प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ किनकि उत्तरको एउटा देश त्यसविरुद्ध आएको छ।+

      देख्नेहरूसमेत डरले थरथर काँप्नेगरि त्यसले बेबिलोनलाई नाश गरिदिएको छ।

      त्यहाँ कोही पनि बस्दैन।

      मानिस र पशुपक्षी सबै त्यहाँबाट भागेका छन्‌।

      तिनीहरू त्यो ठाउँ छोडेर गए।”

  • यर्मिया ५०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा त्यससित क्रोधित हुनुभएकोले त्यसको कहिल्यै आबादी हुनेछैन।+

      त्यो उजाड हुनेछे।+

      बेबिलोन भएर जानेजति सबै त्यसमाथि आइपरेका विपत्तिहरू देखेर

      डरले खङ्‌ग्रङ्‌ग हुनेछन्‌ र तिनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्‌।+

  • यर्मिया ५१:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ पृथ्वी थरथर काँप्नेछ र हल्लिनेछ

      किनकि यहोवाले बेबिलोनलाई जे गर्ने विचार गर्नुभएको छ, त्यो उहाँले पूरा गर्नुहुनेछ।

      उहाँले बेबिलोनलाई निर्जन बनाउनुहुनेछ, त्यसको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+

  • यर्मिया ५१:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ बेबिलोन ढुङ्‌गाहरूको थुप्रो हुनेछ;+

      स्यालहरूको ओडार हुनेछ।+

      त्यो निर्जन हुनेछ,+

      त्यसलाई देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ र खिसी गर्दै सिटी बजाउनेछन्‌।

  • प्रकाश १८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ अनि एक बलवान्‌ स्वर्गदूतले ठूलो जाँतोजस्तो एउटा ढुङ्‌गा उठाए र यसो भन्दै समुद्रमा हुर्ऱ्याए: “महान्‌ सहर बेबिलोन यसै गरी ठूलो वेगले हुर्ऱ्याइनेछ र फेरि कहिल्यै पाइनेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने