प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २२:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसपछि राजाले पुजारी हिल्कियाह, सापानका छोरा अहिकाम,+ मिकायाहका छोरा आक्बोर, सचिव सापान र आफ्ना सेवक असयाहलाई यस्तो हुकुम गरे: १३ “जाओ! मेरो तर्फबाट, मानिसहरूको तर्फबाट र पूरै यहुदाको तर्फबाट भर्खरै भेटिएको यस पुस्तकमा लेखिएका कुराहरूको विषयमा यहोवा परमेश्‍वरसित सोधपुछ गर। हामीमाथि यहोवा परमेश्‍वरको क्रोध दन्केको छ।+ किनकि यस पुस्तकमा हाम्रो निम्ति लेखिएका कुराहरू हाम्रा पितापुर्खाले पालन गरेनन्‌।”

  • यर्मिया ३९:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले पहरेदारहरूका कप्तान नबुजरदान, रबसारिस* नबुसज्बान, रबमाग* नेर्गल-सरेजर र बेबिलोनका राजाका सबै प्रमुख व्यक्‍तिले मानिसहरू पठाएर १४ यर्मियालाई पहरेदार-चोकबाट ल्याए।+ उनीहरूले तिनलाई सापानका+ नाति अहिकामका+ छोरा गदल्याहको जिम्मा लगाए+ र तिनलाई घर लैजान अह्राए। यसरी यर्मिया ती मानिसहरूमाझ रहे।

  • यर्मिया ४०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यर्मियाले अलमल गरिरहेको देखेर नबुजरदानले यसो भने: “सापानका+ नाति, अहिकामका+ छोरा गदल्याहकहाँ+ फर्केर जाऊ। तिनलाई बेबिलोनका राजाले यहुदाका सहरहरूको रेखदेख गर्न नियुक्‍त गरेका छन्‌। तिनी भएकै ठाउँमा मानिसहरूसँग बस। नभए तिमीलाई जहाँ मन पर्छ, त्यहीँ जाऊ।”

      त्यसपछि पहरेदारहरूका कप्तानले यर्मियालाई खानेकुरा र कोसेली दिएर बिदा गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने