प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि मैले भनेँ, “हे ब्रह्‍माण्डका मालिक यहोवा! तरबार हाम्रो गर्दनमै तेर्सिँदा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर+ तपाईँले यी मानिसहरूलाई+ र यरुसलेमलाई झुक्क्याउनुभएको छ।”

  • यर्मिया ५:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ भविष्यवक्‍ताहरू झूटो भविष्यवाणी गर्छन्‌,+

      पुजारीहरू आफ्नो अधिकारको दुरुपयोग गरेर अरूलाई शोषण गर्छन्‌।

      अनि मेरा आफ्नै मानिसहरूसमेत त्यो कुरा मन पराउँछन्‌।+

      तर अन्त आउँदा तिमीहरू के गर्छौ?”

  • यर्मिया ६:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्‌;+

      के भविष्यवक्‍ता, के पुजारी, सबैले ठगिरहेका छन्‌।+

      १४ अनि तिनीहरू शान्ति नहुँदा पनि

      ‘शान्ति, शान्ति’ भनेर+

      मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्‌।

  • यर्मिया २३:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

      “तिमीहरूलाई भविष्यवाणी सुनाउने भविष्यवक्‍ताहरूको कुरा नसुन।+

      तिनीहरूले तिमीहरूलाई छक्याइरहेका छन्‌।*

      तिनीहरूले सुनाउने दर्शन* यहोवाको तर्फबाट आएको होइन;+

      त्यो त तिनीहरूको आफ्नै मनगढन्ते कुरा हो।+

      १७ मेरो अनादर गर्नेहरूलाई तिनीहरू बारम्बार यसो भन्छन्‌,

      ‘यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरू सधैँ शान्तिमा रहनेछौ।”’+

      अनि आफ्नै हठी हृदयको कुरा सुन्‍ने सबैलाई तिनीहरू यसो भन्छन्‌,

      ‘तिमीहरूमाथि कुनै विपत्ति आइपर्नेछैन।’+

  • यर्मिया २७:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘“यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘यदि कुनै जाति वा देशले बेबिलोनका राजा नबुकद्‌नेजरको सेवा गर्न इन्कार गऱ्‍यो र उसको जुवा आफ्नो गर्दनमा बोक्न मानेन भने म त्यसलाई दण्ड दिनेछु। जबसम्म म त्यो देशलाई बेबिलोनका राजाको हातबाट नाश गर्दिनँ, तबसम्म म त्यसलाई तरबार,+ अनिकाल र महामारी* पठाएर दण्ड दिनेछु।’

      ९ “‘“‘त्यसैले तिमीहरूका भविष्यवक्‍ताहरू, जोखना हेर्नेहरू, स्वप्नदर्शीहरू, जादुगरहरू र तान्त्रिकहरूले भनेका कुरामा ध्यान नदेऊ, जसले तिमीहरूलाई यसो भन्छन्‌: “तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन।” १० किनकि तिनीहरूले तिमीहरूसित झूट बोलिरहेका छन्‌। तिनीहरूको कुरा सुन्यौ भने म तिमीहरूलाई छरपस्ट पारिदिनेछु, तिमीहरू टाढाको देशमा लगिनेछौ र त्यहीँ नाश हुनेछौ।

  • इजकिएल १३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० किनकि तिनीहरूले शान्ति नहुँदा पनि “शान्ति छ” भनेर मेरा मानिसहरूलाई बहकाएका छन्‌।+ कमजोर भित्ता बनाएर तिनीहरू त्यसमा चुन पोत्छन्‌।’*+

  • मिका ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसका नाइकेहरूले घुस लिएर न्याय गर्छन्‌,+

      त्यसका पुजारीहरूले दाम लिएर सिकाउँछन्‌+

      अनि त्यसका भविष्यवक्‍ताहरू पैसा लिएर जोखना हेर्छन्‌।+

      तैपनि तिनीहरू यहोवामा भर पर्दै* यसो भन्छन्‌:

      “यहोवा हाम्रो साथमा हुनुहुन्‍न र?+

      हामीमाथि कुनै विपत्ति आइपर्नेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने