प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ भविष्यवक्‍ताहरू झूटो भविष्यवाणी गर्छन्‌,+

      पुजारीहरू आफ्नो अधिकारको दुरुपयोग गरेर अरूलाई शोषण गर्छन्‌।

      अनि मेरा आफ्नै मानिसहरूसमेत त्यो कुरा मन पराउँछन्‌।+

      तर अन्त आउँदा तिमीहरू के गर्छौ?”

  • यर्मिया ६:१२-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तिनीहरूका खेतबारी र स्वास्नीहरूसँगसँगै

      तिनीहरूका घरहरू अरूलाई दिइनेछ।+

      किनकि म यस देशका बासिन्दाहरूविरुद्ध आफ्नो हात पसार्नेछु,” यहोवा घोषणा गर्नुहुन्छ।

      १३ “किनकि सानादेखि ठूला सबैले बेइमानी गरेर कमाइरहेका छन्‌;+

      के भविष्यवक्‍ता, के पुजारी, सबैले ठगिरहेका छन्‌।+

      १४ अनि तिनीहरू शान्ति नहुँदा पनि

      ‘शान्ति, शान्ति’ भनेर+

      मेरा मानिसहरूको चोटलाई बाहिरबाट मात्र निको पार्न खोज्छन्‌।

      १५ आफूले गरेका घिनलाग्दा कामहरूलाई सम्झँदा के तिनीहरू लज्जित हुन्छन्‌?

      अहँ, रतीभर हुँदैनन्‌!

      लाज के हो, तिनीहरूलाई थाहै छैन!+

      त्यसैले लडिसकेकाहरूजस्तै तिनीहरू पनि लड्‌नेछन्‌।

      मैले तिनीहरूलाई दण्ड दिँदा तिनीहरू लर्खराउनेछन्‌,” यहोवा भन्‍नुहुन्छ।

  • यर्मिया २७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “‘“‘त्यसैले तिमीहरूका भविष्यवक्‍ताहरू, जोखना हेर्नेहरू, स्वप्नदर्शीहरू, जादुगरहरू र तान्त्रिकहरूले भनेका कुरामा ध्यान नदेऊ, जसले तिमीहरूलाई यसो भन्छन्‌: “तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन।”

  • विलाप २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिम्रा भविष्यवक्‍ताहरूले देखेका दर्शनहरू झूटा र अर्थहीन थिए;+

      तिनीहरूले तिम्रो गल्ती औँल्याएनन्‌, त्यसैले तिमी कैदमा पर्नदेखि जोगिएनौ।+

      बरु तिनीहरूले तिमीलाई भ्रममा पार्ने झूटा दर्शनहरू बताइरहे।+

  • इजकिएल २२:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तर तिम्रा भविष्यवक्‍ताहरू भने ती शासकहरूका कुकर्मलाई चुनले पोतेर ढाकछोप गर्छन्‌। तिनीहरू झूटा दर्शन* देख्छन्‌ र झूटा जोखना हेर्छन्‌+ अनि यहोवाले केही भन्दै नभन्‍नुभए पनि “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ” भन्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने