, खजाना र ती अग्ला थानहरूसमेत म शत्रुहरूलाई लुट्‌न दिनेछु+

किनकि तिमीहरूले देशभरि दुष्ट काम गरेका छौ।+

 ४ मैले तिमीहरूलाई दिएको भूमि तिमीहरूले आफ्नै गल्तीले गर्दा गुमाउनेछौ+

अनि तिमीहरूले अनजान ठाउँमा आफ्ना शत्रुहरूको सेवा गर्नुपर्नेछ।+

तिमीहरूले मेरो रिसलाई आगोझैँ दन्काएका छौ;*+

त्यो अब निभ्नेछैन।”

 ५ यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“मानिसमाथि* भरोसा गर्ने,+

मानिसको बलमा भर पर्ने+

र म यहोवादेखि टाढा हुनेलाई धिक्कार छ।

 ६ ऊ मरुभूमिको एक्लो रूखजस्तो हुनेछ।

उसले कहिल्यै असल कुरा देख्नेछैन।

कोही नटिक्ने नुनिलो जमिनमा

अनि कोही नबस्ने सुक्खा ठाउँमा ऊ बस्नुपर्नेछ।

 ७ यहोवामा भरोसा गर्ने मानिस

र यहोवामाथि भर पर्ने मानिस धन्यको हो।+

 ८ त्यो मानिस नदीको किनारमा रोपेको बोटजस्तै हुनेछ,

जसले नदीतिर जरा फैलाएको हुन्छ।

चर्को घामले पनि त्यसलाई पटक्कै पोल्दैन।

त्यसका पात सधैँ हरिया हुन्छन्‌।+

खडेरी पर्दा त्यो निष्फिक्री रहन्छ

र त्यसले बाह्रै महिना फल दिन्छ।

 ९ मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट* हुन्छ।+

त्यसलाई कसले बुझ्न सक्छ र?

१० म यहोवा मानिसको हृदय केलाउँछु;+

मानिसको भित्री विचारसमेत* म जाँच्छु

अनि मानिसलाई उसको चाल

र उसको कामअनुसारको फल दिन्छु।+

११ बेइमानी गरेर धनसम्पत्ति कमाउने मानिस

आफूले नपारेको अण्डा कोरल्ने च्याखुराजस्तै हुन्छ।+

केही समय नबित्दै धनसम्पत्तिले उसलाई छोडेर जान्छ

र अन्तमा ऊ मूर्ख साबित हुन्छ।”

१२ परमेश्‍वरको सिंहासन अर्थात्‌ हाम्रो मन्दिर

सुरुदेखि नै महिमित छ।+

१३ हे यहोवा, इस्राएलका आशा,

तपाईँलाई त्याग्नेहरूजति सबै लाजमा पर्नेछन्‌।

तपाईँलाई* धोका दिनेहरूजति सबैको नाम धुलोमा लेखिनेछ+

किनकि तिनीहरूले जीवन दिने पानीको मूल यहोवालाई त्यागेका छन्‌।+

१४ हे यहोवा! मलाई निको पार्नुहोस्‌ र म निको हुनेछु।

मलाई बचाउनुहोस्‌ र म बच्नेछु+

किनकि मैले तपाईँकै प्रशंसा गरेको छु।

१५ हेर्नुहोस्‌! मानिसहरू मलाई यसो भन्छन्‌:

“यहोवाको वचन किन अहिलेसम्म पूरा भएको छैन?”+

१६ तर मैले त गोठालोको काम गर्न र तपाईँको पछिपछि लाग्न छोडिनँ।

विनाशको दिन आओस्‌ भनेर मैले कहिल्यै चिताइनँ।

मैले बोलेका सबै कुरा तपाईँ जान्‍नुहुन्छ;

तपाईँकै सामुन्‍ने मैले ती बोलेको हुँ।

१७ मलाई त्रसित नपार्नुहोस्‌

किनकि विपत्तिको दिनमा तपाईँ नै मेरो शरणस्थान हुनुहुन्छ।

१८ मेरो खेदो गर्नेहरूलाई लाजमा पार्नुहोस्‌+

तर म लज्जित हुनु नपरोस्‌।

तिनीहरूलाई त्रासले छोपोस्‌

तर मलाई भने त्रासले नछोपोस्‌।

तिनीहरूमाथि विपत्ति ल्याउनुहोस्‌।+

तिनीहरूलाई कुल्चीमिल्ची पार्नुहोस्‌ र तिनीहरूको नामोनिसान मेटाइदिनुहोस्‌।

१९ अनि यहोवा परमेश्‍वरले मलाई यसो भन्‍नुभयो: “जाऊ, यहुदाका राजाहरू भित्र-बाहिर गर्ने यरुसलेमको मूलढोका* र अरू सबै ढोकामा गएर उभिऊ।+ २० अनि तिनीहरूलाई यसो भन, ‘यी ढोकाहरूबाट आउजाउ गर्ने यहुदाका राजाहरू, यहुदाका मानिसहरू र यरुसलेमका बासिन्दाहरू हो, यहोवाको कुरा सुन! २१ यहोवा यसो भन्‍नुहुन्छ: “खबरदार! तिमीहरूले विश्रामदिनमा* कुनै भारी नबोक्नू र यरुसलेमका ढोकाहरूबाट कुनै मालसामान भित्र नल्याउनू।+ २२ त्यो दिन तिमीहरूले आफ्नो घरबाट कुनै भारी ननिकाल्नू अनि अरू कुनै पनि काम नगर्नू।+ मैले तिमीहरूका पितापुर्खालाई आज्ञा दिएझैँ तिमीहरूले विश्रामदिनलाई पवित्र मान्‍नू।+ २३ तर तिमीहरूका पितापुर्खाले मेरो कुरा सुनेनन्‌। तिनीहरूले हठी भएर मेरो आज्ञाको अवहेलना गरे र मेरो अनुशासनलाई तिरस्कार गरे।”’+

२४ “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “तर यदि तिमीहरूले मेरो एक-एक आज्ञा पालन गऱ्‍यौ, विश्रामदिनमा यस सहरको ढोकाबाट कुनै मालसामान ओसारपसार गरेनौ र त्यस दिनलाई पवित्र मानेर कुनै काम गरेनौ भने+ २५ दाउदको सिंहासनमा बस्ने राजा अनि भारदारहरू+ घोडामा र रथमा सवार भएर यस सहरका ढोकाहरूबाट प्रवेश गर्नेछन्‌। तिनीहरू, यहुदाका मानिसहरू र यरुसलेमका सबै बासिन्दा यस सहरका ढोकाहरूबाट प्रवेश गर्नेछन्‌+ र मानिसहरू यहाँ सधैँभरि बसोबास गर्नेछन्‌। २६ मानिसहरू यहुदाका सहरहरूबाट, यरुसलेमवरपरका ठाउँहरूबाट, बिन्यामिनको इलाकाबाट,+ बेँसीबाट,+ यहुदाका पहाडी भेगबाट अनि नेगेबबाट* आउनेछन्‌। तिनीहरूले आफूसित बलिदान,+ अग्निभेटी,+ अन्‍नभेटी,+ सेतो धूप* र धन्यवादको बलिदान ल्याउनेछन्‌+ अनि यहोवाको भवनमा चढाउनेछन्‌।

२७ “‘“तर यदि तिमीहरूले विश्रामदिनलाई पवित्र मानेनौ, त्यो दिन भारी बोक्यौ अनि यरुसलेमका ढोकाहरूबाट मालसामान ओसारपसार गऱ्‍यौ भने म यरुसलेमका ढोकाहरूमा आगो लगाइदिनेछु र त्यो निभ्नेछैन। अनि यरुसलेमका बलिया किल्लाहरू जलेर खरानी हुनेछन्‌।”’”+

१८ यहोवाको यो वचन यर्मियाकहाँ आयो: २ “उठ र कुमालेको घरमा जाऊ।+ त्यहाँ म तिमीलाई आफ्नो सन्देश सुनाउनेछु।”

३ त्यसैले म कुमालेको घरमा गएँ। त्यहाँ तिनी चक्कामा माटोको भाँडो बनाउँदै थिए। ४ तर त्यो भाँडो बनाउँदा बनाउँदै तिनको हातैमा बिग्रियो। अनि तिनले त्यसलाई फेरि मुछे र आफूले चाहेअनुसार अर्को भाँडो बनाए।

५ त्यसपछि यहोवाको यो वचन मकहाँ आयो: ६ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘ए इस्राएलको घराना! के म तिमीहरूलाई यो कुमालेले गरेजस्तै गर्न सक्दिनँ र? हेर, तिमीहरू मेरो लागि कुमालेको हातको माटोजस्तै छौ।+ ७ यदि मैले कुनै जाति वा राष्ट्रको विषयमा ‘म त्यसलाई उखेल्नेछु, भत्काउनेछु र विनाश गर्नेछु’ भनेँ+ ८ तर त्यस राष्ट्रले आफ्नो दुष्ट मार्ग त्याग्यो भने म आफ्नो मन बदल्नेछु* र त्यसमाथि जुन विपत्ति ल्याउने विचार गरेको थिएँ, त्यो ल्याउनेछैनँ।+ ९ अथवा मैले कुनै जाति वा राष्ट्रको विषयमा ‘म त्यसलाई निर्माण गर्नेछु र रोप्नेछु’ भनेँ १० तर त्यस राष्ट्रले मेरो नजरमा जे खराब छ, त्यही गऱ्‍यो र मेरो आज्ञा मानेन भने म आफ्नो मन बदल्नेछु र त्यसलाई जे आशिष्‌ दिने विचार गरेको थिएँ, त्यो दिनेछैनँ।’

११ “अब यहुदा र यरुसलेमका बासिन्दाहरूलाई यसो भन, ‘यहोवा यसो भन्‍नुहुन्छ, “म तिमीहरूमाथि विपत्ति ल्याउने तयारी गर्दै छु; तिमीहरूविरुद्ध मैले एउटा युक्‍ति रचेको छु।” त्यसैले उहाँ यस्तो आग्रह गर्नुहुन्छ, “गलत मार्ग त्याग र आफ्नो तौरतरिका अनि चालचलन सुधार।”’”+

१२ तर तिनीहरूले यसो भने: “अहँ! हामी त्यसो गर्नेछैनौँ!+ हामी सबै आफ्नै सोचाइअनुसार चल्नेछौँ; हामी हठी नै हुनेछौँ र आफ्नो दुष्ट हृदयले जे भन्छ, त्यही गर्नेछौँ।”+

१३ त्यसैले यहोवा यस्तो आग्रह गर्नुहुन्छ:

“तिमीहरू आफै गएर अरू राष्ट्रहरूलाई सोध।

के अहिलेसम्म कसैले यस्तो कुरा सुनेको छ?

कुमारी इस्राएलले साह्रै घिनलाग्दो काम गरेकी छे।+

१४ के लेबनानको भिरालो ठाउँका चट्टानहरूमा भएको हिउँ कहिल्यै पग्लन्छ र?

अथवा टाढाबाट बगेर आउने चिसो पानी कहिल्यै सुक्छ र?

१५ तर मेरा मानिसहरूले मलाई बिर्सेका छन्‌।+

तिनीहरू व्यर्थ कुराहरूको निम्ति बलि चढाउँछन्‌।+

तिनीहरू मानिसहरूलाई ठेस पुऱ्‍याएर पुरानो बाटोबाट तर्काउँछन्‌+

अनि खाल्टाखुल्टी परेको गोरेटोमा हिँड्‌न लगाउँछन्‌।

१६ त्यसैले तिनीहरूको देशको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+

यस देशलाई हेरेर मानिसहरूले सधैँ खिसी गर्दै सिटी बजाउनेछन्‌।+

अनि यस देशबाट भएर जाने सबै जना यसको हालत देखेर डरले हेरेको हेऱ्‍यै हुनेछन्‌ र मुन्टो हल्लाउनेछन्‌।+

१७ पूर्वीय बतासले धुलो यताउता उडाएझैँ म तिनीहरूलाई शत्रुसामु तितरबितर पारिदिनेछु।

विनाशको दिनमा म तिनीहरूतिर आफ्नो अनुहार होइन, पीठ फर्काउनेछु।”+

१८ अनि तिनीहरूले यसो भने: “आओ, यर्मियाविरुद्ध षड्‌यन्त्र रचौँ।+ त्यसविरुद्ध आवाज उठाऔँ र त्यसले भनेको कुनै पनि कुरालाई वास्ता नगरौँ। किनकि हामीलाई हाम्रै पुजारीहरूले व्यवस्था* सिकाउनेछन्‌, हाम्रै बुद्धिमान्‌ मानिसहरूले सल्लाह दिनेछन्‌ र हाम्रै भविष्यवक्‍ताहरूले परमेश्‍वरको वचन सुनाउनेछन्‌।”

१९ हे यहोवा, मेरो कुरा सुन्‍नुहोस्‌।

मेरा विरोधीहरूले के भनिरहेका छन्‌, ध्यान दिनुहोस्‌।

२० के भलाइको बदलामा खराबी गर्नु उचित हो?

किनकि तिनीहरूले मलाई मार्न खाडल खनेका छन्‌।+

हे परमेश्‍वर सम्झनुहोस्‌, तिनीहरूविरुद्ध तपाईँको क्रोध हटोस्‌ भनेर

तिनीहरूको पक्षमा असल कुरा भन्‍न म कत्ति पटक तपाईँसामु खडा भएँ!

२१ त्यसैले तिनीहरूका छोराहरूलाई अनिकालको सिकार बनाइदिनुहोस्‌।

तिनीहरू तरबारले मारिऊन्‌।+

तिनीहरूका पत्नीहरूले छोराछोरीको वियोग सहनुपरोस्‌ र विधवा हुनुपरोस्‌।+

तिनीहरूका पुरुषहरू घातक महामारीले मरून्‌।

तिनीहरूका तन्‍नेरीहरू युद्धमा तरबारले काटिऊन्‌।+

२२ तिनीहरूकहाँ लुटेराहरू पठाइदिनुहोस्‌

र तिनीहरूको घरबाट रुवाबासीको आवाज सुनियोस्‌।

किनकि मलाई पासोमा पार्न तिनीहरूले खाडल खनेका छन्‌

र मैले टेक्ने ठाउँमा पासो थापेका छन्‌।+

२३ तर हे यहोवा,

तिनीहरूले मेरो हत्या गर्न रचेका एक-एक षड्‌यन्त्र तपाईँलाई थाह छ।+

तिनीहरूको गल्ती ढाकछोप नगर्नुहोस्‌

अनि तिनीहरूको पाप नपखाल्नुहोस्‌।

आफ्नो रिसमा तिनीहरूलाई सजाय दिनुहुँदा+

तिनीहरूले तपाईँसामु ठक्कर खाऊन्‌।+

१९ यहोवा यसो भन्‍नुहुन्छ: “जाऊ, कुमालेकहाँ गएर माटोको एउटा भाँडो किन।+ अनि केही मुखिया र केही अनुभवी पुजारीलाई लिएर २ ‘हिन्‍नोमको छोराको बेँसी’-को+ खपटा-ढोकामा जाऊ। अनि मैले बताउन लागेको कुरा त्यहाँ घोषणा गर। ३ तिमीले तिनीहरूलाई यसो भन्‍नू, ‘हे यहुदाका राजाहरू अनि यरुसलेमका बासिन्दाहरू हो! यहोवाको वचन सुन। सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“‘“म यस ठाउँमा विपत्ति ल्याउनेछु। अनि यो घोषणा सुन्‍नेजति सबैको कान बज्नेछ। ४ किनभने तिनीहरूले मलाई त्यागेका छन्‌+ र यो ठाउँलाई मैले चिन्‍नै नसक्ने बनाएका छन्‌।+ तिनीहरूले यहाँ अरू देवताको निम्ति बलि चढाएका छन्‌, जसलाई न तिनीहरूले न तिनीहरूका पुर्खाहरूले न त यहुदाका राजाहरूले नै चिनेका थिए। साथै तिनीहरूले निर्दोष मानिसहरूको रगतले यो ठाउँ भरेका छन्‌।+ ५ आफ्ना छोराहरूलाई अग्निभेटीको रूपमा चढाउन तिनीहरूले बाआलको निम्ति अग्ला थानहरू* बनाएका छन्‌।+ मैले तिनीहरूलाई यसो गर्नू भनेर आज्ञा दिएकै थिइनँ। त्यस्तो कुरा मेरो मनमा समेत आएको थिएन।”’+

६ “‘यहोवा घोषणा गर्नुहुन्छ, “हेर, यस्तो दिन आउँदै छ, जब मानिसहरूले यस ठाउँलाई तोफेथ वा ‘हिन्‍नोमको छोराको बेँसी’ होइन बरु हत्या बेँसी भन्‍नेछन्‌।+ ७ यस ठाउँमा म यरुसलेम र यहुदाको योजना विफल तुल्याइदिनेछु। तिनीहरूलाई शत्रुहरूको तरबारले मर्न दिनेछु र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा सुम्पिदिनेछु। तिनीहरूको लासलाई आकाशका चराचुरुङ्‌गी अनि पृथ्वीका जनावरहरूका निम्ति आहारा बनाइदिनेछु।+ ८ म यो सहरको हालत यस्तो बनाइदिन्छु कि यो सहर भएर जाने जो कोही पनि यसको हालत देखेर डरले हेरेको हेऱ्‍यै हुनेछ र खिसी गर्दै सिटी बजाउनेछ।+ ९ तिनीहरूका शत्रुहरू अनि तिनीहरूको ज्यान लिन खोज्नेहरूले घेरा हाल्दा तिनीहरू आकुलव्याकुल हुनेछन्‌ र म तिनीहरूलाई आफ्नै छोराछोरी अनि छिमेकीको मासु खान बाध्य पार्नेछु।”’+

१० “अनि तिमीसँगै जाने मानिसहरूको अगाडि त्यो माटोको भाँडो फुटाऊ ११ र तिनीहरूलाई यसो भन, ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “जसरी कुनै मानिसले माटोको भाँडोलाई जोड्‌नै नसकिनेगरि फुटाउँछ, यी मानिसहरू अनि यस सहरलाई म त्यसैगरि नाश गर्नेछु। तिनीहरूले तोफेथमा यति धेरै लास गाड्‌नेछन्‌ कि त्यहाँ पाइला राख्ने ठाउँसमेत हुनेछैन।”’+

१२ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म यो सहर अनि यहाँ बस्ने मानिसहरूको हालत तोफेथको जस्तै बनाइदिनेछु। १३ यरुसलेमका घरहरू अनि यहुदाका राजाहरूका महलहरू तोफेथजस्तै अशुद्ध हुनेछन्‌।+ हो, जुन-जुन घरका छतमा तिनीहरूले आकाशका सारा सेनाका लागि* बलि चढाए+ र अरू देवताहरूका लागि मद्यभेटी चढाए,+ ती सबै अशुद्ध हुनेछन्‌।’”

१४ यहोवाले भविष्यवाणी गर्न पठाउनुभएको ठाउँ तोफेथबाट फर्केपछि यर्मिया यहोवाको भवनको चोकमा गएर उभिए र सबै मानिसलाई यसो भने: १५ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म यो सहर अनि यसका सबै इलाकामा मैले भनेका सबै विपत्ति ल्याउनेछु किनकि तिनीहरूले हठी हुँदै मेरो वचन पालन गर्न इन्कार गरे।’”+

२० इम्मेरका छोरा पासुहरले यर्मियाको भविष्यवाणी सुनिरहेका थिए। उनी पुजारी र यहोवाको भवनको नाइके पनि थिए। २ भविष्यवक्‍ता यर्मियाको कुरा सुनेपछि पासुहरले तिनलाई पिटे र यहोवाको भवनमा भएको ‘बिन्यामिनको माथिल्लो ढोका’-नजिकै ठिँगुरोमा हाले।+ ३ अनि भोलिपल्ट पासुहरले यर्मियालाई ठिँगुरोबाट निकालेपछि यर्मियाले उनलाई यसो भने:

“यहोवाले तपाईँको नाम पासुहर होइन, ‘चारैतिरको आतङ्‌क’ राख्नुभएको छ।+ ४ किनकि यहोवा यसो भन्‍नुहुन्छ: ‘तिम्रो कारणले तिम्रा साथीहरू आतङ्‌कित हुनेछन्‌ र तिमी आफै पनि आतङ्‌कित हुनेछौ। तिम्रा साथीहरू तिम्रै आँखाअगाडि शत्रुहरूको तरबारले काटिनेछन्‌।+ म यहुदाका मानिसहरूलाई बेबिलोनका राजाको हातमा सुम्पनेछु। तिनले उनीहरूलाई कैदी बनाएर बेबिलोन लैजानेछन्‌ र तरबारले काटेर मार्नेछन्‌।+ ५ अनि म यस सहरका सबै धनसम्पत्ति, सबै बहुमूल्य कुरा र यहुदाका राजाहरूका सबै खजाना तिनीहरूका शत्रुहरूलाई दिनेछु।+ उनीहरूले ती सबै लुट्‌नेछन्‌, आफ्नो बनाउनेछन्‌ र बेबिलोनमा लैजानेछन्‌।+ ६ अनि ए पासुहर, तिमी र तिम्रो घरमा बस्नेहरूजति सबै कैदमा पर्नेछौ। तिमी बेबिलोनमा लगिनेछौ र त्यहीँ मर्नेछौ। तिमी त्यहाँ आफ्ना साथीहरूसितै गाडिनेछौ किनकि तिमीले तिनीहरूलाई झूटो भविष्यवाणी सुनायौ।’”+

 ७ हे यहोवा, तपाईँले मलाई झुक्क्याउनुभयो र म झुक्किएँ।

तपाईँले मलाई जित्नुभयो र मभन्दा बलियो साबित हुनुभयो।+

दिनभरि सबैले मेरो खिल्ली उडाउँछन्‌

र म हाँसोको पात्र भएको छु।+

 ८ मैले बोलेपिच्छे यस्तो घोषणा गर्नुपरेको छ:

“मारकाट र सर्वनाश हुनेछ!”

यहोवाको वचन सुनाएकोले मैले दिनभर अपमान र ठट्टा सहनुपरेको छ।+

 ९ त्यसैले मैले यस्तो विचार गरेँ: “म अब उहाँबारे एक शब्द बोल्दिनँ,

म उहाँको नाममा केही भन्दिनँ।”+

तर मलाई साह्रै छटपटी भयो, मेरो हड्डीभित्र आगो थुनिएझैँ भयो।

त्यसलाई गुम्साएर राख्दा-राख्दा म थकित भएँ,

म नबोली बस्नै सकिनँ।+

१० किनकि मानिसहरूले झूटो हल्ला फैलाएको मैले सुनेँ।

मलाई त्रासले छोप्यो।+

तिनीहरू यसो भन्दै चिच्याउँदै थिए: “त्यो दोषी हो! त्यसलाई नछोड्‌!”

मेरो लागि शान्तिको कामना गर्ने प्रत्येक मानिस

“त्यसले कहिले गल्ती गर्ला+ र त्यसलाई दोषी ठहराएर त्यससित बदला लिऊँला” भन्दै

मेरो विनाश कुरिरहेको छ।

११ तर यहोवा परमेश्‍वर वीर योद्धाझैँ मेरो साथमा खडा हुनुभयो।+

त्यसैले मलाई सताउनेहरूले ठेस खानेछन्‌, तिनीहरू टिक्नेछैनन्‌।+

तिनीहरूले सोचेको कुरा पूरा हुनेछैन, तिनीहरू लाजमा पर्नेछन्‌।

तिनीहरू सधैँका लागि अपमानित हुनेछन्‌ र तिनीहरूको अपमान कहिल्यै बिर्सिइनेछैन।+

१२ तर हे सेनाहरूका यहोवा, धर्मी मानिसलाई तपाईँ जाँच्नुहुन्छ;

तपाईँ मानिसको भित्री विचार* र हृदयसमेत नियाल्न सक्नुहुन्छ।+

तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ+

किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।+

१३ यहोवाको निम्ति गीत गाऊ! यहोवाको प्रशंसा गर!

उहाँले असहायलाई दुष्टहरूको हातबाट छुटाउनुभएको छ।

१४ धिक्कार छ म जन्मेको त्यो दिनलाई!

श्रापित होस्‌ त्यो दिन, जुन दिन मेरी आमाले मलाई जन्माएकी थिइन्‌।+

१५ “तिम्रो एउटा छोरो जन्मियो” भन्‍ने खबर दिएर

मेरो बुबालाई साह्रै खुसी पार्ने त्यो मानिस श्रापित होस्‌।

१६ त्यसको हालत पनि यहोवाले पछुतो नमानी नाश गर्नुभएका सहरहरूको जस्तै होस्‌।

त्यसले बिहान-बिहानै रुवाबासी सुन्‍नुपरोस्‌ र दिउँसोचाहिँ युद्धको बिगुल फुकेको सुन्‍नुपरोस्‌।

१७ मलाई किन गर्भमै नाश गरिएन?

मेरी आमाको गर्भ नै मेरो चिहान हुने थियो।

अनि म सधैँ आमाकै गर्भमा रहने थिएँ।+

१८ दुःख र पीडा भोग्नलाई

अनि अन्तमा लज्जित भएर मर्नलाई+

म किन आमाको गर्भबाट निस्केँ?

२१ यहोवाको वचन यर्मियाकहाँ आयो, जब राजा सिदकियाहले+ तिनीकहाँ मल्कियाहका छोरा पासुहर+ र मासेयाहका छोरा पुजारी सपन्याहलाई+ यस्तो बिन्ती गर्न पठाए: २ “बिन्ती! हाम्रो तर्फबाट यहोवा परमेश्‍वरसित कुरा गरिदिनुहोस्‌। बेबिलोनका राजा नबुकद्‌नेजर* हामीसित युद्ध लड्‌न आउँदै छन्‌।+ यहोवा परमेश्‍वरले उहिले-उहिले जस्तै अहिले पनि हाम्रो लागि कुनै आश्‍चर्यजनक काम गरिदिनुहोला कि? अनि राजा नबुकद्‌नेजर फर्केर जालान्‌ कि?”+

३ यर्मियाले तिनीहरूलाई यसो भने: “गएर सिदकियाहलाई यसो भन, ४ ‘इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “पर्खालबाहिर छाउनी हालेर बसेका बेबिलोनका राजा र कल्दियालीहरूसित लड्‌न तिमीहरू जुन हातहतियार प्रयोग गर्छौ, म त्यही हातहतियार तिमीहरूविरुद्ध चलाउनेछु।+ म तिनीहरूलाई यस सहरको बीचमा जम्मा गर्नेछु। ५ आफ्नो शक्‍तिशाली हात पसारेर म आफै तिमीहरूसित लड्‌नेछु।+ म आफ्नो रिस र भयङ्‌कर क्रोधमा तिमीहरूविरुद्ध जाइलाग्नेछु।+ ६ चाहे मानिस होस्‌ या जनावर, यस सहरमा बस्ने सबैलाई म प्रहार गर्नेछु। तिनीहरू घातक महामारीले* मर्नेछन्‌।”’+

७ “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “त्यसपछि म यहुदाका राजा सिदकियाह, तिनका नोकरचाकर र यस सहरका मानिसहरूलाई अर्थात्‌ महामारी, तरबार अनि अनिकालबाट बचेका सबैलाई बेबिलोनका राजा नबुकद्‌नेजरको हातमा सुम्पिदिनेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुहरूको, तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा दिनेछु।+ तिनले तिनीहरूलाई तरबारले काट्‌नेछन्‌; तिनीहरूलाई रतीभर दयामाया देखाउनेछैनन्‌ न त करुणा नै देखाउनेछन्‌।”’+

८ “यी मानिसहरूलाई तिमीले यसो भन्‍नू, ‘यहोवा यसो भन्‍नुहुन्छ: “हेर, मैले तिमीहरूसामु दुई वटा बाटो राखिदिएको छु; एउटा जीवनको र अर्को मृत्युको। ९ तिमीहरूमध्ये जो यस सहरमा बसिरहन्छ, ऊ तरबार, अनिकाल र महामारीले मर्नेछ। तर जसले सहरबाहिर गएर तिमीहरूलाई घेरा हालेर बसिरहेका कल्दियालीहरूसामु आत्मसमर्पण गर्छ, ऊचाहिँ बाँच्नेछ र उसको ज्यान उसको निम्ति लुटको मालसरह हुनेछ।”’*+

१० “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “यस सहरको भलाइ गर्न होइन बरु यसमाथि विपत्ति ल्याउन म यसतिर फर्केको छु।+ यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ+ र तिनले यसलाई आगोले भस्म पार्नेछन्‌।”+

११ “‘यहुदाका राजाको घरानालाई यसो भन्‍नू: यहोवाको वचन सुन। १२ हे दाउदको घराना, यहोवा यसो भन्‍नुहुन्छ:

“हरेक बिहान न्याय कायम गर

अनि धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर।+

नत्र त तिमीहरूको दुष्कर्मले गर्दा+

मेरो क्रोध तिमीहरूविरुद्ध आगोझैँ दन्कनेछ+

र कसैले त्यसलाई निभाउन सक्नेछैन।”’

१३ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘हे बेँसीका बासिन्दा,

समतल जमिनको चट्टान, म तिमीहरूविरुद्ध उठेको छु।

तिमीहरू यसो भन्छौ: “हामीलाई आक्रमण गर्न को आउला र?

हाम्रा घरहरूलाई कसले कब्जा गर्ला र?”

१४ तर म तिमीहरूको कामबमोजिम

तिमीहरूको लेखा लिनेछु।+

म तिमीहरूको जङ्‌गलमा डढेलो लगाइदिनेछु

र त्यसले तिमीहरूसित भएका सबै कुरा भस्म पार्नेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

२२ यहोवा यसो भन्‍नुहुन्छ: “यहुदाका राजाको महलमा जाऊ र मेरो सन्देश सुनाऊ। २ तिमीले यसो भन्‍नू: ‘ए दाउदको सिंहासनमा बस्ने यहुदाका राजा अनि यी ढोकाहरूबाट प्रवेश गर्ने तिनका नोकर-चाकर र सबै मानिस हो! यहोवाको वचन सुन। ३ यहोवा यसो भन्‍नुहुन्छ: “जे सही र न्यायोचित छ, त्यही गर। धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर। परदेशीहरूलाई दुर्व्यवहार नगर अनि अनाथ* र विधवाहरूलाई बेवास्ता नगर।+ यस ठाउँमा निर्दोष मानिसको रगत नबगोस्‌।+ ४ तिमीहरूले यी कुरा होसियार भई पालन गऱ्‍यौ भने दाउदको सिंहासनमा बस्ने राजाहरू+ घोडा र रथमा सवार भएर यस महलका ढोकाहरूबाट प्रवेश गर्नेछन्‌। तिनीहरू, तिनीहरूका सेवकहरू र तिनीहरूका मानिसहरू त्यहाँबाट प्रवेश गर्नेछन्‌।”’+

५ “यहोवा घोषणा गर्नुहुन्छ, ‘तर तिमीहरूले मेरा यी कुराहरू पालन गरेनौ भने म आफ्नै शपथ खाएर भन्छु, यो महल खण्डहर बन्‍नेछ।’+

६ “यहुदाका राजाको महलबारे यहोवा यसो भन्‍नुहुन्छ,

‘तिमी मेरो लागि गिलादजस्तै छौ,

लेबनानको टाकुराजस्तै।

तर म तिमीलाई निर्जनभूमि बनाउनेछु;

तिम्रो कुनै पनि सहरमा मानिसहरू बसोबास गर्नेछैनन्‌।+

 ७ अनि तिमीलाई नाश गर्न म मानिसहरू खटाउनेछु।

तिनीहरू सबै आ-आफ्नो हतियार भिरेर आउनेछन्‌।+

अनि तिम्रा राम्रा-राम्रा देवदारका रूखहरू ढाल्नेछन्‌

र तिनलाई आगोमा हाल्नेछन्‌।+

८ “‘जातिजातिका मानिसहरू यस सहर भएर जाँदा एकअर्कालाई यसो भन्‍नेछन्‌: “यहोवा परमेश्‍वरले यस भव्य सहरको किन यस्तो हालत बनाउनुभयो?”+ ९ अनि तिनीहरूले यस्तो जवाफ दिनेछन्‌: “किनकि तिनीहरूले आफ्ना परमेश्‍वर यहोवासित गरेको करार भङ्‌ग गरे अनि अरू नै देवताहरूलाई ढोगे र उनीहरूको पूजा गरे।”’+

१० जो मरिसक्यो, उसलाई सम्झेर नरोऊ,

उसको निम्ति शोक नगर।

बरु जसलाई कैदमा लगियो, उसको निम्ति डाँको छोडेर रोऊ

किनकि ऊ कहिल्यै आफ्नो जन्मभूमिमा फर्कन पाउनेछैन।

११ “किनकि योसियाहका छोरा, यहुदाका राजा साल्लुम,*+ जसले आफ्ना पिता योसियाहको+ सट्टामा शासन गरिरहेका छन्‌ र जो कैदमा लगिएका छन्‌, तिनीबारे यहोवा यसो भन्‍नुहुन्छ: ‘तिनी कहिल्यै यहुदामा फर्कनेछैनन्‌। १२ तिनलाई कैद गरेर लगिएको ठाउँमै तिनी मर्नेछन्‌। तिनले यो देश फेरि कहिल्यै देख्न पाउनेछैनन्‌।’+

१३ छलकपटले आफ्नो घर निर्माण गर्ने

र धुर्त्याइँ गरेर आफ्नो घरको तला थप्ने मानिसलाई* धिक्कार छ!

विनादाम आफ्नो छिमेकीलाई काममा जोताउने

अनि उसले पाउनुपर्ने ज्यालासमेत नदिने मानिसलाई धिक्कार छ!+

१४ त्यसले यस्तो विचार गर्छ: ‘म थुप्रै कोठा भएको घर बनाउँछु;

माथिल्लो तलामा फराकिला कोठाहरू बनाउँछु

अनि ती कोठाहरूमा झ्यालहरू राख्छु।

त्यसका भित्ताहरूमा देवदारका फल्याक लगाउँछु र त्यसमा सिन्दूरे रङ्‌ग पोत्छु।’

१५ अरूको तुलनामा तिमीसित देवदारका काठहरू प्रशस्तै छन्‌ भन्दैमा तिम्रो शासन टिकिरहन्छ र?

तिम्रो बुबाले पनि खाए र पिए,

तैपनि तिनले न्यायोचित र असल काम गर्न छोडेनन्‌।+

त्यसैले तिनको भलो भयो।

१६ मारमा परेकाहरू र गरिबहरूले आफ्नो मामिला पेस गर्दा तिनले उनीहरूको पक्षमा बोले।

त्यसैले तिनको भलो भयो।

‘के परमेश्‍वरलाई चिन्‍ने मानिसले त्यसै गर्नुपर्ने होइन र?’ यहोवा घोषणा गर्नुहुन्छ।

१७ ‘तर तिमी भने सधैँ छलकपट गरेर नाफा कमाउने बाटो खोजिरहन्छौ र त्यसैबारे मात्र सोचिरहन्छौ।

तिमीलाई निर्दोषको रगत बगाउन,

छलछाम गर्न र जबरजस्ती अरूको सरसम्पत्ति धुत्न मन पर्छ।’

१८ “त्यसैले योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको+ विषयमा यहोवा यसो भन्‍नुहुन्छ,

‘मानिसहरूले एकअर्कालाई यसो भन्दै बिलौना गर्नेछैनन्‌:

“हाय, मेरो भाइ! हाय, मेरी बहिनी!”

तिनीहरूले तिनको निम्ति यसो भन्दै शोक गर्नेछैनन्‌:

“हाय, मेरा मालिक! हाय, मेरा सरकार!”

१९ गधाको सिनुलाई झैँ

तिनको लासलाई घिसारेर लगिनेछ+

र यरुसलेमको ढोकाबाहिर मिल्काइनेछ।’+

२० लेबनानमा गएर ठूलो स्वरले कराऊ,*

बासानमा गएर चिच्याऊ।

अबारिममा जाऊ र डाँको छोडेर रोऊ।+

किनकि तिम्रा सबै कामुक प्रेमीहरू कुल्चीमिल्ची पारिएका छन्‌।+

२१ तिमी ढुक्कसित बसेको बेला मैले तिमीलाई सम्झाएँ।

तर तिमीले ‘म तपाईँको कुरा सुन्दिनँ’ भन्यौ।+

सानैदेखि तिमीले यसै गऱ्‍यौ;

तिमीले मेरो कुरा कहिल्यै सुनेनौ।+

२२ तिम्रा गोठालाहरूलाई बतासले उडाएर लैजानेछ,+

तिम्रा कामुक प्रेमीहरू कैदमा पर्नेछन्‌।

अनि तिमीमाथि आइपरेका विपत्तिहरूको कारण तिमी लाजमा पर्नेछौ र तिम्रो अपमान हुनेछ।

२३ ए लेबनानका बासिन्दाहरू हो,+

जो देवदारका रूखहरूमा गुँड लगाएर बसेका छौ;+

बेथा लागेकी स्त्रीझैँ तिमीहरू पीडाले छटपटाउनेछौ।

त्यसबेला तिमीहरू पीडाले सुस्केरा हाल्नेछौ।+

२४ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, ए यहोयाकिमका+ छोरा, यहुदाका राजा कोन्याह!*+ तिमी मेरो दायाँ हातको छापऔँठी थियौ भने पनि म तिमीलाई मेरो औँलाबाट थुतेर हुर्ऱ्याइदिने थिएँ। २५ तिम्रो ज्यान लिन खोज्नेहरूको हातमा म तिमीलाई सुम्पनेछु। बेबिलोनका राजा नबुकद्‌नेजरको* र कल्दियालीहरूको हातमा तिमीलाई सुम्पनेछु, जससित तिमी डराउँछौ।+ २६ म तिमीलाई र तिमीलाई जन्म दिने तिम्री आमालाई बिरानो भूमिमा हुर्ऱ्याएर फ्याँकिदिनेछु र त्यहीँ तिम्रो मृत्यु हुनेछ। २७ अनि तिमीहरू सबै आफूले फर्कन लालसा गरेको देशमा कहिल्यै फर्कन पाउनेछैनौ।+

२८ के कोन्याह हेला गरेर एकातिर मिल्काइएको

अनि कसैले पनि आफूसित राख्न नचाहने फुटेको भाँडो हुन्‌ र?

तिनी र तिनका सन्तान किन हुर्ऱ्याइए?

किन तिनीहरू बिरानो देशमा धपाइए?’+

२९ ए पृथ्वी,* ए पृथ्वी, ए पृथ्वी, यहोवाको वचन सुन!

३० यहोवा यसो भन्‍नुहुन्छ:

‘यी मानिस निस्सन्तान हुन्‌

अनि जीवनभर सफलता हासिल नगरेका मानिस हुन्‌ भनेर लेख।

किनकि यिनका कुनै पनि सन्तानले दाउदको सिंहासनमा बसेर यहुदामा शासन गर्न पाउनेछैनन्‌।’”+

२३ यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, “मेरो खर्कका भेडाहरूलाई नाश गरिरहेका र तितरबितर पारिरहेका गोठालाहरूलाई धिक्कार छ!”+

२ त्यसैले इस्राएलका परमेश्‍वर यहोवा आफ्ना मानिसहरूलाई डोऱ्‍याइरहेका गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: “तिमीहरूले मेरा भेडाहरूलाई तितरबितर पारेका छौ; तिनीहरूलाई छरपस्ट पारेका छौ। अनि तिनीहरूको पटक्कै वास्ता गरेका छैनौ।”+

“त्यसैले तिमीहरूका दुष्ट कामहरूको लागि म तिमीहरूलाई सजाय दिनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

३ “त्यसपछि म बाँकी रहेका आफ्ना भेडाहरूलाई फर्काएर ल्याउनेछु। तिनीहरूलाई जहाँ-जहाँ तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काउनेछु।+ त्यसपछि तिनीहरू फल्नेछन्‌-फुल्नेछन्‌ र सङ्‌ख्यामा बढ्‌दै जानेछन्‌।+ ४ अनि तिनीहरूको साँच्चै ख्याल राख्ने गोठालाहरू म तिनीहरूमाथि नियुक्‍त गर्नेछु।+ त्यसपछि तिनीहरू कुनै कुरादेखि डराउनुपर्ने वा त्रसित हुनुपर्नेछैन। तिनीहरूमध्ये एउटै हराउनेछैन,” यहोवा घोषणा गर्नुहुन्छ।

५ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्‌, जब म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु।+ तिनले राजाको रूपमा शासन गर्नेछन्‌।+ तिनले समझ चलाउँदै राज्य गर्नेछन्‌, देशमा न्याय कायम गर्नेछन्‌ र धार्मिकतालाई* प्रोत्साहन दिनेछन्‌।+ ६ तिनको शासनकालमा यहुदालाई जोगाइनेछ+ र इस्राएल सुरक्षित रहनेछ।+ अनि तिनलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।”+

७ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “यस्तो समय आउँदै छ, जब तिनीहरूले ‘इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवाको कसम’ भन्‍नेछैनन्‌।+ ८ बरु तिनीहरूले ‘इस्राएलीहरूलाई उत्तरबाट अनि तिनीहरूलाई तितरबितर पारेका अरू सबै देशबाट फर्काइ ल्याएर जम्मा गर्नुहुने यहोवाको कसम’ भन्‍नेछन्‌। अनि तिनीहरू आफ्नै देशमा बसोबास गर्नेछन्‌।”+

९ भविष्यवक्‍ताहरूका लागि सन्देश:

मेरो हृदय छियाछिया भएको छ।

मेरा हड्डीहरू थरथर काँपिरहेका छन्‌।

यहोवाको पवित्र वचन सुनेर

म मात लागेको मानिसजस्तै भएको छु,

मद्यले टिल्ल परेको मानिसजस्तै।

१० किनकि व्यभिचार* गर्नेहरूले देश भरिएको छ।+

श्राप आइपरेकोले देश बिलौना गर्दै छ।+

निर्जनभूमिका खर्कहरू सुकेका छन्‌।+

तिनीहरूको चाल दुष्ट छ र तिनीहरू आफ्नो शक्‍तिको दुरुपयोग गर्छन्‌।

११ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “भविष्यवक्‍ताहरू र पुजारीहरू सबै भ्रष्ट भएका छन्‌।*+

तिनीहरूले मेरै भवनमा दुष्ट काम गरेको मैले देखेको छु।+

१२ त्यसैले तिनीहरूको बाटो चिप्लो र अँध्यारो हुनेछ।+

तिनीहरू धकेलिनेछन्‌ र लड्‌नेछन्‌

किनकि तिनीहरूको लेखा लिने बेलामा

म तिनीहरूमाथि विपत्ति ल्याउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

१३ “मैले सामरियाका+ भविष्यवक्‍ताहरूमा एउटा घिनलाग्दो कुरा देखेको छु।

तिनीहरू बाआलको नाममा भविष्यवाणी गर्छन्‌

र इस्राएलका मेरा मानिसहरूलाई बराल्छन्‌।

१४ अनि यरुसलेमका भविष्यवक्‍ताहरूमा मैले साह्रै खराब कुरा देखेको छु।

तिनीहरू व्यभिचार गर्छन्‌+ र सधैँ झूट बोल्छन्‌;+

कुकर्मीहरूलाई हौसला दिन्छन्‌

अनि दुष्ट काम गर्न कहिल्यै छोड्‌दैनन्‌।

मेरो नजरमा तिनीहरू सबै सदोमका मानिसहरूजस्तै+

र यरुसलेमका बासिन्दाहरूचाहिँ गमोराका मानिसहरूजस्तै छन्‌।”+

१५ त्यसैले ती भविष्यवक्‍ताहरूबारे सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

“तिनीहरूलाई म तीतेपाती चपाउन लगाउनेछु

र विषालु पानी पिउन लगाउनेछु+

किनकि यरुसलेमका भविष्यवक्‍ताहरूले गर्दा देशका सबै मानिसले मलाई त्यागेका छन्‌।”

१६ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

“तिमीहरूलाई भविष्यवाणी सुनाउने भविष्यवक्‍ताहरूको कुरा नसुन।+

तिनीहरूले तिमीहरूलाई छक्याइरहेका छन्‌।*

तिनीहरूले सुनाउने दर्शन* यहोवाको तर्फबाट आएको होइन;+

त्यो त तिनीहरूको आफ्नै मनगढन्ते कुरा हो।+

१७ मेरो अनादर गर्नेहरूलाई तिनीहरू बारम्बार यसो भन्छन्‌,

‘यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरू सधैँ शान्तिमा रहनेछौ।”’+

अनि आफ्नै हठी हृदयको कुरा सुन्‍ने सबैलाई तिनीहरू यसो भन्छन्‌,

‘तिमीहरूमाथि कुनै विपत्ति आइपर्नेछैन।’+

१८ किनकि यहोवाको वचन सुन्‍न र बुझ्न

उहाँका घनिष्ठ साथीहरूमाझ को खडा भएको छ?

उहाँको वचन सुन्‍नलाई कसले आफ्नो कान थापेको छ?

१९ हेर! यहोवाको आँधी चल्नेछ, उहाँको क्रोध भयानक आँधीबेहरीझैँ चल्नेछ;

भयङ्‌कर तुफानझैँ त्यो शत्रुहरूको टाउकोमा बजारिनेछ!+

२० आफूले मनमा ठानेको कुरा पूरा नगरेसम्म

यहोवाको रिस मर्नेछैन।

आखिरी समयमा तिमीहरूले यो कुरा छर्लङ्‌गै बुझ्नेछौ।

२१ मैले ती भविष्यवक्‍ताहरूलाई पठाएकै थिइनँ तैपनि तिनीहरू दगुरेर गए।

म तिनीहरूसित बोलेकै थिइनँ तैपनि तिनीहरूले भविष्यवाणी गरे।+

२२ तर तिनीहरू मेरा घनिष्ठ साथीहरूमाझ खडा भएका भए

तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन सुनाउने थिए;

उनीहरूलाई गलत बाटो त्यागेर आउन र दुष्ट काम छोड्‌न मदत गर्ने थिए।”+

२३ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “के म नजिकको कुरा मात्रै देख्न सक्ने परमेश्‍वर हुँ र? के म टाढाको कुराचाहिँ देख्न सक्दिनँ?”

२४ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “के कुनै यस्तो ठाउँ छ, जहाँ मानिसले आफूलाई मेरो नजरबाट लुकाउन सक्छ?”+

“के आकाश र पृथ्वीमा भएका सबै कुरा म देख्न सक्दिनँ?”+ यहोवा घोषणा गर्नुहुन्छ।

२५ “भविष्यवक्‍ताहरूले मेरो नाममा यस्तो झूटो भविष्यवाणी गरेको मैले सुनेको छु, ‘मैले सपना देखेँ! मैले सपना देखेँ!’+ २६ तिनीहरू कहिलेसम्म यसरी झूट बोलिरहन्छन्‌? तिनीहरू आफ्नै हृदयका छली कुराहरू बताउँछन्‌।+ २७ यसरी एकअर्कालाई झूटा सपनाहरू सुनाएर तिनीहरू मेरा मानिसहरूलाई मेरो नाम बिर्सन लगाउँछन्‌, जसरी तिनीहरूका पितापुर्खाले पनि बाआलको पछि लागेर मेरो नाम बिर्सेका थिए।+ २८ जुन भविष्यवक्‍ताले सपना देख्छ, उसले आफूले देखेको सपनाबारे बताओस्‌। तर जसले मेरो वचन पाएको छ, उसले मेरो वचन जस्ताको तस्तै सुनाओस्‌।”

यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “के अन्‍नको दाँजोमा परालको कुनै मोल हुन्छ?”

२९ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “के मेरो वचन आगोजस्तै छैन र?+ चट्टानलाई समेत धुलोपिठो पार्न सक्ने घनजस्तै छैन र?”+

३० “त्यसैले मेरो वचनलाई बङ्‌ग्याएर आफूलाई जे मन लाग्छ, त्यही भन्‍ने भविष्यवक्‍ताहरूलाई म सजाय दिनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+

३१ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म ती भविष्यवक्‍ताहरूलाई सजाय दिनेछु, जो यसो भन्‍न आफ्नो जिब्रो चलाउँछन्‌, ‘परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ!’”+

३२ “म ती भविष्यवक्‍ताहरूलाई सजाय दिनेछु, जो झूटा सपना सुनाएर धाक लगाउँछन्‌ अनि झूट बोलेर मेरा मानिसहरूलाई बराल्छन्‌,” यहोवा घोषणा गर्नुहुन्छ।+

“तर मैले तिनीहरूलाई पठाएको होइनँ; मैले तिनीहरूलाई आज्ञा दिएको पनि छैनँ। त्यसैले तिनीहरूको सन्देशले यी मानिसहरूको पटक्कै भलो गर्नेछैन,”+ यहोवा घोषणा गर्नुहुन्छ।

३३ “अनि मानिसहरूले अथवा कुनै भविष्यवक्‍ताले वा पुजारीले ‘यहोवाको बोझ* के हो’ भनेर सोधे भने तिमीले यस्तो जवाफ दिनू, ‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “तिमीहरू नै त्यो बोझ हौ! त्यसैले म तिमीहरूलाई फ्याँकिदिनेछु!”’+ ३४ जुन मानिसले वा पुजारीले वा भविष्यवक्‍ताले ‘यहोवाको बोझ* यो हो’ भन्छ, म त्यसलाई र त्यसको घरानालाई सजाय दिनेछु। ३५ तिमीहरू हरेकले आफ्नो साथीसँगी र दाजुभाइलाई यसो भनेर सोध्दै छौ, ‘यहोवाले के जवाफ दिनुभयो? यहोवाले के बोल्नुभयो?’ ३६ तर अबदेखि तिमीहरूले यहोवाको बोझबारे* केही नबोल्नू किनकि तिमीहरू प्रत्येकको बोली नै त्यो बोझ* हो। तिमीहरूले जीवित परमेश्‍वर, हाम्रा परमेश्‍वर, सेनाहरूका यहोवाको वचनलाई बङ्‌ग्याएका छौ।

३७ “तिमीले भविष्यवक्‍ताहरूलाई यसो भन्‍नू, ‘यहोवाले तिमीहरूलाई के जवाफ दिनुभएको छ? यहोवाले तिमीहरूसित के कुरा गर्नुभएको छ? ३८ यदि तिमीहरू “यहोवाको बोझ* यो हो!” भनेर सुनाउन छोड्‌दैनौ भने यहोवा परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्छ: “मैले तिमीहरूलाई ‘यहोवाको बोझ* यो हो’ भन्‍न छोड भनेर चेतावनी दिँदादिँदै पनि तिमीहरूले ‘यो सन्देश यहोवाको बोझ* हो’ भन्‍न नछोडेको हुनाले ३९ हेर, म तिमीहरूलाई उचालेर मेरो नजरबाट टाढा फालिदिनेछु; तिमीहरूका पितापुर्खा र तिमीहरूलाई दिएको यो सहरलाई पनि त्याग्नेछु। ४० म सधैँका लागि तिमीहरूको बेइज्जत गरिदिनेछु र तिमीहरू अपमानित हुनेछौ अनि त्यो अपमान कहिल्यै बिर्सिइनेछैन।”’”+

२४ बेबिलोनका राजा नबुकद्‌नेजरले* यहुदाका राजा येकोनिया,*+ जो यहोयाकिमका+ छोरा थिए, तिनलाई यहुदाका भारदारहरू, कालिगडहरू र धातुको काम गर्नेहरूसँगै* यरुसलेमबाट बेबिलोनमा कैदी बनाएर लगे।+ त्यसपछि यहोवाले मलाई दुई टोकरी अन्जिर देखाउनुभयो। ती टोकरीहरू यहोवाको मन्दिरअगाडि थिए। २ एउटा टोकरीमा अत्यन्तै रहरलाग्दा अन्जिर थिए। ती पहिलो बालीका अन्जिरजस्तै राम्रा थिए। तर अर्को टोकरीमा भने खानै नमिल्ने असाध्यै नराम्रा अन्जिर थिए।

३ तब यहोवाले मलाई सोध्नुभयो: “यर्मिया, तिमी के देख्छौ?” मैले जवाफ दिएँ: “अन्जिरहरू। राम्रा अन्जिरहरू अति राम्रा छन्‌। तर नराम्रा अन्जिरहरू त अति नराम्रा छन्‌; खानै नमिल्ने खालका।”+

४ तब यहोवाको यो वचन मकहाँ आयो: ५ “म, इस्राएलका परमेश्‍वर यहोवा यसो भन्छु: ‘मैले कल्दियालीहरूको देशमा निर्वासनमा पठाएका यहुदाका मानिसहरूलाई ती असल अन्जिरहरूजस्तै सम्झेर राम्रो व्यवहार गर्नेछु। ६ तिनीहरूकै भलो होस्‌ भनेर म तिनीहरूमाथि नजर राख्नेछु र तिनीहरूलाई फेरि यस भूमिमा फर्काउनेछु।+ म तिनीहरूलाई बनाउनेछु र फेरि भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु र फेरि उखेल्नेछैनँ।+ ७ अनि तिनीहरूलाई म यहोवा हुँ भनेर चिन्‍न सक्ने हृदय दिनेछु।+ तिनीहरू मेरा मानिस हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु।+ किनकि तिनीहरू सारा हृदयले मतर्फ फर्कनेछन्‌।+

८ “‘तर खानै नमिल्ने अति नराम्रा अन्जिरहरूबारे+ म यहोवा यसो भन्छु: “यहुदाका राजा सिदकियाह,+ तिनका राजकुमारहरू, यहीँ यहुदामा छोडिएका यरुसलेमका बाँकी मानिसहरू र मिश्रमा बसोबास गरिरहेकाहरूलाई+ म ती अति नराम्रा अन्जिरहरूजस्तै सम्झेर व्यवहार गर्नेछु। ९ म तिनीहरूमाथि विपत्ति ल्याउनेछु। त्यो देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्‌।+ अनि मैले तिनीहरूलाई तितरबितर पारेका ठाउँहरूमा+ मानिसहरूले तिनीहरूलाई ठट्टा अनि खिसीको पात्र बनाउनेछन्‌, तिनीहरूलाई सराप्नेछन्‌+ र तिनीहरूको नाममा उखान बनाउनेछन्‌। १० म तरबार,+ अनिकाल र महामारीले* तिनीहरूलाई प्रहार गर्नेछु।+ तिनीहरूका पितापुर्खालाई र तिनीहरूलाई मैले दिएको देशबाट तिनीहरू नामेट नहोउन्जेल म त्यसै गर्नेछु।”’”

२५ योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको+ शासनकालको चौथो वर्षमा यहुदाका सबै मानिसबारे यर्मियाकहाँ एउटा सन्देश आयो। त्यतिखेर बेबिलोनका राजा नबुकद्‌नेजरको* शासनकालको पहिलो वर्ष थियो। २ यहुदा र यरुसलेमका सबै मानिसबारे* भविष्यवक्‍ता यर्मियाले यसो भने:

३ “आमोनका छोरा, यहुदाका राजा योसियाहले शासन गरेको १३ औँ वर्षदेखि+ आजसम्म अर्थात्‌ बितेको २३ वर्षदेखि यहोवाको वचन मकहाँ आएको छ। मैले बारम्बार तपाईँहरूलाई उहाँको वचन सुनाउँदै आएको छु तर तपाईँहरूले पटक्कै सुन्‍नुभएन।+ ४ अनि यहोवा परमेश्‍वरले आफ्ना सबै दास, हो, आफ्ना भविष्यवक्‍ताहरूलाई बारम्बार तपाईँहरूकहाँ पठाउनुभयो तर तपाईँहरूले नसुनेझैँ गर्नुभयो। उहाँको वचन सुन्‍नलाई तपाईँहरूले कान थाप्नुभएन।+ ५ ती भविष्यवक्‍ताहरू सधैँ यसो भन्थे: ‘बिन्ती! आफ्ना सबै कुमार्गबाट फर्कनुहोस्‌!+ अनि यहोवाले तपाईँहरू र तपाईँहरूका पितापुर्खालाई धेरैअघि दिनुभएको भूमिमा तपाईँहरू वर्षौँवर्ष रहन पाउनुहुनेछ। ६ अरू देवताको पछि नलाग्नुहोस्‌, तिनीहरूको उपासना नगर्नुहोस्‌ र तिनीहरूलाई दण्डवत्‌ गर्न ननिहुरिनुहोस्‌। नत्र त तपाईँहरूले बनाएका मूर्तिहरूको कारण उहाँ तपाईँहरूदेखि रिसाउनुहुनेछ र तपाईँहरूमाथि विपत्ति ल्याउनुहुनेछ।’

७ “यहोवा घोषणा गर्नुहुन्छ, ‘तर तिमीहरूले मेरो कुरा सुनेनौ। बरु मूर्तिहरूलाई ढोगेर उल्टै मलाई रिस उठायौ र आफैमाथि विपत्ति निम्त्यायौ।’+

८ “त्यसैले सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘“तिमीहरूले मेरो कुरा नसुनेझैँ गरेकोले ९ म उत्तरको राज्यका सबै कुललाई बोलाउनेछु।+ म आफ्नो सेवक,+ बेबिलोनको राजा नबुकद्‌नेजरलाई बोलाउनेछु। म तिनीहरूलाई यो देश,+ यहाँका बासिन्दाहरू र वरपरका सबै राष्ट्रमाथि आक्रमण गर्न लगाउनेछु।+ म यी सबलाई नाश गर्नेछु र सदाको लागि उजाड पारिदिनेछु। तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ र उनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्‌,” यहोवा घोषणा गर्नुहुन्छ। १० “तिनीहरूको रमाहट र नाचगानको आवाजलाई म बन्द गरिदिनेछु।+ दुलहा-दुलहीको आवाज+ र जाँतो पिँधेको आवाज म बन्द गरिदिनेछु। अनि तिनीहरूको दियो पनि निभाइदिनेछु। ११ यो देश तहसनहस हुनेछ र यसको हालत देख्नेहरू सबै डरले थरथर काँप्नेछन्‌। अनि यी राष्ट्रहरूले ७० वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नुपर्नेछ।”’+

१२ “यहोवा घोषणा गर्नुहुन्छ, ‘तर ७० वर्ष बितेपछि+ म बेबिलोन र त्यसका राजालाई सजाय दिनेछु।+ म कल्दियालीहरूको देशलाई सदाको लागि उजाड पारिदिनेछु।+ १३ मैले त्यस देशविरुद्ध ल्याउँछु भनेका सबै विपत्ति म ल्याउनेछु, जुन विपत्तिहरू यर्मियाले सबै राष्ट्रविरुद्ध गरेका भविष्यवाणीहरू भएको यस पुस्तकमा लेखिएका छन्‌। १४ थुप्रै राष्ट्र र महाराजाहरूले+ तिनीहरूलाई आफ्नो दास बनाउनेछन्‌।+ यसरी म तिनीहरूलाई तिनीहरूको कुकर्म र तिनीहरूका हातका कामहरूको निम्ति सजाय दिनेछु।’”+

१५ किनकि इस्राएलका परमेश्‍वर यहोवाले मलाई यसो भन्‍नुभयो: “मेरो हातबाट क्रोधको मद्यले भरिएको यो कचौरा लेऊ र मैले तिमीलाई पठाउन लागेका सबै राष्ट्रलाई यस कचौराबाट पिउन लगाऊ। १६ अनि तिनीहरूले पिउनेछन्‌ र लर्खराउनेछन्‌। मैले तिनीहरूबीच तरबार पठाउँदा तिनीहरू पागलझैँ हुनेछन्‌।”+

१७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+ १८ सुरुमा मैले यरुसलेम, यहुदाका सहरहरू,+ त्यहाँका राजा र भारदारहरूलाई त्यस कचौराबाट पिउन लगाएँ। तिनीहरू नाश होऊन्‌, तिनीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँपून्‌ अनि मानिसहरूले तिनीहरूको खिसी गर्दै सिटी बजाऊन्‌ र तिनीहरूको उदाहरण दिँदै सरापून्‌ भनेर+ मैले त्यसो गरेँ। अब तिनीहरूको अवस्था त्यस्तै हुन लागेको छ। १९ त्यसपछि मैले मिश्रका फारो,* तिनका नोकरचाकर, तिनका भारदारहरू र तिनका सबै मानिस+ २० अनि मिश्रमा बसोबास गर्ने विभिन्‍न देशका मानिसहरूलाई; उजका सबै राजालाई; पलिस्तियालीहरूका सबै राजालाई+ अर्थात्‌ अस्कलोनका+ राजा, गाजाका राजा, एक्रोनका राजा र अस्दोदमा बाँकी रहेकाहरूका राजाहरूलाई; २१ एदोम,+ मोआब+ र अम्मोनमा बस्ने मानिसहरूलाई;+ २२ टायरका सबै राजा, सिदोनका सबै राजा+ र समुद्रपारिको टापुका राजाहरूलाई; २३ ददान,+ तेमा र बुजमा बस्ने मानिसहरू र कन्चटनेरको कपाल खौरेका सबै मानिसलाई;+ २४ अरबीहरूका सबै राजा+ र पातलो बस्तीमा बसोबास गर्ने विभिन्‍न देशका मानिसहरूका सबै राजालाई; २५ जिम्रिका सबै राजा, एलामका सबै राजा+ र मादीका सबै राजालाई;+ २६ उत्तरतिर नजिकका र टाढाका सबै राजालाई अनि पृथ्वीका बाँकी सबै राज्यलाई पालैपालो त्यस कचौराबाट पिउन लगाएँ। अन्तमा सेसाकका* राजाले+ त्यस कचौराबाट पिउनेछन्‌।

२७ “तिमीले तिनीहरूलाई यसो भन्‍नू, ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरू यस कचौराबाट पिओ, होसै हराउनेगरि पिओ, बान्ता गर र उठ्‌नै नसक्नेगरि लड।+ किनकि म तिमीहरूविरुद्ध तरबार पठाउँदै छु।”’ २८ तर तिनीहरूले तिम्रो हातमा भएको यस कचौराबाट पिउन मानेनन्‌ भने तिनीहरूलाई भन्‍नू, ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरूले पिउनै पर्छ! २९ किनकि हेर, म आफ्नै नामले चिनिएको सहरमाथि त अरूभन्दा पहिले विपत्ति ल्याउँदै छु भने+ के तिमीहरूचाहिँ त्यसै उम्कौला र?”’+

“‘अहँ! तिमीहरू सजाय नपाई उम्कनेछैनौ। किनकि म पृथ्वीका सबै बासिन्दाविरुद्ध तरबार पठाउँदै छु,’ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

३० “तिमीले यी सबै भविष्यवाणी तिनीहरूलाई सुनाउनू र यसो भन्‍नू,

‘यहोवा अग्लो ठाउँबाट गर्जनुहुनेछ

र आफ्नो पवित्र वासस्थानबाट ठूलो स्वरमा बोल्नुहुनेछ।

उहाँ पृथ्वीमा भएको आफ्नो वासस्थानविरुद्ध जोडले गर्जनुहुनेछ।

अङ्‌गुर पेल्दा मानिसहरू कराएझैँ ठूलठूलो स्वरमा कराउँदै

पृथ्वीका सबै बासिन्दामाथि जित हासिल गरेकोमा उहाँले खुसीले गीत गाउनुहुनेछ।’

३१ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘पृथ्वीको कुनाकुनासम्म एउटा आवाज गुञ्जनेछ

किनकि यहोवाले राष्ट्रहरूसित विवाद गर्नुहुनेछ।

उहाँ आफैले हरेक मानिसको इन्साफ गर्नुहुनेछ+

अनि दुष्टहरूलाई भने तरबारले प्रहार गर्नुहुनेछ।’

३२ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

‘हेर! एक-एक गर्दै सबै राष्ट्रमा विपत्ति फैलनेछ।+

पृथ्वीको कुनाबाट एउटा भयानक आँधीबेहरी छोडिनेछ।+

३३ “‘त्यस दिन यहोवाले मार्नुभएकाहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म हुनेछन्‌। तिनीहरूको निम्ति कसैले शोक गर्नेछैन। तिनीहरूका लास बटुलिनेछैनन्‌ र गाडिने पनि छैनन्‌। ती जमिनमा मलसरह रहनेछन्‌।’

३४ ए गोठालाहरू! चिच्याई-चिच्याई रोओ!

ए बगालका ठूलाबडाहरू! खरानीमा लडीबुडी गर!

किनकि तिमीहरूलाई मार्ने र तितरबितर पार्ने समय आएको छ।

माटाका दामी भाँडा खसेर टुक्राटुक्रा भएझैँ तिमीहरू चकनाचुर हुनेछौ!

३५ गोठालाहरू भागेर जाने कुनै ठाउँ छैन।

बगालका ठूलाबडाहरू उम्कने कुनै बाटो छैन।

३६ सुन! गोठालाहरूको चीत्कार सुन!

बगालका ठूलाबडाहरूको रोदन सुन!

यहोवाले तिनीहरूको खर्क उजाड पार्दै हुनुहुन्छ।

३७ यहोवाको क्रोध दन्केको हुनाले

तिनीहरू शान्तिपूर्वक बसेका ठाउँहरू निर्जन भएका छन्‌।

३८ उहाँ जवान सिंहझैँ आफ्नो ओडारबाट निस्कनुभएको छ।+

उहाँको भयानक तरबार र दन्केको क्रोधले गर्दा

तिनीहरूको देश तहसनहस भएको छ।

त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्छन्‌।”

२६ योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको+ शासनकालको सुरुमा यहोवाको यो वचन आयो: २ “यहोवा यसो भन्‍नुहुन्छ, ‘यहोवाको भवनको चोकमा उभिऊ र यहोवाको भवनमा उपासना गर्न आउने यहुदाका सहरहरूका सबै मानिसबारे* बोल। मैले भन्‍नू भनेर अह्राएको सबै कुरा तिनीहरूलाई सुनाऊ; एउटै कुरा फरक नपरोस्‌। ३ सायद तिनीहरूले सुन्लान्‌ र आफ्नो खराब मार्ग त्यागेर फर्कलान्‌। अनि म आफ्नो मन बदल्नेछु* र तिनीहरूको दुष्ट कामको सजायस्वरूप जुन विपत्ति तिनीहरूमाथि ल्याउने विचार गरेको थिएँ, त्यो ल्याउनेछैनँ।+ ४ तिनीहरूलाई भन: “यहोवा यसो भन्‍नुहुन्छ, ‘यदि तिमीहरूले मेरो कुरा बेवास्ता गर्दै मैले दिएको नियम* पालन गरेनौ ५ अनि मैले तिमीहरूकहाँ बारम्बार पठाएका मेरा दासहरू अर्थात्‌ मेरा भविष्यवक्‍ताहरूको कुरा अहिलेजस्तै सुन्‍न मानेनौ भने+ ६ म यो भवनको हालत सिलोको जस्तै बनाइदिनेछु+ अनि यस सहरलाई नाश गर्नेछु र पृथ्वीका सबै जातिले अरूलाई सराप्नुपर्दा यस सहरको उदाहरण दिँदै सराप्नेछन्‌।’”’”+

७ यहोवाको भवनमा यर्मियाले भनेको यो कुरा पुजारीहरू, भविष्यवक्‍ताहरू र अरू सबैले सुने।+ ८ यहोवाले सबै मानिसलाई भन्‍नू भनी आदेश दिनुभएको एक-एक कुरा जब यर्मियाले भनिसिद्‌ध्याए, तब पुजारीहरू, भविष्यवक्‍ताहरू र अरू सबै मिलेर तिनलाई पक्रे र यसो भने: “हामी तँलाई नमारी छोड्‌दैनौँ। ९ किनकि तैँले यहोवाको नाममा यस्तो भविष्यवाणी गरिस्‌, ‘यो भवनको हालत सिलोको जस्तै हुनेछ, यो सहर नाश हुनेछ र एक जना पनि यसमा बसोबास गर्नेछैन।’” तब यहोवाको भवनमा आएका सबै मानिस यर्मियाको वरिपरि जम्मा भए।

१० जब यहुदाका शासकहरूले यो कुरा सुने, तब तिनीहरू राजाको महलबाट यहोवाको भवनमा आए र यहोवाको भवनको नयाँ ढोकामा बसे।+ ११ अनि पुजारीहरू र भविष्यवक्‍ताहरूले ती शासकहरूलगायत अरू सबैलाई यसो भने: “यो मान्छे मृत्युदण्ड पाउन लायकको छ।+ किनकि यस सहरमा विपत्ति आउनेछ भनेर यसले भविष्यवाणी गऱ्‍यो। अनि तपाईँहरू सबैले आफ्नै कानले त्यो सुन्‍नुभएको छ।”+

१२ त्यसपछि यर्मियाले ती शासकहरू र अरू सबैलाई यसो भने: “यो भवन र सहरविरुद्ध मैले जे-जे भविष्यवाणी गरेको तपाईँहरूले सुन्‍नुभयो, ती सब भन्‍न मलाई यहोवाले नै पठाउनुभएको हो।+ १३ त्यसैले अब आफ्नो काम र चालचलन सुधार्नुहोस्‌। आफ्ना परमेश्‍वर यहोवाको आज्ञा मान्‍नुहोस्‌। तब यहोवाले आफ्नो मन बदल्नुहुनेछ* अनि तपाईँहरूमाथि जुन विपत्ति ल्याउने विचार गर्नुभएको छ, त्यो ल्याउनुहुनेछैन।+ १४ तर जहाँसम्म मेरो कुरा छ, म त तपाईँहरूकै हातमा छु। मसित जस्तो व्यवहार गर्न तपाईँहरूलाई उचित लाग्छ, त्यस्तै गर्नुहोस्‌। १५ तर याद राख्नुहोस्‌, मेरो ज्यान लिनुभयो भने तपाईँहरूले आफैमाथि, यस सहरमाथि र यहाँका बासिन्दाहरूमाथि निर्दोष व्यक्‍तिको रगतको दोष थोपरिरहनुभएको हुनेछ। किनकि वास्तवमा यहोवाले नै मलाई यो कुरा भन्‍न तपाईँहरूकहाँ पठाउनुभएको हो।”

१६ त्यसपछि ती शासकहरूलगायत अरू सबै मानिसले पुजारीहरू र भविष्यवक्‍ताहरूलाई यसो भने: “यिनलाई मृत्युदण्ड दिनु उचित हुँदैन। किनकि यिनले हाम्रा परमेश्‍वर यहोवाकै नाममा हामीसित बोलेका छन्‌।”

१७ साथै देशका केही नाइकेहरू उठे र मानिसहरूको पूरै समुदायलाई यसो भन्‍न थाले: १८ “यहुदाका राजा हिजकियाहको+ पालामा मोरेसेथका मिकाले+ भविष्यवाणी गरे र यहुदाका सारा मानिसलाई भने, ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

“सियोन खेतजस्तै जोतिनेछ,

यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ+

अनि भवन* बसालिएको डाँडाचाहिँ जङ्‌गलमा भएका अग्ला डाँडाहरूजस्तै हुनेछ।”’+

१९ “के त्यसबेला यहुदाका राजा हिजकियाहले र यहुदाका मानिसहरूले तिनलाई मारे? राजा हिजकियाहले यहोवाको डर मानेनन्‌ र? अनि यहोवासित दयाको भीख मागेनन्‌ र? त्यसैले त यहोवाले आफ्नो मन बदल्नुभयो* र तिनीहरूमाथि जुन विपत्ति ल्याउने विचार गर्नुभएको थियो, त्यो ल्याउनुभएन।+ त्यसकारण यर्मियालाई माऱ्‍यौँ भने हामीले आफैमाथि ठूलो विपत्ति निम्त्याइरहेका हुनेछौँ।

२० “त्यसैगरि यहोवाको नाममा भविष्यवाणी गर्ने अर्का एक जना मानिस थिए, किर्यथ-येरिममा+ बस्ने सेमायाहका छोरा उरियाह। तिनले पनि यो सहर र यस देशविरुद्ध यर्मियाले जस्तै भविष्यवाणी गरेका थिए। २१ राजा यहोयाकिम,+ उनका पराक्रमी मानिसहरू र सबै भारदारले उरियाहले भनेको कुरा सुने। तब राजाले तिनलाई मार्ने विचार गरे।+ यो सुन्‍नेबित्तिकै उरियाह निकै डराए र मिश्रतिर* कुलेलाम ठोके। २२ त्यसपछि राजा यहोयाकिमले आक्बोरका छोरा एल्नातानलाई+ र तिनीसित अरू केही मानिसलाई मिश्र पठाए। २३ तिनीहरूले उरियाहलाई मिश्रबाट ल्याए र राजा यहोयाकिमसामु हाजिर गराए। अनि राजाले तिनलाई तरबारले काटे+ र तिनको लासलाई आम मानिसहरूको चिहानमा फ्याँकिदिए।”

२४ तर सापानका+ छोरा अहिकामले+ यर्मियाको पक्ष लिए। त्यसैले यर्मियालाई मानिसहरूको हातमा सुम्पिइएन र तिनको हत्या गरिएन।+

२७ योसियाहका छोरा, यहुदाका राजा यहोयाकिमको शासनकालको सुरुमा यर्मियाकहाँ यहोवाको यो वचन आयो: २ “यहोवाले मलाई यसो भन्‍नुभयो, ‘आफ्नो निम्ति जुवाहरू र जोतारोहरू* बनाऊ र त्यसलाई आफ्नो गर्दनमा बोक। ३ त्यसपछि एदोमका राजा,+ मोआबका राजा,+ अम्मोनका राजा,+ टायरका राजा+ र सिदोनका राजाकहाँ+ ती जुवा र जोतारोहरू पठाऊ। यहुदाका राजा सिदकियाहलाई भेट्‌न यरुसलेममा आएका सन्देशवाहकहरूमार्फत ती पठाऊ। ४ ती सन्देशवाहकहरूलाई यस्तो सन्देश दिएर तिनीहरूका आ-आफ्ना मालिककहाँ पठाऊ:

“‘“सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, तिमीहरूले आ-आफ्नो मालिकलाई यसो भन्‍नू, ५ ‘यो पृथ्वी अनि यसमा भएका मानिस र जनावरहरू बनाउने मै हुँ। मैले आफ्नो अथाह शक्‍ति र बलियो पाखुराले ती बनाएँ। मैले जसलाई चाहेँ, त्यसैलाई ती सुम्पिदिएँ।+ ६ अब म यी सबै देश मेरो सेवक अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरलाई दिन्छु।+ त्यहाँ भएका जङ्‌गली जनावरहरूसमेत म उसलाई सुम्पन्छु। ७ जबसम्म बेबिलोनको पतन हुने बेला आउँदैन, तबसम्म सबै देशले उसको, उसको छोराको र उसको नातिको सेवा गर्नेछन्‌।+ त्यसपछि अरू देश र महाराजाहरूले बेबिलोनलाई आफ्नो दास बनाउनेछन्‌।’+

८ “‘“यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘यदि कुनै जाति वा देशले बेबिलोनका राजा नबुकद्‌नेजरको सेवा गर्न इन्कार गऱ्‍यो र उसको जुवा आफ्नो गर्दनमा बोक्न मानेन भने म त्यसलाई दण्ड दिनेछु। जबसम्म म त्यो देशलाई बेबिलोनका राजाको हातबाट नाश गर्दिनँ, तबसम्म म त्यसलाई तरबार,+ अनिकाल र महामारी* पठाएर दण्ड दिनेछु।’

९ “‘“‘त्यसैले तिमीहरूका भविष्यवक्‍ताहरू, जोखना हेर्नेहरू, स्वप्नदर्शीहरू, जादुगरहरू र तान्त्रिकहरूले भनेका कुरामा ध्यान नदेऊ, जसले तिमीहरूलाई यसो भन्छन्‌: “तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन।” १० किनकि तिनीहरूले तिमीहरूसित झूट बोलिरहेका छन्‌। तिनीहरूको कुरा सुन्यौ भने म तिमीहरूलाई छरपस्ट पारिदिनेछु, तिमीहरू टाढाको देशमा लगिनेछौ र त्यहीँ नाश हुनेछौ।

११ “‘“‘तर जुन जाति बेबिलोनका राजाको जुवा आफ्नो गर्दनमा थाप्नलाई निहुरिन्छ र उसको सेवा गर्छ, त्यो जातिलाई म तिनीहरूको आफ्नै देशमा रहिरहन दिनेछु। त्यहाँका मानिसहरूले आफ्नै भूमिमा बसिरहन र खेतीकिसानी गरिरहन पाउनेछन्‌,’ यहोवा घोषणा गर्नुहुन्छ।”’”

१२ अनि यही कुरा मैले यहुदाका राजा सिदकियाहलाई+ पनि सुनाएँ। मैले तिनलाई यसो भनेँ: “बेबिलोनका राजाको जुवा आफ्नो गर्दनमा बोक्नलाई निहुरिनुहोस्‌ अनि तिनको र तिनका मानिसहरूको सेवा गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँ जीवितै रहन पाउनुहुनेछ।+ १३ बेबिलोनका राजाको सेवा नगर्ने देशलाई तरबार,+ अनिकाल+ र रुढीले+ नाश गर्नेछु भनी यहोवाले बताउनुभएको छ। तपाईँ र तपाईँका मानिसहरू किन बिनसित्ति नाश हुने? १४ ‘तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन’ भनेर बताउने भविष्यवक्‍ताहरूको कुरा नसुन्‍नुहोस्‌+ किनकि तिनीहरूले तपाईँसित झूट बोलिरहेका छन्‌।+

१५ “यहोवा घोषणा गर्नुहुन्छ, ‘ती भविष्यवक्‍ताहरूलाई मैले पठाएको होइनँ। तैपनि तिनीहरू मेरो नाममा झूटो भविष्यवाणी गर्छन्‌। ती भविष्यवक्‍ताहरूको कुरा सुन्यौ भने म तिमीलाई तिनीहरूसँगसँगै छरपस्ट पारिदिनेछु र तिमी नाश हुनेछौ।’”+

१६ अनि पुजारीहरू र सबै मानिसलाई मैले भनेँ: “यहोवा यसो भन्‍नुहुन्छ, ‘“यहोवाको भवनबाट बेबिलोन लगिएका सरसामान अब छिट्टै फिर्ता ल्याइनेछन्‌” भनेर भविष्यवाणी गर्ने भविष्यवक्‍ताहरूको कुरा नसुन।+ किनकि तिनीहरूले तिमीहरूसित झूट बोलिरहेका छन्‌।+ १७ तिनीहरूको कुरा सुन्दै नसुन। बेबिलोनका राजाको सेवा गर र आफ्नो ज्यान जोगाऊ।+ नत्र भने यो सहर तहसनहस हुनेछ। १८ तर तिनीहरू भविष्यवक्‍ताहरू हुन्‌ र तिनीहरूसित यहोवाको वचन छ भने यहोवाको भवन, यहुदाका राजाको महल र यरुसलेममा बाँकी रहेका सरसामान बेबिलोनमा नलगिऊन्‌ भनेर तिनीहरूले सेनाहरूका यहोवालाई बिन्ती गरून्‌।’

१९ “मन्दिरका खम्बाहरू,+ खड्‌कुँलो,*+ ठेलागाडाहरू+ र यस सहरमा बाँकी रहेका अरू सबै सरसामानबारे सेनाहरूका यहोवाको एउटा सन्देश छ। २० बेबिलोनका राजा नबुकद्‌नेजरले यहोयाकिमका छोरा, यहुदाका राजा यकोनिया अनि यहुदा र यरुसलेमका सबै प्रतिष्ठित मानिसहरूलाई यरुसलेमबाट कैद गरेर बेबिलोन लैजाँदा ती सरसामान आफूसित लगेका थिएनन्‌।+ २१ यहोवाको भवन, यहुदाका राजाको महल र यरुसलेममा बाँकी रहेका ती सरसामानबारे सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: २२ ‘“ती सबै बेबिलोन लगिनेछन्‌+ र जबसम्म म ती सरसामानतर्फ ध्यान लगाउँदिनँ, तबसम्म ती त्यहीँ रहनेछन्‌। त्यसपछि म ती सरसामान पहिले जहाँ थिए, त्यहीँ फर्काएर ल्याउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।’”+

२८ अनि त्यसै वर्ष यहुदाका राजा सिदकियाहको+ शासनको सुरुमा अर्थात्‌ चौथो वर्षको पाँचौँ महिनामा गिबोनमा+ बस्ने अज्जुरका छोरा भविष्यवक्‍ता हानन्याहले मलाई यहोवाको भवनमा पुजारीहरू र सबै मानिससामु भने: २ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु।+ ३ बेबिलोनका राजा नबुकद्‌नेजरले यहाँ यहोवाको भवनबाट ओसारेर बेबिलोन पुऱ्‍याएका सबै सरसामान म दुई वर्षभित्रै फर्काएर ल्याउनेछु।’”+ ४ “‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु अनि यहोयाकिमका+ छोरा यहुदाका राजा येकोनियालाई+ र बेबिलोनमा कैदी बनाएर लगिएका यहुदाका सबैलाई+ यहीँ फर्काएर ल्याउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।”

५ तब यहोवाको भवनमा उभिरहेका पुजारीहरू र सबै मानिससामु भविष्यवक्‍ता यर्मियाले भविष्यवक्‍ता हानन्याहसित कुरा गर्न थाले। ६ भविष्यवक्‍ता यर्मियाले यसो भने: “आमिन!* यहोवाले त्यसै गरून्‌! यहोवाले तपाईँको बोली सत्य साबित गरिदेऊन्‌! आफ्नो भवनका सबै सरसामान अनि कैदमा लगिएका सबैलाई बेबिलोनबाट यहाँ फर्काएर यहोवाले तपाईँको भविष्यवाणी पूरा गरून्‌! ७ तर बिन्ती! मैले तपाईँलाई सुनाउन लागेको यो सन्देश सुन्‍नुहोस्‌। यही सन्देश म अरू सबैलाई पनि सुनाउँदै छु। ८ तपाईँ र मभन्दा वर्षौँअघिका भविष्यवक्‍ताहरूले पनि युद्ध, विपत्ति अनि महामारीले* विभिन्‍न देश तथा शक्‍तिशाली राज्यहरूलाई सताउनेछ भनेर भविष्यवाणी गरेका थिए। ९ तर कुनै भविष्यवक्‍ताले शान्ति छाउनेछ भनेर भविष्यवाणी गऱ्‍यो र साँच्चै शान्ति छायो भने मात्र उसलाई यहोवाले नै पठाउनुभएको हो भनेर सबैले थाह पाउँछन्‌।”

१० यो कुरा सुन्‍नेबित्तिकै भविष्यवक्‍ता हानन्याहले भविष्यवक्‍ता यर्मियाको गर्दनबाट जुवा झिके र त्यसलाई भाँचिदिए।+ ११ अनि सबैसामु हानन्याहले भने: “यहोवा यसो भन्‍नुहुन्छ, ‘यसरी नै म सबै राष्ट्रको गर्दनमा परेको बेबिलोनका राजा नबुकद्‌नेजरको जुवा दुई वर्षभित्र भाँचिदिनेछु।’”+ तब यर्मिया त्यहाँबाट आफ्नो बाटो लागे।

१२ भविष्यवक्‍ता हानन्याहले भविष्यवक्‍ता यर्मियाको गर्दनको जुवा भाँचेपछि यर्मियाकहाँ यहोवाको यो वचन आयो: १३ “गएर हानन्याहलाई भन, ‘यहोवा यसो भन्‍नुहुन्छ: “तिमीले काठको जुवा भाँच्यौ,+ त्यसैले अब तिमीले फलामको जुवा बनाउनुपर्नेछ।” १४ किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “यी राष्ट्रहरूले बेबिलोनका राजा नबुकद्‌नेजरको सेवा गरून्‌ भनेर म यिनीहरूको गर्दनमा फलामको जुवा राखिदिनेछु। अनि यिनीहरूले बेबिलोनका राजाको सेवा गर्नै पर्नेछ।+ म जङ्‌गली जनावरहरूसमेत तिनको हातमा सुम्पिदिनेछु।”’”+

१५ त्यसपछि भविष्यवक्‍ता यर्मियाले भविष्यवक्‍ता हानन्याहलाई+ यसो भने: “बिन्ती हानन्याह! मेरो कुरा सुन्‍नुहोस्‌। यहोवाले तपाईँलाई पठाउनुभएको होइन, तैपनि तपाईँ मानिसहरूलाई झूटो कुरा सुनाएर भ्रममा पार्दै हुनुहुन्छ।+ १६ त्यसैकारण यहोवा यसो भन्‍नुहुन्छ, ‘हेर, म तिम्रो ज्यान लिनेछु। मानिसहरूलाई यहोवाको विरोध गर्न सुऱ्‍याएकोले तिमी वर्षदिनभित्रै मर्नेछौ।’”+

१७ अनि भविष्यवक्‍ता हानन्याह त्यही वर्षको सातौँ महिनामा मरे।

२९ नबुकद्‌नेजरले यरुसलेमबाट कैदी बनाएर बेबिलोनमा लगेका मानिसहरूमाझ बाँकी रहेका नाइकेहरू, पुजारीहरू, भविष्यवक्‍ताहरू अनि सबै मानिसलाई भविष्यवक्‍ता यर्मियाले यरुसलेमबाट चिठी लेखे। २ ती मानिसहरूलाई बेबिलोन लगिँदा राजा येकोनिया,+ राजमाता,+ दरबारका अफिसरहरू, यहुदा र यरुसलेमका शासकहरू, कालिगडहरू र धातुको काम गर्नेहरूलाई* यरुसलेमबाट लगिसकिएको थियो।+ ३ तिनले यो चिठी सापानका+ छोरा एलासाह र हिल्कियाहका छोरा गेमर्याहको हातमा पठाए, जसलाई यहुदाका राजा सिदकियाहले+ बेबिलोनका राजा नबुकद्‌नेजरकहाँ पठाएका थिए। चिठीमा यस्तो लेखिएको थियो:

४ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर आफूले यरुसलेमबाट बेबिलोनमा कैदीको रूपमा पठाउनुभएका सबै मानिसलाई यसो भन्‍नुहुन्छ, ५ ‘घर बनाओ र त्यहीँ बस। बगैँचा लगाओ र त्यसको फल खाओ। ६ बिहाबारी गर र छोराछोरी जन्माओ। आफ्ना छोराहरूको निम्ति बुहारी ल्याओ र छोरीहरूको विवाह गरिदेओ। अनि तिनीहरूले पनि छोराछोरी जन्माऊन्‌। त्यहाँ तिमीहरूको सङ्‌ख्या नघटोस्‌ बरु तिमीहरू बढ्‌दै जाओ। ७ मैले जुन सहरमा तिमीहरूलाई कैदीको रूपमा पठाएको छु, त्यस सहरमा शान्ति छाओस्‌ भनेर कामना गर। त्यस सहरको निम्ति यहोवालाई प्रार्थना गर। किनकि त्यस सहरमा शान्ति छायो भने तिमीहरू पनि शान्तिमा रहन पाउनेछौ।+ ८ सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूमाझ भएका भविष्यवक्‍ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई छक्याउन नपाऊन्‌।+ तिनीहरूले आफ्नो सपनाको कुरा सुनाउँदा तिमीहरूले नपत्याओ। ९ किनकि यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूले मेरो नाममा तिमीहरूलाई झूटो भविष्यवाणी सुनाइरहेका छन्‌।’”’”+

१० “यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीहरू बेबिलोनमा बसेको ७० वर्ष पूरा भइसकेपछि म तिमीहरूतर्फ ध्यान दिनेछु+ र तिमीहरूलाई फेरि तिमीहरूको ठाउँमा फर्काएर आफ्नो प्रतिज्ञा पूरा गर्नेछु।’+

११ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन।+ म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्‍ने चाहन्छु।+ १२ तिमीहरूले मलाई पुकार्नेछौ, मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको बिन्ती सुन्‍नेछु।’+

१३ “‘तिमीहरूले मलाई खोज्नेछौ र भेट्टाउनेछौ+ किनकि तिमीहरूले आफ्नो सारा हृदयले मलाई खोज्नेछौ।+ १४ अनि तिमीहरूले भेट्टाउन सक भनेर म पनि तिमीहरूसामु देखा पर्नेछु,’+ यहोवा घोषणा गर्नुहुन्छ। ‘कैदमा परेका तिमीहरू सबैलाई म जम्मा गर्नेछु। जुन-जुन देश र ठाउँहरूमा मैले तिमीहरूलाई तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट म तिमीहरूलाई जम्मा गर्नेछु।+ अनि जुन ठाउँबाट मैले तिमीहरूलाई कैदमा पठाएको थिएँ, त्यही ठाउँमा फिर्ता ल्याउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+

१५ “तर तिमीहरूले यसो भनेका छौ, ‘यहोवाले यहाँ बेबिलोनमै हाम्रो लागि भविष्यवक्‍ताहरू नियुक्‍त गर्नुभएको छ।’

१६ “दाउदको सिंहासनमा विराजमान राजालाई+ र यरुसलेम सहरमा बसोबास गरिरहेका सबै मानिसलाई, हो, तिमीहरूसँग कैदमा नलगिएका तिमीहरूका दाजुभाइलाई यहोवा भन्‍नुहुन्छ, १७ ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई तरबार, अनिकाल र महामारीले* आक्रमण गर्नेछु+ र तिनीहरूको हालत खानै नमिल्ने कुहिएको* अन्जिरको जस्तै बनाइदिनेछु।”’+

१८ “‘म तिनीहरूलाई तरबार,+ अनिकाल र महामारीले खेद्‌नेछु। तिनीहरूको हालत देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्‌,+ उनीहरूले तिनीहरूको उदाहरण दिँदै सराप्नेछन्‌, तिनीहरूलाई देखेर वाल्ल पर्नेछन्‌ र तिनीहरूको खिसी गर्दै सिटी बजाउनेछन्‌।+ मैले तिनीहरूलाई जुन-जुन देशमा तितरबितर पारेको थिएँ, त्यहाँ-त्यहाँ तिनीहरू ठट्टाको पात्र हुनेछन्‌।+ १९ किनकि मैले बारम्बार तिनीहरूकहाँ मेरा सेवकहरू अर्थात्‌ मेरा भविष्यवक्‍ताहरूमार्फत आफ्नो सन्देश पठाएँ तर तिनीहरूले सुनेनन्‌,’+ यहोवा घोषणा गर्नुहुन्छ।

“‘हो, तिमीहरूले मेरो कुरा सुन्दै सुनेनौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।

२० “त्यसकारण निर्वासनमा परेका हे सबै मानिसहरू हो, जसलाई मैले यरुसलेमबाट बेबिलोनमा पठाएँ, यहोवाको वचन सुन। २१ मेरो नाममा तिमीहरूलाई झूटो भविष्यवाणी सुनाइरहेका कोलायाहका छोरा आहाबबारे र मासेयाहका छोरा सिदकियाहबारे सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,+ ‘म तिनीहरूलाई बेबिलोनका राजा नबुकद्‌नेजरको* हातमा सुम्पनेछु। उसले तिनीहरूलाई तिमीहरूकै आँखाको अगाडि मार्नेछ। २२ अनि बेबिलोनमा कैदी बनाएर लगिएका यहुदाका सबैले कसैलाई सराप्ने बेला तिनीहरूको उदाहरण दिँदै यसो भन्‍नेछन्‌: “यहोवाले तिम्रो हालत सिदकियाह र आहाबको जस्तै पारिदेऊन्‌, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए!” २३ किनकि तिनीहरूले इस्राएलमा साह्रै लाजमर्दो काम गरे।+ तिनीहरूले आफ्ना छिमेकीहरूका पत्नीसित व्यभिचार* गरे र मैले कुनै आज्ञा नदिए पनि मेरो नाममा मानिसहरूलाई झूटा कुरा सुनाए।+

“‘“यो कुरा मलाई राम्ररी थाह छ र म यसको साक्षी छु,”+ यहोवा घोषणा गर्नुहुन्छ।’”

२४ “अनि नेहेलाममा बस्ने सेमायाहलाई+ यसो भन, २५ ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीले यरुसलेममा भएका सबै मानिसलाई, मासेयाहका छोरा पुजारी सपन्याहलाई+ र अरू सबै पुजारीलाई आफ्नो नाममा यस्तो चिठी पठायौ, २६ ‘यहोवाले तपाईँ सपन्याहलाई पुजारी यहोयादाको ठाउँमा पुजारी नियुक्‍त गर्नुभएको छ। तपाईँले यहोवाको भवनको निरीक्षण गर्नुहोस्‌ र भविष्यवक्‍ताको ढोँग गर्ने पागलहरूलाई पक्रेर ठिँगुरोमा* राख्नुहोस्‌ भनेर उहाँले तपाईँलाई यो जिम्मेवारी दिनुभएको हो।+ २७ त्यसोभए तपाईँसामु भविष्यवक्‍ताको ढोँग गर्ने+ अनातोतको यर्मियालाई+ तपाईँले किन अहिलेसम्म हप्काउनुभएको छैन? २८ त्यसले त यहाँ बेबिलोनमा समेत हामीलाई यस्तो सन्देश पठायो: “तपाईँहरू वर्षौँसम्म त्यहीँ बस्नुपर्नेछ! त्यसैले घर बनाउनुहोस्‌ र त्यहीँ बस्नुहोस्‌। बगैँचा लगाउनुहोस्‌ र त्यसको फल खानुहोस्‌+ . . . ”’”’”

२९ जब पुजारी सपन्याहले+ भविष्यवक्‍ता यर्मियासामु यो चिठी पढे, ३० तब यहोवाको यो वचन यर्मियाकहाँ आयो: ३१ “कैदी बनाएर लगिएका सबैलाई यस्तो सन्देश पठाऊ, ‘नेहेलाममा बस्ने सेमायाहबारे यहोवा यसो भन्‍नुहुन्छ: “मैले सेमायाहलाई पठाउँदै नपठाए पनि उसले तिमीहरूलाई भविष्यवाणी सुनायो र तिमीहरूलाई झूटो कुरामा भरोसा गर्न लगायो।+ ३२ त्यसैले यहोवा यसो भन्‍नुहुन्छ, ‘म नेहेलाममा बस्ने सेमायाह र उसको सन्तानलाई सजाय दिनेछु। उसको एउटा सन्तान पनि यी मानिसहरूमाझ जीवित रहनेछैन। मैले आफ्ना जनहरूको भलो गरेको उसले देख्न पाउनेछैन। किनकि उसले मानिसहरूलाई यहोवाको विरोध गर्न उक्साएको छ,’ यहोवा घोषणा गर्नुहुन्छ।”’”

३० यहोवाको यो वचन यर्मियाकहाँ आयो: २ “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘मैले तिमीलाई बताएका सबै कुरा एउटा पुस्तकमा लेख। ३ किनकि यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “अब यस्तो दिन आउँदै छ, जब म इस्राएल र यहुदाबाट कैदमा लगिएका मेरा मानिसहरूलाई जम्मा गर्नेछु।”+ यहोवा भन्‍नुहुन्छ, “अनि मैले तिनीहरूका पितापुर्खालाई दिएको देशमा म तिनीहरूलाई फिर्ता ल्याउनेछु र तिनीहरूले त्यो फेरि अधिकार गर्नेछन्‌।”’”+

४ यहोवाले इस्राएल र यहुदालाई भन्‍नुभएका कुराहरू यी नै हुन्‌।

 ५ यहोवा यसो भन्‍नुहुन्छ:

“मानिसहरू आत्तिएर कराएको आवाज सुनिएको छ;

जताततै आतङ्‌क मच्चिएको छ; शान्ति कतै छैन।

 ६ गएर सोध, ‘के कुनै पुरुषले बच्चा जन्माउन सक्छ?’

किनकि बलिया-बलिया पुरुषहरूजति सबैले बेथा लागेकी स्त्रीले जस्तै

आफ्नो हात पेटमा* राखेको म देख्छु।+

किन तिनीहरू सबैको अनुहारको रङ्‌ग उडेको छ?

 ७ हाय! त्यो अत्यन्तै भयानक दिन हुनेछ।+

त्योजस्तो भयानक दिन अरू छँदै छैन।

त्यो दिन याकुबलाई साह्रै कष्ट हुनेछ।

तर म तिनलाई जोगाउनेछु।”

८ सेनाहरूका यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म त्यो दिन तिनीहरूको गर्दनको जुवा भाँचिदिनेछु र जोतारो* चुँडालिदिनेछु। त्यस उपरान्त विदेशीहरूले तिनीहरूलाई आफ्नो दास बनाउनेछैनन्‌। ९ तिनीहरूले आफ्ना परमेश्‍वर यहोवाको र मैले तिनीहरूमाझ खडा गरेको राजा दाउदको सेवा गर्नेछन्‌।”+

१० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “ए मेरो दास याकुब, नडराऊ

अनि ए इस्राएल, भयभीत नहोऊ+

किनकि म तिमीलाई टाढाको देशबाट छुटाउनेछु,

र तिम्रा सन्तानलाई तिनीहरू कैदमा परेको देशबाट फर्काउनेछु।+

याकुब आफ्नो भूमिमा फर्केर शान्तिपूर्वक बस्नेछ

र कसैले पनि उसलाई तर्साउनेछैन।”+

११ यहोवा घोषणा गर्नुहुन्छ, “तिमीलाई बचाउन म तिम्रो साथमा छु।

तर जुन-जुन देशमा मैले तिमीलाई तितरबितर पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+

तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+

ठीक मात्रामा अनुशासन दिनेछु।*

तिमी सजाय नपाई उम्कनेछैनौ।”+

१२ किनकि यहोवा यसो भन्‍नुहुन्छ:

“तिम्रो चोट निको नहुने खालको छ।+

तिमी निको नै नहुनेगरि घाइते भएका छौ।

१३ तिम्रो पक्षमा खडा हुने कोही छैन।

तिम्रो घाउ कहिल्यै पुरिँदैन।

तिम्रो लागि कुनै उपचार छैन।

१४ तिम्रा कामुक प्रेमीहरूले तिमीलाई धोका दिएका छन्‌।+

तिनीहरूले तिमीलाई बिर्से।

किनकि तिम्रो घोर अपराध र अनगिन्ती पापको कारण+

मैले तिमीलाई शत्रुले झैँ प्रहार गरेको छु+

र क्रूर व्यक्‍तिले झैँ तिमीलाई सजाय दिएको छु।

१५ चोट खाएकोमा तिमी किन बिलौना गर्छौ?

तिम्रो चोट निको हुँदैन।

किनकि तिम्रो घोर अपराध र अनगिन्ती पापको कारण+

मैले नै तिमीलाई सजाय दिएको हुँ।

१६ त्यसैले तिमीलाई निल्न खोज्नेहरूलाई म निल्नेछु+

तिम्रा सबै शत्रुहरू कैदमा पर्नेछन्‌।+

तिमीलाई लुट्‌नेहरू उल्टै लुटिनेछन्‌।

तिमीलाई नाङ्‌गेझार पार्नेहरू उल्टै नाङ्‌गेझार हुनेछन्‌।”+

१७ “‘कसैले पनि सियोनको वास्ता गर्दैन’ भन्दै

तिम्रा शत्रुहरूले तिमीलाई हेला गरे।+

तर म तिम्रो घाउ निको पारेर तिमीलाई स्वस्थ बनाउनेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ।

१८ यहोवा यसो भन्‍नुहुन्छ:

“याकुबको पालमा बस्नेहरू, जो कैदमा परेका छन्‌, तिनीहरूलाई म जम्मा गर्नेछु,+

तिनको वासस्थानलाई* म दया गर्नेछु।

डाँडाको सहर फेरि त्यहीँ बसालिनेछ+

र त्यसका बलिया किल्लाहरू पहिलेकै ठाउँमा खडा गरिनेछन्‌।

१९ तिनीहरूले धन्यवाद चढाउनेछन्‌ र तिनीहरूको हाँसो गुञ्जिनेछ।+

म तिनीहरूको सङ्‌ख्या बढाउनेछु,+

तिनीहरू बढेर अनगिन्ती हुनेछन्‌*

र कसैले तिनीहरूलाई हेप्नेछैन।+

२० तिनीहरूका सन्तान पहिलाजस्तै फल्नेछन्‌, फुल्नेछन्‌।

तिनीहरूलाई म शक्‍तिशाली जाति बनाउनेछु।+

तिनीहरूलाई दुःख दिनेजति सबैलाई म तह लगाउनेछु।+

२१ तिनीहरूका अगुवा तिनीहरूकै माझबाट आउनेछन्‌।

तिनीहरूका शासक तिनीहरूकै बीचबाट निस्कनेछन्‌।

म उसलाई मेरो नजिक ल्याउनेछु र ऊ मकहाँ आउनेछ।”

“नत्र त कसले मेरो नजिक आउने आँट गर्न सक्छ र?” यहोवा घोषणा गर्नुहुन्छ।

२२ “तिमीहरू मेरा मानिसहरू हुनेछौ+ र म तिमीहरूका परमेश्‍वर हुनेछु।”+

२३ हेर! यहोवाको आँधी चल्नेछ, उहाँको क्रोध भयानक आँधीबेहरीझैँ चल्नेछ;+

भयङ्‌कर तुफानझैँ त्यो शत्रुहरूको टाउकोमा बजारिनेछ!

२४ आफूले मनमा ठानेको कुरा पूरा नगरेसम्म

यहोवाको दन्केको रिस मर्नेछैन।+

आखिरी समयमा तिमीहरूले यो कुरा बुझ्नेछौ।+

३१ यहोवा घोषणा गर्नुहुन्छ, “त्यसबेला म इस्राएलका सबै घरानाको परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+

 २ यहोवा यसो भन्‍नुहुन्छ:

“इस्राएल आफ्नो विश्रामस्थलमा फर्कन यात्रा गरिरहेको बेला

तरबारबाट बचेका मानिसहरूले निर्जनभूमिमा निगाह पाए।”

 ३ टाढाबाट यहोवा मकहाँ आउनुभयो र भन्‍नुभयो:

“मैले तिमीलाई माया गरेको छु; मेरो माया सधैँभरि रहनेछ।

मैले तिमीलाई अटल प्रेम देखाएर आफूतिर खिचेको छु।+

 ४ त्यसैले म तिमीलाई फेरि बनाउनेछु; हो, तिमी फेरि बनाइनेछ्यौ।+

ए इस्राएलकी कुमारी केटी, तिमीले फेरि आफ्नो खैँजडी बोक्नेछ्यौ

र हर्षले नाच्नेछ्यौ।+

 ५ तिमीले सामरियाका डाँडाहरूमा फेरि अङ्‌गुर बगान लगाउनेछ्यौ।+

मानिसहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌।+

 ६ किनकि यस्तो दिन आउँदै छ, जब एप्रैमका पहाडहरूमा बस्ने पहरेदारहरू यसो भन्दै कराउनेछन्‌:

‘उठ! सियोनमा उक्लौँ र हाम्रा परमेश्‍वर यहोवाकहाँ जाऔँ!’”+

 ७ किनकि यहोवा यसो भन्‍नुहुन्छ:

“याकुबको निम्ति खुसीले गाओ।

चर्को स्वरले जयजयकार गर किनकि तिमी सबै राष्ट्रभन्दा माथि उचालिएका छौ।+

यस कुराको घोषणा गर; परमेश्‍वरको प्रशंसा गर र यसो भन,

‘हे यहोवा! आफ्ना जनहरू, इस्राएलका बाँकी मानिसहरूलाई बचाउनुहोस्‌।’+

 ८ म तिनीहरूलाई उत्तरको देशबाट फिर्ता ल्याउनेछु।+

तिनीहरूलाई पृथ्वीको कुनाकुनादेखि जम्मा पार्नेछु।+

तिनीहरूमाझ अन्धा र लङ्‌गडाहरू हुनेछन्‌,+

गर्भवती स्त्री, बेथा लागेकी स्त्री, सबै हुनेछन्‌।

तिनीहरू ठूलो जमातमा फर्कनेछन्‌।+

 ९ तिनीहरू रुँदै आउनेछन्‌,+

तिनीहरूले मसित दयाको भीख माग्नेछन्‌ र म तिनीहरूलाई डोऱ्‍याउनेछु।

म तिनीहरूलाई प्रशस्त पानी भएको ठाउँमा,*+

ठेस नलाग्ने सम्म परेको बाटोमा डोऱ्‍याउनेछु

किनकि म इस्राएलको बुबा हुँ र एप्रैम मेरो पहिलो सन्तान हो।”+

१० ए राष्ट्रहरू हो! यहोवाको वचन सुन!

टाढा-टाढाका टापुहरूमा यो कुराको घोषणा गर:+

“इस्राएललाई तितरबितर पार्नुहुनेले तिनीहरूलाई फेरि जम्मा गर्नुहुनेछ।

गोठालोले आफ्नो बगालको हेरविचार गरेझैँ उहाँले तिनीहरूको हेरविचार गर्नुहुनेछ।+

११ किनकि यहोवाले याकुबलाई छुटकारा दिनुहुनेछ;+

ऊभन्दा शक्‍तिशालीको हातबाट उसलाई छुटाउनुहुनेछ।+

१२ तिनीहरू आउनेछन्‌ र सियोनको टाकुरामा खुसीले कराउनेछन्‌।+

यहोवाले दिनुभएका असल-असल कुराले तिनीहरूको अनुहार धपक्क बल्नेछ।

उहाँले तिनीहरूलाई अन्‍न, नयाँ मद्य+ र तेल दिनुहुनेछ।

तिनीहरूका वस्तुभाउ ब्याउनेछन्‌।+

तिनीहरू राम्ररी पानी पाएको बगैँचाजस्तै हराभरा हुनेछन्‌+

र फेरि कहिल्यै कमजोर हुनेछैनन्‌।”+

१३ “त्यसबेला कुमारी केटीहरू रमाई-रमाई नाच्नेछन्‌,

तन्‍नेरीहरू र बूढापाकाहरू पनि सँगै नाच्नेछन्‌।+

म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु।+

म तिनीहरूलाई सान्त्वना दिनेछु र पीडाको सट्टा खुसी दिनेछु।+

१४ म पुजारीहरूलाई प्रशस्त खानेकुरा दिएर तृप्त पार्नेछु।

मैले दिएका असल-असल कुराले मेरा मानिसहरू सन्तुष्ट हुनेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

१५ “यहोवा यसो भन्‍नुहुन्छ:

‘रामामा+ एउटा स्वर सुनियो, रोदन र क्रन्दनको;

राहेल आफ्ना छोराहरूको* निम्ति विलाप गर्दै थिई;+

जति नै सान्त्वना दिए पनि ऊ शान्त हुन मानिन

किनकि तिनीहरू अब रहेनन्‌।’”+

१६ यहोवा यसो भन्‍नुहुन्छ:

“‘नरोऊ, आँसु झार्न बन्द गर।

किनकि म तिमीलाई तिम्रा कामहरूको इनाम दिनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।

‘तिनीहरू आफ्नो शत्रुको देशबाट फर्कनेछन्‌।’+

१७ ‘तिम्रो लागि एउटा आशा छ,’+ यहोवा घोषणा गर्नुहुन्छ।

‘तिम्रा छोराहरू आफ्नै भूमिमा फर्कनेछन्‌।’”+

१८ “एप्रैमले यसो भन्दै सुस्केरा हालेको मैले सुनेको छु,

‘म त हलो जोत्ने तालिम नपाएको बाछोजस्तै थिएँ।

तपाईँले मलाई सुधार्नुभयो र म सुध्रिएँ।

मलाई फर्काउनुहोस्‌ र म खुसी-खुसी फर्कनेछु

किनकि तपाईँ मेरा परमेश्‍वर यहोवा हुनुहुन्छ।

१९ फर्केर आएपछि मलाई ग्लानि भयो।+

तपाईँले मलाई सम्झाउनुभएपछि मैले शोकमा आफ्नो तिघ्रा ठटाएँ।*

जवान छँदा आफूले गरेका कामहरूले गर्दा

मैले लज्जित र अपमानित महसुस गरेँ।’”+

२० यहोवा घोषणा गर्नुहुन्छ, “एप्रैम मेरो लागि अनमोल छैन र? ऊ मेरो प्यारो छोरो होइन र?+

किनकि उसलाई जति हप्काए पनि म उसलाई बिर्सन सक्दिनँ।

उसलाई सम्झेर मेरा भावनाहरू उर्लेर आउँछन्‌।+

त्यसैले म उसलाई पक्कै दया देखाउनेछु।+

२१ आफ्नो लागि सडकमा चिन्हहरू ठड्‌याऊ

अनि खम्बाहरू खडा गर।+

तिमी हिँड्‌नुपर्ने मूलबाटोतिर नजर लगाऊ।+

फर्किआऊ, ए इस्राएलकी कुमारी केटी, आफ्ना यी सहरहरूमा फर्केर आऊ।

२२ ए विश्‍वासघाती छोरी, तिमी कहिलेसम्म यताउता बरालिन्छ्यौ?

किनकि यहोवाले पृथ्वीमा एउटा नयाँ कुरा बनाउनुभएको छ:

एउटी स्त्री मरिहत्ते गरेर पुरुषको पछि लाग्छे।”

२३ सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “कैदमा लगिएकाहरूलाई फर्काएर ल्याएपछि तिनीहरूले यहुदा र यसका सहरहरूमा फेरि यसो भन्‍नेछन्‌: ‘ए धर्मी घर!+ ए पवित्र डाँडा!+ यहोवाले तिमीलाई आशिष्‌ देऊन्‌।’ २४ अनि त्यसमै यहुदा र यसका सारा सहर सँगै बसोबास गर्नेछन्‌। किसानहरू र बगाललाई डोऱ्‍याउने गोठालाहरू पनि सँगै बस्नेछन्‌।+ २५ अनि थाकेकाहरूलाई म तृप्त पार्नेछु र दुर्बलहरूलाई बल दिनेछु।”+

२६ यसपछि म ब्युँझिएँ र मैले आफ्नो आँखा खोलेँ। मलाई मीठो निद्रा लागेको थियो।

२७ यहोवा घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्‌, जब म इस्राएलको घराना र याकुबको घरानामा मानिसहरूको र वस्तुभाउको सङ्‌ख्या बढाइदिनेछु।”+

२८ “अनि जसरी मैले तिनीहरूलाई उखेल्न, ढाल्न, भत्काउन, नाश गर्न र हानि गर्न+ तिनीहरूमाथि नजर राखेको थिएँ, त्यसरी नै तिनीहरूलाई बनाउन र रोप्न म तिनीहरूमाथि नजर राख्नेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ। २९ “ती दिनहरूमा तिनीहरूले फेरि कहिल्यै यसो भन्‍नेछैनन्‌, ‘अमिलो अङ्‌गुर खाए बुबाले, दाँत कुँडियो छोराको।’+ ३० तर हरेक मानिस आफ्नै गल्तीले मर्नेछ। त्यसैले जसले अमिलो अङ्‌गुर खान्छ, उसैको दाँत कुँडिनेछ।”

३१ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँदै छन्‌, जब म इस्राएलको घराना र यहुदाको घरानासित नयाँ करार गर्नेछु।+ ३२ त्यो करार मैले तिनीहरूका पुर्खाहरूलाई हात समाएर मिश्र देशबाट बाहिर ल्याउँदा तिनीहरूसित गरेको करारजस्तो हुनेछैन।+ ‘म तिनीहरूको साँचो मालिक* थिएँ तर तिनीहरूले मेरो करार तोडे,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

३३ “ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,” यहोवा घोषणा गर्नुहुन्छ। “मेरा नियमहरू म तिनीहरूको मनमस्तिष्कमा राखिदिनेछु+ र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+

३४ “तिनीहरूमध्ये कसैले पनि आफ्नो छिमेकीलाई र आफ्नो दाजुभाइलाई यसो भनेर सिकाउनेछैन: ‘यहोवालाई चिन!’+ किनकि तिनीहरू सबैले अर्थात्‌ सानादेखि ठूला सबैले मलाई चिन्‍नेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ। “म तिनीहरूलाई क्षमा दिनेछु र फेरि कहिल्यै तिनीहरूको पाप सम्झनेछैनँ।”+

३५ यहोवा, जसले दिनमा उज्यालो होस्‌ भनेर घाम दिनुहुन्छ,

रातमा प्रकाश छर्न जूनताराको निम्ति नियम तोक्नुहुन्छ,

जसले सागरलाई हल्लाउनुहुन्छ र ठूलठूला छाल उठाउनुहुन्छ,

जसको नाम सेनाहरूका यहोवा हो,+

उहाँ यसो भन्‍नुहुन्छ:

३६ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘जसरी यी नियमहरूले कहिल्यै काम गर्न छोड्‌दैनन्‌,

त्यसैगरि इस्राएलका सन्तानलाई म राष्ट्रको रूपमा कहिल्यै नाश हुन दिनेछैनँ।’”+

३७ यहोवा यसो भन्‍नुहुन्छ: “‘जसरी माथि आकाशलाई नाप्न र तल पृथ्वीको जगसम्म पुग्न असम्भव छ, त्यसरी नै इस्राएलका सन्तानले गरेका गल्तीहरूको निम्ति मैले तिनीहरू सबैलाई त्याग्ने कुरा असम्भव छ,’ यहोवा घोषणा गर्नुहुन्छ।”+

३८ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर! यस्ता दिनहरू आउँदै छन्‌, जब हननेल धरहरादेखि+ कुना-ढोकासम्म+ यहोवाको निम्ति यो सहर निर्माण गरिनेछ।+ ३९ अनि नाप्ने डोरी+ सोझै गारेबको डाँडासम्म पुग्नेछ र त्यसपछि गोआहतिर मोडिनेछ। ४० अनि सिनु र खरानीले* भरिएको सम्पूर्ण उपत्यकाका साथै किद्रोन बेँसीसम्म+ फैलिएको सबै खेत र पूर्वमा घोडा-ढोकाको+ कुनासम्म सबै इलाका यहोवाको निम्ति पवित्र हुनेछ।+ त्यो फेरि कहिल्यै उखेलिनेछैन र नाश हुनेछैन।”

३२ यहुदाका राजा सिदकियाहको शासनको १० औँ वर्षमा अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरको* शासनको १८ औँ वर्षमा यर्मियाकहाँ आएको यहोवाको वचन।+ २ त्यसबेला बेबिलोनका राजाको सेनाले यरुसलेमलाई घेरा हालेको थियो र भविष्यवक्‍ता यर्मियालाई यहुदाका राजाको महलमा भएको पहरेदार-चोकमा+ थुनेर राखिएको थियो। ३ किनकि यहुदाका राजा सिदकियाहले यर्मियालाई थुन्‍न लगाएका थिए।+ सिदकियाहले यर्मियालाई यसो भने, “तिमी किन यसो भनेर भविष्यवाणी गर्छौ? तिमी भन्छौ, ‘यहोवा भन्‍नुहुन्छ: “म यो सहर बेबिलोनका राजालाई सुम्पिदिनेछु र तिनले यसलाई कब्जा गर्नेछन्‌।+ ४ यहुदाका राजा सिदकियाह कल्दियालीहरूको हातबाट उम्कनेछैनन्‌। किनकि तिनी बेबिलोनका राजाको कैदमा अवश्‍य पर्नेछन्‌ र बेबिलोनका राजाले तिनीसित आमनेसामने कुरा गर्नेछन्‌।”’+ ५ ‘बेबिलोनका राजाले सिदकियाहलाई लैजानेछन्‌ र मैले तिनको बारेमा कुनै निर्णय नगरुन्जेल तिनलाई बेबिलोनमै राख्नेछन्‌,’ यहोवा घोषणा गर्नुहुन्छ। ‘तिमीले कल्दियालीहरूसित जति नै लडाइँ गरे पनि सफल हुनेछैनौ।’”+

६ यर्मियाले यसो भने: “यहोवाको यो वचन मकहाँ आयो, ७ ‘तिम्रो ठूलोबुबा* साल्लुमका छोरा हानमेल तिमीकहाँ आउनेछन्‌ र यसो भन्‍नेछन्‌: “अनातोतमा+ भएको मेरो खेत किन्‍नुहोस्‌ किनकि तपाईँ नै त्यसको पहिलो हकदार हुनुहुन्छ।”’”+

८ यहोवाले भन्‍नुभएझैँ मेरो ठूलोबुबाका छोरा हानमेल पहरेदार-चोकमा आएर मलाई भेटे र यस्तो आग्रह गरे: “बिन्यामिनको इलाकाको अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्‌ किनकि त्यो किन्‍ने अधिकार तपाईँसित छ।” तब यो सब यहोवाको वचनअनुसारै भएको हो भनेर मैले बुझेँ।

९ त्यसैले मेरो ठूलोबुबाका छोरा हानमेलबाट मैले अनातोतको खेत किनेँ। मैले तिनलाई सात शेकेल* र दस टुक्रा चाँदी जोखेर दिएँ।+ १० अनि मैले हामीबीच भएको कारोबारको एउटा कागज बनाएँ,+ त्यसमा लाहाछाप लगाएँ, साक्षीहरू भेला गरेँ+ र तिनीहरूसामु पैसा जोखेँ। ११ नियमकानुनअनुसारै लाहाछाप लगाइएको एउटा कागज र लाहाछाप नलगाइएको अर्को एउटा कागज मैले लिएँ। १२ अनि मेरो ठूलोबुबाका छोरा हानमेल, कागजमा सही गर्ने साक्षीहरू र पहरेदार-चोकमा+ बसिरहेका सबै यहुदीको अगाडि मैले त्यो कागज महसेयाहका नाति, नेरियाहका+ छोरा बारुकलाई दिएँ।+

१३ मैले सबैको अगाडि बारुकलाई यस्तो आदेश दिएँ: १४ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘लाहाछाप लगाइएको कागज र नलगाइएको कागज दुवै लेऊ र ती कागजहरू लामो समयसम्म सुरक्षित रहून्‌ भनेर एउटा माटोको भाँडोमा राख।’ १५ किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यो भूमिमा फेरि घर, खेतबारी र अङ्‌गुर बगानको किनबेच हुनेछ।’”+

१६ नेरियाहका छोरा बारुकलाई कागज दिएपछि मैले यहोवालाई यसो भनेर प्रार्थना गरेँ: १७ “हे ब्रह्‍माण्डका मालिक यहोवा! तपाईँले आफ्नो अपार शक्‍ति र बलियो पाखुराले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।+ तपाईँको लागि कुनै कुरा असम्भव छैन। १८ तपाईँ हजारौँ हजारलाई साँचो प्रेम* गर्नुहुन्छ। तर पितापुर्खाले गरेको गल्तीको सजाय तिनका छोराहरूलाई दिनुहुन्छ।+ हे साँचो परमेश्‍वर, महान्‌ र शक्‍तिशाली परमेश्‍वर, जसको नाम सेनाहरूका यहोवा हो, १९ तपाईँका उद्देश्‍यहरू* र तपाईँका कार्यहरू कत्ति महान्‌ छन्‌!+ मानिसको हरेक चाल तपाईँ नियाल्नुहुन्छ+ र तिनीहरूको चालअनुसार अनि तिनीहरूको कामअनुसारको फल तिनीहरूलाई दिनुहुन्छ।+ २० तपाईँले मिश्रमा आश्‍चर्यलाग्दा चिन्हहरू देखाउनुभयो र चमत्कारहरू गर्नुभयो। ती आजका दिनसम्म पनि मानिसहरूले बिर्सेका छैनन्‌। यसरी इस्राएलीहरूमाझ र सारा मानिसजातिमाझ तपाईँले आफ्नो नाम राख्नुभयो+ र त्यो आजसम्म पनि कायमै छ। २१ अनि तपाईँले आश्‍चर्यलाग्दा चिन्हहरू देखाएर, चमत्कारहरू गरेर, आफ्नो शक्‍ति प्रकट गरेर अनि भयानक कामहरू गरेर इस्राएलका आफ्ना मानिसहरूलाई मिश्रबाट छुटाउनुभयो।+

२२ “अनि तिनीहरूका पितापुर्खालाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको दूध र मह बग्ने+ यो देश तपाईँले तिनीहरूलाई दिनुभयो।+ २३ अनि तिनीहरू आएर यो देशलाई आफ्नो अधिकारमा लिए तर तिनीहरूले तपाईँको कुरा सुनेनन्‌ र तपाईँका आज्ञाहरूलाई बेवास्ता गरे। तपाईँले आज्ञा गर्नुभएको कुनै पनि कुरा तिनीहरूले पालन गरेनन्‌। त्यसैले तपाईँले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभयो।+ २४ हेर्नुहोस्‌! शत्रुहरूले यो सहर कब्जा गर्नलाई घेरा-मचान* बनाएका छन्‌।+ अनि तरबार,+ अनिकाल र रुढीले* गर्दा+ यो सहर ती कल्दियालीहरूको हातमा परेरै छोड्‌नेछ, जो यस सहरविरुद्ध लडिरहेका छन्‌। तपाईँले भन्‍नुभएका सबै कुरा पूरा भएका छन्‌, ती तपाईँ आफैले देखिरहनुभएको छ। २५ हे ब्रह्‍माण्डका मालिक यहोवा, यो सहर कल्दियालीहरूको हातमा पर्ने निश्‍चित छ तर तपाईँ भने मलाई यसो भन्‍नुहुन्छ: ‘पैसा तिरेर आफ्नो लागि खेत किन र साक्षीहरू भेला गर।’”

२६ त्यसपछि यहोवा परमेश्‍वरको यो वचन यर्मियाकहाँ आयो: २७ “म सारा मानिसजातिको परमेश्‍वर यहोवा हुँ। के मेरो लागि कुनै कुरा असम्भव छ? २८ त्यसैले म यहोवा यसो भन्छु, ‘म अब यो सहर कल्दियालीहरूको र बेबिलोनका राजा नबुकद्‌नेजरको हातमा सुम्पिदिनेछु र तिनले यसलाई कब्जा गर्नेछन्‌।+ २९ अनि यस सहरविरुद्ध खडा भएका कल्दियालीहरू यहाँ आउनेछन्‌ र सहरमा आगो लगाइदिनेछन्‌।+ अनि यहाँ भएका ती सबै घर खरानी हुनेछन्‌, जुन घरहरूका छतहरूमा मानिसहरूले बाआलका लागि बलि चढाएर अनि अरू देवताहरूका लागि मद्यभेटी चढाएर मलाई रिस उठाए।’+

३० “‘किनकि इस्राएल र यहुदाका मानिसहरूले युवावस्थादेखि नै मेरो नजरमा जे खराब छ, त्यही गरेका छन्‌।+ इस्राएलका मानिसहरू खराब काम गरेर मलाई रिस उठाइरहन्छन्‌,’ यहोवा घोषणा गर्नुहुन्छ। ३१ ‘यो सहर बनिएको दिनदेखि आजसम्मै यसका बासिन्दाहरूले मलाई रिस उठाउनुको अलावा अरू केही गरेका छैनन्‌।+ त्यसैले म यसलाई मेरो नजरबाट हटाइदिनेछु।+ ३२ इस्राएल र यहुदाका बासिन्दाहरूले गरेका सबै खराब कामको कारण म त्यसो गर्नेछु। तिनीहरू, तिनीहरूका राजाहरू,+ भारदारहरू,+ पुजारीहरू, भविष्यवक्‍ताहरू+ अनि यहुदा र यरुसलेमका बासिन्दाहरू सबैले मलाई रिस उठाएका छन्‌। ३३ तिनीहरूले निरन्तर मतिर आफ्नो पीठ फर्काए; आफ्नो अनुहार देखाउँदै देखाएनन्‌।+ मैले तिनीहरूलाई बारम्बार सिकाउने कोसिस गरेँ तर तिनीहरूमध्ये कसैले पनि मैले सिकाएझैँ गरेनन्‌ र मेरो अनुशासन स्विकारेनन्‌।+ ३४ अनि मेरो नामले चिनिएको भवनमा घिनलाग्दा मूर्तिहरू ल्याएर तिनीहरूले त्यसलाई अपवित्र पारे।+ ३५ त्यतिमात्र होइन, तिनीहरूले “हिन्‍नोमको छोराको बेँसी”-मा*+ बाआलको निम्ति अग्ला थानहरू* बनाए र त्यहाँ मोलेकको निम्ति आफ्ना छोराछोरीलाई आगोमा बलि चढाए।+ त्यस्तो घिनलाग्दो काम गरेर यहुदालाई पाप गर्न लगाउने आज्ञा मैले दिएकै थिइनँ।+ त्यस्तो कुरा मेरो मनमा समेत आएको थिएन।’

३६ “त्यसकारण यो सहर, जसलाई बेबिलोनका राजाले तरबार, अनिकाल र रुढीले कब्जा गर्नेछन्‌ भनेर तिमी घोषणा गर्दै छौ, यसबारे इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ३७ ‘यसका बासिन्दाहरूदेखि क्रोधित हुँदै मैले आफ्नो भयङ्‌कर रिसमा तिनीहरूलाई जुन-जुन ठाउँमा तितरबितर पारेको थिएँ,+ ती सबै ठाउँबाट म तिनीहरूलाई यस ठाउँमा जम्मा गर्नेछु र तिनीहरू ढुक्कसित यहाँ बस्नेछन्‌।+ ३८ म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।+ ३९ तिनीहरूले सधैँ मेरो डर मानून्‌ अनि तिनीहरू र तिनीहरूका छोराछोरीको भलो होस्‌ भनेर म तिनीहरूलाई एकै मनको बनाउनेछु+ र एउटै मार्गमा चल्न लगाउनेछु।+ ४० म तिनीहरूसित कहिल्यै नटुट्‌ने करार गर्नेछु:+ म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्‌नेछैनँ।+ तिनीहरू मदेखि तर्केर नजाऊन्‌ भनेर तिनीहरूको हृदयमा मप्रतिको डर राखिदिनेछु।+ ४१ तिनीहरूसित प्रसन्‍न हुँदै म तिनीहरूको भलाइ गर्नेछु+ अनि मेरो सारा हृदय र मेरो सारा शक्‍तिले तिनीहरूलाई यो भूमिमा स्थिर गराउनेछु।’”+

४२ “किनकि यहोवा यसो भन्‍नुहुन्छ, ‘जसरी मैले यी मानिसहरूमाथि यो सब विपत्ति ल्याएँ, त्यसैगरि मैले प्रतिज्ञा गरेका सबै असल कुरा पनि म तिनीहरूलाई दिनेछु।+ ४३ तिमीले “यो भूमि निर्जन हुनेछ, यहाँ कुनै मानिस वा पशु रहनेछैन, यो कल्दियालीहरूको हातमा सुम्पिइएको छ” भने तापनि यो भूमिमा मानिसहरूले फेरि खेतबारी किनबेच गर्नेछन्‌।’+

४४ “यहोवा घोषणा गर्नुहुन्छ, ‘बिन्यामिनको इलाका, यरुसलेम वरपरको इलाका, यहुदाका सहरहरू,+ पहाडी भेगका सहरहरू, बेँसीका सहरहरू+ र दक्षिणतिरका सहरहरूमा मानिसहरूले दाम तिरेर खेतबारी किन्‍नेछन्‌,+ साक्षीहरू भेला गर्नेछन्‌ र किनबेच गरेको कागज बनाएर त्यसमा लाहाछाप लगाउनेछन्‌ किनकि कैदमा परेका ती ठाउँहरूका मानिसहरूलाई म फर्काएर ल्याउनेछु।’”+

३३ यर्मिया पहरेदार-चोकमा थुनिएकै बेला दोस्रो पटक यहोवाको वचन यर्मियाकहाँ आयो।+ उहाँले यसो भन्‍नुभयो: २ “पृथ्वी सृष्टि गर्नुहुने यहोवा, पृथ्वीलाई बनाउनुहुने र स्थिर पार्नुहुने यहोवा; उहाँको नाम यहोवा हो। उहाँ यसो भन्‍नुहुन्छ: ३ ‘मलाई पुकार अनि म तिमीहरूलाई जवाफ दिनेछु र तिमीहरूले कहिल्यै नबुझेका र तिमीहरूको समझबाहिरका अचम्मलाग्दा कुराहरू बताउनेछु।’”+

४ “किनकि म इस्राएलका परमेश्‍वर यहोवा घेरा-मचान* अनि तरबारले गर्दा ढालिएका यस सहरका घरहरूबारे र यहुदाका राजाका महलहरूबारे+ ५ अनि कल्दियालीहरूसित लड्‌न आएका ती मानिसहरू, जसलाई मैले आफ्नो बल्दो रिसले प्रहार गरेर तिनीहरूको लासले यी ठाउँहरू भरिदिएँ र जसका खराब कामहरूले गर्दा मैले आफ्नो अनुहार यस सहरदेखि अन्तै फर्काएँ, तिनीहरूबारे यसो भन्छु: ६ ‘म यस सहरलाई निको पारेर स्वस्थ बनाउनेछु।+ म यसका बासिन्दाहरूको चोट निको पार्नेछु, तिनीहरूलाई प्रशस्त शान्ति दिनेछु र सत्य कुरा प्रकट गर्नेछु।+ ७ अनि यहुदा र इस्राएलबाट कैदमा लगिएकाहरूलाई फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई फेरि पहिलेजस्तै बलियो बनाउनेछु।+ ८ म तिनीहरूलाई शुद्ध पार्नेछु।+ तिनीहरूले मविरुद्ध गरेका सबै पाप र तिनीहरूका सबै अपराध म क्षमा गरिदिनेछु।+ ९ अनि यस सहरका बासिन्दाहरूका लागि मैले गरेका असल कामहरूबारे सुनेर देश-देशका मानिसहरूले मेरो महिमा गर्नेछन्‌ र मेरो प्रशंसा गर्नेछन्‌। अनि मानिसहरूको नजरमा यो एउटा सुन्दर सहर हुनेछ।+ यस सहरमा मैले गर्ने असल कामहरूबारे र मैले यसलाई दिने शान्तिबारे सुनेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।’”+

१० “यहोवा यसो भन्‍नुहुन्छ: ‘कुनै मानिस वा वस्तुभाउसमेत नरहनेगरि उजाड हुनेछ भनेर तिमीले घोषणा गरेको यो ठाउँ अर्थात्‌ यहुदाका सहरहरू र यरुसलेमका बाटोहरू, जुन अहिले कुनै मानिस अनि कुनै वस्तुभाउ नभएकोले उजाड भएको छ, ११ यहाँ फेरि खुसीयाली र रमाहटको आवाज सुनिनेछ,+ दुलहा र दुलहीको आवाज सुनिनेछ अनि मानिसहरूले यसो भन्‍नेछन्‌: “सेनाहरूका यहोवालाई धन्यवाद चढाओ किनकि यहोवा भला हुनुहुन्छ।+ उहाँको अटल प्रेम कहिल्यै टल्दैन!”’+

“‘तिनीहरूले यहोवाको भवनमा धन्यवादका भेटीहरू ल्याउनेछन्‌+ किनकि म तिनीहरूलाई फेरि यस देशमा फिर्ता ल्याउनेछु र तिनीहरूलाई पहिलेजस्तै बलियो पार्नेछु,’ यहोवा भन्‍नुहुन्छ।”

१२ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: ‘कुनै मानिस अनि कुनै वस्तुभाउ नभएको यो उजाड ठाउँ र यसका सबै सहरमा फेरि घाँसे मैदानहरू हुनेछन्‌ र त्यहाँ गोठालाहरूले आफ्नो बगाल चराउनेछन्‌।’+

१३ “‘पहाडी भेगका सहरहरू, बेँसीका सहरहरू, दक्षिणतिरका सहरहरू, बिन्यामिनको इलाका, यरुसलेमवरपरको इलाका+ र यहुदाका सहरहरूमा+ गोठालाहरूले फेरि आफ्ना भेडाहरूको गन्ती गर्नेछन्‌,’ यहोवा भन्‍नुहुन्छ।”

१४ “यहोवा घोषणा गर्नुहुन्छ, ‘हेर, यस्तो दिन आउँदै छ, जब म इस्राएल र यहुदाको घरानासित मैले गरेका सबै असल प्रतिज्ञा पूरा गर्नेछु।+ १५ त्यसबेला म दाउदको घरानाबाट एक जना धर्मी उत्तराधिकारी* खडा गर्नेछु+ अनि तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन्‌।+ १६ ती दिनहरूमा यहुदालाई जोगाइनेछ+ र यरुसलेम सुरक्षित रहनेछ।+ अनि त्यस सहरलाई यस नामले पुकारिनेछ: हाम्रो धार्मिकताको स्रोत यहोवा हुनुहुन्छ।’”+

१७ “किनकि यहोवा यसो भन्‍नुहुन्छ: ‘इस्राएलको घरानाको सिंहासनमा बस्नलाई दाउदको सन्तानको कहिल्यै कमी हुनेछैन।+ १८ मलाई अग्निभेटी, अन्‍नभेटी र बलिदानहरू चढाउने लेवी पुजारीहरूको पनि कहिल्यै कमी हुनेछैन।’”

१९ अनि यहोवाको यो वचन फेरि यर्मियाकहाँ आयो: २० “यहोवा यसो भन्‍नुहुन्छ, ‘दिन र रातसित मैले गरेको करारलाई के तिमीहरू तोड्‌न सक्छौ? अनि दिन र रातलाई त्यसको आफ्नो समयमा देखा पर्नदेखि रोक्न सक्छौ?+ २१ सक्छौ भने मात्र मेरो दास दाउदसित मैले गरेको करार तोडिनेछ+ र तिनको सिंहासनमा बसेर राजाको रूपमा शासन गर्ने उत्तराधिकारीको कमी हुनेछ।+ अनि मेरा सेवकहरू अर्थात्‌ लेवी पुजारीहरूसित मैले गरेको करार तोडिनेछ।+ २२ जसरी आकाशका ताराहरू गन्‍न सकिँदैन अनि समुद्रको बालुवा जोख्न सकिँदैन, त्यसैगरि मेरो दास दाउदको सन्तानलाई र मेरो सेवा गर्ने लेवीहरूलाई कसैले गन्‍न सक्नेछैन किनकि म तिनीहरूको सङ्‌ख्यालाई बढाउनेछु।’”

२३ अनि यहोवाको यो वचन फेरि यर्मियाकहाँ आयो: २४ “‘आफूले रोजेका दुई परिवारलाई यहोवाले तिरस्कार गर्नुहुनेछ’ भनेर यी मानिसहरूले भनेको के तिमीले याद गरेका छैनौ? तिनीहरू मेरा मानिसहरूलाई हेला गर्दै छन्‌ र तिनीहरूले उनीहरूलाई एउटा राष्ट्रको दर्जासमेत दिन छोडिसकेका छन्‌।

२५ “यहोवा यसो भन्‍नुहुन्छ: ‘जसरी मैले आकाश र पृथ्वीको निम्ति तोकेको+ नियम अनि दिन र रातसित गरेको करार पक्का छ,+ २६ त्यसैगरि म याकुबका सन्तान अनि मेरो दास दाउदको सन्तानलाई कहिल्यै त्याग्नेछैनँ भन्‍ने कुरा पनि पक्का छ। अब्राहाम, इसहाक र याकुबका सन्तानमाथि शासन गर्नलाई दाउदको सन्तानमा शासकको कमी हुनेछैन। किनकि म कैदमा परेकाहरूलाई फेरि जम्मा गर्नेछु+ र तिनीहरूमाथि दया देखाउनेछु।’”+

३४ बेबिलोनका राजा नबुकद्‌नेजर,* तिनको सम्पूर्ण सेना, तिनको अधीनमा रहेका पृथ्वीका सबै राज्य र सबै मानिसले यरुसलेम अनि यसवरपर रहेका सम्पूर्ण सहरविरुद्ध युद्ध गरिरहेको बेला यहोवाको यो वचन यर्मियाकहाँ आयो:+

२ “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘जाऊ, यहुदाका राजा सिदकियाहलाई+ यसो भन, “यहोवा भन्‍नुहुन्छ: ‘म यो सहर बेबिलोनका राजाको हातमा सुम्पनेछु र तिनले यसलाई आगोले भस्म पार्नेछन्‌।+ ३ तिमी तिनको हातबाट उम्कन सक्नेछैनौ। तिमी निश्‍चय नै पक्राउ पर्नेछौ र तिनको हातमा सुम्पिइनेछौ।+ तिमीले बेबिलोनका राजालाई आफ्नै आँखाले देख्नेछौ र तिनले तिमीसित आमनेसामने कुरा गर्नेछन्‌ अनि तिमी बेबिलोन लगिनेछौ।’+ ४ तर ए यहुदाका राजा सिदकियाह, यहोवाको यो वचन सुन, ‘तिम्रो विषयमा यहोवा यसो भन्‍नुहुन्छ: “तिमी तरबारले मारिनेछैनौ। ५ तिमी चैनसित मर्नेछौ।+ तिम्रो मृत्युपछि मानिसहरूले तिम्रो सम्मानमा धूप बाल्नेछन्‌,* जसरी तिनीहरूले तिम्रा पितापुर्खा अर्थात्‌ तिमीअघिका राजाहरूको निम्ति पनि धूप बालेका थिए। अनि तिनीहरूले ‘हाय! हाम्रा मालिक’ भन्दै शोक गर्नेछन्‌। यो पक्कै पूरा हुनेछ किनकि ‘मैले नै यो भनेको हुँ,’ यहोवा घोषणा गर्नुहुन्छ।”’”’”

६ त्यसपछि भविष्यवक्‍ता यर्मियाले यरुसलेम गएर यहुदाका राजा सिदकियाहलाई यी सबै कुरा बताए। ७ त्यतिखेर बेबिलोनका राजाको सेनाले यरुसलेम र यहुदाका बाँकी रहेका सबै सहरविरुद्ध अर्थात्‌ लाकिस+ र अजेकाहविरुद्ध+ युद्ध गरिरहेको थियो+ किनकि यहुदाका पर्खालले घेरिएका बलिया सहरहरूमध्ये यी दुई सहर मात्रै बाँकी थिए।

८ यरुसलेमका सबै मानिसले आफ्ना दासहरूलाई मुक्‍त गर्नुपर्छ भनेर राजा सिदकियाहले तिनीहरूसित करार गरेपछि यर्मियाकहाँ आएको यहोवाको वचन।+ ९ हरेकले आफ्नो हिब्रू दास वा दासीलाई मुक्‍त गर्नुपर्छ; कसैले पनि सङ्‌गी यहुदीलाई दासको रूपमा राख्न पाउनेछैन भन्‍ने करार राजाले गरेका थिए। १० सबै भारदार तथा सबै मानिसले यो कुरा माने। आफ्ना दास-दासीलाई मुक्‍त गर्नुपर्छ र उनीहरूलाई दासको रूपमा राख्न पाइँदैन भन्‍ने करार तिनीहरू सबैले पालन गरे। तिनीहरूले आ-आफ्ना दास-दासीलाई मुक्‍त गरिदिए। ११ तर आफूले मुक्‍त गरिदिएका दास-दासीलाई तिनीहरूले फेरि फर्काएर ल्याए र जबरजस्ती आफ्नो दास बनाए। १२ त्यसैले यहोवाको यो वचन यर्मियाकहाँ आयो; यहोवाले भन्‍नुभयो:

१३ “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीहरूका पितापुर्खालाई मिश्रबाट ल्याउँदा, तिनीहरूलाई दासत्वको त्यो घरबाट छुटाएर ल्याउँदा+ मैले तिनीहरूसित यस्तो करार गरेको थिएँ:+ १४ “तिमीहरूले किनेका हिब्रू दाजुभाइले तिमीहरूकहाँ छ वर्षसम्म सेवा गरिसकेपछि सातौँ वर्षको अन्तमा तिनीहरूलाई मुक्‍त गर्नुपर्छ।”+ तर तिमीहरूका पितापुर्खाले मेरो कुरा सुनेनन्‌; तिनीहरूले आफ्नो कान थापेनन्‌। १५ हालै* तिमीहरूले आफ्नो मन बद्‌लियौ र आफ्ना दाजुभाइलाई मुक्‍त गरेर मेरो नजरमा जे सही छ, त्यही गऱ्‍यौ। अनि तिमीहरूले मेरो नाम जोडिएको यस मन्दिरमा मसामु करार गऱ्‍यौ। १६ तर तिमीहरूले फेरि आफ्नो मन बद्‌लियौ र आफ्ना दास-दासीलाई फर्काएर ल्यायौ, जसलाई पहिले तिमीहरूले तिनीहरूको इच्छाअनुसारै मुक्‍त गरिदिएका थियौ। तिमीहरूले तिनीहरूलाई फेरि जबरजस्ती आफ्नो दास बनायौ। यसरी तिमीहरूले मेरो नाम बिटुलो पाऱ्‍यौ।’+

१७ “त्यसैले यहोवा यसो भन्‍नुहुन्छ: ‘आफ्ना दाजुभाइलाई मुक्‍त नगरेर तिमीहरूले मेरो आज्ञा तोड्‌यौ।+ त्यसैले अब म तिमीहरूलाई तरबार, महामारी* र अनिकालको सिकार बनाएर मुक्‍त गरिदिनेछु।+ तिमीहरूको हालत देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्‌।’+ यहोवा घोषणा गर्नुहुन्छ, १८ ‘बाछोलाई दुई फ्याक पारेर अनि ती दुई फ्याकबीच हिँडेर मसामु करार बाँध्ने तर त्यस करारअनुसार नगरेर मेरो करार भङ्‌ग गर्ने मानिसहरूलाई+ १९ अर्थात्‌ यहुदाका भारदारहरू, यरुसलेमका भारदारहरू, दरबारका अफिसरहरू, पुजारीहरू र देशका सबै मानिस, जो बाछोको दुई फ्याकको बीचबाट हिँडे, २० ती सबैलाई म तिनीहरूका शत्रुहरूको र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा सुम्पनेछु। तिनीहरूको लास आकाशका चराचुरुङ्‌गी र पृथ्वीका जनावरहरूको आहार हुनेछ।+ २१ म यहुदाका राजा सिदकियाहलाई र तिनका भारदारहरूलाई तिनीहरूका शत्रुहरूको, तिनीहरूको ज्यान लिन खोज्नेहरूको र बेबिलोनका राजाको सेनाको हातमा सुम्पनेछु,+ जो तिमीहरूलाई घेरा हाल्न छोडेर जाँदै छन्‌।’+

२२ “‘म बेबिलोनको सेनालाई आदेश दिनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ, ‘अनि उनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। उनीहरूले यस सहरसित युद्ध लड्‌नेछन्‌, यसलाई कब्जा गर्नेछन्‌ र आगोले भस्म पार्नेछन्‌।+ म यहुदाका सहरहरूलाई निर्जन बनाइदिनेछु।’”+

३५ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको+ पालामा यहोवाको यो वचन यर्मियाकहाँ आयो। उहाँले यसो भन्‍नुभयो: २ “रेकाबीहरूको+ घरमा जाऊ र तिनीहरूसित कुरा गर। अनि तिनीहरूलाई यहोवाको भवनमा ल्याऊ र भोजनकक्षहरूमध्ये एउटामा बसाऊ। त्यसपछि तिनीहरूलाई मद्य पिउन देऊ।”

३ तब मैले हाबसिन्याहका नाति, यर्मियाका छोरा याजन्याहलाई, तिनका दाजुभाइलाई, तिनका सबै छोरालाई र रेकाबीहरूको सम्पूर्ण घरानालाई ४ यहोवाको भवनमा लगेँ। मैले उनीहरूलाई साँचो परमेश्‍वरका जन, इग्दल्याहका छोरा हानानका छोराहरूको भोजनकक्षमा ल्याएँ। त्यो भोजनकक्ष भारदारहरूको भोजनकक्षको छेवैमा थियो अनि भारदारहरूको भोजनकक्षचाहिँ द्वारपाल साल्लुमका छोरा मासेयाहको भोजनकक्षको माथिपट्टि थियो। ५ अनि मैले रेकाबीहरूको घरानाका छोराहरूसामु मद्यले भरिएका कचौराहरू राखेँ र भनेँ: “पिउनुहोस्‌।”

६ तर उनीहरूले यस्तो जवाफ दिए: “हामी पिउँदैनौँ किनकि हाम्रा पुर्खा रेकाबका छोरा यहोनादाबले*+ हामीलाई यस्तो आदेश दिएका थिए: ‘तिमीहरूले अनि तिमीहरूका छोरानातिले मद्य कदापि नपिउनू। ७ तिमीहरूले घर नबनाउनू, खेतीकिसानी नगर्नू, अङ्‌गुर बगान नलगाउनू वा नकिन्‍नू। बरु पालमा जीवन बिताउनू। यसो गऱ्‍यौ भने तिमीहरू अहिले परदेशीसरह बसिरहेको यो देशमा वर्षौँसम्म बस्न पाउनेछौ।’ ८ अनि हामीले हाम्रा पुर्खा रेकाबका छोरा यहोनादाबले दिएका सबै आदेश पालन गरिरहेका छौँ। हामीले, हाम्रा पत्नीहरूले र हाम्रा छोराछोरीले अहिलेसम्म मद्य मुखमा हालेका छैनौँ। ९ साथै बस्नलाई घर बनाएका छैनौँ, अङ्‌गुर बगान लगाएका छैनौँ, खेतीकिसानी पनि गरेका छैनौँ। १० हामी पालहरूमै बसिरहेका छौँ। यसरी हामीले हाम्रा पुर्खा यहोनादाबले दिएका सबै आदेश पालन गरिरहेका छौँ। ११ तर जब बेबिलोनका राजा नबुकद्‌नेजर* यस देशविरुद्ध युद्ध गर्न आए,+ तब हामीले आपसमा यसो भन्यौँ, ‘लौ! अब यरुसलेमतिर जाऔँ! कल्दियाली र सिरियाली फौजको आक्रमणबाट जोगिने हो भने त्यतातिर लागौँ!’ त्यसैले हामी अहिले यरुसलेममा बसिरहेका छौँ।”

१२ त्यसपछि यहोवाको यो वचन यर्मियाकहाँ आयो: १३ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘जाओ र यहुदाका मानिसहरूलाई अनि यरुसलेमका बासिन्दाहरूलाई यसो भन: “के तिमीहरूलाई मेरो आज्ञा पालन गर्नू भनेर बारम्बार आग्रह गरिएको थिएन?”+ यहोवा घोषणा गर्नुहुन्छ। १४ “रेकाबका छोरा यहोनादाबले आफ्ना सन्तानलाई मद्य नपिउनू भनेर आदेश दिएका थिए र तिनीहरूले आजको दिनसम्म मद्य पिएका छैनन्‌। यसरी तिनीहरूले आफ्नो पुर्खाले दिएको आदेश पालन गरिरहेका छन्‌।+ तर मैले तिमीहरूलाई बारम्बार सम्झाउँदा पनि तिमीहरूले मेरो आज्ञा पालन गरेनौ।+ १५ अनि मैले तिमीहरूकहाँ मेरा सबै दासलाई अर्थात्‌ भविष्यवक्‍ताहरूलाई पटक-पटक पठाएँ+ र यस्तो आग्रह गर्न लगाएँ: ‘फर्क! तिमीहरू प्रत्येकले आफ्नो दुष्ट चाल त्याग।+ जे सही छ, त्यही गर। अरू देवताको पछि नलाग, तिनीहरूको पूजा नगर। तब मात्र तिमीहरू मैले तिमीहरूका पुर्खालाई दिएको यस देशमा बसिरहन पाउनेछौ।’+ तर तिमीहरूले मेरो कुरा सुनेनौ, मेरो कुरा सुन्‍न कान थापेनौ। १६ रेकाबका छोरा यहोनादाबका सन्तानले आफ्नो पुर्खाले दिएको आदेश पालन गरेका छन्‌।+ तर यी मानिसहरूले भने मेरो आज्ञा पालन गरेका छैनन्‌।”’”

१७ “त्यसैकारण सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: ‘मैले यहुदा र यरुसलेमका बासिन्दाहरूमाथि जे-जे विपत्ति ल्याउँछु भनेको थिएँ, म ती सब ल्याउनेछु।+ किनकि मैले तिनीहरूलाई सम्झाउँदा पनि तिनीहरूले सुनेनन्‌। मैले तिनीहरूलाई बोलाइरहेँ तर तिनीहरूले जवाफ दिएनन्‌।’”+

१८ तब यर्मियाले रेकाबीहरूको घरानालाई यसो भने: “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले आफ्नो पुर्खा यहोनादाबले दिएका सबै आदेश पालन गऱ्‍यौ र तिनले जे अह्राएका थिए, त्यही गरिरह्‍यौ। १९ त्यसैकारण सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “रेकाबका छोरा यहोनादाबको वंश कहिल्यै नाश हुनेछैन। तिनीहरूले सधैँ मसामु हाजिर भएर मेरो सेवा गर्नेछन्‌।”’”

३६ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालको चौथो वर्षमा+ यहोवाको यो वचन यर्मियाकहाँ आयो: २ “एउटा मुठा लेऊ अनि त्यसमा इस्राएल, यहुदा+ र सम्पूर्ण राष्ट्रविरुद्ध+ मैले तिमीलाई बताएका सबै कुरा लेख। योसियाहको शासनकालमा तिमीसित पहिलो पटक बोलेको दिनदेखि आजसम्म मैले तिमीलाई जे-जे बताएँ, ती सबै त्यसमा लेख।+ ३ सायद यहुदाको घरानाले मैले तिनीहरूमाथि जे-जे विपत्ति ल्याउने विचार गरेको छु, त्यसबारे सुनेपछि खराब काम गर्न छोड्‌लान्‌। अनि म तिनीहरूको अपराध र पाप क्षमा गरिदिनेछु।”+

४ त्यसपछि यर्मियाले नेरियाहका छोरा बारुकलाई बोलाए+ र यहोवाले तिनलाई भन्‍नुभएको एक-एक कुरा बारुकलाई लेख्न लगाए। अनि उनले ती सबै कुरा मुठामा लेखे।+ ५ त्यसपछि यर्मियाले बारुकलाई यस्तो आदेश दिए: “मलाई यहोवाको भवनमा जान निषेध गरिएको छ। ६ त्यसैले तिमी त्यहाँ जाऊ र मैले तिमीलाई मुठामा लेख्न लगाएको यहोवाको सन्देश ठूलो स्वरमा पढेर सुनाऊ। उपवासको दिन यहोवाको भवनमा गएर सबै मानिसले सुन्‍नेगरि त्यो पढ्‌नू। आ-आफ्नो सहरबाट आएका यहुदाका सबै मानिसले सुन्‍नेगरि त्यो पढ्‌नू। ७ सायद तिनीहरूले यहोवासित दयाको भीख माग्लान्‌। तिनीहरू प्रत्येक आफ्नो दुष्ट चाल त्यागेर फर्कलान्‌ किनकि यहोवाले यी मानिसहरूमाथि जुन रिस र क्रोध पोखाउने घोषणा गर्नुभएको छ, त्यो निकै भयङ्‌कर छ।”

८ त्यसैले नेरियाहका छोरा बारुकले भविष्यवक्‍ता यर्मियाले अह्राएअनुसार सबै गरे। तिनी यहोवाको भवनमा गए र मुठामा लेखिएको यहोवाको वचन ठूलो स्वरमा पढेर सुनाए।+

९ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको+ शासनकालको पाँचौँ वर्षको नवौँ महिनामा यरुसलेमका सबै बासिन्दाले र यहुदाका सहरहरूबाट यरुसलेम आएका सबै मानिसले यहोवासामु उपवास बस्ने घोषणा गरे।+ १० त्यसपछि बारुकले यहोवाको भवनमा गएर मुठामा लेखिएको यर्मियाका शब्दहरू ठूलो स्वरमा पढेर सुनाए। तिनले प्रतिलिपिक* सापानका+ छोरा गेमर्याहको+ कोठामा सबैले सुन्‍नेगरि त्यो मुठा पढे, जुन यहोवाको मन्दिरको नयाँ ढोकानजिकै माथिल्लो चोकमा थियो।+

११ जब सापानका नाति, गेमर्याहका छोरा मिकायाहले मुठामा लेखिएको यहोवाको सबै सन्देश सुने, १२ तब तिनी राजाको महलमा सचिवको कोठामा गए। त्यहाँ सबै भारदार: सचिव एलिसामा,+ सेमायाहका छोरा दलायाह, आक्बोरका+ छोरा एल्नातान,+ सापानका छोरा गेमर्याह, हानन्याहका छोरा सिदकियाह र बाँकी सबै भारदार थिए। १३ बारुकले मानिसहरूसामु मुठाबाट पढेको एक-एक कुरा मिकायाहले ती भारदारहरूलाई सुनाए।

१४ तब सबै भारदारले कुसिका पनाति, सेलेम्याहका नाति, नेथन्याहका छोरा यहुदैलाई बारुककहाँ यसो भनी पठाए: “सबै मानिसले सुन्‍नेगरि तिमीले जुन मुठा पढेका थियौ, त्यो लिएर यहाँ आऊ।” नेरियाहका छोरा बारुक त्यो मुठा लिएर तिनीहरूकहाँ गए। १५ तिनीहरूले तिनलाई यस्तो आग्रह गरे: “यहाँ बस र मुठामा लेखिएको कुरा हामीलाई सुनाऊ।” त्यसैले बारुकले तिनीहरूसामु त्यो मुठा पढे।

१६ त्यस मुठामा लेखिएका सबै कुरा सुन्‍नेबित्तिकै तिनीहरू डराए र एकअर्कालाई हेर्न थाले। तिनीहरूले बारुकलाई यसो भने: “हामीले यी सबै कुरा राजालाई बताउनै पर्छ।” १७ अनि तिनीहरूले बारुकलाई सोधे: “भन त, यी सबै कुरा के तिमीले नै लेखेका हौ? अथवा यर्मियाले लेख्न लगाएका हुन्‌?” १८ तब बारुकले जवाफ दिए: “हो, उहाँले नै मलाई यस मुठाका एक-एक शब्द लेख्न लगाउनुभयो र मैले मसीले ती लेखेँ।” १९ त्यसपछि ती भारदारहरूले तिनलाई यसो भने: “जाऊ! तिमी र यर्मिया दुवै गएर कतै लुक। अनि तिमीहरू कहाँ लुकेका छौ भनेर कसैलाई थाह नदेऊ।”+

२० अनि ती भारदारहरू चोकमा राजाकहाँ गए र सचिव एलिसामाको कोठामा त्यो मुठा राखे। तिनीहरूले राजालाई आफूले सुनेको सबै कुरा बताए।

२१ त्यसपछि राजाले यहुदैलाई+ त्यो मुठा लिन पठाए। यहुदैले सचिव एलिसामाको कोठाबाट त्यो मुठा ल्याए। अनि राजा र राजासँगै उभिरहेका सबै भारदारले सुन्‍नेगरि त्यो मुठा पढे। २२ त्यो नवौँ महिना* थियो र राजा आफ्नो हिउँद काट्‌ने महलमा आगो तापेर बसिरहेका थिए। २३ यहुदैले तीन-चार हरफ पढेपछि उनले पढिसकेको भागलाई राजाले सचिवको छुरीले काटिदिन्थे र आगोमा हालिदिन्थे। पूरै मुठा आगोमा जलेर खरानी नभएसम्म तिनले यसै गरिरहे। २४ राजा र तिनका नोकरचाकर त्यस मुठामा लेखिएको कुरा सुनेर रतीभर डराएनन्‌। तिनीहरूमध्ये कसैले आफ्नो लुगा च्यातेन। २५ एल्नातान,+ दलायाह+ र गेमर्याहले+ राजालाई त्यो मुठा आगोमा नजलाउन बिन्ती गरे पनि तिनले पटक्कै सुनेनन्‌। २६ बरु राजाले सचिव बारुक र भविष्यवक्‍ता यर्मियालाई पक्रेर ल्याउन राजकुमार यरहमेल, अज्रिएलका छोरा सिरायाह र अब्दिलका छोरा सेलेम्याहलाई हुकुम गरे। तर यहोवाले यर्मिया र बारुकलाई लुकाउनुभयो।+

२७ यर्मियाले लेख्न लगाएअनुसारै बारुकले लेखेको मुठा राजाले जलाएपछि यहोवाको यो वचन फेरि यर्मियाकहाँ आयो:+ २८ “अर्को एउटा मुठा लेऊ र त्यसमा पहिलेको मुठामा भएका सबै कुरा लेख, जुन यहुदाका राजा यहोयाकिमले जलाएका थिए।+ २९ यहुदाका राजा यहोयाकिमलाई यसो भन्‍नू, ‘यहोवा यसो भन्‍नुहुन्छ: “तिमीले यसो भन्दै त्यो मुठा जलायौ, ‘तिमीले किन मुठामा बेबिलोनका राजा अवश्‍य आउनेछन्‌ र यस देशलाई नाश गर्नेछन्‌ अनि कुनै मानिस वा जनावर बाँकी नरहनेगरि यसलाई उजाड पार्नेछन्‌ भनेर लेख्यौ?’+ ३० त्यसैले यहुदाका राजा यहोयाकिमविरुद्ध यहोवा यसो भन्‍नुहुन्छ, ‘दाउदको सिंहासनमा बस्नलाई उसको कोही पनि सन्तान बाँकी रहनेछैन।+ उसको लास त्यसै छोडिनेछ अनि त्यसलाई दिनमा घामको रापले र रातमा तुसारोले खानेछ।+ ३१ म ऊसित, उसका सन्तानसित र उसका नोकरचाकरसित तिनीहरूले गरेका अपराधको हिसाब लिनेछु। मैले तिनीहरूविरुद्ध, यरुसलेमका बासिन्दाविरुद्ध र यहुदाका मानिसहरूविरुद्ध जे-जे विपत्ति ल्याउँछु भनेको थिएँ, ती सब म ल्याउनेछु+ किनकि तिनीहरूले मेरो कुरा सुनेनन्‌।’”’”+

३२ तब यर्मियाले अर्को मुठा लिए र नेरियाहका छोरा सचिव बारुकलाई दिए।+ यहुदाका राजा यहोयाकिमले जलाइदिएको मुठामा भएका सबै कुरा यर्मियाले बारुकलाई त्यस मुठामा लेख्न लगाए।+ साथै त्यस्तै अरू थुप्रै शब्द पनि त्यस मुठामा थपिए।

३७ यहोयाकिमका छोरा कोन्याहको* ठाउँमा योसियाहका छोरा राजा सिदकियाहले+ शासन गर्न थाले+ किनकि तिनलाई बेबिलोनका राजा नबुकद्‌नेजरले* यहुदाका राजा नियुक्‍त गरेका थिए।+ २ तर सिदकियाहले, तिनका नोकरचाकरले र यहुदाका मानिसहरूले यहोवाले भविष्यवक्‍ता यर्मियामार्फत बोल्नुभएका कुरा पटक्कै सुनेनन्‌।

३ अनि राजा सिदकियाहले सेलेम्याहका छोरा यहुकललाई+ र पुजारी मासेयाहका छोरा सपन्याहलाई+ भविष्यवक्‍ता यर्मियाकहाँ पठाए र यसो भन्‍न लगाए: “बिन्ती, हाम्रो लागि यहोवा हाम्रा परमेश्‍वरसित प्रार्थना गरिदिनुहोस्‌।” ४ त्यतिन्जेल यर्मिया मानिसहरूबीच खुलेआम हिँडडुल गर्थे किनकि तिनी थुनामा परिसकेका थिएनन्‌।+ ५ फारोको सेना मिश्रबाट निस्कियो+ भनेर जब यरुसलेमलाई घेराबन्दी गरिरहेका कल्दियालीहरूले सुने, तब तिनीहरू यरुसलेम छोडेर हिँडे।+ ६ अनि त्यतिखेर भविष्यवक्‍ता यर्मियाकहाँ यहोवाको यो वचन आयो: ७ “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘मेरो विचार बुझ्न तिमीलाई पठाउने यहुदाका राजालाई यसो भन्‍नू, “हेर, तिमीलाई सहयोग गर्न आएको फारोको सेना आफ्नै मुलुक मिश्र फर्कनुपर्नेछ।+ ८ त्यसपछि कल्दियालीहरू फेरि यहाँ फर्कनेछन्‌, सहरलाई आक्रमण गर्नेछन्‌, कब्जा गर्नेछन्‌ र सहरमा आगो लगाइदिनेछन्‌।”+ ९ यहोवा यसो भन्‍नुहुन्छ, “‘कल्दियालीहरू अब फर्कँदैनन्‌’ भन्दै धोकामा नपर किनकि तिनीहरू अवश्‍य फर्कनेछन्‌। १० तिमीहरूलाई आक्रमण गर्ने कल्दियालीहरूको सारा फौजलाई तिमीहरूले माऱ्‍यौ भने पनि बाँकी रहेका घाइते सिपाहीहरू आ-आफ्नो पालबाट निस्केर आउनेछन्‌ र यस सहरमा आगो लगाइदिनेछन्‌।”’”+

११ जब फारोको सेनाले गर्दा कल्दियाली फौज यरुसलेमबाट पछि हट्‌यो,+ १२ तब यर्मिया आफ्ना मानिसहरूसित आफ्नो अंश लिनलाई यरुसलेमबाट बिन्यामिनको इलाकातिर लागे।+ १३ तर बिन्यामिन-ढोकामा पुग्दा पहरेदारहरूका अफिसरले भविष्यवक्‍ता यर्मियालाई पक्रे र यसो भने: “के तँ भागेर कल्दियालीहरूकहाँ जाँदै छस्‌?” तिनलाई पक्रने अफिसरको नाम इरियाह थियो। तिनी हानन्याहका नाति र सेलेम्याहका छोरा थिए। १४ तब यर्मियाले यस्तो जवाफ दिए: “होइन, म भागेर कल्दियालीहरूकहाँ जान लागेको होइनँ!” तर इरियाहले तिनको कुरा सुन्दै सुनेनन्‌। बरु यर्मियालाई पक्रेर भारदारहरूसामु लगे। १५ ती भारदारहरू यर्मियासित रिसले चूर भए।+ तिनीहरूले यर्मियालाई पिटे र सचिव यहोनाथानको घरमा थुने।+ त्यस घरलाई झ्यालखाना बनाइएको थियो। १६ यर्मिया निकै दिन तहखानाको कालकोठरीमा थुनिए।

१७ अनि राजा सिदकियाहले यर्मियालाई बोलाउन पठाए र राजाले महलमा तिनीसित सुटुक्क सोधे:+ “यहोवाबाट कुनै सन्देश छ कि?” तब यर्मियाले जवाफ दिए, “छ।” तिनले अझै यसो भने: “तपाईँलाई बेबिलोनको राजाको हातमा सुम्पिइनेछ!”+

१८ यर्मियाले राजा सिदकियाहलाई अझै यसो भने: “मैले तपाईँ, तपाईँका नोकरचाकर अनि तपाईँका प्रजाविरुद्ध के पाप गरेको थिएँ र मलाई थुनामा राख्नुभयो? १९ ‘बेबिलोनका राजाले तपाईँलाई आक्रमण गर्नेछैनन्‌ र यस देशविरुद्ध चढाइ गर्नेछैनन्‌’ भन्‍ने तपाईँका भविष्यवक्‍ताहरू अहिले खोइ कता छन्‌?+ २० त्यसैले बिन्ती! हे मेरा प्रभु, मेरा राजा! मेरो कुरा सुनिदिनुहोस्‌। हजुरको निगाह पाऊँ। मलाई फेरि सचिव यहोनाथानको घरमा फिर्ता नपठाउनुहोस्‌।+ नत्र त म त्यहाँ मर्छु होला।”+ २१ तब राजा सिदकियाहले यर्मियालाई पहरेदार-चोकमा थुन्‍ने आदेश दिए।+ अनि सहरभरिको रोटी नसिद्धिऊन्जेल+ रोटी-बजारबाट तिनको लागि हरेक दिन एउटा रोटी ल्याइन्थ्यो।+ यसरी यर्मिया पहरेदार-चोकमा रहे।

३८ यर्मियाले सबै मानिससामु भनेका कुरा मत्तानका छोरा सेपत्याह, पासुहरका+ छोरा गदल्याह, सेलेम्याहका छोरा युकाल+ र मल्कियाहका छोरा पासुहरले सुने। यर्मियाले यसो भनेका थिए: २ “यहोवा यसो भन्‍नुहुन्छ, ‘जो यस सहरमा बसिरहन्छ, ऊ तरबार, अनिकाल र महामारीले* मर्नेछ।+ तर जसले कल्दियालीहरूसामु आत्मसमर्पण गर्छ, ऊ भने बाँच्नेछ र उसको ज्यान उसको निम्ति लुटको मालसरह हुनेछ।’*+ ३ यहोवा यसो भन्‍नुहुन्छ, ‘यो सहर बेबिलोनका राजाको सेनाको हातमा अवश्‍य पर्नेछ र बेबिलोनका राजाले यसलाई कब्जा गर्नेछन्‌।’”+

४ त्यसैले ती भारदारहरूले राजालाई यसो भने: “यस मानिसलाई मार्ने आदेश दिनुहोस्‌।+ किनकि यसले नानाथरी कुरा गरेर सहरमा बाँकी रहेका सिपाहीहरू र सबै मानिसको मनोबल घटाउने काम गर्दै छ। यसले यी मानिसहरूको भलो चिताएको छैन, यो त यिनीहरूमाथि विपत्ति आइपरेको चाहन्छ।” ५ राजा सिदकियाहले यस्तो जवाफ दिए: “ऊ तपाईँहरूकै हातमा छ। उसलाई जे सजाय दिन चाहनुहुन्छ, दिनुहोस्‌। किनकि राजाले समेत तपाईँहरूलाई रोक्न सक्दैन।”

६ त्यसैले तिनीहरूले यर्मियालाई लगेर पहरेदार-चोकमा भएको राजकुमार मल्कियाहको इनारमा खसालिदिए।+ तिनीहरूले यर्मियालाई डोरीले बाँधेर तल झारे। त्यस इनारमा पानी थिएन, हिलैहिलो थियो। त्यसैले यर्मिया हिलोमा भासिन थाले।

७ यर्मियालाई इनारमा हालिएको छ भन्‍ने कुरा दरबारका एक अफिसर* इथियोपियाली एबेद-मेलेकले+ सुने। राजा त्यसबेला बिन्यामिन-ढोकामा बसिरहेका थिए।+ ८ त्यसैले एबेद-मेलेक महलबाट निस्केर राजाकहाँ गए र राजालाई यसो भने: ९ “हे महाराज! मेरा प्रभु! यी मानिसहरूले भविष्यवक्‍ता यर्मियासित साह्रै नीच व्यवहार गरेका छन्‌। तिनीहरूले उनलाई इनारमा खसालिदिएका छन्‌। उनी अनिकालले गर्दा त्यहीँ मर्नेछन्‌ किनकि सहरमा अलिकति पनि खानेकुरा बाँकी छैन।”+

१० त्यसपछि राजाले इथियोपियाली एबेद-मेलेकलाई यस्तो आदेश दिए: “३० जना मानिस लिएर जाऊ र भविष्यवक्‍ता यर्मियालाई तिनी मर्नुअघि नै इनारबाट निकाल।” ११ अनि एबेद-मेलेक मानिसहरूलाई लिएर राजाको महलमा गए। तिनीहरूले ढुकुटीमुनिको+ कोठामा गएर केही थोत्रा र पुराना कपडाहरू निकाले। अनि ती कपडाहरूलाई डोरीले बाँधेर यर्मिया भएको इनारमा खसालिदिए। १२ अनि इथियोपियाली एबेद-मेलेकले यर्मियालाई यसो भने: “ती कपडाहरूलाई तपाईँको काखीमुनि च्यापेर आफैलाई डोरीले बाँध्नुहोस्‌। त्यसो गर्नुभयो भने डोरीले गर्दा तपाईँको काखी पाछिनेछैन।” यर्मियाले त्यसै गरे। १३ तब तिनीहरूले यर्मियालाई इनारबाट बाहिर निकाले। त्यसपछि यर्मिया पहरेदार-चोकमै रहे।+

१४ राजा सिदकियाहले भविष्यवक्‍ता यर्मियालाई यहोवाको भवनको तेस्रो ढोकामा आउनू भनी खबर पठाए। अनि राजाले यर्मियालाई यसो भने: “म तिमीलाई केही सोध्न चाहन्छु। कुरा नलुकाई मलाई बताऊ।” १५ यर्मियाले सिदकियाहलाई भने: “मैले तपाईँलाई केही बताएँ भने तपाईँले मलाई पक्कै मार्नुहुनेछ। मैले कुनै सल्लाह दिएँ भने पनि तपाईँले त्यो सुन्‍नुहुनेछैन।” १६ तब राजा सिदकियाहले यर्मियासित सुटुक्क कसम खाँदै यसो भने: “जीवन दिनुहुने यहोवाको शपथ खाएर भन्छु, म तिमीलाई मार्नेछैनँ। तिम्रो ज्यान लिन चाहने यी मानिसहरूको हातमा पनि म तिमीलाई सुम्पनेछैनँ।”

१७ यर्मियाले सिदकियाहलाई यसो भने: “सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘बेबिलोनका राजाका भारदारहरूसामु आत्मसमर्पण गऱ्‍यौ भने तिम्रो ज्यान जोगिनेछ अनि यो सहर आगोले नाश हुनेछैन। तिमीसँगसँगै तिम्रो घराना पनि बचाइनेछ।+ १८ तर तिमीले बेबिलोनका राजाका भारदारहरूसामु आत्मसमर्पण गरेनौ भने यो सहर कल्दियालीहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले यसलाई आगोले जलाइदिनेछन्‌।+ अनि तिमी तिनीहरूको हातबाट उम्कनेछैनौ।’”+

१९ तब राजा सिदकियाहले यर्मियालाई यसो भने: “कल्दियालीहरूकहाँ भागेर गएका यहुदीहरूसित मलाई डर लाग्छ। केहीगरि म तिनीहरूको हातमा परेँ भने तिनीहरूले मसित क्रूर व्यवहार गर्नेछन्‌।” २० तर यर्मियाले यसो भने: “तपाईँ तिनीहरूको हातमा पर्नुहुनेछैन। त्यसैले बिन्ती! मैले तपाईँलाई सुनाएको यहोवाको वचनअनुसारै गर्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँको भलो हुनेछ र तपाईँ जीवितै रहनुहुनेछ। २१ तर यदि तपाईँ आत्मसमर्पण गर्न मान्‍नुहुन्‍न भने तपाईँलाई के हुनेछ, त्यसबारे पनि यहोवाले मलाई यसो भन्‍नुभएको छ: २२ हेर! यहुदाका राजाको महलमा बाँकी रहेका सबै स्त्री बेबिलोनका राजाका भारदारहरूकहाँ लगिनेछन्‌।+ अनि ती स्त्रीहरूले यसो भन्‍नेछन्‌,

‘तपाईँले जसलाई भरोसा गर्नुभयो, तिनीहरूले तपाईँलाई छल गरेर जितेका छन्‌।+

तिनीहरूले गर्दा तपाईँको खुट्टा हिलोमा गाडियो।

अनि अहिले आएर तिनीहरूले तपाईँलाई छोडे।’

२३ तपाईँका सबै पत्नी र छोराहरू कल्दियालीहरूकहाँ लगिनेछन्‌। तपाईँ तिनीहरूको हातबाट बच्नुहुनेछैन। तपाईँलाई बेबिलोनका राजाले कैद गर्नेछन्‌+ र तपाईँकै कारण यो सहरलाई आगोले जलाइनेछ।”+

२४ त्यसपछि सिदकियाहले यर्मियालाई यसो भने: “कसैलाई यसबारे केही नबताउनू। नत्र त तिमी मारिनेछौ। २५ अनि मैले तिमीसित भेटेको कुराको सुइँको पाएर भारदारहरू तिमीकहाँ आउलान्‌ र तिमीलाई यसो भनेर सोध्लान्‌, ‘तिमीले राजालाई के भन्यौ, हामीलाई बताऊ। कुरा नलुकाई बतायौ भने हामी तिमीलाई मार्नेछैनौँ।+ भन, राजाले तिमीलाई के भने?’ २६ तब तिमीले यस्तो जवाफ दिनू, ‘मलाई फेरि यहोनाथानको घरमा नपठाइयोस्‌ र म त्यहाँ मर्नु नपरोस्‌ भनेर म राजालाई बिन्ती गर्दै थिएँ।’”+

२७ नभन्दै सबै भारदार यर्मियाकहाँ आए र तिनीसित सोधपुछ गर्न थाले। राजाले जस्तो जवाफ दिनू भनेर सिकाएका थिए, यर्मियाले त्यस्तै जवाफ दिए। त्यसपछि भारदारहरूले यर्मियालाई केरकार गर्न छोडे किनकि राजा र यर्मियाबीच भएको कुराकानी कसैले सुनेको थिएन। २८ त्यसैले यर्मिया पहरेदार-चोकमै रहे। यरुसलेम कब्जा गरिएको दिनसम्मै+ तिनी त्यहीँ थिए।+

३९ यहुदाका राजा सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनामा बेबिलोनका राजा नबुकद्‌नेजर* र तिनका सारा फौज यरुसलेम आए र त्यसलाई घेरा हाले।+

२ सिदकियाहको शासनकालको ११ औँ वर्षको चौथो महिनाको नवौँ दिनमा तिनीहरू सहरको पर्खाल फोरेर सहरभित्र पसे।+ ३ बेबिलोनका राजाका सबै भारदार अर्थात्‌ साम्गर* नेर्गल-सरेजर, रबसारिस नबो-सार्सकिम,* रबमाग* नेर्गल-सरेजर र बाँकी सबै भारदार सहरभित्र पसे अनि मध्य-ढोकामा बसे।+

४ जब यहुदाका राजा सिदकियाह र तिनका सबै सेनाले ती भारदारहरूलाई देखे, तब तिनीहरू सहरबाहिर भागेर गए।+ तिनीहरू राती राजाको बगैँचा हुँदै दुई वटा पर्खालबीचको ढोकाबाट छिरे र अराबाह जाने बाटोतिर गए।+ ५ तर कल्दियाली सेनाले तिनीहरूलाई खेद्‌यो र यरिहोको मरुभूमिमा सिदकियाहलाई भेट्टायो।+ उनीहरूले तिनलाई पक्रे अनि हमाथको+ रिब्लाहमा+ बेबिलोनका राजा नबुकद्‌नेजरसामु हाजिर गराए। त्यहाँ नबुकद्‌नेजरले तिनलाई सजाय सुनाए। ६ बेबिलोनका राजाले रिब्लाहमा सिदकियाहका छोराहरूलाई तिनकै आँखाको सामने मार्न लगाए। साथै बेबिलोनका राजाले यहुदाका सबै गण्यमान्य मानिसलाई पनि मारे।+ ७ त्यसपछि उनले सिदकियाहको आँखा फोरिदिए र तिनलाई बेबिलोनमा लैजान तामाको साङ्‌लाले बाँधे।+

८ अनि कल्दियालीहरूले राजाको महल र मानिसहरूका घरहरू जलाइदिए।+ तिनीहरूले यरुसलेमका पर्खालहरू पनि भत्काइदिए।+ ९ पहरेदारहरूका कप्तान नबुजरदानले+ सहरभित्र बाँकी रहेका मानिसहरू, पहिले तिनीकहाँ भागेर आएकाहरू र सहरबाहिर बाँकी रहेका अरू सबैलाई कैद गरेर बेबिलोन लगे।

१० तर पहरेदारहरूका कप्तान नबुजरदानले कुनै सरसम्पत्ति नभएका केही गरिब मानिसहरूलाई यहुदामै छोडे। साथै तिनीहरूले खेतीपाती* गरून्‌ भनेर तिनीहरूलाई अङ्‌गुर बगान र खेतहरू पनि दिए।+

११ बेबिलोनका राजा नबुकद्‌नेजरले पहरेदारहरूका कप्तान नबुजरदानलाई यर्मियाको विषयमा यस्तो आदेश दिए: १२ “तिनलाई लिएर आऊ र तिनको राम्ररी रेखदेख गर। तिनलाई हानि नपुऱ्‍याऊ। तिनले तिमीसित जे माग्छन्‌, त्यो देऊ।”+

१३ त्यसैले पहरेदारहरूका कप्तान नबुजरदान, रबसारिस* नबुसज्बान, रबमाग* नेर्गल-सरेजर र बेबिलोनका राजाका सबै प्रमुख व्यक्‍तिले मानिसहरू पठाएर १४ यर्मियालाई पहरेदार-चोकबाट ल्याए।+ उनीहरूले तिनलाई सापानका+ नाति अहिकामका+ छोरा गदल्याहको जिम्मा लगाए+ र तिनलाई घर लैजान अह्राए। यसरी यर्मिया ती मानिसहरूमाझ रहे।

१५ यर्मिया पहरेदार-चोकमा थुनिएको बेला+ यहोवाको यो वचन तिनीकहाँ आएको थियो: १६ “जाऊ र इथियोपियाली एबेद-मेलेकलाई भन,+ ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “यस सहरबारे मैले गरेको प्रतिज्ञा म पूरा गर्नेछु। म यस सहरको भलो गर्नेछैनँ बरु यसमाथि विपत्ति ल्याउनेछु। यो सब तिमीले देख्नेछौ।”’

१७ “‘तर त्यतिखेर म तिमीलाई बचाउनेछु। म तिमीलाई शत्रुहरूको हातमा सुम्पनेछैनँ, जससित तिमी डराउँछौ,’ यहोवा घोषणा गर्नुहुन्छ।

१८ “‘म अवश्‍य तिमीलाई जोगाउनेछु; तिमी तरबारले काटिनेछैनौ। तिमी बाँच्नेछौ र तिम्रो ज्यान तिम्रो निम्ति लुटको मालसरह हुनेछ*+ किनकि तिमीले ममाथि भरोसा गऱ्‍यौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

४० राजाका पहरेदारहरूका कप्तान नबुजरदानले+ यर्मियालाई रामामा बन्धनमुक्‍त गरेर जान दिएपछि यर्मियाकहाँ यहोवाको वचन आयो। नबुजरदानले तिनलाई हतकडी लगाएर रामा+ लगेका थिए। यरुसलेम र यहुदाबाट कैदी बनाएर बेबिलोन लगिँदै गरेकाहरूमध्ये यर्मिया पनि थिए। २ अनि पहरेदारहरूका कप्तानले यर्मियालाई अलग्गै लगेर यसो भने: “यहोवा तिम्रा परमेश्‍वरले नै यस ठाउँमा यस्तो विपत्ति ल्याउनेछु भन्‍नुभएको थियो। ३ अनि यहोवाले जसो भन्‍नुभएको थियो, त्यसै गर्नुभयो। किनकि तिमीहरूले यहोवाविरुद्ध पाप गऱ्‍यौ; उहाँको आज्ञा पालन गरेनौ। त्यसैले तिमीहरूले यस्तो विपत्ति भोग्नुपरेको हो।+ ४ तर आज म तिम्रो हतकडी फुकाउँदै छु। तिमीलाई बेबिलोन जान ठीक लाग्छ भने मसित आऊ, म तिम्रो हेरविचार गर्नेछु। तर यदि तिमी मसित बेबिलोन आउन चाहँदैनौ भने नआऊ। हेर, सारा देश तिमीसामु छ। तिमीलाई जहाँ जान मन पर्छ, त्यहीँ जाऊ।”+

५ यर्मियाले अलमल गरिरहेको देखेर नबुजरदानले यसो भने: “सापानका+ नाति, अहिकामका+ छोरा गदल्याहकहाँ+ फर्केर जाऊ। तिनलाई बेबिलोनका राजाले यहुदाका सहरहरूको रेखदेख गर्न नियुक्‍त गरेका छन्‌। तिनी भएकै ठाउँमा मानिसहरूसँग बस। नभए तिमीलाई जहाँ मन पर्छ, त्यहीँ जाऊ।”

त्यसपछि पहरेदारहरूका कप्तानले यर्मियालाई खानेकुरा र कोसेली दिएर बिदा गरे। ६ त्यसैले यर्मिया मिस्पामा+ अहिकामका छोरा गदल्याहकहाँ गए र यहुदामा छोडिएका मानिसहरूसँगै बसे।

७ बेबिलोनका राजाले अहिकामका छोरा गदल्याहलाई यहुदाको र यहुदामा छोडिएका गरिब पुरुष, स्त्री र केटाकेटीको रेखदेख गर्न खटाएका छन्‌ भनेर जब यहुदावरपर आ-आफ्नो सेनासहित बसिरहेका सेनापतिहरूले सुने+ ८ तब तिनीहरू आफ्ना मानिसहरू लिएर मिस्पामा गदल्याहकहाँ आए।+ तिनीहरू नेथन्याहका छोरा इस्माएल,+ कारेहका छोराहरू योहानान+ र जोनाथन, तन्हुमेथका छोरा सिरायाह, नेतोफाहवासी एपेका छोराहरू र माकाथवासीका छोरा यजन्याह+ थिए। ९ सापानका नाति, अहिकामका छोरा गदल्याहले शपथ खाँदै तिनीहरूलाई र तिनीहरूका मानिसहरूलाई यसो भने: “कल्दियालीहरूको सेवा गर्न नडराओ। यहीँ यहुदामा बस र बेबिलोनका राजाको सेवा गर। त्यसो गऱ्‍यौ भने तिमीहरूको भलो हुनेछ।+ १० अनि मचाहिँ हामीकहाँ आउने कल्दियालीहरूसामु तिमीहरूको प्रतिनिधि बनेर मिस्पामा बस्नेछु। तर तिमीहरूले भने दाखमद्य,* ग्रीष्म ऋतुका फलहरू* र तेल थुपारेर ती सब भण्डार गर्नू। अनि तिमीहरूले रोजेको सहरमै बसोबास गर्नू।”+

११ बेबिलोनका राजाले यहुदामा बाँकी रहेकाहरूलाई त्यहीँ बस्न दिएका छन्‌ र सापानका नाति, अहिकामका छोरा गदल्याहलाई सहरको रेखदेख गर्न नियुक्‍त गरेका छन्‌ भनेर मोआब, अम्मोन, एदोम र अन्य ठाउँमा बसिरहेका यहुदीहरूले पनि सुने। १२ अनि यत्रतत्र छरिएका सबै यहुदी आफ्नो देश फर्कन थाले। तिनीहरू मिस्पामा गदल्याहकहाँ आए। अनि तिनीहरूले पनि दाखमद्य र ग्रीष्म ऋतुका फलहरू प्रशस्त मात्रामा बटुल्न थाले।

१३ कारेहका छोरा योहानान र यहुदावरपरका सबै सेनापति मिस्पामा गदल्याहकहाँ आए। १४ तिनीहरूले गदल्याहलाई यसो भने: “अम्मोनका राजा बालिसले+ तपाईँलाई मार्न नथेन्याहका छोरा इस्माएललाई पठाएका हुन्‌ भनेर के तपाईँलाई थाह छैन?”+ तर अहिकामका छोरा गदल्याहले तिनीहरूको कुरा पत्याउँदै पत्याएनन्‌।

१५ त्यसपछि कारेहका छोरा योहानानले मिस्पामा गदल्याहलाई सुटुक्क यसो भने: “नेथन्याहका छोरा इस्माएललाई मार्न मलाई अनुमति दिनुहोस्‌। यो कुराको सुइँको कसैले पाउनेछैन। त्यसले तपाईँलाई मार्न नपाओस्‌। तपाईँकहाँ आएका यहुदीहरू तितरबितर हुन नपरोस्‌। अनि यहुदामा बाँकी रहेकाहरू नाश हुन नपरोस्‌।” १६ तर अहिकामका छोरा गदल्याहले+ कारेहका छोरा योहानानलाई यसो भने: “त्यसो नगर। इस्माएलबारे तिमी झूटो बोल्दै छौ।”

४१ एलिसामाका नाति, नेथन्याहका छोरा इस्माएल+ राजघरानाका सदस्य थिए। तिनी राजाका प्रमुख मानिसहरूमध्ये एक थिए। सातौँ महिनामा तिनी १० जना मानिससित मिस्पामा अहिकामका छोरा गदल्याहकहाँ आए।+ मिस्पामा गदल्याहसँगै बसेर खाना खाइरहेको बेला २ नेथन्याहका छोरा इस्माएल र तिनीसितै आएका १० जना मानिस उठे र अहिकामका छोरा गदल्याहलाई तरबारले मारे। यसरी यहुदाको रेखदेख गर्न बेबिलोनका राजाले नियुक्‍त गरेका मानिसको इस्माएलले हत्या गरे। ३ मिस्पामा गदल्याहसँग रहेका सबै यहुदी र कल्दियाली सिपाहीहरूलाई पनि इस्माएलले मारे।

४ गदल्याहको हत्या भएको भोलिपल्टै, कसैले चाल पाउनुअघि नै ५ सकेम,+ सिलो+ र सामरियाबाट+ ८० जना मानिस आए। तिनीहरूले दाह्री खौरेका थिए, तिनीहरूको लुगा पनि च्यातिएको थियो र तिनीहरूले आफ्नो जीउमा घाउ बनाएका थिए।+ अनि यहोवाको भवनमा चढाउन तिनीहरूले आफूसित अन्‍नभेटी र सेतो धूप* पनि ल्याएका थिए।+ ६ नेथन्याहका छोरा इस्माएल मिस्पाबाट तिनीहरूलाई भेट्‌न गए। तिनीहरूलाई भेट्‌न जाँदा इस्माएल बाटोमा रुँदै गए। अनि तिनीहरूलाई भेटेपछि तिनले यसो भने: “अहिकामका छोरा गदल्याहकहाँ आउनुहोस्‌।” ७ तर जसै तिनीहरू सहरभित्र पसे, नेथन्याहका छोरा इस्माएल र तिनका मानिसहरूले तिनीहरूलाई मारे र तिनीहरूको लासलाई इनारमा फालिदिए।

८ तर तिनीहरूमध्ये १० जनाले इस्माएललाई यस्तो बिन्ती गरे: “हामीलाई नमार्नुहोस्‌! हामीले थुप्रै गहुँ, जौ, तेल र मह लुकाएर राखेका छौँ।” त्यसकारण इस्माएलले ती १० जनालाई मारेनन्‌। ९ आफूले मारेका सबै मानिसको लास इस्माएलले एउटा ठूलो इनारमा फालिदिए। यो त्यही इनार थियो, जुन इस्राएलका राजा बासाले धम्की दिएकोले राजा आसाले बनाएका थिए।+ नेथन्याहका छोरा इस्माएलले मानिसहरूको लासले भरेको इनार त्यही थियो।

१० पहरेदारहरूका कप्तान नबुजरदानले अहियाकिमका छोरा गदल्याहको निगरानीमा राखेका+ सबै मानिस अर्थात्‌ सबै राजकुमारी र मिस्पामा बाँकी रहेका सबैलाई इस्माएलले कैद गरेर लगे।+ नेथन्याहका छोरा इस्माएल तिनीहरू सबैलाई लिएर पारिपट्टि अम्मोनीहरूको देशमा जानलाई निस्के।+

११ जब कारेहका छोरा योहानान+ र तिनीसित भएका सबै सेनापतिले नेथन्याहका छोरा इस्माएलको कर्तुतबारे सुने, १२ तब तिनीहरू आफ्ना सबै मानिससहित नेथन्याहका छोरा इस्माएलसित लडाइँ गर्नलाई निस्के। तिनीहरूले इस्माएललाई गिबोनमा पानीको ठूलो मुहाननजिकै* भेट्टाए।

१३ कारेहका छोरा योहानान र तिनीसित आएका सबै सेनापतिलाई देखेपछि इस्माएलले कैद गरेर लगिरहेका सबै मानिस रमाए। १४ अनि इस्माएलले मिस्पाबाट कैद गरेर लगेका ती सबै मानिस+ कारेहका छोरा योहानानसँगै फर्किए। १५ तर नेथन्याहका छोरा इस्माएल र तिनका आठ जना मानिस योहानानको हातबाट उम्केर अम्मोनीहरूको देशमा भागे।

१६ नेथन्याहका छोरा इस्माएलले अहिकामका छोरा गदल्याहको हत्या गरेपछि+ कैद गरेर लगेका मिस्पाका बाँकी मानिसलाई कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनापति मिलेर इस्माएलको हातबाट छुटाए अनि आफूसित लिएर गए। तिनीहरूले बाँकी रहेका पुरुष, स्त्री, केटाकेटी, सिपाही र दरबारका अफिसरहरूलाई गिबोनबाट फर्काए। १७ तिनीहरू मिश्रतिर जान अघि बढे+ अनि बेतलेहेमनजिकै+ किमहाममा बास बसे। १८ तिनीहरू कल्दियालीहरूदेखि डराएर मिश्र जान लागेका थिए किनकि नेथन्याहका छोरा इस्माएलले अहिकामका छोरा गदल्याहको हत्या गरेका थिए, जसलाई बेबिलोनका राजाले यहुदाको रेखदेख गर्न नियुक्‍त गरेका थिए।+

४२ त्यसपछि सबै सेनापति, कारेहका छोरा योहानान,+ होसायाहका छोरा यजन्याह र सानादेखि ठूला सबै मानिस आए २ र भविष्यवक्‍ता यर्मियालाई यस्तो आग्रह गरे: “बिन्ती! हाम्रो कुरा सुनिदिनुहोस्‌। हाम्रो तर्फबाट र बाँकी रहेका यी सबै मानिसको तर्फबाट यहोवा तपाईँका परमेश्‍वरलाई पुकारिदिनुहोस्‌। किनभने अब हामी थोरै मात्र बाँकी छौँ+ र यो कुरा त तपाईँलाई पनि थाह छ। ३ हामीले के गर्नुपर्ने हो अनि कुन मार्गमा चल्नुपर्ने हो, यहोवा तपाईँका परमेश्‍वरले हामीलाई देखाइदेऊन्‌।”

४ त्यसपछि भविष्यवक्‍ता यर्मियाले तिनीहरूलाई यसो भने: “मैले तपाईँहरूको कुरा सुनेँ। म तपाईँहरूले भनेझैँ यहोवा तपाईँहरूका परमेश्‍वरलाई प्रार्थना गर्नेछु। अनि यहोवाले जे जवाफ दिनुहुन्छ, त्यो सबै तपाईँहरूलाई सुनाउनेछु। एउटा कुरा पनि तपाईँहरूदेखि लुकाउनेछैनँ।”

५ तिनीहरूले यर्मियालाई यसो भने: “यहोवा तपाईँका परमेश्‍वरले तपाईँमार्फत हामीलाई जे निर्देशन दिनुहुन्छ, हामी ठीक त्यसै गर्नेछौँ। यदि त्यसो गरेनौँ भने यहोवा नै हामीविरुद्ध साँचो र विश्‍वासयोग्य साक्षी ठहरिऊन्‌। ६ यहोवा हाम्रा परमेश्‍वर, जसकहाँ हामी तपाईँलाई पठाउँदै छौँ, उहाँले भन्‍नुभएको कुरा चाहे हामीलाई मन परोस्‌ या नपरोस्‌, हामी पालन गर्नेछौँ र यहोवा हाम्रा परमेश्‍वरको कुरा मान्दा हाम्रो भलो होस्‌।”

७ त्यसको १० दिनपछि यहोवाको वचन यर्मियाकहाँ आयो। ८ त्यसैले यर्मियाले कारेहका छोरा योहानानलाई, तिनीसित भएका सबै सेनापतिलाई र सानादेखि ठूला सबै मानिसलाई आफूकहाँ बोलाए।+ ९ यर्मियाले तिनीहरूलाई यसो भने: “इस्राएलका परमेश्‍वर यहोवा, जसकहाँ तपाईँहरूले मलाई तपाईँहरूको तर्फबाट बिन्ती गर्न पठाउनुभएको थियो, उहाँ यसो भन्‍नुहुन्छ: १० ‘यदि तिमीहरू यही देशमा बसिरह्‍यौ भने म तिमीहरूलाई बनाउनेछु, भत्काउनेछैनँ। म तिमीहरूलाई रोप्नेछु, उखेल्नेछैनँ। तिमीहरूमाथि विपत्ति ल्याएकोमा म दुःखी हुनेछु।*+ ११ बेबिलोनका राजा, जससँग अहिले तिमीहरू डराउँछौ, तिनीसँग नडराओ।’+

“यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिनीसँग नडराओ किनकि तिमीहरूलाई बचाउन र तिनको हातबाट उद्धार गर्न म तिमीहरूको साथमा छु। १२ म तिमीहरूलाई कृपा गर्नेछु।+ त्यसैले तिनले पनि तिमीहरूलाई कृपा गर्नेछन्‌ अनि तिमीहरूलाई तिमीहरूकै देशमा फर्कन दिनेछन्‌।

१३ “‘तर यदि तिमीहरू “अहँ, हामी यस देशमा बस्दैनौँ” भन्छौ र यहोवा तिमीहरूका परमेश्‍वरको कुरा पटक्कै सुन्दैनौ १४ बरु “हामी मिश्रमै जान्छौँ,+ जहाँ हामीले युद्ध देख्नुपर्नेछैन, युद्धको सिङ फुकेको आवाज सुन्‍नुपर्नेछैन वा भोकभोकै बस्नुपर्नेछैन। हामी त्यतै बस्नेछौँ” भन्छौ भने १५ हे यहुदाका बाँकी मानिसहरू हो, यहोवाको वचन सुन। सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “यदि तिमीहरूले मिश्र गएरै छाड्‌ने निश्‍चय गरिसक्यौ र तिमीहरू त्यहाँ बसोबास गर्न* गयौ भने १६ जुन तरबारदेखि तिमीहरू डराउँछौ, त्यही तरबारले तिमीहरूलाई मिश्रमा भेट्टाउनेछ र जुन अनिकालदेखि तिमीहरू डराउँछौ, त्यही अनिकालले तिमीहरूलाई मिश्रसम्मै पछ्याउनेछ। अनि तिमीहरू त्यहीँ मर्नेछौ।+ १७ मिश्रमा गएर त्यहीँ बस्ने निश्‍चय गरिसकेका सबै मानिस तरबार, अनिकाल र महामारीले* मर्नेछन्‌। तिनीहरूमध्ये कोही पनि बाँच्नेछैन; मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट एक जना पनि उम्कनेछैन।”’

१८ “किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले यरुसलेमका बासिन्दाहरूमाथि जसरी आफ्नो रिस र क्रोध पोखाएको थिएँ,+ तिमीहरू मिश्र गयौ भने तिमीहरूमाथि पनि त्यसरी नै मेरो क्रोध पोखाउनेछु। तिमीहरू श्रापित हुनेछौ, तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌, मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन्‌+ र तिमीहरूले फेरि कहिल्यै यस ठाउँलाई देख्न पाउनेछैनौ।’

१९ “हे यहुदाका बाँकी मानिसहरू हो, यहोवाले तपाईँहरूविरुद्ध बोल्नुभएको छ। मिश्र नजानुहोस्‌। यो कुरा नबिर्सनुहोस्‌, मैले आज तपाईँहरूलाई यसबारे चेतावनी दिइसकेँ। २० उहाँको कुरा सुन्‍नुभएन भने तपाईँहरूले आफ्नो ज्यान गुमाउनुपर्नेछ। किनकि तपाईँहरूले यहोवा तपाईँहरूका परमेश्‍वरकहाँ यसो भन्दै मलाई पठाउनुभयो, ‘हाम्रो तर्फबाट यहोवा हाम्रा परमेश्‍वरलाई प्रार्थना गरिदिनुहोस्‌। अनि यहोवा हाम्रा परमेश्‍वरले भन्‍नुभएको एक-एक कुरा हामीलाई बताउनुहोस्‌ र हामी ती सब पालन गर्नेछौँ।’+ २१ मैले आज तपाईँहरूलाई ती सब कुरा बताएँ तर तपाईँहरूले यहोवा तपाईँहरूका परमेश्‍वरको कुरा सुन्‍नुहुनेछैन वा उहाँले मलाई भन्‍न पठाउनुभएको कुनै कुरा पालन गर्नुहुनेछैन।+ २२ त्यसैले यो कुरा जानिराख्नुहोस्‌: जहाँ तपाईँहरू जान र बसोबास गर्न खोज्दै हुनुहुन्छ, त्यहाँ तपाईँहरू तरबार, अनिकाल र महामारीले मर्नुहुनेछ।”+

४३ यहोवा परमेश्‍वरले मानिसहरूलाई भन्‍नू भनेर अह्राउनुभएका सबै कुरा यर्मियाले ती मानिसहरूलाई बताए। यहोवा तिनीहरूका परमेश्‍वरले भन्‍नुभएको एक-एक कुरा यर्मियाले सबै मानिसलाई बताइसकेपछि २ होसायाहका छोरा अजर्याह, कारेहका छोरा योहानान+ र सबै अहङ्‌कारी पुरुषले यर्मियालाई यसो भने: “झूट! सरासर झूट! ‘मिश्रमा बस्न नजानू’ भन्‍ने सन्देश यहोवा हाम्रा परमेश्‍वरले तपाईँलाई दिनुभएको हुँदै होइन। ३ हामीलाई कल्दियालीहरूको हातमा सुम्पन नेरियाहको छोरा बारुकले+ तपाईँलाई सुऱ्‍याएको हो। कल्दियालीहरूले हामीलाई मारून्‌ अथवा हामीलाई बेबिलोनमा कैदी बनाएर लगून्‌ भनेर त्यसले तपाईँलाई हामीविरुद्ध सुऱ्‍याउँदै छ।”+

४ यहोवाले यहुदामा नै बस्नू भनेर दिनुभएको आदेश कारेहका छोरा योहानान, सेनापतिहरू र मानिसहरू कसैले पनि मानेनन्‌। ५ बरु कारेहका छोरा योहानान र सबै सेनापतिले यहुदामा बाँकी रहेका सबै मानिसलाई, जो पहिले अरू देशमा तितरबितर भएका थिए र अहिले यहुदामा बसोबास गर्न फर्केका थिए, तिनीहरूलाई आफूसितै लगे।+ ६ राजाका पहरेदारहरूका कप्तान नबुजरदानले+ सापानका+ नाति अहिकामका+ छोरा गदल्याहलाई+ जिम्मा लगाएका पुरुष, स्त्री, केटाकेटी, राजकुमारीहरू र सबै मानिसका साथै भविष्यवक्‍ता यर्मिया र नेरियाहका छोरा बारुकलाई पनि तिनीहरूले आफूसितै लगे। ७ तिनीहरूले यहोवाको कुरा सुनेनन्‌। तिनीहरू मिश्र गए र तपनेससम्मै पुगे।+

८ तपनेसमा यहोवाको यो वचन यर्मियाकहाँ आयो: ९ “ठूलठूला ढुङ्‌गा लेऊ र ती ढुङ्‌गा तपनेसमा फारोको दरबारको मूलढोकाछेउमा भएको इँटा छापिएको पेटीमा राख र तिनलाई बज्रले* छोप। तिमीले यो सब काम यहुदी पुरुषहरूले देख्नेगरि गर। १० त्यसपछि तिनीहरूलाई भन: ‘सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “म मेरो सेवक,+ बेबिलोनका राजा नबुकद्‌नेजरलाई* बोलाउनेछु र मैले लुकाएका यी ढुङ्‌गाहरूमाथि तिनको सिंहासन बसाल्नेछु। अनि तिनले यी ढुङ्‌गाहरूमाथि आफ्नो राजसी पाल फिँजाउनेछन्‌।+ ११ तिनी आउनेछन्‌ र मिश्रलाई आक्रमण गर्नेछन्‌।+ महामारीको निम्ति छुट्ट्याइएकाहरू महामारीले मारिनेछन्‌, कैदको निम्ति छुट्ट्याइएकाहरू कैदमा पर्नेछन्‌ र तरबारको निम्ति छुट्ट्याइएकाहरू तरबारले काटिनेछन्‌।+ १२ म मिश्रका देवीदेवताका मन्दिरहरूमा आगो लगाइदिनेछु।+ तिनले ती देवीदेवतालाई जलाउनेछन्‌ र कैद गरेर लैजानेछन्‌। गोठालोले सजिलै खास्टो ओढेझैँ तिनले पनि मिश्रलाई सजिलै जित्नेछन्‌। अनि तिनी त्यहाँबाट सकुशल* फर्कनेछन्‌। १३ तिनले मिश्रको बेथ-सेमेसमा* भएका खम्बाहरू* टुक्राटुक्रा पार्नेछन्‌ र मिश्रका देवीदेवताका मन्दिरहरू जलाउनेछन्‌।”’”

४४ मिश्रको+ मिग्दोल,+ तपनेस+ र नोफमा*+ अनि पाथ्रोसको इलाकामा+ बसिरहेका यहुदीहरूका लागि यर्मियाकहाँ यस्तो सन्देश आयो: २ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरुसलेममाथि र यहुदाका सबै सहरमाथि मैले ल्याएको एक-एक विपत्ति तिमीहरूले देखेका छौ।+ ती ठाउँहरू अहिले उजाड भएका छन्‌ र त्यहाँ कोही बस्दैन।+ ३ किनकि तिमीहरूले अरू देवतालाई पुज्यौ र ती देवताहरूको नाममा बलिदान चढायौ। यस्तो दुष्ट काम गरेर तिमीहरूले मलाई रिस उठायौ।+ ती देवताहरूलाई न तिमीहरूले न त तिमीहरूका पितापुर्खाले नै कहिल्यै चिनेका थियौ।+ ४ मैले मेरा सबै सेवक, मेरा सबै भविष्यवक्‍तालाई बारम्बार तिमीहरूकहाँ पठाएँ र “मैले घृणा गर्ने यस्तो घिनलाग्दो काम गर्न बन्द गर” भनेर आग्रह गर्न लगाएँ।+ ५ तर तिमीहरूले सुन्दै सुनेनौ। तिमीहरूले आफ्नो कान थापेनौ। तिमीहरूले आफ्नो दुष्ट काम त्यागेनौ र अरू देवताको नाममा बलि चढाइरह्‍यौ।+ ६ त्यसैले यहुदाका सहरहरू र यरुसलेमका बाटोहरूमाथि मेरो रिस दन्कियो र ती ठाउँहरू तहसनहस भए। आजसम्म पनि ती ठाउँहरूको हालत त्यस्तै छ।’+

७ “सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीहरू किन आफैमाथि यत्ति ठूलो विपत्ति निम्त्याउँछौ? के तिमीहरू भएभरका यहुदी पुरुष, स्त्री, केटाकेटी र दूधे-बालक नाश होऊन्‌ र यहुदामा कोही पनि बाँकी नहोस्‌ भन्‍ने चाहन्छौ? ८ तिमीहरू बस्न गएको मिश्रमा अरू देवताको नाममा बलि चढाएर किन मलाई रिस उठाउँछौ? आफ्नो हातको कामले किन मेरो अपमान गर्छौ? तिमीहरू नामेट हुनेछौ, पृथ्वीका सबै जातिसामु तिमीहरू श्रापित हुनेछौ र घृणाको पात्र हुनेछौ।+ ९ यहुदामा र यरुसलेमका बाटोहरूमा तिमीहरूका पितापुर्खाले, यहुदाका राजाहरूले,+ तिनीहरूका पत्नीहरूले,+ तिमीहरू आफैले र तिमीहरूका पत्नीहरूले गरेका दुष्ट कामहरू+ के तिमीहरूले बिर्स्यौ? १० अझैसम्म तिमीहरू नम्र भएका छैनौ। तिमीहरूले मेरो डर मानेका छैनौ।+ मैले तिमीहरूलाई र तिमीहरूका पितापुर्खालाई दिएको नियमकानुन पनि तिमीहरूले पालन गरेका छैनौ।’+

११ “त्यसकारण सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म तिमीहरूमाथि विपत्ति ल्याएरै छोड्‌नेछु। हो, म पूरै यहुदालाई सखाप पार्नेछु। १२ मिश्र गएर त्यहीँ बस्ने निश्‍चय गरेका यहुदाका बाँकी सबै मानिस मिश्रमै नाश हुनेछन्‌।+ तिनीहरू तरबारले काटिनेछन्‌ र अनिकालले मर्नेछन्‌। सानादेखि ठूला सबै जना तरबार र अनिकालले मर्नेछन्‌। तिनीहरू श्रापित हुनेछन्‌, तिनीहरूलाई देख्नेजति सबै डरले थरथर काँप्नेछन्‌ र उनीहरूले तिनीहरूको निन्दा गर्नेछन्‌।+ १३ जसरी मैले यरुसलेममा बस्नेहरूलाई तरबार, अनिकाल र महामारी* पठाएर दण्ड दिएँ, त्यसैगरि मिश्रमा बस्नेहरूलाई पनि म दण्ड दिनेछु।+ १४ मिश्रमा बस्न गएका यहुदाका बाँकी मानिसहरू बच्नेछैनन्‌। तिनीहरू यहुदा फर्कन पाउनेछैनन्‌। तिनीहरूलाई यहुदाको झलझली याद आउनेछ र तिनीहरू त्यहाँ फर्कन खोज्नेछन्‌ तर पाउनेछैनन्‌। तिनीहरूमध्ये थोरै मात्र त्यहाँबाट उम्केर यहुदा फर्कन पाउनेछन्‌।’”

१५ ती पुरुषहरू, जसलाई आ-आफ्नी पत्नीले अरू नै देवीदेवताको नाममा बलि चढाइरहेका छन्‌ भनेर थाह थियो, तिनीहरू अनि ठूलो जमातमा त्यहाँ भेला भएका तिनीहरूका पत्नीहरू र मिश्रको+ पाथ्रोसमा+ बसिरहेका सबै मानिसले यर्मियालाई यसो भनेर जवाफ दिए: १६ “तपाईँले यहोवाको नाममा हामीलाई भन्‍नुभएको कुरा हामी सुन्‍नेछैनौँ। १७ बरु हामी स्वर्गकी रानीको* नाममा बलिदान चढाउनेछौँ र उनकै लागि मद्यभेटी चढाउनेछौँ।+ हो, हामी त्यसै गर्नेछौँ; हामी आफ्नो मुखको बोलीअनुसारै गर्नेछौँ। यहुदाका सहरहरूमा र यरुसलेमका बाटोहरूमा हामी र हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र भारदारहरूले त्यसै गर्दै आएका थियौँ। त्यतिखेर हाम्रो भलो भएको थियो, हामीले प्रशस्तै खान पाएका थियौँ र हामीले कुनै विपत्ति भोग्नुपरेको थिएन। १८ जबदेखि हामीले स्वर्गकी रानीको* नाममा बलिदान चढाउन र उनको नाममा मद्यभेटी चढाउन छोड्‌यौँ, तबदेखि हामीलाई अभावै अभाव भएको छ अनि हामी तरबार र अनिकालले नाश भएका छौँ।”

१९ ती स्त्रीहरूले अझै यसो भने: “के हामीले आ-आफ्ना पतिलाई नभनीकनै पीठो मुछेर स्वर्गकी रानीको* आकारको रोटी बनाएका, उनको नाममा बलिदान र मद्यभेटी चढाएका हौँ र?”

२० त्यसपछि यर्मियाले ती पुरुषहरू, तिनीहरूका पत्नीहरू र तिनीसित कुरा गर्ने सबै मानिसलाई यसो भने: २१ “तपाईँहरू, तपाईँहरूका पितापुर्खा, राजाहरू, भारदारहरू र मानिसहरूले यहुदाका सहरहरू र यरुसलेमका बाटोहरूमा चढाएका बलिदानहरूलाई+ यहोवाले बिर्सनुभएन! उहाँले ती सब याद गर्नुभयो। २२ तर तपाईँहरूले अति नै गर्नुभयो, तपाईँहरूको दुष्ट काम र घिनलाग्दा रीतिथिति यहोवालाई असह्‍य भयो। त्यसैकारण उहाँले तपाईँहरूको देशलाई तहसनहस पार्नुभयो। तपाईँहरूको देश श्रापित र निर्जन भयो अनि मानिसहरू त्यो ठाउँलाई देखेर डरले थरथर काँपे। आजसम्म पनि त्यस ठाउँको हालत त्यस्तै छ।+ २३ तपाईँहरूले अरू नै देवीदेवताको लागि बलिदान चढाउनुभयो। तपाईँहरूले यहोवाको कुरा नसुनेर, यहोवाको व्यवस्था, विधिविधान र सम्झौटा पालन नगरेर उहाँविरुद्ध पाप गर्नुभयो। त्यसकारण आज तपाईँहरूले यो विपत्ति भोग्नुपरेको हो।”+

२४ यर्मियाले सबै मानिस र सबै स्त्रीलाई अझै यसो भने: “मिश्रमा बसिरहेका यहुदाका सबै मानिस हो, यहोवाको कुरा सुन्‍नुहोस्‌। २५ सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीहरू र तिमीहरूका पत्नीहरूले आफ्नो मुखले जे कुरा बोल्यौ, आफ्नो हातले पनि त्यही काम गऱ्‍यौ। तिमीहरूले यसो भनेका थियौ: “हामीले स्वर्गकी रानीको* निम्ति बलिदान चढाउने र मद्यभेटी चढाउने शपथ खाएका छौँ। हामी त्यो शपथ पूरा गरेरै छोड्‌नेछौँ।”+ ए स्त्रीहरू हो, तिमीहरूले जे शपथ खाएका छौ, त्यो तिमीहरूले पूरा गरेरै छोड्‌नेछौ।’

२६ “त्यसैले मिश्रमा बसिरहेका यहुदाका सबै मानिस हो, यहोवाको कुरा सुन्‍नुहोस्‌: ‘यहोवा भन्‍नुहुन्छ, “म आफ्नै महान्‌ नामको शपथ खाएर भन्छु, सारा मिश्रभरि यहुदाको कुनै पनि मानिसले अब उपरान्त मेरो नाममा शपथ खानेछैन।+ ‘ब्रह्‍माण्डका मालिक यहोवाको कसम’ भन्दै शपथ खानेहरूले अब त्यसो भन्‍नेछैनन्‌।+ २७ तिनीहरूको भलो गर्नलाई होइन तर तिनीहरूमाथि विपत्ति ल्याउनलाई मैले तिनीहरूमाथि आफ्नो नजर लगाएको छु।+ मिश्रमा बसिरहेका यहुदाका सबै मानिस नाश नहोउन्जेल तिनीहरूलाई तरबार र अनिकालले छोड्‌नेछैन।+ २८ तिनीहरूमध्ये थोरै मात्र तरबारको प्रहारबाट बच्नेछन्‌ र यहुदा फर्कनेछन्‌।+ अनि मात्र मिश्रमा बस्न आएका यहुदाका बाँकी मानिसहरूले मैले बोलेको कुरा पूरा हुँदो रहेछ कि तिनीहरूले बोलेको, त्यो थाह पाउनेछन्‌।”’”

२९ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘मैले तिमीहरूमाथि ल्याउँछु भनेका सबै विपत्ति म अवश्‍य ल्याउनेछु र म तिमीहरूलाई यही ठाउँमा सजाय दिनेछु। त्यो कुरा तिमीहरूले थाह पाओ भनेर म तिमीहरूलाई एउटा चिन्ह दिनेछु। ३० यहोवा यसो भन्‍नुहुन्छ: “जसरी मैले यहुदाका राजा सिदकियाहलाई तिनको ज्यान लिन चाहने तिनको शत्रु, बेबिलोनका राजा नबुकद्‌नेजरको* हातमा सुम्पिएँ, त्यसैगरि मिश्रका राजा फारो होप्रालाई पनि तिनको ज्यान लिन चाहने तिनका शत्रुहरूको हातमा सुम्पनेछु।”’”+

४५ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालको चौथो वर्षमा+ भविष्यवक्‍ता यर्मियाले नेरियाहका छोरा बारुकलाई+ एउटा पुस्तकमा भविष्यवाणीहरू लेख्न लगाएका थिए।+ त्यसबेला यर्मियाले बारुकलाई यी कुराहरू पनि भने:

२ “इस्राएलका परमेश्‍वर यहोवाले तिमी बारुकलाई यसो भन्‍नुभएको छ, ३ ‘तिमीले यसो भन्यौ: “धिक्कार छ मलाई! यहोवाले मेरो दुःख-पीडा बढाइदिनुभएको छ! सुस्केरा हाल्दाहाल्दा म थाकिसकेँ। मेरो मनमा रतीभर चैन छैन।”’

४ “त्यसैले उसलाई यसो भन, ‘यहोवा भन्‍नुहुन्छ: “हेर, मैले जे निर्माण गरेँ, त्यो भत्काउँदै छु अनि जे रोपेँ, त्यो उखेल्दै छु! म देशभरि त्यसो गर्दै छु।+ ५ तर तिमी भने आफ्नो लागि ठूलठूला कुरा खोज्दै छौ।* त्यसो गर्न छोडिहाल।”’

“‘किनकि म सबै मानिसमाथि विपत्ति ल्याउँदै छु।+ तर तिमी जहाँ जान्छौ, त्यहाँ म तिम्रो ज्यान जोगाउनेछु र तिम्रो ज्यान तिम्रो निम्ति लुटको मालसरह हुनेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

४६ राष्ट्रहरूबारे भविष्यवक्‍ता यर्मियाकहाँ यहोवाको यो वचन आयो:+ २ यो सन्देश मिश्रका लागि थियो।+ यहुदाका राजा योसियाहका छोरा यहोयाकिमको शासनकालको चौथो वर्षमा+ मिश्रका राजा फारो नेकोको सेना युफ्रेटिस नदीको किनारमा थियो र बेबिलोनका राजा नबुकद्‌नेजरले* त्यसलाई कार्कमिसमा हराएका थिए। त्यस सेनाबारे परमेश्‍वरले दिनुभएको सन्देश यही हो:+

 ३ “साना* र ठूला ढालहरू तयार पार।

अनि युद्ध गर्न अघि बढ।

 ४ ए घोडचढीहरू हो, आफ्नो घोडामा काठी कस र त्यसमा सवार होओ।

टोप लगाएर आ-आफ्नो ठाउँमा तयार भएर बस।

भालाहरूमा धार लगाओ र कवच लगाओ।

 ५ ‘तिनीहरू किन भयभीत देखिन्छन्‌?

तिनीहरू पछि हट्‌दै छन्‌, तिनीहरूका योद्धाहरू हारे।

तिनीहरू आत्तिएर भागे, तिनीहरूका योद्धाहरूले फर्केर हेरेनन्‌।

चारैतिर त्रास छाएको छ,’ यहोवा घोषणा गर्नुहुन्छ।

 ६ ‘छिटो दगुर्ने समेत भाग्न सकेन; योद्धाहरू उम्कन सकेनन्‌।

उत्तरमा युफ्रेटिस नदीको किनारमा

तिनीहरू ठक्कर खाएर लडे।’+

 ७ नाइल नदीझैँ उर्लँदै आउने त्यो को हो?

बढेको खोलाझैँ आउने त्यो को हो?

 ८ नाइल नदीझैँ उर्लँदै आउने

र बढेको खोलाझैँ आउने त्यो मिश्र हो।+

अनि त्यसले यसो भन्छ, ‘म गएर पृथ्वीलाई डुबाउनेछु।

म त्यस सहरलाई र त्यसका बासिन्दाहरूलाई नाश गर्नेछु।’

 ९ ए घोडाहरू हो, अघि बढ!

ए रथहरू हो, वेगसित कुद!

योद्धाहरू अघि बढून्‌,

कुस* र पत, जो ढाल बोक्छन्‌+

अनि लुदिम,+ जो धनु चलाउन* सिपालु छ,+ तिनीहरू सबै अघि बढून्‌।

१० “त्यो दिन ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवाको दिन हो; आफ्ना शत्रुहरूसित बदला लिने उहाँको दिन। तरबारले तिनीहरूलाई निल्नेछ र त्यो सन्तुष्ट हुनेछ। अनि तिनीहरूको रगत पिएर त्यसले आफ्नो तिर्खा मेटाउनेछ। किनकि ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवाले युफ्रेटिस नदीको किनारमा रहेको उत्तरको देशमा एउटा बलिदान तयार पार्नुभएको छ।+

११ ए मिश्रकी कुमारी छोरी!

गिलादमा जाऊ र सुगन्धित लेप* लिएर आऊ।+

तिमी बिनसित्ति यत्ति धेरै उपचार गराइरहेकी छ्यौ,

तिम्रो रोगको कुनै ओखती छैन।+

१२ तिम्रो सेखी झरेको कुरा राष्ट्रहरूले सुने।+

तिम्रो क्रन्दन देशभरि गुञ्जियो।

एउटा योद्धा अर्कोसित ठोकिन्छ

र तिनीहरू दुवै लड्‌छन्‌।”

१३ बेबिलोनका राजा नबुकद्‌नेजर मिश्रलाई आक्रमण गर्न आउने विषयमा यहोवाको यो वचन भविष्यवक्‍ता यर्मियाकहाँ आयो:+

१४ “मिश्रमा यस कुराको घोषणा गर, मिग्दोलमा यो कुरा सुनाऊ।+

नोफ* र तपनेसमा यसको घोषणा गर।+

तिमीले यसो भन्‍नू, ‘आ-आफ्नो ठाउँमा तयार भएर बस।

किनकि तिमीहरूवरपर भएका सबैलाई तरबारले निल्नेछ।

१५ तिम्रा बलिया मानिसहरू किन नाश भए?

यहोवाले तिनीहरूलाई धकेल्नुभएकोले

तिनीहरू आफ्नो ठाउँमा खडा भइरहन सकेनन्‌।

१६ धेरै जना ठक्कर खाँदै अनि लड्‌दै छन्‌।

तिनीहरू एकअर्कालाई यसो भन्दै छन्‌:

“उठ! हामी आफ्ना मानिसहरूकहाँ र आफ्नो देशमा फर्कौँ

किनकि यो तरबार निकै भयानक छ।”’

१७ त्यहाँ तिनीहरूले यस्तो घोषणा गरेका छन्‌,

‘मिश्रका फारो फोस्रो धाक लगाउँछन्‌।

तिनले आफ्नो हातमा आएको मौका* खेर फालेका छन्‌।’+

१८ ती राजा, जसको नाम सेनाहरूका यहोवा हो, उहाँ यस्तो घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु,

तिनी* आउनेछन्‌ र डाँडाहरूमध्ये ताबोर डाँडाझैँ+

अनि समुद्रछेउको कर्मेल डाँडाझैँ+ खडा हुनेछन्‌।

१९ हे मिश्रमा बस्ने छोरी,

कैदमा जानलाई झिटीझाम्टो तयार पार

किनकि नोफको* हालत यत्ति नराम्रो हुनेछ कि मानिसहरू त्यसलाई देखेर डरले थरथर काँप्नेछन्‌।

त्यो आगोले खरानी हुनेछ* र त्यहाँ बस्नलाई कोही बाँकी रहनेछैन।+

२० मिश्र एउटा सुन्दर कोरलीजस्तै* छे।

तर उत्तरबाट झिँगाहरू* आएर त्यसलाई टोक्नेछन्‌।

२१ त्यसका ज्यालादारी सिपाहीहरूसमेत बोसो लागेका बाछाहरूजस्तै छन्‌

तर तिनीहरू पनि पीठ फर्काएर भागे।

तिनीहरू आफ्नो ठाउँमा खडा भइरहन सकेनन्‌+

किनकि तिनीहरूमाथि विपत्ति आइपरेको छ।

तिनीहरूको लेखा लिने दिन आएको छ।’

२२ ‘त्यसको आवाज घस्रिरहेको सर्पको जस्तै छ

किनकि तिनीहरू बन्चरो लिएर ठूलो सङ्‌ख्यामा त्यसको पछि लाग्दै छन्‌।

रूख काट्‌ने* मानिसहरूझैँ तिनीहरू ओइरिरहेका छन्‌।

२३ त्यसको जङ्‌गल घना भए तापनि तिनीहरूले त्यसलाई काटेर सखाप पार्नेछन्‌,’ यहोवा घोषणा गर्नुहुन्छ।

‘किनकि तिनीहरू सलहभन्दा धेरै छन्‌; अनगिन्ती छन्‌।

२४ मिश्रकी छोरी लाजमा पर्नेछिन्‌।

तिनी उत्तरका मानिसहरूको हातमा सुम्पिइनेछिन्‌।’+

२५ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘अब म नोको*+ अमोनलाई+ अनि मिश्रका फारोलाई, मिश्रलाई, त्यहाँका देवताहरूलाई+ र राजाहरूलाई सजाय दिनेछु। हो, म फारो र तिनमा भरोसा गर्ने सबैलाई सजाय दिनेछु।’+

२६ “‘म तिनीहरूलाई तिनीहरूको ज्यान लिन खोज्ने बेबिलोनका राजा नबुकद्‌नेजरको हातमा+ र तिनका नोकरचाकरको हातमा सुम्पनेछु। तर पछि मिश्रमा पहिलेझैँ मानिसहरू बसोबास गर्नेछन्‌,’ यहोवा घोषणा गर्नुहुन्छ।+

२७ ‘तर ए मेरो दास याकुब, नडराऊ

अनि ए इस्राएल, भयभीत नहोऊ।+

किनकि म तिमीलाई टाढाको देशबाट छुटाउनेछु,

तिम्रा सन्तानलाई तिनीहरू कैदमा परेको देशबाट फर्काउनेछु।+

याकुब आफ्नो भूमिमा फर्केर शान्तिसित बस्नेछ

र कसैले पनि उसलाई तर्साउनेछैन।’+

२८ यहोवा घोषणा गर्नुहुन्छ, ‘त्यसैले ए मेरो दास याकुब, नडराऊ किनकि म तिम्रो साथमा छु।

जुन-जुन देशमा मैले तिमीलाई छरपस्ट पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+

तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+

ठीक मात्रामा अनुशासन दिनेछु।*+

तिमी सजाय नपाई उम्कनेछैनौ।’”

४७ पलिस्तियालीहरूबारे भविष्यवक्‍ता यर्मियाकहाँ यहोवाको वचन आयो।+ यो सन्देश फारोले गाजामा पलिस्तियालीहरूलाई हराउनुअघि आएको थियो। २ यहोवा यसो भन्‍नुहुन्छ:

“हेर! उत्तरतिरबाट पानी बगेर आउँदै छ!

बाढी उर्लनेछ!

सारा देश र देशमा भएका सबथोक डुबानमा पर्नेछन्‌,

सहर र सहरवासी डुब्नेछन्‌।

मानिसहरू ठूलो स्वरमा रुनेछन्‌,

देशमा बस्ने सबैले अलापविलाप गर्नेछन्‌।

 ३ उसका घोडाहरूको टापको आवाज,

रथहरूको गडगडाहट

अनि पाङ्‌ग्राहरूको घडघड सुन्दा

बुबाहरू यसरी कुलेलाम ठोक्नेछन्‌ कि तिनीहरूले आफ्ना छोराहरूलाई फर्केर समेत हेर्नेछैनन्‌

किनकि तिनीहरूका हातहरू लल्याकलुलुक हुनेछन्‌,

 ४ किनकि सारा पलिस्तियालीलाई नाश गर्ने त्यो दिन आउँदै छ;+

त्यो दिन टायर+ र सिदोनलाई+ सहयोग गर्नेजति सबै नाश हुनेछन्‌।

किनकि काफ्तोर* टापुबाट+ आएका

बाँकी पलिस्तियालीहरूलाई यहोवाले नाश गर्नुहुनेछ।

 ५ गाजाले कपाल खौरनेछ।*

अस्कलोनको बोली बन्द गराइएको छ।+

हे गाजा र अस्कलोनका बेँसीमा बाँकी रहेकाहरू हो,

तिमीहरू कतिन्जेल आफ्नो शरीरमा चोट पार्छौ?+

 ६ हे यहोवाको तरबार!+

तँ कहिले तृप्त हुनेछस्‌?

आफ्नो म्यानमा फर्की।

आराम गर्‌, चुपचाप बस्‌।

 ७ यहोवाले नै त्यसलाई जाइलाग्न आदेश दिनुभएकोले

त्यो कसरी चुपचाप बस्न सक्ला र?

उहाँले त्यसलाई अस्कलोन र समुद्री किनारमा+

आक्रमण गर्न अह्राउनुभएको छ।”

४८ मोआबबारे+ सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“नेबोलाई धिक्कार छ!+ किनकि त्यो नाश भएको छ!

किर्यथैमलाई+ बन्दी बनाइएको छ र त्यो लाजमा परेको छ।

मानिसहरू ढुक्क भएर शरण लिने ठाउँलाई* ध्वस्त पारिएको छ; त्यसको बेइज्जत भएको छ।+

 २ कसैले मोआबको गुणगान गाउँदैन।

त्यसका शत्रुहरूले हेस्बोनमा+ यसो भन्दै षड्‌यन्त्र रचेका छन्‌:

‘आओ, हामी त्यस जातिको नामोनिसान मेटाइदेऔँ।’

ए मदमेन, तँ पनि चुप लागेर बस्‌

किनकि तरबार तेरो पछिपछि आउँदै छ।

 ३ होरोनैमबाट विनाश र पतनको

ठूलो स्वर सुनिँदै छ।+

 ४ मोआब ध्वस्त भएको छ।

त्यसका केटाकेटीहरू चिच्याई-चिच्याई रुँदै छन्‌।

 ५ लुहिथको उकालो चढ्‌दा मानिसहरू बरबर आँसु झार्छन्‌

अनि होरोनैमबाट ओरालो झर्दा विनाशले गर्दा मानिसहरू रोइरहेको आवाज तिनीहरूले सुन्छन्‌।+

 ६ भाग्‌! आफ्नो ज्यान जोगाउन भाग्‌!

तँ मरुभूमिमा ठिङ्‌ग उभिएको धुपीको रूखजस्तै हुनेछस्‌!

 ७ तँ आफ्ना ठूलठूला काम र आफ्नो धनसम्पत्तिमा भरोसा गर्छस्‌,

त्यसैले तँ पक्राउ पर्नेछस्‌।

केमोस+ निर्वासित हुनेछ।

त्यसका पुजारीहरू र मुखियाहरूलाई पनि त्यससँगै लगिनेछ।

 ८ नाश गर्ने व्यक्‍ति हरेक सहरमा तिनीहरूमाथि जाइलाग्नेछ।

एउटै सहर उम्कनेछैन।+

यहोवाले भन्‍नुभएझैँ उपत्यकाको नामोनिसान मेटिनेछ

र समतल जमिन* नामेट हुनेछ।

 ९ मोआबको लागि बाटो देखाउने चिन्ह ठड्‌याइदेऊ

किनकि त्यसमाथि विनाश आउँदा त्यसका बासिन्दाहरू भागेर जानेछन्‌।

त्यसका सहरहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।

त्यसका सहरहरूमा कोही बाँकी रहनेछैन।+

१० यहोवाको काम गर्दा लापर्बाही गर्ने श्रापित होस्‌!

रक्‍तपात गर्नदेखि आफ्नो तरबारलाई रोक्ने श्रापित होस्‌।

११ मोआबीहरू युवावस्थादेखि नै शान्तिपूर्वक बसेका छन्‌,

तिनीहरू कसर जमेको दाखमद्यझैँ* छन्‌।

तिनीहरूलाई कहिल्यै एउटा भाँडोबाट अर्कोमा खन्याइएको छैन

अनि तिनीहरू कहिल्यै कैदमा परेका छैनन्‌।

त्यसैले तिनीहरूको स्वाद जस्ताको तस्तै छ

र तिनीहरूको सुगन्ध हराएको छैन।

१२ “यहोवा घोषणा गर्नुहुन्छ: ‘त्यसैले हेर, यस्तो दिन आउँदै छ, जब म तिनीहरूलाई घोप्ट्‌याउन मानिसहरू पठाउनेछु। शत्रुहरूले तिनीहरूलाई घोप्ट्‌याउनेछन्‌ र तिनीहरूका भाँडाहरू रित्तै पारिदिनेछन्‌ अनि तिनीहरूका ठूलठूला भाँडाहरूलाई टुक्राटुक्रा पारिदिनेछन्‌। १३ जसरी इस्राएलीहरूले भरोसा गरेको बेथेलको कारण इस्राएलको घरानाको बेइज्जत भएको थियो,+ त्यसैगरि केमोसको कारण मोआबीहरूको बेइज्जत हुनेछ।

१४ “हामी त युद्ध गर्न तम्तयार वीर योद्धाहरू हौँ” भन्‍ने आँट तिमीहरूले कसरी गऱ्‍यौ, हँ?’+

१५ ती राजा, जसको नाम सेनाहरूका यहोवा हो, उहाँ यस्तो घोषणा गर्नुहुन्छ,+

‘मोआब नाश भएको छ,

त्यसका सहरहरू कब्जा गरिएका छन्‌।+

त्यसका योग्य नौजवानहरू काटिएका छन्‌।’+

१६ मोआबीहरूको विनाश नजिकै आएको छ,

तिनीहरूको पतन हुने दिन तीव्र गतिले नजिकिँदै छ।+

१७ तिनीहरूको वरपर भएकाहरू र तिनीहरूको नाम थाह पाएकाहरूजति सबैले

तिनीहरूलाई सान्त्वना दिनुपर्नेछ।

तिनीहरूलाई यसो भन: ‘हेर, त्यो बलियो लट्ठी, त्यो महिमित लौरो ठनक्कै भाँचियो!’

१८ ए दिबोनमा बस्ने छोरी,

तेरो महिमित सिंहासनबाट ओर्ली अनि तिर्खाले व्याकुल भएर बस्‌*+

किनकि मोआबलाई नाश गर्ने शत्रु तँविरुद्ध आउँदै छ।

तेरा बलिया-बलिया ठाउँहरूलाई उसले ध्वस्त पार्नेछ।+

१९ ए अरोएरका बासिन्दाहरू हो,+ सडकको छेउमा उभिएर हेर।

त्यहाँबाट भागेको पुरुषलाई र त्यहाँबाट उम्केकी स्त्रीलाई ‘के भयो’ भनी सोध,

२० मोआबको बेइज्जत भएको छ र त्यो त्रासले भरिएको छ।

विलाप गर र चिच्याएर रोऊ।

मोआबको विनाश भएको छ भनेर अर्नोनमा घोषणा गर।+

२१ “समतल जमिनको* न्याय गर्ने बेला आएको छ।+ होलोन, याहज,+ मेफाथ,+ २२ दिबोन,+ नेबो,+ बेथ-दिब्लाथैम, २३ किर्यथैम,+ बेथ-गामुल, बेथ-मोन,+ २४ केरिओथ,+ बोज्राह अनि मोआबमा भएका नजिक र टाढाका सबै सहरको न्याय गर्ने बेला आएको छ।

२५ ‘मोआबको सिङ* काटिएको छ;

त्यसको पाखुरा भाँचिएको छ,’ यहोवा घोषणा गर्नुहुन्छ।

२६ ‘त्यसलाई मात्तिनेगरि पिलाऊ+ किनकि आफैलाई उचालेर त्यो यहोवाविरुद्ध खडा भएको छ।+

मोआब आफ्नै बान्तामा लडीबुडी गर्दै छ

र त्यो हाँसोको पात्र भएको छ।

२७ तैँले इस्राएललाई हाँसोमा उडाएको थिइनस्‌?+

के इस्राएल चोरहरूमाझ फेला परेको थियो र?

त्यसोभए तैँले किन त्यसलाई देखेर आफ्नो मुन्टो हल्लाइस्‌ अनि किन त्यसको विरुद्धमा बोलिस्‌?

