-
यर्मिया ८:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले म तिनीहरूका स्वास्नीहरू अरू पुरुषलाई दिनेछु,
तिनीहरूको खेत अरूलाई नै दिनेछु+
किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्;+
के भविष्यवक्ता, के पुजारी, सबैले ठगिरहेका छन्।+
११ अनि तिनीहरू शान्ति नहुँदा पनि
“शान्ति, शान्ति” भनेर+
मेरा मानिसहरूकी छोरीको* चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्।
१२ आफूले गरेका घिनलाग्दा कामहरूलाई सम्झँदा के तिनीहरू लज्जित हुन्छन्?
अहँ, रतीभर हुँदैनन्!
लाज के हो, तिनीहरूलाई थाहै छैन!+
त्यसैले लडिसकेकाहरूजस्तै तिनीहरू पनि लड्नेछन्।
मैले तिनीहरूलाई दण्ड दिँदा तिनीहरू लर्खराउनेछन्,’+ यहोवा भन्नुहुन्छ।
-