-
यसैया १३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसैले म आकाशलाई थरथर काँप्न लगाउनेछु
र पृथ्वीलाई हल्लाएर त्यसको ठाउँबाट उखेलिदिनेछु।+
सेनाहरूका यहोवाले आफ्नो बल्दो रिस पोख्ने दिनमा त्यसो गर्नुहुनेछ।
-
-
यर्मिया ५०:३९, ४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ त्यहाँ मरुभूमिका जन्तुहरू हु-हु गर्दै कराउने जन्तुहरूसित बास गर्नेछन्।
त्यो फेरि कहिल्यै आबाद हुनेछैन।
पुस्तौँपुस्तासम्म त्यहाँ कोही बस्नेछैन।”+
४० “परमेश्वरले सदोम र गमोरा+ अनि त्यसवरपरका सहरहरूलाई नाश गर्नुहुँदा+ तिनीहरूको हालत जस्तो भएको थियो, त्यसको हालत पनि त्यस्तै हुनेछ,” यहोवा घोषणा गर्नुहुन्छ, “त्यो निर्जन हुनेछ; कोही पनि त्यहाँ बसोबास गर्नेछैन।+
-