२८ ए मोआबका बासिन्दाहरू हो, सहरमा बस्न छोडिदेओ र चट्टानहरू हुँदो बस्न थाल।

खोचमा गुँड लगाउने ढुकुरझैँ बन।’”

२९ “मोआब साह्रै हठी छ, त्यसले फुर्ती लगाएको हामीले सुनेका छौँ।

त्यसको अहङ्‌कार, घमन्ड र हठ हामीलाई थाह छ।”+

३० “यहोवा घोषणा गर्नुहुन्छ, ‘मलाई त्यो रिसाहा छ भनेर थाह छ

तर त्यसको फोस्रो कुरा बेकार साबित हुनेछ।

तिनीहरूले केही गर्न सक्नेछैनन्‌।

३१ त्यसैले म मोआबको निम्ति विलाप गर्नेछु,

सारा मोआबको निम्ति म ठूलो स्वरले रुनेछु

र किर-हेरेसका मानिसहरूको निम्ति शोक गर्नेछु।+

३२ ए सिब्माहको+ अङ्‌गुरको बोट, मैले याजेरको+ निम्ति जति शोक गरेँ,

त्योभन्दा धेरै शोक तेरो निम्ति गर्नेछु।

तेरा लहलहाउँदा हाँगाहरू समुद्रपारिसम्मै पुगेका छन्‌,

समुद्रपारि याजेरसम्मै ती फैलिएका छन्‌।

तर तँलाई नाश गर्ने शत्रु आउँदै छ,+

त्यसले तेरो ग्रीष्म ऋतुको फल* र तेरो अङ्‌गुर सखाप पार्नेछ।

३३ मोआबबाट र त्यसको बगानबाट

खुसीयाली र रमाहट हराएको छ।+

म कोलबाट मद्य बग्न दिनेछैनँ।

अङ्‌गुर कुल्चँदा कोही पनि खुसीले कराउनेछैन।

तिनीहरू कराउनेछन्‌ तर खुसीले होइन।’”+

३४ “‘हेस्बोनदेखि+ एलालेहसम्मै+ रोदन गुञ्जिएको छ।

तिनीहरूको चर्को आवाज याहजसम्मै+ प्रस्ट सुनिएको छ।

जोअरदेखि होरोनैम+ र एग्लाथ-सिलिसियाहसम्मै त्यो गुञ्जिएको छ।

निम्रिमका खोलाहरूसमेत सुक्नेछन्‌।’+

३५ यहोवा घोषणा गर्नुहुन्छ,

‘अग्लो थानमा* भेटी ल्याउने र आफ्नो देवताको निम्ति बलिदान चढाउने

मोआबमा कोही पनि बाँकी रहनेछैन।

३६ त्यसैले मोआबको निम्ति मेरो हृदयले बाँसुरीले जस्तै* शोक गर्नेछ+

अनि किर-हेरेसका मानिसहरूको निम्ति पनि मेरो हृदयले बाँसुरीले जस्तै* शोक गर्नेछ

किनकि त्यसले कमाएको सबै सम्पत्ति नाश हुनेछ।

३७ तिनीहरू हरेकले कपाल खौरेका छन्‌,+

हरेकले दाह्री काटेका छन्‌।

सबैले आफ्नो हातमा घाउ बनाएका छन्‌+

र आफ्नो कम्मरमा भाङ्‌ग्रा बेरेका छन्‌।’”+

३८ “‘मोआबका छतहरूमा

अनि चोकहरूमा

रोदनसिवाय अरू केही सुनिँदैन

किनकि मैले माटोको काम नलाग्ने भाँडोलाई जस्तै

मोआबलाई चकनाचुर पारिदिएको छु,’ यहोवा घोषणा गर्नुहुन्छ।

३९ ‘मोआब साह्रै डराएको छ, त्यसको निम्ति रोऊ!

मोआबले लज्जित भएर आफ्नो पिठिउँ फर्काएको छ।

त्यो हाँसोको पात्र भएको छ,

त्यसको हालत देखेर वरपरका सबै त्रसित भएका छन्‌।’”

४० “किनकि यहोवा यसो भन्‍नुहुन्छ:

‘जमिनतिर हुइँकिने चीलले जस्तै+

मोआबलाई आक्रमण गर्न शत्रुले आफ्नो पखेटा फिँजाउनेछ।+

४१ मोआबका सहरहरू कब्जा गरिनेछन्‌

अनि त्यसका किल्लाहरूमाथि शत्रुले अधिकार गर्नेछ।

त्यस दिन मोआबका योद्धाहरू

बेथा लागेका स्त्रीहरूझैँ आत्तिनेछन्‌।’”

४२ “‘अनि मोआबीहरूको अस्तित्व मेटिनेछ।+

किनकि मोआबले आफैलाई उचालेर यहोवाविरुद्ध खडा भएको छ।+

४३ ए मोआबका बासिन्दाहरू हो,

तिमीहरूको अगाडि त्रास, खाडल र पासो राखिएको छ,’ यहोवा घोषणा गर्नुहुन्छ।

४४ ‘जो त्रासदेखि भाग्छ, त्यो खाडलमा पर्नेछ

अनि जो खाडलबाट निस्केर आउँछ, त्यो पासोमा पर्नेछ।’

‘किनकि मोआबलाई सजाय दिने मेरो समय* आउँदै छ,’ यहोवा घोषणा गर्नुहुन्छ।

४५ ‘भाग्नेहरूजति सबै हेस्बोनको छायामुनि कमजोर हुन्छन्‌

किनकि हेस्बोनबाट आगो दन्कनेछ,

सिहोनबाट आगोको ज्वाला निस्कनेछ।+

अनि त्यसले मोआबको निधारलाई

र खैलाबैला मच्चाउनेहरूको खप्परलाई भस्म पार्नेछ।’+

४६ ‘ए मोआब, तँलाई धिक्कार छ!

केमोसका भक्‍तहरू+ नाश भएका छन्‌।

तेरा छोराहरू कैदमा लगिएका छन्‌

अनि तेरा छोरीहरू निर्वासनमा लगिएका छन्‌।+

४७ तर मोआबबाट कैद गरेर लगिएकाहरूलाई म आखिरी समयमा जम्मा गर्नेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।

‘मोआबविरुद्ध सुनाइएको सन्देश यहीँ अन्त हुन्छ।’”+

४९ अम्मोनीहरूबारे+ यहोवा यसो भन्‍नुहुन्छ:

“के इस्राएलको एउटै छोरा छैन?

के उसको कुनै उत्तराधिकारी छैन?

त्यसोभए मल्काम+ किन गादमा अधिकार जमाएर बसेको छ?+

अनि त्यसका भक्‍तहरू किन इस्राएलका सहरहरूमा बसोबास गरिरहेका छन्‌?”

 २ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘हेर, यस्ता दिनहरू आउँदै छन्‌,

जब म अम्मोनीहरूको राब्बाहविरुद्ध+ युद्धको बिगुल फुक्न लगाउनेछु।*+

अनि त्यो भग्नावशेषको थुप्रो हुनेछ।

त्यसको वरपरका सहरहरूमा आगो लगाइनेछ।’

यहोवा यसो भन्‍नुहुन्छ, ‘ज-जसले इस्राएललाई धपाएका थिए, तिनीहरूलाई इस्राएलले कब्जा गर्नेछ।’+

 ३ ‘ए हेस्बोन! विलाप गर्‌ किनकि ऐ विनाश भएको छ।

ए राब्बाहवरपरका सहरहरू हो! ठूलो स्वरमा रोओ।

भाङ्‌ग्रा लगाओ।

ढुङ्‌गाका गोठहरूमा* भौँतारिदै विलाप गर

किनकि मल्काम निर्वासित हुनेछ।

त्यसका पुजारीहरू र मुखियाहरूलाई पनि त्यससँगै लगिनेछ।+

 ४ आफ्नो धनसम्पत्तिमा भरोसा गर्ने र “मविरुद्ध को आउन सक्छ र” भन्‍ने

ए धोकेबाज छोरी,

तँ किन आफ्ना उपत्यकाहरूमा

र आफ्ना उर्वरा* भूमिहरूमा घमन्ड गर्छेस्‌?’”

 ५ “ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ,

‘तँवरपर भएकाहरूमार्फत तँमाथि म त्रास ल्याउनेछु।

तँ चारैतिर तितरबितर हुनेछेस्‌

अनि भागेर जानेहरूलाई कसैले जम्मा गर्नेछैन।’”

 ६ “‘तर म कैदमा लगिएका अम्मोनीहरूलाई जम्मा गर्नेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।”

७ एदोमबारे सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

“के तेमानबाट+ बुद्धि हराएकै हो?

के समझदार मानिसहरूले राम्रो सल्लाह दिन छाडेकै हुन्‌?

के तिनीहरूको बुद्धि कुहिसकेकै हो?

 ८ ए ददानका+ बासिन्दाहरू हो!

फर्क! भाग! गएर गहिरा खाडलहरूमा लुक!

किनकि मैले एसावलाई सजाय दिने समय आएपछि

म त्यसमाथि विपत्ति ल्याउनेछु।

 ९ यदि अङ्‌गुर टिप्नेहरू तँकहाँ आएका भए

तिनीहरूले सिलाबाला बटुल्नेहरूका लागि केही छोडिदिने थिएनन्‌ र?

रातमा चोरहरू पसेका भए

तिनीहरूले पनि आफूलाई चाहिएको कुरा मात्रै चोरेर लग्ने थिए।+

१० तर म एसावलाई नाङ्‌गो पारिदिनेछु।

त्यो कतै लुक्न नपाओस्‌ भनेर

म त्यसका लुक्ने ठाउँहरू उदाङ्‌ग पारिदिनेछु।

त्यसका छोराछोरी, दाजुभाइ र छिमेकीहरू सबै नाश हुनेछन्‌+

र त्यसको नामोनिसान मेटिनेछ।+

११ तिमीहरूमाझ भएका अनाथहरूलाई* छोडिदेओ।

म उनीहरूलाई सुरक्षित राख्नेछु।

तिमीहरूमाझ भएका विधवाहरूले मलाई भरोसा गर्नेछन्‌।”

१२ यहोवा यसो भन्‍नुहुन्छ: “हेर्‌, क्रोधको कचौराबाट पिउने सजाय नपाएकाहरूले त त्यसबाट पिउनुपर्नेछ भने के तैँले चाहिँ सजाय नपाउलास्‌? तँ सजाय नपाई उम्कनेछैनस्‌; तैँले त्यस कचौराबाट पिउनै पर्छ।”+

१३ यहोवा यसो भन्‍नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु, बोज्राह हाँसोको पात्र हुनेछ, त्यो नाश हुनेछ अनि श्रापित हुनेछ। मानिसहरू त्यसको हालत देखेर डरले थरथर काँप्नेछन्‌।+ त्यसका सबै सहरलाई म सदाको लागि उजाड पारिदिनेछु।”+

१४ मैले यहोवाबाट एउटा खबर सुनेको छु,

एक जना दूतलाई राष्ट्रहरूकहाँ यसो भन्‍न पठाइएको छ:

“तिमीहरू सबै जम्मा होओ र त्यसलाई आक्रमण गर।

युद्धको लागि तयार होओ।”+

१५ “किनकि हेर्‌! मैले तँलाई राष्ट्रहरूमाझ सानो

र मानिसहरूमाझ तुच्छ बनाइदिएको छु।+

१६ तँ, जो डाँडाका ओडारहरूमा बस्छस्‌,

जो सबैभन्दा अग्लो डाँडामा अधिकार जमाएर बसेको छस्‌,

तैँले फैलाएको त्रासले र तेरो हृदयको अहङ्‌कारले

तँलाई धोका दिएको छ।

तैँले आफ्नो गुँड चीलले झैँ अग्लो ठाउँमा बनाएको भए तापनि

म तँलाई त्यहाँबाट झार्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

१७ “एदोमको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+ त्यो सहर भएर जानेहरू त्यसमाथि आइपरेका सबै विपत्ति देखेर डरले खङ्‌ग्रङ्‌ग हुनेछन्‌ र खिसी गर्दै सिटी बजाउनेछन्‌। १८ सदोम र गमोरा अनि त्यसवरपरका सहरहरूलाई नाश गर्दा तिनीहरूको हालत जस्तो भएको थियो,+ एदोमको हालत पनि त्यस्तै हुनेछ,” यहोवा भन्‍नुहुन्छ, “त्यो निर्जन हुनेछ; कोही पनि त्यहाँ बसोबास गर्नेछैन।+

१९ “हेर! जसरी यर्दनको बाक्लो झाडीबाट सिंह निस्कन्छ, त्यसरी नै कोही आउनेछ र एदोमका सुरक्षित चरनहरूलाई आक्रमण गर्नेछ।+ एक पलमै म त्यसलाई* त्यहाँबाट खेद्‌नेछु। अनि म त्यसमाथि आफूले चुनेको जनलाई खटाउनेछु। किनकि मजस्तो को छ र? मलाई कसले हाँक दिन सक्छ? कुनचाहिँ गोठालो मसामु खडा हुन सक्छ?+ २० त्यसैले ए मानिसहरू हो! यहोवाले एदोमलाई र तेमानका बासिन्दाहरूलाई के गर्ने निर्णय गर्नुभएको छ,+ सुन:

बगालका साना पाठाहरूलाई घिसारेर लगिनेछ।

यिनीहरूको वासस्थानलाई उहाँले तिनीहरूको कारण उजाड पारिदिनुहुनेछ।+

२१ तिनीहरू लडेको आवाजले पृथ्वी काँपेको छ।

तिनीहरूको रोदन सुनिएको छ।

त्यो लाल समुद्रसम्मै गुञ्जिएको छ।+

२२ हेर! चीलझैँ त्यो उँभो-उँभो उड्‌नेछ र आफ्नो सिकारलाई झम्टनेछ+

अनि बोज्राहलाई आक्रमण गर्न त्यसले आफ्नो पखेटा फिँजाउनेछ।+

त्यस दिन एदोमका योद्धाहरू

बेथा लागेका स्त्रीहरूझैँ आत्तिनेछन्‌।”

२३ दमिसकबारे:+

“हमाथ+ र अर्पाद लाजमा पारिएका छन्‌

किनकि तिनीहरूले नराम्रो खबर सुनेका छन्‌।

तिनीहरू डरले अतालिएका छन्‌।

समुद्रमा हलचल मच्चिएको छ र त्यसलाई शान्त पार्न सकिँदैन।

२४ दमिसकले साहस गुमाएको छ।

त्यो भाग्न खोज्यो तर त्रासले त्यसलाई छोपेको छ।

बेथा लागेकी स्त्रीलाई झैँ

त्यसलाई दुःख र पीडाले गाँजेको छ।

२५ त्यो महिमित सहरलाई, रमाहटले भरिएको सहरलाई

मानिसहरूले किन छोडेर गएनन्‌?

२६ किनकि त्यो दिन त्यसका चोकहरूमा नौजवानहरू मारिनेछन्‌

र त्यसका सबै योद्धा नाश हुनेछन्‌,” सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

२७ “म दमिसकको पर्खालमा आगो लगाइदिनेछु

र त्यसले बेन-हददका बलिया-बलिया किल्लाहरूलाई भस्म पार्नेछ।”+

२८ केदारबारे+ र हजोरका राज्यहरूबारे, जसलाई बेबिलोनका राजा नबुकद्‌नेजरले* हराए, तिनीहरूबारे यहोवा यसो भन्‍नुहुन्छ:

“उठ! केदारमा जाऊ

अनि पूर्वका* छोराहरूलाई नाश गरिदेऊ।

२९ तिनीहरूका पाल र बगाल खोसिनेछन्‌।

तिनीहरूका पाल टाँग्ने कपडा र सबै सरसामान पनि लुटिनेछन्‌।

तिनीहरूका उँटहरू लगिनेछन्‌।

अनि मानिसहरूले चिच्याउँदै तिनीहरूलाई यसो भन्‍नेछन्‌, ‘चारैतिर त्रास छ!’”

३० “ए हजोरका बासिन्दाहरू हो! कतै टाढा भागेर जाओ!

गएर गहिरा खाडलहरूमा लुक,” यहोवा घोषणा गर्नुहुन्छ।

“किनकि बेबिलोनका राजा नबुकद्‌नेजरले तिमीहरूविरुद्ध षड्‌यन्त्र रचेका छन्‌,

तिमीहरूलाई आक्रमण गर्ने योजना बनाएका छन्‌।”

३१ यहोवा घोषणा गर्नुहुन्छ, “उठ!

शान्तिपूर्वक र ढुक्कले बसिरहेको राष्ट्रलाई आक्रमण गर्न जाऊ।

त्यसका न ढोकाहरू छन्‌ न त गजबार नै। तिनीहरू अलग्गै बस्छन्‌।

३२ तिनीहरूका उँटहरू खोसिनेछन्‌।

तिनीहरूका बथानका बथान गाईवस्तु लुटिनेछन्‌।

कन्चटनेरको कपाल खौरेका मानिसहरूलाई+

म चारैतिर तितरबितर पारिदिनेछु

र चारैतिरबाट तिनीहरूमाथि विपत्ति ल्याउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

३३ “हजोर स्यालहरूको ओडार हुनेछ,

त्यो सदाको लागि उजाड हुनेछ।

त्यो निर्जन हुनेछ;

कोही पनि त्यहाँ बसोबास गर्नेछैन।”

३४ यहुदाका राजा सिदकियाहको+ शासनको सुरुतिर एलामबारे यहोवाको यो वचन भविष्यवक्‍ता यर्मियाकहाँ आयो:+ ३५ “सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘म एलामको शक्‍तिको स्रोत, त्यसको धनु भाँचिदिनेछु।+ ३६ म एलामविरुद्ध आकाशको चारै कुनाबाट चार बतास चलाउनेछु र त्यसलाई ती चारै बतासमा तितरबितर पारिदिनेछु। एलामबाट तितरबितर पारिएकाहरू नपुगेको कुनै राष्ट्र हुनेछैन।’”

३७ “म एलामीहरूलाई तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूसामु तितरबितर पारिदिनेछु। म तिनीहरूमाथि विपत्ति ल्याउनेछु र आफ्नो रिसको आगो दन्काउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ। “तिनीहरू नाश नभएसम्म म तिनीहरूको पछिपछि तरबार पठाउनेछु।”

३८ “म एलाममा आफ्नो सिंहासन बसाल्नेछु+ अनि त्यहाँका राजा र भारदारहरूलाई नाश गरिदिनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

३९ “तर आखिरी समयमा म एलामबाट कैदमा लगिएकाहरूलाई जम्मा गर्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

५० कल्दियालीहरूको देश बेबिलोनबारे भविष्यवक्‍ता यर्मियामार्फत आएको यहोवाको वचन:+

 २ “राष्ट्रहरूमाझ यसको घोषणा गर र यो सन्देश सुनाऊ।

झन्डा ठड्‌याएर यसको घोषणा गर।

केही नलुकाई सबै सुनाऊ।

यसो भन, ‘बेबिलोनलाई कब्जा गरिएको छ।+

बेलको* बेइज्जत भएको छ।+

मरोदक त्रसित भएको छ।

बेबिलोनका मूर्तिहरू लाजमा पारिएका छन्‌।

त्यसका घिनलाग्दा मूर्तिहरू* डरले थरथर काँपेका छन्‌।’

 ३ किनकि उत्तरको एउटा देश त्यसविरुद्ध आएको छ।+

देख्नेहरूसमेत डरले थरथर काँप्नेगरि त्यसले बेबिलोनलाई नाश गरिदिएको छ।

त्यहाँ कोही पनि बस्दैन।

मानिस र पशुपक्षी सबै त्यहाँबाट भागेका छन्‌।

तिनीहरू त्यो ठाउँ छोडेर गए।”

४ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “ती दिनहरूमा इस्राएल र यहुदाका मानिसहरू सँगसँगै आउनेछन्‌।+ तिनीहरू रुँदै हिँड्‌नेछन्‌+ र एकसाथ यहोवा आफ्ना परमेश्‍वरको खोजी गर्नेछन्‌।+ ५ तिनीहरूले आफ्नो अनुहार सियोनतिर फर्काउँदै त्यहाँ जाने बाटो खोज्नेछन्‌+ र यसो भन्‍नेछन्‌, ‘आऊ, हामी यहोवासित कहिल्यै नटुट्‌ने एउटा करार बाँधौँ, जुन कहिल्यै बिर्सिइनेछैन।’+ ६ मेरा मानिसहरू हराएका भेडाहरूझैँ भएका छन्‌।+ तिनीहरूकै गोठालाहरूले गर्दा तिनीहरू हराएका हुन्‌।+ ती गोठालाहरूले तिनीहरूलाई डाँडाकाँडामा लगे र तिनीहरू ती डाँडाहरूमा भौँतारिए। तिनीहरूले आफ्नो बस्ने ठाउँलाई बिर्से। ७ तिनीहरूलाई भेट्‌नेहरूजति सबैले तिनीहरूलाई निलेका छन्‌।+ तिनीहरूका शत्रुहरूले यसो भनेका छन्‌: ‘यसमा हाम्रो केही दोष छैन किनकि तिनीहरूले यहोवाविरुद्ध पाप गरे। तिनीहरूका पितापुर्खाले भरोसा गरेका परमेश्‍वर यहोवा, जो धार्मिकताको स्रोत* हुनुहुन्छ, उहाँविरुद्ध तिनीहरूले पाप गरे।’”

 ८ “बेबिलोनबाट भाग,

कल्दियालीहरूको देशबाट निस्किहाल।+

अनि बगालका अघिअघि हिँड्‌ने बोका र थुमाझैँ बन।

 ९ किनकि म उत्तरका ठूलठूला देशहरूलाई

बेबिलोनविरुद्ध सुऱ्‍याएर ल्याउनेछु।+

तिनीहरू बेबिलोनसित युद्ध गर्न दल बाँधेर आउनेछन्‌

अनि त्यसलाई कब्जा गर्नेछन्‌।

तिनीहरूका काँड योद्धाका काँडहरू हुन्‌।

ती काँडहरूले गर्दा आमाबुबाले छोराछोरीको वियोग सहनुपर्नेछ।+

तिनीहरूका काँडहरू कहिल्यै चुक्दैनन्‌।

१० कल्दियालीहरूको देश लुटिनेछ।+

त्यसलाई लुट्‌नेहरू सन्तुष्ट हुनेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

११ “किनकि तिमीहरूले मेरो उत्तराधिकार खोस्यौ+

अनि तिमीहरू अत्यन्तै रमायौ,+ अत्यन्तै खुसी भयौ।

कोरलीझैँ* तिमीहरू घाँसमाथि बुर्लुक-बुर्लुक उफ्रियौ

र घोडाझैँ हिनहिनायौ।

१२ तिमीहरूकी आमा लाजमा पारिएकी छे,+

तिमीहरूलाई जन्माउने त्यो स्त्री निराश भएकी छे।

राष्ट्रहरूमध्ये त्यो सबैभन्दा तुच्छ भएकी छे,

निर्जल र बन्जर भएकी छे।+

१३ यहोवा त्यससित क्रोधित हुनुभएकोले त्यसको कहिल्यै आबादी हुनेछैन।+

त्यो उजाड हुनेछे।+

बेबिलोन भएर जानेजति सबै त्यसमाथि आइपरेका विपत्तिहरू देखेर

डरले खङ्‌ग्रङ्‌ग हुनेछन्‌ र तिनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्‌।+

१४ ए धनुर्धारीहरू हो,

दल बाँधेर आओ र बेबिलोनलाई चारैतिरबाट घेर,

एउटै काँड बाँकी नरहनेगरि त्यसलाई आक्रमण गर।+

किनकि त्यसले यहोवाविरुद्ध पाप गरेकी छे।+

१५ त्यसविरुद्ध चारैतिरबाट युद्धको घोषणा गर।

त्यसले आत्मसमर्पण गरेकी छे।

त्यसका किल्लाहरू ढलेका छन्‌, त्यसका पर्खालहरू भत्केका छन्‌।+

किनकि यहोवा स्वयम्‌ले त्यससित बदला लिनुभएको छ।+

तिमीहरू त्यससित बदला लेओ।

त्यसले जसो गरेकी थिई, त्यसलाई पनि त्यसै गर।+

१६ बिउ छर्नेलाई र बाली काट्‌ने बेला हँसिया चलाउनेलाई

बेबिलोनबाट नामेट पारिदेऊ।+

भयानक तरबारले गर्दा प्रत्येक व्यक्‍ति आफ्ना मानिसहरूकहाँ फर्कनेछ,

आ-आफ्नो ठाउँमा भागेर जानेछ।+

१७ “इस्राएलका मानिसहरू तितरबितर भएका भेडाहरूजस्तै छन्‌।+ सिंहहरूले तिनीहरूलाई यत्रतत्र पारिदिएका छन्‌।+ सुरुमा अस्सेरियाका राजाले तिनीहरूलाई कप्लक्कै निले;+ त्यसपछि बेबिलोनका राजा नबुकद्‌नेजरले* तिनीहरूको हाडखोर चपाए।+ १८ त्यसैले सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले अस्सेरियाका राजासित जस्तो व्यवहार गरेको थिएँ,+ बेबिलोनका राजा र तिनको देशसित पनि त्यस्तै व्यवहार गर्नेछु। १९ म इस्राएललाई उसको खर्कमा फर्काएर ल्याउनेछु।+ ऊ कर्मेल र बासानमा+ चर्नेछ अनि एप्रैमका+ र गिलादका पहाडहरूमा+ चरेर तृप्त हुनेछ।’”

२० यहोवा घोषणा गर्नुहुन्छ, “ती दिनहरूमा

इस्राएलको दोष के छ भनेर खोजिनेछ

तर एउटै फेला पर्नेछैन।

यहुदाको पाप पनि फेला पर्नेछैन।

किनकि मैले बाँकी राखेकाहरू सबैलाई म क्षमा दिनेछु।”+

२१ “मेराथैमविरुद्ध र पेकोदका बासिन्दाहरूविरुद्ध जाइलाग।+

तिनीहरू सबैलाई मार, तिनीहरूको सर्वनाश गरिदेऊ,” यहोवा घोषणा गर्नुहुन्छ।

“मैले तिमीहरूलाई जे-जे आज्ञा दिएँ, ती सबै गर।

२२ त्यहाँ युद्धको कोलाहल सुनिएको छ;

विध्वंस मच्चिएको छ।

२३ सारा पृथ्वीलाई धुलोपिठो पार्ने त्यो घनलाई टुक्राटुक्रा पारिएको छ।+

बेबिलोनको हालत देखेर त्यसवरपरका देशहरू डरले थरथर काँपेका छन्‌।+

२४ ए बेबिलोन, मैले तेरो अगाडि पासो थापेँ र तँ त्यसमा परिस्‌।

आफू पासोमा परेको तैँले चालै पाइनस्‌।

तँ फेला परिस्‌, तँ पक्राउ परिस्‌।+

किनकि तैँले यहोवालाई हाँक दिइस्‌।

२५ यहोवाले आफ्नो सिलखाना* खोल्नुभएको छ

र आफ्नो रिस पोख्ने हतियारहरू निकाल्नुभएको छ।+

किनकि ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवाले

कल्दियालीहरूको देशमा आफ्नो काम फत्ते गर्नुपर्ने भएको छ।

२६ टाढा-टाढादेखि त्यसको विरुद्धमा आओ।+

त्यसका भकारीहरू फोर।+

अन्‍नको थुप्रो लगाएझैँ त्यसलाई थुप्रो लगाऊ।

कोही पनि बाँकी नरहनेगरि

त्यसको सर्वनाश गरिदेऊ।+

२७ त्यसका सबै बहरलाई काट!+

तिनीहरू सबै मारिऊन्‌!

धिक्कार छ तिनीहरूलाई! किनकि तिनीहरू नाश हुने दिन आएको छ।

तिनीहरूको लेखा लिने दिन आएको छ।

२८ बेबिलोनबाट उम्केकाहरूको आवाज सुनिएको छ,

त्यहाँबाट भागेकाहरूको आवाज सुनिएको छ।

यहोवा परमेश्‍वरले आफ्नो मन्दिरको लागि बदला लिनुभयो+

भन्‍ने सन्देश घोषणा गर्न तिनीहरू सियोनमा जाँदै छन्‌।

२९ बेबिलोनलाई आक्रमण गर्न धनुर्धारीहरूलाई बोलाओ,

धनुमा ताँदो चढाउने सबैलाई बोलाओ।+

बेबिलोनको वरिपरि छाउनी हाल र एक जनालाई पनि उम्कन नदेओ।

त्यसको कुकर्मको सजाय त्यसलाई देओ।+

त्यसले जसो गरेको थियो, त्यसलाई त्यसै गर+

किनकि त्यो अहङ्‌कारी हुँदै यहोवाविरुद्ध,

इस्राएलका पवित्र परमेश्‍वरविरुद्ध खडा भयो।+

३० किनकि त्यो दिन त्यसका चोकहरूमा नौजवानहरू मारिनेछन्‌+

र त्यसका सबै योद्धा नाश हुनेछन्‌,”* यहोवा घोषणा गर्नुहुन्छ।

३१ ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “ए हठी बेबिलोन,+ म तँविरुद्ध खडा भएको छु,+

तेरो लेखा लिने समय अनि मैले तेरो लागि तोकेको दिन निश्‍चय नै आउनेछ।

३२ ए हठी बेबिलोन, तँ ठेस खाएर लड्‌नेछस्‌।

तँलाई उठाउने कोही हुनेछैन।+

म तेरा सहरहरूमा आगो लगाइदिनेछु।

त्यसले तेरो वरिपरि भएका सबै कुरालाई खरानी बनाइदिनेछ।”

३३ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

“इस्राएल र यहुदाका मानिसहरू थिचोमिचोमा परेका छन्‌।

तिनीहरूलाई बन्दी बनाउनेहरूले तिनीहरूलाई जानै दिएनन्‌,+

तिनीहरूलाई फुकाउन पटक्कै मानेनन्‌।+

३४ तर तिनीहरूलाई मोल तिरेर छुटाउनुहुने शक्‍तिशाली हुनुहुन्छ।+

उहाँको नाम सेनाहरूका यहोवा हो।+

उहाँले अवश्‍यै तिनीहरूको पक्षमा मुद्दा लड्‌नुहुनेछ+

र तिनीहरूको देशले विश्राम पाउनेछ।+

तर बेबिलोनका बासिन्दाहरू भने बेचैन हुनेछन्‌।”+

३५ यहोवा घोषणा गर्नुहुन्छ, “कल्दियालीहरूलाई काट्‌न तरबार आउँदै छ।

बेबिलोनका बासिन्दाहरू, त्यसका शासकहरू र त्यसका बुद्धिमान्‌ मानिसहरूलाई काट्‌न तरबार आउँदै छ।+

३६ फोस्रा कुरा गर्नेहरूलाई* काट्‌न तरबार आउँदै छ, त्यो देखेर तिनीहरू बौलाहा हुनेछन्‌।

बेबिलोनका योद्धाहरूलाई काट्‌न तरबार आउँदै छ, त्यो देखेर तिनीहरू त्रसित हुनेछन्‌।+

३७ तिनीहरूका घोडाहरू र रथहरूलाई

र बेबिलोनमा बस्ने विभिन्‍न देशका मानिसहरूलाई नाश गर्न तरबार आउँदै छ।

तिनीहरू स्त्रीहरूजस्तै हुनेछन्‌।+

त्यो तरबारले गर्दा बेबिलोनको धनसम्पत्ति सबै लुटिनेछ।+

३८ त्यसका खोलानालामाथि विपत्ति आइपर्नेछ, ती सबै सुक्नेछन्‌+

किनकि त्यो कुँदिएका मूर्तिहरूले भरिएको देश हो।+

अनि डरलाग्दा दर्शनहरू* देखेकोले त्यसका बासिन्दाहरू बौलाहाझैँ व्यवहार गरिरहन्छन्‌।

३९ त्यहाँ मरुभूमिका जन्तुहरू हु-हु गर्दै कराउने जन्तुहरूसित बास गर्नेछन्‌।

त्यो सुतुरमुर्गको* घर हुनेछ।+

त्यो फेरि कहिल्यै आबाद हुनेछैन।

पुस्तौँपुस्तासम्म त्यहाँ कोही बस्नेछैन।”+

४० “परमेश्‍वरले सदोम र गमोरा+ अनि त्यसवरपरका सहरहरूलाई नाश गर्नुहुँदा+ तिनीहरूको हालत जस्तो भएको थियो, त्यसको हालत पनि त्यस्तै हुनेछ,” यहोवा घोषणा गर्नुहुन्छ, “त्यो निर्जन हुनेछ; कोही पनि त्यहाँ बसोबास गर्नेछैन।+

४१ हेर! उत्तरबाट एउटा जाति आउँदै छ।

पृथ्वीको सबैभन्दा पल्लो छेउबाट+

एउटा ठूलो देश र महान्‌ शासकहरू खडा हुनेछन्‌।+

४२ तिनीहरू धनु र भाला बोक्छन्‌।+

तिनीहरू क्रूर छन्‌, तिनीहरूले पटक्कै दया देखाउनेछैनन्‌।+

तिनीहरू आफ्नो घोडामा सवार हुँदा

समुद्र उर्लिएर आएझैँ सुनिन्छ।+

ए बेबिलोनकी छोरी, तिनीहरू दल बाँधेर एउटै मानिसजस्तै गरी तँमाथि आइलाग्नेछन्‌।+

४३ तिनीहरू आउँदै गरेको खबर सुनेर+

बेबिलोनका राजाको हात लल्याकलुलुक भएको छ।+

उसलाई चिन्ता-फिक्रीले छोपेको छ।

बेथा लागेकी स्त्रीलाई जस्तै उसलाई छटपटी भएको छ।

४४ “हेर! जसरी यर्दनको बाक्लो झाडीबाट सिंह निस्कन्छ, त्यसरी नै कोही आउनेछ र बेबिलोनका सुरक्षित चरनहरूलाई आक्रमण गर्नेछ। एक पलमै म तिनीहरूलाई* त्यहाँबाट खेद्‌नेछु। अनि म त्यसमाथि आफूले चुनेको जनलाई खटाउनेछु।+ किनकि मजस्तो को छ र? मलाई कसले हाँक दिन सक्छ? कुनचाहिँ गोठालो मसामु खडा हुन सक्छ?+ ४५ त्यसैले ए मानिसहरू हो! यहोवाले बेबिलोनलाई र कल्दियालीहरूको देशलाई के गर्ने निर्णय गर्नुभएको छ, सुन:+

बगालका साना पाठाहरूलाई घिसारेर लगिनेछ।

यिनीहरूको वासस्थानलाई उहाँले तिनीहरूको कारण उजाड पारिदिनुहुनेछ।+

४६ बेबिलोनलाई कब्जा गरिएको आवाज सुनेर पृथ्वी काँप्नेछ।

त्यसको क्रन्दन राष्ट्रहरूमाझ गुञ्जनेछ।”+

५१ यहोवा यसो भन्‍नुहुन्छ:

“म बेबिलोनलाई+ अनि लेब-कमाइका* बासिन्दाहरूलाई नाश गर्न

एउटा भयानक आँधी ल्याउँदै छु।

 २ म बेबिलोनमा निफन्‍नेहरूलाई पठाउनेछु।

तिनीहरूले त्यसलाई निफन्‍नेछन्‌ र त्यसलाई रित्तो पारिदिनेछन्‌।

विपत्तिको दिनमा तिनीहरू चारैतिरबाट त्यसविरुद्ध जाइलाग्नेछन्‌।+

 ३ धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढाओस्‌।

कोही पनि आफ्नो कवच लगाएर तयार नहोस्‌।

त्यसका नौजवानहरूलाई अलिकति पनि दया नदेखाओ।+

त्यसको पूरै सेनालाई नाश गरिदेओ।

 ४ अनि तिनीहरू कल्दियालीहरूको देशमा मारिनेछन्‌।

त्यहाँका गल्लीहरूमा तिनीहरू सख्त घाइते हुनेछन्‌।+

 ५ किनकि इस्राएल र यहुदालाई उनीहरूका परमेश्‍वर, सेनाहरूका यहोवाले त्याग्नुभएको छैन; उनीहरू विधवाजस्ता भएका छैनन्‌।+

तर तिनीहरूको देश* भने इस्राएलका पवित्र परमेश्‍वरको नजरमा पूरै दोषी छ।

 ६ बेबिलोनबाट भाग!

आफ्नो ज्यान जोगाओ!+

त्यसको अपराधले गर्दा तिमीहरू नाश हुन नपरोस्‌

किनकि यो यहोवाको बदला लिने समय हो।

उहाँले त्यसको कुकर्मको सजाय त्यसलाई दिँदै हुनुहुन्छ।+

 ७ बेबिलोन यहोवाको हातमा सुनको कचौराबराबर थियो।

त्यसले पूरै पृथ्वीलाई मात्तिनेगरि पिउन लगायो।

राष्ट्रहरूले त्यसको रक्सी पिएका छन्‌।+

त्यसैले तिनीहरू बौलाएका छन्‌।+

 ८ बेबिलोनको अचानक पतन भएको छ र त्यो टुक्राटुक्रा भएको छ।+

त्यसको निम्ति विलाप गर!+

त्यसको पीडा कम गर्न सुगन्धित लेप* ल्याओ; कतै त्यो निको हुन्छ कि?”

 ९ “हामीले बेबिलोनलाई निको पार्न खोज्यौँ तर त्यो निको भएन।

त्यसलाई छोडेर हामी सबै आ-आफ्नो देशमा जाऔँ+

किनकि त्यसको अपराध चुलिएर आकाशसम्मै पुगेको छ;

बादलसम्मै त्यो पुगेको छ।+

१० यहोवाले हाम्रो पक्षमा इन्साफ गर्नुभएको छ।+

आओ, सियोनमा यहोवा हाम्रा परमेश्‍वरका कामहरूको बयान गरौँ!”+

११ “आफ्ना बाणहरू तिखार,+ गोला ढालहरू लेओ।*

यहोवाले मादीका राजाहरूलाई उक्साउनुभएको छ+

किनकि बेबिलोनलाई नामेट पार्ने उहाँको इच्छा छ।

यो यहोवाको बदला हो, आफ्नो मन्दिरको लागि उहाँले लिनुहुने बदला।

१२ बेबिलोनका पर्खालहरूविरुद्ध झन्डा ठड्‌याओ।+

अझ कडाइका साथ पहरा देओ, पहरेदारहरूलाई खटाओ।

ढुकेर आक्रमण गर्नेहरूलाई तयार पार

किनकि यहोवाले एउटा योजना बुन्‍नुभएको छ।

बेबिलोनका बासिन्दाहरूलाई नाश गर्ने आफ्नो प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ।”+

१३ “ए धेरै पानीमा बस्ने स्त्री,+

जोसँग प्रशस्तै धनसम्पत्ति छ,+

तेरो अन्त आएको छ। तैँले हदैसम्म नाफा कमाइसकिस्‌।+

१४ सेनाहरूका यहोवाले आफ्नै कसम खाएर यसो भन्‍नुभएको छ,

‘म तँविरुद्ध सलहझैँ अनगिन्ती मानिसहरू पठाएर तँलाई भरिदिनेछु।

तिनीहरूले तँलाई हराउनेछन्‌ र विजयको नारा लगाउनेछन्‌।’+

१५ उहाँले आफ्नो शक्‍तिले यो पृथ्वी सृष्टि गर्नुभयो;

आफ्नो बुद्धिले उर्वर भूमिलाई स्थिर पार्नुभयो+

अनि आफ्नो समझले आकाशलाई फैलाउनुभयो।+

१६ उहाँ बोल्दा

आकाशका पानीहरू छचल्किन्छन्‌;

पृथ्वीको पल्लो छेउदेखि उहाँले कुहिरो उठाउनुहुन्छ।

उहाँ वर्षा गराउन बिजुली चम्काउनुहुन्छ*

अनि आफ्नो भण्डारबाट बतास चलाउनुहुन्छ।+

१७ हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ।

हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+

किनकि तिनीहरूका मूर्तिहरू* झूटा हुन्‌

अनि तिनमा सास छैन।+

१८ ती सबै व्यर्थका काम हुन्‌,+ गिल्ला गर्न लायकका काम।

तिनीहरूको लेखा लिने दिनमा तिनीहरू नष्ट हुनेछन्‌।

१९ तर याकुबका परमेश्‍वर* त्यस्तो हुनुहुन्‍न

किनकि उहाँले नै सबथोक रच्नुभयो।

उहाँ नै याकुबको उत्तराधिकारको लौरो हुनुहुन्छ।*+

उहाँको नाम सेनाहरूका यहोवा हो।”+

२० “तिमी मेरो लागि युद्ध लड्‌ने मुङ्‌ग्रोजस्तै छौ।

तिमीद्वारै म राष्ट्रहरूलाई धुलोपिठो पार्नेछु

र राज्यहरूको पतन गराउनेछु।

२१ तिमीद्वारै म घोडा र त्यसको सवारलाई टुक्राटुक्रा पार्नेछु,

रथ र त्यसको सवारलाई टुक्राटुक्रा पार्नेछु।

२२ तिमीद्वारै म स्त्री र पुरुषलाई टुक्राटुक्रा पार्नेछु,

बालक र वृद्धलाई

अनि तन्‍नेरी र तरुणीलाई टुक्राटुक्रा पार्नेछु।

२३ तिमीद्वारै म गोठालो र त्यसको बगाललाई टुक्राटुक्रा पार्नेछु,

किसान र त्यसको वस्तुभाउलाई

अनि शासक र उप-शासकलाई टुक्राटुक्रा पार्नेछु।

२४ म बेबिलोनलाई र कल्दियाका सबै बासिन्दालाई सजाय दिनेछु,

तिनीहरूले सियोनमा तिमीहरूको आँखाअगाडि गरेका सबै कुकर्मको निम्ति म तिनीहरूलाई सजाय दिनेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ।

२५ यहोवा घोषणा गर्नुहुन्छ, “ए विनाश गर्ने पर्वत!

