-
२ इतिहास ३४:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसपछि राजाले हिल्कियाह, सापानका छोरा अहिकाम,+ मिकाका छोरा अब्दोन, सचिव सापान र आफ्ना सेवक असयाहलाई यस्तो हुकुम गरे: २१ “जाओ! मेरो तर्फबाट अनि इस्राएल र यहुदामा बाँकी रहेका मानिसहरूको तर्फबाट भर्खरै भेटिएको पुस्तकमा लेखिएका कुराहरूको विषयमा यहोवा परमेश्वरसित सोधपुछ गर। किनकि हाम्रा पितापुर्खाले यस पुस्तकमा लेखिएका यहोवा परमेश्वरका आज्ञाहरू पालन नगरेको हुनाले यहोवाले आफ्नो भयङ्कर रिस हामीमाथि पोखाउनुहुनेछ।”+
-
-
यर्मिया ३९:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसैले पहरेदारहरूका कप्तान नबुजरदान, रबसारिस* नबुसज्बान, रबमाग* नेर्गल-सरेजर र बेबिलोनका राजाका सबै प्रमुख व्यक्तिले मानिसहरू पठाएर १४ यर्मियालाई पहरेदार-चोकबाट ल्याए।+ उनीहरूले तिनलाई सापानका+ नाति अहिकामका+ छोरा गदल्याहको जिम्मा लगाए+ र तिनलाई घर लैजान अह्राए। यसरी यर्मिया ती मानिसहरूमाझ रहे।
-