-
लेवी १८:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ यस्ता कामहरू गरेकोले तिनीहरूको देश अशुद्ध भएको छ। त्यसैले म तिनीहरूलाई सजाय दिनेछु र तिनीहरू त्यहाँबाट धपाइनेछन्।+
-
-
यर्मिया २५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ म उत्तरको राज्यका सबै कुललाई बोलाउनेछु।+ म आफ्नो सेवक,+ बेबिलोनको राजा नबुकद्नेजरलाई बोलाउनेछु। म तिनीहरूलाई यो देश,+ यहाँका बासिन्दाहरू र वरपरका सबै राष्ट्रमाथि आक्रमण गर्न लगाउनेछु।+ म यी सबलाई नाश गर्नेछु र सदाको लागि उजाड पारिदिनेछु। तिमीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन् र उनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्,” यहोवा घोषणा गर्नुहुन्छ।
-