पूरै पृथ्वीलाई नाश गर्ने पर्वत,+ म तँविरुद्ध खडा भएको छु।+

म आफ्नो हात पसारेर तँलाई भीरबाट गुल्टाइदिनेछु।

अनि तँलाई डढेलो लागेको पहाड बनाउनेछु।”

२६ “मानिसहरूले कुनाको ढुङ्‌गो बनाउन वा जग हाल्न तँबाट ढुङ्‌गा निकाल्नेछैनन्‌

किनकि तँ सदाको लागि उजाड हुनेछस्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

२७ “देशमा झन्डा ठड्‌याओ।+

राष्ट्रहरूमाझ सिङ फुक।

त्यसविरुद्ध लड्‌न राष्ट्रहरूलाई तयार पार।

अरारात,+ मिन्‍नी र अस्कनजका+ राज्यहरूलाई हाजिर गराओ।

नयाँ-नयाँ जवान भर्ती गराउने सैनिक अफिसरलाई त्यसको विरुद्धमा खटाओ।

सलहको बथान जत्तिकै घोडाहरूको ओइरो लगाएर त्यसलाई आक्रमण गर।

२८ त्यससित लड्‌न राष्ट्रहरूलाई तयार पार।

मादीका राजाहरू,+ राज्यपालहरू र सबै उप-शासकलाई

अनि तिनीहरूले शासन गर्ने सबै देशलाई त्यससित युद्ध गर्न तयार पार।

२९ पृथ्वी थरथर काँप्नेछ र हल्लिनेछ

किनकि यहोवाले बेबिलोनलाई जे गर्ने विचार गर्नुभएको छ, त्यो उहाँले पूरा गर्नुहुनेछ।

उहाँले बेबिलोनलाई निर्जन बनाउनुहुनेछ, त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+

३० बेबिलोनका योद्धाहरूले युद्ध गर्न छोडिदिएका छन्‌।

तिनीहरू आफ्ना किल्लाहरूमा बसेका छन्‌।

तिनीहरू निर्बल भएका छन्‌।+

तिनीहरू स्त्रीहरूजस्तै भएका छन्‌।+

बेबिलोनका घरहरूमा आगो लगाइएको छ।

त्यसका गजबारहरू भत्काइएका छन्‌।+

३१ एउटा दूत अर्को दूतलाई भेट्‌न दौडन्छ,

एउटा सन्देशवाहक अर्को सन्देशवाहकलाई भेट्‌न दौडन्छ।

तिनीहरू बेबिलोनका राजालाई यो खबर दिन जान्छन्‌: ‘सहरलाई चारैतिरबाट कब्जा गरिएको छ।+

३२ जँघारलाई* कब्जा गरिएको छ।+

मालिङ्‌गोका* डुङ्‌गाहरूमा आगो लगाइएको छ

र सैनिकहरूलाई त्रासले छोपेको छ।’”

३३ किनकि सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“बेबिलोनकी छोरी दाइँ गर्ने खलाजस्तै छे।

त्यसलाई कुल्चीमिल्ची पारेर कडा बनाउने समय आइसकेको छ।

अब चाँडै त्यसको कटनी गर्ने समय आउँदै छ।”

३४ “बेबिलोनका राजा नबुकद्‌नेजरले* मलाई कप्लक्कै निलेका छन्‌।+

तिनले मलाई अलमलमा पारेका छन्‌।

मलाई रित्तो भाँडो बनाइदिएका छन्‌।

अजङ्‌गको सर्पले जस्तै मलाई निलेका छन्‌।+

मेरा असल-असल थोकले तिनले आफ्नो पेट भरेका छन्‌।

तिनले मलाई पखालेर फ्याँकिदिएका छन्‌।

३५ सियोनको बासिन्दा यसो भन्छ: ‘ममाथि र मेरो शरीरमाथि जस्तो अत्याचार भएको छ, बेबिलोनमाथि पनि त्यस्तै होस्‌!’+

अनि यरुसलेम यसो भन्छ: ‘मेरो रगतको दोष कल्दियालीहरूलाई लागोस्‌!’”

३६ त्यसैले यहोवा यसो भन्‍नुहुन्छ:

“म तिम्रो तर्फबाट मुद्दा लड्‌नेछु।+

तिम्रो लागि बदला लिनेछु।+

त्यसको समुद्र र त्यसका इनारहरूलाई म सुकाइदिनेछु।+

३७ बेबिलोन ढुङ्‌गाहरूको थुप्रो हुनेछ;+

स्यालहरूको ओडार हुनेछ।+

त्यो निर्जन हुनेछ,+

त्यसलाई देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ र खिसी गर्दै सिटी बजाउनेछन्‌।

३८ तिनीहरू सबै जवान सिंहझैँ गर्जनेछन्‌।

डमरुहरूझैँ ङ्‌वार्र-ङुर्र गर्नेछन्‌।”

३९ “तिनीहरू उत्तेजित भएको बेला म तिनीहरूको लागि भोज तयार पार्नेछु र तिनीहरूलाई मात्तिनेगरि पिउन लगाउनेछु

अनि तिनीहरू प्रफुल्लित हुनेछन्‌।+

त्यसपछि तिनीहरू सधैँका लागि सुत्नेछन्‌

र फेरि कहिल्यै ब्युँझनेछैनन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

४० “काट्‌नलाई लगिएका पाठा, थुमा र बाख्राहरूलाई जस्तैगरि

म तिनीहरूलाई लैजानेछु।”

४१ “हेर! सेसाकलाई* कब्जा गरिएको छ।+

सारा पृथ्वीले जसको प्रशंसा गर्थ्यो, त्यो पक्राउ परेको छ।+

राष्ट्रहरू बेबिलोनको हालत देखेर डरले थरथर काँपेका छन्‌।

४२ सागर बेबिलोनमाथि उर्लेर आएको छ,

त्यसका छालहरूले बेबिलोनलाई छोपेको छ।

४३ त्यसका सहरहरू निर्जलभूमि र मरुभूमि भएका छन्‌; त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्छन्‌।

त्यहाँ कोही बस्नेछैन; कोही पनि त्यो ठाउँ भएर हिँड्‌नेछैन।+

४४ म बेबिलोनको देवता बेललाई+ सजाय दिनेछु।

त्यसले जे निलेको छ, म त्यसको मुखबाट निकाल्नेछु।+

राष्ट्रहरूको त्यसकहाँ फेरि कहिल्यै ओइरो लाग्नेछैन।

बेबिलोनको पर्खाल ढल्नेछ।+

४५ हे मेरा मानिसहरू! त्यसबाट निस्केर आओ!+

आफ्नो ज्यान जोगाउन भाग!+ यहोवाको बल्दो रिसबाट भाग!+

४६ देशमा जुन खबर सुनिनेछ, त्यो सुनेर तिमीहरू नडराओ; तिमीहरूको हृदय दह्रो पार।

एक वर्षमा त्यो खबर आउनेछ

अनि अर्को वर्ष अर्को खबर आउनेछ।

देशमा हिंसा मच्चिरहेको छ र एक जना शासक अर्को शासकविरुद्ध उठिरहेको छ भन्‍ने खबर आउनेछ।

४७ हेर! यस्ता दिनहरू आउँदै छन्‌,

जब म बेबिलोनका मूर्तिहरूलाई सजाय दिनेछु।

सारा देश लाजमा पारिनेछ।

त्यसका मारिएका मानिसहरू त्यसकै बीचमा ढल्नेछन्‌।+

४८ बेबिलोनको हालत देखेर स्वर्ग र पृथ्वी

अनि तिनमा भएका सबै थोक खुसीले कराउनेछन्‌+

किनकि उत्तरबाट बेबिलोनलाई नाश गर्नेहरू आउनेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

४९ “बेबिलोनले केवल इस्राएलीहरूलाई मात्र मारेन,+

बेबिलोनमा पृथ्वीका सबै मानिस मारिएका छन्‌।

५० हे तरबारबाट बाँचेकाहरू हो! अघि बढिरहो, एकै ठाउँमा ठिङ्‌ग नउभिओ!+

टाढै छँदा पनि यहोवालाई सम्झ

र यरुसलेमको सम्झना तिमीहरूको मनमा आओस्‌।”+

५१ “हामी लाजमा पारिएका छौँ, मानिसहरूले हाम्रो गिल्ला गरेको हामीले सुनेका छौँ।

अपमानले हाम्रो अनुहार ढाकिएको छ

किनकि विदेशीहरू यहोवाको भवनका पवित्र ठाउँहरूलाई आक्रमण गर्न आएका छन्‌।”+

५२ “त्यसैले हेर! यस्ता दिनहरू आउँदै छन्‌,

जब म त्यसका कुँदिएका मूर्तिहरूलाई सजाय दिनेछु

र देशभरि घाइतेहरूले सुस्केरा हाल्नेछन्‌,”+ यहोवा घोषणा गर्नुहुन्छ।

५३ “बेबिलोन चुलिएर आकाशसम्मै पुगे तापनि,+

त्यसले आफ्ना अग्ला-अग्ला किल्लाहरूलाई जति नै बलियो बनाए तापनि,

म त्यसलाई नाश गर्ने शत्रुहरू पठाउनेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ।

५४ “सुन! बेबिलोनबाट चीत्कार सुनिएको छ।+

कल्दियालीहरूको देशबाट महाविनाशको आवाज सुनिएको छ+

५५ किनकि यहोवाले बेबिलोनलाई नाश गर्दै हुनुहुन्छ।

उहाँले त्यसको ठूलो स्वर बन्द गर्नुहुनेछ।

त्यसलाई आक्रमण गर्नेहरू समुद्रका छालहरूझैँ गर्जनेछन्‌

र तिनीहरूको आवाज गुञ्जिनेछ।

५६ नाश गर्ने शत्रु बेबिलोनमाथि जाइलाग्नेछ।+

त्यसका योद्धाहरू पक्राउ पर्नेछन्‌।+

तिनीहरूका धनुलाई टुक्राटुक्रा पारिनेछ

किनकि यहोवा बदला लिने परमेश्‍वर हुनुहुन्छ।+

उहाँले अवश्‍यै त्यसलाई सजाय दिनुहुनेछ।”+

५७ ती राजा, जसको नाम सेनाहरूका यहोवा हो, उहाँ यस्तो घोषणा गर्नुहुन्छ: “म त्यसका भारदारहरू र बुद्धिमान्‌ मानिसहरूलाई

अनि त्यसका राज्यपालहरू, उप-शासकहरू र योद्धाहरूलाई मात्तिनेगरि पिउन लगाउनेछु।+

त्यसपछि तिनीहरू सधैँका लागि सुत्नेछन्‌

र फेरि कहिल्यै ब्युँझनेछैनन्‌।”+

५८ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

“बेबिलोनको पर्खाल जति नै चौडा भए तापनि त्यो गर्ल्यामगुर्लुम ढल्नेछ।+

अनि त्यसका मूलढोकाहरू जति नै अग्ला भए तापनि ती जलाइनेछन्‌।

मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन्‌।

राष्ट्रहरूले मरिमेटी गरेको कामलाई आगोले भस्म पारिदिनेछ।”+

५९ यहुदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षमा भविष्यवक्‍ता यर्मियाले महसेयाहका नाति नेरियाहका+ छोरा सिरायाहलाई एउटा आदेश दिए। त्यसबेला सिरायाह राजा सिदकियाहसँगै बेबिलोन गएका थिए। तिनी राजाका निजी प्रबन्धक थिए। ६० यर्मियाले बेबिलोनमाथि आइपर्ने सबै विपत्तिबारे एउटा पुस्तकमा लेखे। ती सबै कुरा बेबिलोनविरुद्ध लेखिएका थिए। ६१ यर्मियाले सिरायाहलाई यसो भने: “बेबिलोन पुगेपछि तिमीले यी सब कुरा ठूलो स्वरमा पढेर सुनाउनू। ६२ त्यसपछि यसो भन्‍नू, ‘हे यहोवा, यो ठाउँ नाश हुनेछ, यहाँ मानिस वा पशु कोही पनि बस्नेछैन र यो ठाउँ सदाको लागि उजाड हुनेछ भनेर तपाईँले भन्‍नुभएको छ।’+ ६३ यो पुस्तक पढ्‌न सिद्‌ध्याइसकेपछि यसमा एउटा ढुङ्‌गा बाँध्नू र युफ्रेटिस नदीको बीचमा फालिदिनू। ६४ त्यसपछि यसो भन्‍नू, ‘मैले बेबिलोनमाथि ल्याउने विपत्तिले गर्दा बेबिलोन यसरी नै डुब्नेछ र फेरि कहिल्यै माथि उत्रनेछैन।+ त्यहाँका बासिन्दाहरू थाकेर क्लान्त हुनेछन्‌।’”+

यर्मियाका शब्दहरू यहीँ टुङ्‌गिन्छन्‌।

५२ राजा सिदकियाहले+ शासन गर्न थाल्दा तिनी २१ वर्षका थिए। तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनकी आमाको नाम हमुतल थियो।+ उनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्‌। २ सिदकियाहले पनि यहोयाकिमले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ ३ यहोवा परमेश्‍वर यरुसलेम र यहुदासित रिसाउनुभएकोले उहाँले तिनीहरूलाई आफ्नो सामुन्‍नेबाट हटाउन यस्तो विपत्ति ल्याउनुभयो।+ अनि सिदकियाहले बेबिलोनका राजाको विद्रोह गरे।+ ४ सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनाको १० औँ दिन बेबिलोनका राजा नबुकद्‌नेजर* आफ्नो सारा फौज लिएर यरुसलेमलाई आक्रमण गर्न आए। तिनीहरूले यरुसलेमबाहिर छाउनी हाले र त्यसको चारैतिर पर्खाल खडा गरेर घेराबन्दी गरे।+ ५ अनि राजा सिदकियाहको शासनकालको ११ औँ वर्षसम्म यरुसलेम घेराबन्दीमा रह्‍यो।

६ चौथो महिनाको नवौँ दिन+ अनिकालले भयङ्‌कर रूप लियो। सहरमा एक गेडो अन्‍न बाँकी थिएन।+ ७ आखिरमा सहरको पर्खाल भत्काइयो। अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे र अराबाह जाने बाटोतिर गए।+ ८ तर कल्दियाली सेनाले राजा सिदकियाहलाई खेद्‌यो+ र यरिहोको मरुभूमिमा तिनलाई भेट्टायो। अनि सिदकियाहका सबै सिपाही तितरबितर भए। ९ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर हमाथको रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ बेबिलोनका राजाले तिनलाई सजाय सुनाए। १० अनि बेबिलोनका राजाले रिब्लाहमा सिदकियाहका छोराहरूलाई तिनकै आँखाको सामुन्‍ने मारे। साथै बेबिलोनका राजाले यहुदाका सबै भारदारलाई पनि त्यहीँ मारे। ११ त्यसपछि बेबिलोनका राजाले सिदकियाहको आँखा फुटाइदिए,+ तिनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे अनि तिनी नमरुन्जेल तिनलाई कैदमा राखे।

१२ पाँचौँ महिनाको १० औँ दिन अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरको शासनकालको १९ औँ वर्षमा राजाका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान यरुसलेममा आए।+ १३ तिनले यहोवा परमेश्‍वरको भवन, राजाको महल र यरुसलेमका सबै घरमा आगो लगाइदिए। तिनले सबै ठूलठूला घरमा पनि आगो लगाइदिए।+ १४ अनि पहरेदारहरूका कप्तानसित आएको कल्दियाली सेनाले यरुसलेमको चारैतिर भएका पर्खालहरू ढाल्यो।+

१५ पहरेदारहरूका कप्तान नबुजरदानले केही गरिब मानिसहरूलाई र सहरमा बाँकी रहेका अरू सबैलाई निर्वासनमा लगे। साथै तिनले बेबिलोनका राजाकहाँ भागेर आएका मानिसहरू अनि बाँकी निपुण कालिगडहरूलाई पनि लगे।+ १६ तर पहरेदारहरूका कप्तान नबुजरदानले त्यहाँका असाध्यै गरिब मानिसहरूमध्ये केहीलाई अङ्‌गुर बगानमा काम गराउन र अनिवार्य सेवामा लगाउन त्यहीँ छोडिदिए।+

१७ अनि कल्दियालीहरूले यहोवा परमेश्‍वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्‌कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्‍वरको भवनमा भएका सबै तामा बेबिलोन लिएर गए।+ १८ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, कचौराहरू,+ प्यालाहरू+ र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए। १९ पहरेदारहरूका कप्तानले निखुर सुन र निखुर चाँदीका बाटाहरू,+ सलेदोदानीहरू,* बटुकाहरू, भाँडाहरू, पानसहरू,+ प्यालाहरू र कचौराहरू पनि लगे।+ २० राजा सुलेमानले यहोवा परमेश्‍वरको भवनको लागि बनाएका दुई वटा खम्बा, ठूलो खड्‌कुँलो, त्यसलाई थाम्ने १२ वटा साँढे+ र ठेलागाडाहरूमा प्रयोग गरिएको तामा जोखेर साध्यै थिएन।

२१ खम्बाहरूको उचाइ १८ हात* र गोलाइ १२ हात थियो।*+ खम्बामा प्रयोग गरिएको तामा चार अमल* बाक्लो थियो र ती खम्बाहरू भित्रपट्टि खोक्रा थिए। २२ ती दुवै खम्बाको शिर तामाको थियो। दुवै शिर पाँच हात अग्लो थियो+ अनि शिरको चारैतिर भएको जाली र अनारका आकृति पनि तामाकै थिए। दुवै खम्बालगायत अनारका आकृति पनि उस्तै देखिन्थे। २३ प्रत्येक टुप्पाको चारैतिर ९६ वटा अनारका बुट्टा थिए* अनि जालीदार बुट्टाको चारैतिर जम्माजम्मी १०० वटा अनारका बुट्टा थिए।+

२४ पहरेदारहरूका कप्तानले मुख्य पुजारी सिरायाहलाई,+ तिनीपछिका दोस्रा दर्जाका पुजारी सपन्याहलाई+ र तीन जना ढोकेलाई पनि लगे।+ २५ अनि तिनले सिपाहीहरूमाथि खटाइएका दरबारका अफिसरलाई र सहरमा भेट्टाइएका राजाका सात जना सल्लाहकारलाई पनि सँगै लगे। साथै सेनापतिका सचिव, जसले देशवासीलाई सैन्य सेवाको लागि बटुल्थे, उनलाई र सहरमा अझै बाँकी रहेका सर्वसाधारणबाट ६० जनालाई पनि पक्रेर लगे। २६ पहरेदारहरूका कप्तान नबुजरदानले तिनीहरू सबैलाई पक्रेर रिब्लाहमा बेबिलोनका राजाकहाँ पुऱ्‍याए। २७ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको रिब्लाहमा मारे।+ यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+

२८ नबुकद्‌नेजरले आफ्नो शासनकालको सातौँ वर्षमा निर्वासनमा लगेका यहुदीहरू जम्मा ३ हजार २३ जना थिए।+

२९ नबुकद्‌नेजरको शासनकालको १८ औँ वर्षमा+ यरुसलेमबाट निर्वासनमा लगिएकाहरू जम्मा ८३२ जना थिए।

३० नबुकद्‌नेजरको शासनकालको २३ औँ वर्षमा पहरेदारहरूका कप्तान नबुजरदानले निर्वासनमा लगेका यहुदीहरू जम्मा ७४५ जना थिए।+

यसरी जम्माजम्मी ४ हजार ६ सय जना मानिस निर्वासनमा लगिए।

३१ यहुदाका राजा यहोयाकिन निर्वासित भएको+ ३७ औँ वर्षको १२ औँ महिनाको २५ औँ दिनमा बेबिलोनका राजा एबिल-मरोदकले यहोयाकिनलाई कैदमुक्‍त गरे।*+ त्यसै वर्ष एबिल-मरोदक राजा नियुक्‍त भएका थिए। ३२ बेबिलोनका राजाले यहुदाका राजासित दयालु भई बोले र उनीसितै बेबिलोनको कैदमा रहेका अन्य राजाहरूलाई भन्दा उनलाई धेरै सम्मान दिए। ३३ त्यसैले यहोयाकिनले झ्यालखानामा बस्दा लगाएको कैदीको लुगा फेरे। अनि उनले जीवनभर बेबिलोनका राजासँगै भोजन गरे। ३४ बेबिलोनका राजाले यहोयाकिनको मृत्यु नहोउन्जेल दिनहुँ उनको लागि भोजनको प्रबन्ध मिलाइदिएका थिए।

यसको अर्थ “यहोवाले उच्च पार्नुहुन्छ” हुन सक्छ।

वा “छानेको थिएँ।”

शा., “जागा रहने व्यक्‍तिको।”

वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

वा “इजिप्टबाट।”

वा “बनाएका छन्‌,” सायद चट्टानलाई फोरेर।

वा “मेम्फिस।”

यो नाइल नदीको शाखा हो।

वा “सोडा।”

वा “साबुनले।”

यसले भाले खोज्न आतुर पोथी उँटलाई जनाउँछ।

वा “विदेशी देवताहरूको।”

वा “कम्मरमा बाँध्ने पटुका।”

शा., “अरबीझैँ।”

शब्दावली हेर्नुहोस्‌।

यसले इस्राएललाई सङ्‌केत गरेको हुन सक्छ।

अर्थात्‌, विदेशी देवताहरूसित।

वा सम्भवतः “तिमीहरूको पति।”

वा “आन्तरिक चेतना।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “छाती पिट।”

यहाँ मानिसहरूलाई कवितात्मक शैलीमा “मानिसहरूकी छोरी” भनेर सम्बोधन गरिएको छ। सायद दया वा सहानुभूति देखाउन यसो गरिएको हुन सक्छ।

शा., “हेर्नेहरू।” अर्थात्‌, कहिले आक्रमण गर्ने भनेर सहरमा नजर राख्नेहरू।

शा., “मेरो आन्द्रा।”

वा सम्भवतः “सिपाहीहरू कराएको आवाज।”

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

शा., “तिनीहरू कमजोर भएनन्‌।”

शा., “अनुहार।”

यसले परमेश्‍वरको अधीनमा बस्नुलाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

वा “कामुक।”

वा सम्भवतः “उहाँ अस्तित्वमा हुनुहुन्‍न।”

शा., “कटनीका हप्ताहरू।”

वा “बुबा गुमाएका बच्चाहरूको।”

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

शा., “तिनीहरूको कानको खतना भएको छैन।”

वा “निर्देशन।”

शब्दावली हेर्नुहोस्‌।

एक किसिमको बास्नादार नर्कट।

शब्दावली हेर्नुहोस्‌।

यहाँ मानिसहरूलाई कवितात्मक शैलीमा “मानिसहरूकी छोरी” भनेर सम्बोधन गरिएको छ। सायद दया वा सहानुभूति देखाउन यसो गरिएको हुन सक्छ।

अर्थात्‌, यर्मियालाई।

आरनमा आगो फुक्न चलाइने छालाको थैलो।

वा “बुबा गुमाएका बच्चाहरू।”

शब्दावली हेर्नुहोस्‌।

यहोवालाई त्यागेका इस्राएलीहरूले पुजेको देवीको उपनाम; त्यो सायद प्रजनन देवी थिई।

शब्दावली हेर्नुहोस्‌।

शा., “वफादारी यिनीहरूको मुखबाट हटिसकेको छ।”

शब्दावलीमा “गेहेन्‍ना” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावलीमा “गेहेन्‍ना” हेर्नुहोस्‌।

यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।

वा “तोकिएको समय।”

वा सम्भवतः “सारसले।”

वा “निर्देशन।”

वा “सचिवहरूको।”

यहाँ मानिसहरूलाई कवितात्मक शैलीमा “मानिसहरूकी छोरी” भनेर सम्बोधन गरिएको छ। सायद दया वा सहानुभूति देखाउन यसो गरिएको हुन सक्छ।

यसले यरुसलेमलाई अथवा पद १४ का सहरहरूलाई सङ्‌केत गरेको हुन सक्छ।

वा “बाल्सम,” कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

वा “चिकित्सक।”

शब्दावली हेर्नुहोस्‌।

यहाँ मानिसहरूलाई कवितात्मक शैलीमा “मानिसहरूकी छोरी” भनेर सम्बोधन गरिएको छ। सायद दया वा सहानुभूति देखाउन यसो गरिएको हुन सक्छ।

वा “निर्देशनलाई।”

शब्दावली हेर्नुहोस्‌।

वा “पुतला, बुख्याचाजस्तै।”

पद ११ सुरुमा अरामी भाषामा लेखिएको थियो।

वा सम्भवतः “आकाशका बाँधहरू बनाउनुहुन्छ।”

वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”

शा., “अंश।”

वा “घुयेँत्रोमा हालेर।”

यसले यर्मियालाई जनाएको हुन सक्छ।

वा “यस्तै होस्‌!”

अर्थात्‌, यर्मियाले।

शा., “मिर्गौला।”

शा., “मिर्गौलाचाहिँ।”

वा सम्भवतः “यसले विलाप गर्छ।”

वा “घेरिएका।”

वा “इथियोपियालीले।”

शब्दावली हेर्नुहोस्‌।

वा “घोडाको जस्तो कामुक हिनहिनाइ।”

वा “रोगले।”

वा सम्भवतः “चार किसिमका न्यायदण्ड।”

वा सम्भवतः “तिमी पछिल्तिर हिँडिरहन्छौ।”

वा “पछुतो मान्दा-मान्दा।”

वा सम्भवतः “उसको घाम लज्जित र अपमानित भएको छ।”

वा “सजायको सन्देशले।”

झूटा धर्महरूको शोक गर्ने चलन, जुन धर्मत्यागी इस्राएलीहरूले अपनाएका हुन सक्छन्‌।

वा “छिनुले।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “मेरो रिसको आगोमा तिमीहरू जलेका छौ।”

वा “बलियो मानिसमाथि।”

वा सम्भवतः “निको पार्नै नसकिने।”

शा., “मिर्गौलाहरूसमेत।”

शा., “मलाई।” यसले यहोवा परमेश्‍वरलाई जनाएको हुन सक्छ।

शा., “मानिसहरूका छोराहरूको ढोका।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “दक्षिणबाट।”

शब्दावली हेर्नुहोस्‌।

वा “म पछुतो मान्‍नेछु।”

वा “निर्देशन।”

शब्दावली हेर्नुहोस्‌।

यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।

शा., “मिर्गौलाहरू।”

शा., “नबुकद्‌रेजर।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

वा “रोगले।”

वा “उसले आफ्नो ज्यान जोगाउनेछ।”

वा “बुबा गुमाएको बच्चा।”

तिनी ‘यहोअहाज’ नामले पनि चिनिन्थे।

पद १३-१७ मा यहुदाका राजा यहोयाकिमबारे कुरा गरिएको छ।

यो आज्ञा यरुसलेमलाई दिइएको हुन सक्छ।

तिनी यहोयाकिन र येकोनिया नामले पनि चिनिन्थे।

शा., “नबुकद्‌रेजरको।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

वा “देश।”

शा., “टुसा।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “धर्मत्यागी भएका छन्‌।”

वा “खोक्रो आशा देखाइरहेका छन्‌।”

शब्दावली हेर्नुहोस्‌।

वा “बोझिलो सन्देश।” यहाँ चलाइएको हिब्रू शब्दको दुई वटा अर्थ लाग्छ। पहिलो, “परमेश्‍वरबाट आएको महत्त्वपूर्ण सन्देश।” दोस्रो, “कुनै बोझिलो कुरा।”

वा “बोझिलो सन्देश।”

वा “बोझिलो सन्देशबारे।”

वा “बोझिलो सन्देश।”

वा “बोझिलो सन्देश।”

वा “बोझिलो सन्देश।”

वा “बोझिलो सन्देश।”

शा., “नबुकद्‌रेजरले।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

तिनी ‘यहोयाकिन’ र ‘कोन्याह’ नामले पनि चिनिन्थे।

वा सम्भवतः “पर्खाल र गढ बनाउनेहरूसँगै।”

वा “रोगले।”

शा., “नबुकद्‌रेजरको।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

वा सम्भवतः “सबै मानिसलाई।”

मिश्रका राजाहरूको एउटा उपाधि।

यो बाबेलको (बेबिलोन) गुप्त नाम हुन सक्छ।

वा सम्भवतः “सबै मानिससित।”

वा “पछुताउनेछु।”

वा “निर्देशन।”

वा “यहोवा पछुताउनुहुनेछ।”

वा “मन्दिर।”

वा “यहोवा पछुताउनुभयो।”

वा “इजिप्टतिर।”

जुवामा बाँध्ने डोरी।

वा “रोग।”

अर्थात्‌, मन्दिरमा भएको ‘समुद्र’ भनिने विशाल खड्‌कुँलो।

वा “यस्तै होस्‌!”

वा “रोगले।”

वा सम्भवतः “पर्खाल र गढ बनाउनेहरूलाई।”

वा “रोगले।”

वा सम्भवतः “फुटेको।”

शा., “नबुकद्‌रेजरको।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

शब्दावली हेर्नुहोस्‌।

मूल भाषामा यहाँ दुई वटा शब्द चलाइएका छन्‌। एउटा शब्दले ‘खुट्टा कस्ने ठिँगुरो’-लाई जनाएको हुन सक्छ भने अर्कोले ‘हात र टाउको कस्ने ठिँगुरो’-लाई।

वा “कम्मरमा।”

जुवामा बाँध्ने डोरी।

वा “सुधार्नेछु।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “तिनीहरू सम्मानित हुनेछन्‌।”

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “छोराछोरीको।”

इस्राएलमा दुःख, शोक, खेद आदि व्यक्‍त गर्न पनि तिघ्रा ठटाउने चलन थियो।

वा सम्भवतः “तिनीहरूको पति।”

वा “बोसो मिसिएको खरानीले।” यसले बलि चढाइएका जनावरहरूको बोसो मिसिएको खरानीलाई जनाउँछ।

शा., “नबुकद्‌रेजरको।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

काका पनि हुन सक्छन्‌।

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “अटल प्रेम।”

शा., “सल्लाहहरू।”

शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

वा “रोगले।”

शब्दावलीमा “गेहेन्‍ना” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

शा., “टुसा।”

शा., “नबुकद्‌रेजर।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

वा “आगो बाल्नेछन्‌।”

शा., “आज।”

वा “रोग।”

शा., “योनादाबले।” यहोनादाब नामको छोटो रूप।

शा., “नबुकद्‌रेजर।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

वा “शास्त्री।”

नोभेम्बरको बीचदेखि डिसेम्बरको बीचसम्म। अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

तिनी यहोयाकिन र येकोनिया नामले पनि चिनिन्थे।

शा., “नबुकद्‌रेजरले।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

वा “रोगले।”

वा “उसले आफ्नो ज्यान जोगाउनेछ।”

शा., “नपुंसक।” शब्दावलीमा “नपुंसक” हेर्नुहोस्‌।

शा., “नबुकद्‌रेजर।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

यो एउटा पदवी हुन सक्छ।

वा हिब्रू अक्षरलाई विभाजन गर्ने अर्को तरिकाअनुसार, “नेर्गल-सरेजर, साम्गर-नबो, सार्सकिम, रबसारिस।”

वा “प्रमुख जादुगर (ज्योतिषी)।”

वा सम्भवतः “अनिवार्य सेवा।”

वा “दरबारका प्रमुख अफिसर।”

वा “प्रमुख जादुगर (ज्योतिषी)।”

वा “तिमीले आफ्नो ज्यान जोगाउनेछौ।”

अङ्‌गुरबाट बनेको रक्सी।

यसले अन्जिरलाई जनाउँछ तर यसमा छोहोरा पनि पर्न सक्छ।

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “ठूलो कुण्डनजिकै।”

वा “पछुताउनेछु।”

वा “केही समयको लागि बसोबास गर्न।”

वा “रोगले।”

चुन, बालुवा र पानी मिसाएर बनाइएको लेदो।

शा., “नबुकद्‌रेजरलाई।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

वा “शान्तिपूर्वक।”

शा., “सूर्य देवको मन्दिरमा।”

वा “स्तम्भहरू।”

वा “मेम्फिसमा।”

वा “रोग।”

यहोवालाई त्यागेका इस्राएलीहरूले पुजेको देवीको उपनाम; त्यो सायद प्रजनन देवी थिई।

यहोवालाई त्यागेका इस्राएलीहरूले पुजेको देवीको उपनाम; त्यो सायद प्रजनन देवी थिई।

यहोवालाई त्यागेका इस्राएलीहरूले पुजेको देवीको उपनाम; त्यो सायद प्रजनन देवी थिई।

यहोवालाई त्यागेका इस्राएलीहरूले पुजेको देवीको उपनाम; त्यो सायद प्रजनन देवी थिई।

शा., “नबुकद्‌रेजर।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

वा “तिमी भने ठूलठूला कुरा पाउने आशा गर्दै छौ।”

शा., “नबुकद्‌रेजरले।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

प्रायजसो धनुर्धारीले बोक्ने ढाल।

वा “इथियोपिया।”

शा., “धनुमा ताँदो चढाउन।”

वा “बाल्सम,” कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

वा “मेम्फिस।”

शा., “तोकिएको समय।”

यसले मिश्रमाथि विजय हासिल गर्ने व्यक्‍तिलाई जनाउँछ।

वा “मेम्फिसको।”

वा सम्भवतः “त्यो उजाड हुनेछ।”

साँढे नलगाइएको गाई।

वा “रगत चुस्ने झिँगाहरू।”

वा “दाउरा बटुल्ने।”

वा “थेबेसको।”

वा “सुधार्नेछु।”

यसले क्रेटलाई जनाउँछ।

अर्थात्‌, शोक र लाजले गर्दा गाजाका मानिसहरूले आफ्नो कपाल खौरनेछन्‌।

वा “अग्लो किल्लालाई।”

वा “पठार।”

अङ्‌गुरबाट बनेको रक्सी।

वा सम्भवतः “अनि सुक्खा जमिनमा बस्‌।”

वा “पठारको।”

वा “बल।”

यसले अन्जिरलाई जनाउँछ तर यसमा छोहोरा पनि पर्न सक्छ।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, कसैको मृत्यु हुँदा शोक धुन बजाउन प्रयोग गरिने एक किसिमको बाँसुरीले जस्तै।

अर्थात्‌, कसैको मृत्यु हुँदा शोक धुन बजाउन प्रयोग गरिने एक किसिमको बाँसुरीले जस्तै।

शा., “वर्ष।”

वा सम्भवतः “राब्बाहलाई सिपाहीहरूको आवाज सुन्‍न लगाउनेछु।”

वा “भेडीगोठहरूमा।”

शा., “प्रशस्त पानी बग्ने।”

वा “बुबा गुमाएका बच्चाहरूलाई।”

यसले एदोमलाई जनाएको हुन सक्छ।

शा., “नबुकद्‌रेजरले।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

अर्थात्‌, कनानको उत्तर-पूर्वतिरका।

वा “मरोदकको।” शब्दावलीमा “मरोदक” हेर्नुहोस्‌।

यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

शा., “धार्मिकताको वासस्थान।”

साँढे नलगाइएको गाई।

शा., “नबुकद्‌रेजरले।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

फौजी हातहतियार राख्ने सुरक्षित ठाउँ वा भवन।

शा., “चुप लगाइनेछन्‌।”

वा “झूटा भविष्यवक्‍ताहरूलाई।”

शब्दावली हेर्नुहोस्‌।

वा “अस्ट्रिजको।”

यसले बेबिलोनीहरूलाई जनाएको हुन सक्छ।

यो कल्दियालीहरूको देशको गुप्त नाम हुन सक्छ।

अर्थात्‌, कल्दियालीहरूको देश।

वा “बाल्सम,” कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

वा सम्भवतः “ठोक्रो भर।”

वा सम्भवतः “आकाशका बाँधहरू बनाउनुहुन्छ।”

वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”

शा., “अंश।”

वा सम्भवतः “उहाँले नै आफ्नो उत्तराधिकारको लौरो बनाउनुभयो।”

पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

शब्दावली हेर्नुहोस्‌।

शा., “नबुकद्‌रेजरले।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

यो बाबेलको (बेबिलोन) गुप्त नाम हुन सक्छ।

शा., “नबुकद्‌रेजर।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

बलिसकेको सलेदो राख्ने भाँडो।

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “खम्बालाई एक फन्को लगाउन १२ हात लामो डोरी चाहिन्थ्यो।”

एक अमल भनेको १.८५ सेन्टिमिटर (०.७३ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “९६ वटा अनारका बुट्टा देखिन्थे।”

शा., “यहोयाकिनको शिर ठाडो पारिदिए।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने