प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आमोजका छोरा यसैयाले+ एउटा दर्शन* देखे। तिनले दर्शनमा बेबिलोनविरुद्ध यस्तो घोषणा+ गरेको सुने:

  • यसैया १३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यहाँ कहिल्यै कुनै मानिस बस्नेछैन।

      पुस्तौँपुस्तासम्म त्यहाँ कसैले बसोबास गर्नेछैन।+

      कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन।

      अनि कुनै गोठालोले आफ्नो बगाललाई त्यहाँ विश्राम गराउनेछैन।

  • यसैया १४:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “म त्यसलाई दुम्सीको दुलो बनाउनेछु अनि त्यसका सबै इलाका दलदल बनाउनेछु। म त्यसलाई विनाशको खरेटोले बढार्नेछु,”+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

  • यर्मिया ५०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ किनकि उत्तरको एउटा देश त्यसविरुद्ध आएको छ।+

      देख्नेहरूसमेत डरले थरथर काँप्नेगरि त्यसले बेबिलोनलाई नाश गरिदिएको छ।

      त्यहाँ कोही पनि बस्दैन।

      मानिस र पशुपक्षी सबै त्यहाँबाट भागेका छन्‌।

      तिनीहरू त्यो ठाउँ छोडेर गए।”

  • यर्मिया ५०:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ त्यहाँ मरुभूमिका जन्तुहरू हु-हु गर्दै कराउने जन्तुहरूसित बास गर्नेछन्‌।

      त्यो सुतुरमुर्गको* घर हुनेछ।+

      त्यो फेरि कहिल्यै आबाद हुनेछैन।

      पुस्तौँपुस्तासम्म त्यहाँ कोही बस्नेछैन।”+

  • यर्मिया ५१:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ पृथ्वी थरथर काँप्नेछ र हल्लिनेछ

      किनकि यहोवाले बेबिलोनलाई जे गर्ने विचार गर्नुभएको छ, त्यो उहाँले पूरा गर्नुहुनेछ।

      उहाँले बेबिलोनलाई निर्जन बनाउनुहुनेछ, त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+

  • यर्मिया ५१:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ बेबिलोन ढुङ्‌गाहरूको थुप्रो हुनेछ;+

      स्यालहरूको ओडार हुनेछ।+

      त्यो निर्जन हुनेछ,+

      त्यसलाई देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ र खिसी गर्दै सिटी बजाउनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने