२९ अनि यस सहरविरुद्ध खडा भएका कल्दियालीहरू यहाँ आउनेछन् र सहरमा आगो लगाइदिनेछन्।+ अनि यहाँ भएका ती सबै घर खरानी हुनेछन्, जुन घरहरूका छतहरूमा मानिसहरूले बाआलका लागि बलि चढाएर अनि अरू देवताहरूका लागि मद्यभेटी चढाएर मलाई रिस उठाए।’+
२२ “‘म बेबिलोनको सेनालाई आदेश दिनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ, ‘अनि उनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। उनीहरूले यस सहरसित युद्ध लड्नेछन्, यसलाई कब्जा गर्नेछन् र आगोले भस्म पार्नेछन्।+ म यहुदाका सहरहरूलाई निर्जन बनाइदिनेछु।’”+