प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ जब मैले यो देखेँ, तब व्यभिचार* गरेर विश्‍वासघात गर्ने इस्राएललाई+ छोडपत्र दिएर पठाइदिएँ।+ यो देखेर पनि त्यसकी विश्‍वासघाती बहिनी यहुदालाई कुनै डर लागेन; त्यसले पनि वेश्‍यावृत्ति गरी।+ ९ त्यसले* वेश्‍यावृत्तिलाई हल्कासित लिई अनि ढुङ्‌गा र रूखसित व्यभिचार गरेर देशलाई बिटुलो पारिरही।+

  • यर्मिया ५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ म तिमीलाई कसरी क्षमा दिऊँ?

      तिम्रा छोराहरूले मलाई त्यागेका छन्‌।

      जो ईश्‍वर नै होइन, त्यसको नाममा तिनीहरूले शपथ खाएका छन्‌।+

      मैले तिनीहरूलाई चाहिने सबै कुरा दिएँ

      तर तिनीहरूले व्यभिचार* गर्न छोडेनन्‌,

      वेश्‍यालयमा तिनीहरूको ओइरो लागेको छ।

  • यर्मिया १३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिमीले गरेको व्यभिचार*+ र तिम्रो कामवासना*

      अनि तिम्रो लाजमर्दो वेश्‍यावृत्ति उदाङ्‌ग हुनेछ।

      डाँडाहरूमा अनि मैदानमा

      मैले तिम्रा घिनलाग्दा कामहरू देखेको छु।+

      हे यरुसलेम, तिमीलाई धिक्कार छ!

      तिमी कहिलेसम्म अशुद्ध रहिरहन्छौ?”+

  • इजकिएल २२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ एउटाले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो व्यवहार गर्छ+ भने अर्कोले आफ्नै बुहारीसित छाडा काम गरेर उसलाई बिटुलो पार्छ+ अनि अर्कोचाहिँ आफ्नै बुबाबाट जन्मिएकी बहिनीको इज्जत लुट्‌छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने