प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि मैले यसो भनेँ: “हाय! सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा! यी भविष्यवक्‍ताहरू मानिसहरूलाई यसो भन्दै छन्‌, ‘तिमीहरू तरबारले मारिनेछैनौ, अनिकालले तिमीहरूलाई सताउनेछैन। यो भूमिमा परमेश्‍वरले तिमीहरूलाई साँचो शान्ति दिनुहुनेछ।’”+

  • यर्मिया २३:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

      “तिमीहरूलाई भविष्यवाणी सुनाउने भविष्यवक्‍ताहरूको कुरा नसुन।+

      तिनीहरूले तिमीहरूलाई छक्याइरहेका छन्‌।*

      तिनीहरूले सुनाउने दर्शन* यहोवाको तर्फबाट आएको होइन;+

      त्यो त तिनीहरूको आफ्नै मनगढन्ते कुरा हो।+

      १७ मेरो अनादर गर्नेहरूलाई तिनीहरू बारम्बार यसो भन्छन्‌,

      ‘यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरू सधैँ शान्तिमा रहनेछौ।”’+

      अनि आफ्नै हठी हृदयको कुरा सुन्‍ने सबैलाई तिनीहरू यसो भन्छन्‌,

      ‘तिमीहरूमाथि कुनै विपत्ति आइपर्नेछैन।’+

  • यर्मिया २७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ ‘तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन’ भनेर बताउने भविष्यवक्‍ताहरूको कुरा नसुन्‍नुहोस्‌+ किनकि तिनीहरूले तपाईँसित झूट बोलिरहेका छन्‌।+

  • यर्मिया २८:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अनि त्यसै वर्ष यहुदाका राजा सिदकियाहको+ शासनको सुरुमा अर्थात्‌ चौथो वर्षको पाँचौँ महिनामा गिबोनमा+ बस्ने अज्जुरका छोरा भविष्यवक्‍ता हानन्याहले मलाई यहोवाको भवनमा पुजारीहरू र सबै मानिससामु भने: २ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु।+

  • विलाप २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिम्रा भविष्यवक्‍ताहरूले देखेका दर्शनहरू झूटा र अर्थहीन थिए;+

      तिनीहरूले तिम्रो गल्ती औँल्याएनन्‌, त्यसैले तिमी कैदमा पर्नदेखि जोगिएनौ।+

      बरु तिनीहरूले तिमीलाई भ्रममा पार्ने झूटा दर्शनहरू बताइरहे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने