-
यर्मिया १४:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि मैले यसो भनेँ: “हाय! सर्वशक्तिमान् परमेश्वर यहोवा! यी भविष्यवक्ताहरू मानिसहरूलाई यसो भन्दै छन्, ‘तिमीहरू तरबारले मारिनेछैनौ, अनिकालले तिमीहरूलाई सताउनेछैन। यो भूमिमा परमेश्वरले तिमीहरूलाई साँचो शान्ति दिनुहुनेछ।’”+
-
-
यर्मिया २३:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“तिमीहरूलाई भविष्यवाणी सुनाउने भविष्यवक्ताहरूको कुरा नसुन।+
तिनीहरूले तिमीहरूलाई छक्याइरहेका छन्।*
तिनीहरूले सुनाउने दर्शन* यहोवाको तर्फबाट आएको होइन;+
त्यो त तिनीहरूको आफ्नै मनगढन्ते कुरा हो।+
१७ मेरो अनादर गर्नेहरूलाई तिनीहरू बारम्बार यसो भन्छन्,
‘यहोवा यसो भन्नुहुन्छ: “तिमीहरू सधैँ शान्तिमा रहनेछौ।”’+
अनि आफ्नै हठी हृदयको कुरा सुन्ने सबैलाई तिनीहरू यसो भन्छन्,
‘तिमीहरूमाथि कुनै विपत्ति आइपर्नेछैन।’+
-